नेपाल मण्डल दाफा महोत्सव शुक्रबारदेखि ललितपुरमा हुने

कार्तिक ११, २०७३ मा प्रकाशित | 729 views

११ कार्तिक, ललितपुर ।
नेवार समुदायको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले भोलिबाट नेपाल मण्डल दाफा महोत्सव–२०७३ हुने भएको छ ।

राष्ट्रियस्तरमा प्रस्तुत गर्न योग्य दाफा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा यसको महत्वको विषयमा युवामाझ प्रस्तुत गर्न महोत्सव गर्न लागेको महोत्सव निर्देशन समितिका अध्यक्ष डा सत्यमोहन जोशीले हिजो राजभानीमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

दाफा संस्कृति नेवार समुदायको मात्र नभई नेपालकै सांस्कृतिक पहिचान भएको उहाँको भनाइ थियो ।

उक्त महोत्सव छ महिनासम्म सञ्चालन हुने बताइएको छ । ललितपुर मलमा प्रत्येक शुक्रबार र शनिबार दिनको २ बजेदेखि बेलुका ६ बजेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web