भारतीय राष्ट्रपति भ्रमण र प्रचण्ड सरकारको बिदाको विश्वभरका नेपालीद्धारा बिरोध

कार्तिक ११, २०७३ मा प्रकाशित | 2174 views

काठमाडौं ।
भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड सरकारको देश सहित विश्वभर रहेका नेपालीहरुले बिरोध गरेका छन् ।

भारत परस्त भएको आरोप खेपिरहेको प्रचण्ड सरकारले भारतीय राष्ट्रपतिलाई खुशी पार्नकै लागि सार्वजनिक बिदा दिएको भन्दै यसको चर्को बिरोध सुरु भएको छ ।

विशेषगरि सामाजिक सञ्जालहरुमा प्रचण्ड सरकारले भारतलाई खुशी पार्नकै लागि बिदा दिएको, देशको स्वाभिमान गिराएको, भारतसामु लम्पसारवादको नमुना भएको जस्ता आरोप लगाउँदै सर्वसाधारणले चर्को बिरोध गरेका छन् ।

भारतीय राष्ट्रपतिको आसन्न भ्रमणकै बिरोध भइरहेको समयमा सरकारले सार्वजनिक बिदानै दिने निर्णय गरेपछि यो निर्णय सरकारलाई फलामको चिउरा चपाएसरह हुने देखिएको छ ।

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा ह्यासट्याग लगाएर इण्डिया स्टप बुलिगं नेबरहुड्स, ईण्डिया प्रेसिडेन्ट नट वेलकम नेपाल लगायत अभियान चलेको छ ।

गतबर्ष यहि समयमा नेपालमाथि नाकाबन्दी लगाएर दुख दिएको भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिएर प्रचण्ड सरकारले जनता र देशको अपमान गरेको सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

सरकारको निर्णय लगत्तै भएको यो बिरोधको क्रम अझै बढ्ने देखिएको छ । यो बिरोध आसन्न भारतीय राष्ट्रपतिको भ्रमणका बेलासम्म रहँदा भ्रमणको बिरोधमा हुनसक्ने प्रदर्शन तथा भारतप्रतिको बढ्दो जनआक्रोश झनै चुलिने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web