भारतीय राष्ट्रपति आउँदा बिदा दिने प्रचण्ड सरकारको घोषणा

कार्तिक ११, २०७३ मा प्रकाशित | 823 views

११ कार्तिक, काठमाडौैं ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतीय राष्ट्रपति आउँदा नेपालमा सार्वजनिक बिदा दिने अलोकप्रिय निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णयलाई जोडेर छिमेकी राष्ट्रहरु भारत र चीनका राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले थानकोट चित्लाङ गणेशमान मार्गको स्तरोन्नतरी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web