पानी घट्टबाट राम्रो आम्दानी

कार्तिक ११, २०७३ मा प्रकाशित | 899 views

११ कार्तिक, सल्यान ।
सल्यान मुलखोला ८ नाथेखोलाका  ६३ वर्षका मोतिराम दमाईले पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ ।

रोजगारीका लागि युवाहरु गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भइरहेको समयमा ६३ वर्षिय वृद्धले पानी घट्टबाट राम्रो आम्दानी गर्दै आइ रहनु भएको छ ।

लागि विदेश जानुभन्दा आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमाईले बताउनु भयो । सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हुदैन भनेर गैरदलितहरु आउदैनथे । तर चेतनाको विकासले हो या मैले पिसेको पिठो राम्रो भएकाले हो आजभोली सबै आफ्नो घट्टमा आउने गर्छन ।

उहाँले भन्नुभयो  एक छाक जुटाउन सजिलो होस भनेर घट्ट किने तर दलितको घट्टमा पनि कोही जान्छ भनेर गैरदलित कोही आएनन् दलितहरुमात्र आउथे , घट्ट किनेर बवार्द गरियो भन्ने लागेको थियो तर विस्तारै अन्य गाउँलेहरुले पनि आउने थाले र अहिले अन्य घट्टभन्दा मेरो घट्टमा पिस्न आउने धेरै छन् ।

हिउँदमा समेत खोलामा प्रयाप्त पानी बग्ने भएकाले आफुलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने बताउनु भयो । विगत १५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनु भएका दमाइले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहनु भएको छ ।

दैनिक ४ देखि ६ मुरीसम्म अन्न पिध्ने र प्रति पाथि एक मानाका दरले ज्याला लिने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो दिनमा ५,६ मुरी अन्न पिस्छु जसबाट दैनिक ७÷८ माथि अन्न आउछ त्यो भनेको मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।

घट्टका साहेयताले आफनो ५ जनाको परिवारलाई पाल्दै आएको उहाँको भनाई रहेको छ । आफ्नो घट्ट वरपर अन्य १० वटा घट्ट भएपनि आफुलाई कुनै समस्या नभएको उहाँले बताउनु भयो । आफ्नो घट्टमा राउचे, बेलखोला, बाग्चौर, खरेखोला, च्यूरा, गर्चेसम्मका गाउँले पिसाउन आउने गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web