जापानस्थित नेपाली दूतावासले झलनाथ खनाललाई रात्रीभोज खुवायो

कार्तिक ११, २०७३ मा प्रकाशित | 1319 views

टोकियो ।
जापानस्थित नेपाली राजदूतावासले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई रात्रीभोज खुवाएको छ ।

जापानमा हुन गइरहेको महानगरपालिकाहरुको विश्व सम्मेलनमा भाग लिन आएका खनाललाई डाकेर दूतावासले रात्रीभोज गरेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनालको सम्मानमा भन्दै आयोजित भोजमा जापानस्थित गैर आवासिय नेपाली संघका प्रतिनिधि, व्यवसायी, राजनीतिक दल आवद्ध संगठनका प्रतिनिधहरु, पत्रकार तथा विभिन्न क्षेत्रका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।

टोकियोस्थित दूतावासमा जापानका लागि कार्यवाहक राजदुत कृष्णचन्द्र अर्यालले विशेष अतिथिका रुपमा कार्यक्रममा स्वागत गरेका थिए ।

नेपाली राजदूतवासले एक महिनाको बिचमा यसअघि पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टिका संयोजक रहेका बाबुराम भट्टराई तथा राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापालाई क्रमश पूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हैसियतमा भन्दै रात्री भोज खुवाएको थियो ।
दुवै नेता आफ्नो पार्टीको कार्यक्रममा भाग लिन जापान आएका थिए ।

कार्यवाहक राजदूतकै भरमा रहेको नेपाली दूतावासले यसअघि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी स्वदेश फर्कीएपछि नयाँ राजदूत पाउने विश्वास गरिएको थियो । तर राजनीतिक भागवण्डा र नियुक्तीमा सिफारिस गरिएका राजदूत खड्क केसी एमाले सरकारले सिफारिस गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले रद्द गरिदिएपछि अन्योलमा छ ।

तत्कालिन कावा राजदूत गहेन्द्रराज राजभण्डारीको समयमा जापानमा रहेका नेपालीहरुको समस्या समाधान र सक्रिय रहेको दूतावास पुन दुतावास भित्रै सिमित रहेको गुनासा र टिप्पणीहरु हुन थालेका छन् ।

सहसचिवमा बढुवा भएर नेपाल फर्कीएका तत्कालिन कावा राजदूत राजभण्डारीले फेसबुक पेज तथा प्रत्यक्ष सम्पर्क मार्फत समेत जापानमा रहेका नेपालीहरुको समस्या र गुनासाहरुको सम्वोधन थाल्नुभएको थियो । जसका कारण जापानमा रहेका नेपालीहरुले दूतावासबारेमा सूचना र जानकारीहरु छिटो छरितो रुपमा पाउँदै आएका थिए ।

हाल राजभण्डारीले सूरु गरेको सेवा जारी रहेपनि सुस्त रहेको जापानमा रहेका नेपालीहरुले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web