नमस्ते

म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपाइँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।

ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणका लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुसँग झमेला, लुटेराहरूसँग सामना आदी । केही यात्रुहरू आफ्नो गन्तव्य स्थानमा सकेसम्म छिटो पु¥याइदिन भन्छन्, त्यतिबेला होशियारीसाथ जोखिम लिएर पनि चलाउनुपर्छ ।

तर पर्खनुहोस्, अरु मान्छेको बारेमा पनि एक छिन सोच्नुहोस् । तपार्इँलाई थाहा छ, तपार्इँको ट्याक्सीबाट उनिहरू कस्तो आशा गर्लान् रु

पानी परेका बेला, गह्रौं झोला बोकेका बेला, नयाँ सहरमा भएका बेला वा इमर्जेन्सीका बेला, उहाँहरू अरु सवारीसाधनलाई भन्दा धेरै पैसा तिरेर तपाईँको ट्याक्सी प्रयोग गर्नुहुन्छ । तपाईँको ट्याक्सीमा आरामदायी र सुरक्षित यात्रा गर्न चाहन्छन् ।

ट्याक्सी एउटा सार्वजनिक यातायात हो, तर बस, टेम्पोभन्दा फरक हुन्छ । तपार्इँ साँघुरो बाटोबाट पनि यात्रुको घरसम्म जानुपर्छ । कहिलेकाहीँ यात्रुहरूको गह्रौं झोला बोक्नु पनि पर्छ ।

एउटा विदेशी मान्छेको हेराइमा तपाईँं यति गाह्रो काम गर्दै हुनुहुन्छ कि त्यसकारण म तपार्इँलाई अझै राम्रो काम गर्दै हुनुहुन्छ कि त्यसकारण म तपार्इँलाई अझै राम्रो कमाइ गर्न तीन वटा तरीकाहरू सिकाइ दिन चाहन्छु ।

पहिलो तरिका

आफ्नो पेसामा सधैँ गौरव गर्नुहोस् । एउटा विदेशी पाहुनाले तपाईँको देशमा आएर भेट्ने व्यक्तिहरूमध्ये तपार्इँ पहिलो व्यक्ति हुनुहुन्छ, अर्को शब्दमा विदेशीका लागि तपाार्इँ नेपालको पहिलो अनुहार हो । सुरक्षित रुपले ट्याक्सी चलाउँदै मलाइ तपार्इँले नरम र दयालु भाव देखाउनुभयो भने नै म नेपालमा रमाएर बस्नेछु ।

दोस्रो तरीका

ड्राइभिङबाट जीविका चलाउने र सडक प्रयोग मै धेरै समय विताउने तपाईले धेरै सुरक्षित साथ ट्याक्सी चलाउनुपर्छ ।

तेस्रो तरीका

इमान्दारिताका साथ ट्याक्सीमा भएको मिटर चलाउनु होस र मेरा लागि पनि कृपया तपाईको ट्याक्सीको अगाडि सीटमा बस्नेको लागि सिटबेल्टको व्यवस्था गरिदिनुहोस ।

अन्त्यमा सुस्वास्थ्यको कामना गर्छु ।

धन्यवाद । नमस्ते ।

ताकासिओ, जापान

(राजधानीमा ट्याक्सी चढेका एक जापानी नागरिकले ट्याक्सीचालकसँग गरेको अनुरोध)

नागरिक दैनिकमा खबर छ

21.12¡ÆC