१३ कार्तिक, महोत्तरी ।
विहिवार राति महोत्तरीको सोनवार बजारवाट अज्ञात समूहको अपहरणमा परेका स्थानीय व्यापारि शिकिन्दर यादव अपहरण कारिको चगुलवाट गएराति भागेर प्रहरीको सम्पर्कमा आएका छन् ।

विहिवार राति साढे आठ बजेतीर बजारवाट घर फर्किने क्रममा अपहरित यादव सिमावर्ति भारतीय क्षेत्रमा राखेको बेलामा अपहरणकारीलाई छक्याएर भागेर आज विहान शसस्त्र प्रहरीको वेश क्याम्पको सम्पर्कमा आएको क्याम्पका शसस्त्र प्रहरी निरीक्षक तिलक बहादुर भुजेलले बताउनु भयो ।

सशस्त्र प्रहरीले अपहरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको पनि जनाएको छ ।

१३ कार्तिक, काठमाडौं ।
नेपाली राजदूत भएर उल्टै भारतीय पक्षमा कामगर्ने पाइएपछि यसअघिको सरकारले फिर्ता बोलाएका असक्षम राजदूत दीपकुमार उपाध्याय पुन भारतका लागि राजदूत नियुक्त भएका छन् ।

भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भारतीय दवावमा काँग्रेस माओवादी सरकारले सिफारिस गरेका काँग्रेस नेता उपाध्यायलाई राष्ट्रपति विद्याभण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।

त्यसैगरी गुल्मी बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको छ ।

नेपाल सरकारको मूख्य सचिव पदमा रहेर काम गरेका सक्षम र स्वच्छ छवि बनाएका पौड्यालको नियुक्तीपछि चिनसँग नेपालको दौंत्य सम्वन्ध झनै प्रगाढ हुने आम अपेक्षा गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उपाध्याय र पौड्याललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

असक्षम घोषित गरेर फीर्ता बोलाइका नवनियुक्त राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा समेत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

१३ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म गर्ने नेपालको राजकीय भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।

कार्यतिलका अनुसार राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भारतीय समकक्षीलाई स्वागत गर्नेछिन् । भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् भने उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजीत रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्ने भएका भन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्ने भएको छ । सोही दिन भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन भन्दै सरकारी आयोजनामा हुने कार्यक्रममा सम्मान गरिने भएको छ ।

उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा सम्बोधन पनि गर्ने भएका छन् ।

१८ गते नै मुखर्जीसँग राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्ने भएका छन् । भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नेपाल सरकार र भारतीय दूतावासले तयार पारेको नागरिक स्वागत हुने भएको छ ।

सोही दिन भारतीय राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा जाने भएका छन् । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपालको भ्रमणमा आएका थिए ।

मुखर्जी कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

At the friendly invitation of the President Bidya Devi Bhandari, President of the Republic of India Mr Pranab Mukherjee is paying a three-day State Visit to Nepal from 2 to 4 November 2016.

According to the schedule about the Indian President's visit made public today by the Ministry of Foreign Affairs, President Bidya Devi Bhandari will receive the President of India at the Tribhuvan International Airport on 2 November 2016. The visiting dignitary will be accorded a ceremonial reception.

Mukherjee will meet with President Bhandari at Shital Niwas. The President of Nepal will host a State Banquet in honour of the President of India. Vice President Mr Nanda Bahadur Pun and Prime Minister Mr Pushpa Kamal Dahal "Prachanda" will call on His Shri Mukherjee.

On 3rd November, President of India Mukherjee will visit Pashupatinath Temple and perform Puja.
Kathmandu University will confer an honorary degree on Mukherjee on the same day. He will attend a civic reception in Kathmandu to be held in his honour.

The Indian President will deliver a speech at a seminar of Niti Anusandhan Pratisthan Nepal and India Foundation.

On 4th November, the President of India will visit Janakpur and perform Puja at Janaki Temple and attend a Civic Reception to be hosted in his honour. He will also visit Pokhara.

The President of India Pranab Mukherjee will leave for New Delhi on 4 November 2016.

President Bidya Devi Bhandari has appointed Mr Deep Kumar Upadhyay as the Ambassador of Nepal to India.

Similarly, Mr Leela Mani Poudyal has been appointed as the Ambassador to China.

President Bhandari appointed both of them as the ambassadors in accordance with Article 282 (1) of the constitution at the recommendation of the Council of Ministers.

Upadhyay has been assigned the ministerial level diplomatic rank, according to the Office of the President.

A special security plan has been prepared for the forthcoming state visit by Indian President, Pranab Mukherjee, from November 2 to 4.

Home Ministry's Spokesperson, Bal Krishna Panthi, said all necessary security preparations have been completed for the Indian President's visit.

The extensive security plan spans President Mukherjee's arrival and departure, to the hotel where he will be accommodated and to the programme venues.

The authorities have started stricter monitoring at the Nepal – India border and checking of the passengers travelling to the Kathmandu Valley at prime entrance points.

The security circle will include Nepal Army, Armed Police Force (APF) and Nepal Police while National Investigation Department (NID) will also be mobilized during the visit.

Special security sensitivity is being adopted for the visiting Indian President in view of the soured India – Pakistan relations and open Nepal-India border.

CPN (UML) general secretary Ishwar Pokharel has opined that if the constitution is amended then the chief executive of the country should be directly elected.

Speaking at a programme organised by the CPN (UML) Kathmandu Metropolis-4 committee to exchange festive greetings with a tea reception today, leader Pokharel stressed on amending the electoral and governance system in the constitution.

He further said the directly elected chief executive is essential to end filthy political game of changing the government.

Prime Minister Pushpa Kamal Dahal today said he will make effort to establish an airport and trauma centre in Siraha.

Responding to a memorandum submitted by a delegation representing the Siraha constituency-5, PM Dahal pledged his utmost effort in developing Siraha, PM's Secretariat said.

The PM stated that he has forwarded various plans for Siraha district's development while expressing his commitment to take initiative in constructing an airport favourable for Siraha, Saptari and Udayapur among other districts in the region.

१३ कार्तिक, हुम्ला ।
हुम्ला जिल्ला लाई ७ वटा गाउँपालिका स्थानिय तह पुनरसंरचना आयोग लाई सिफारिस गर्ने भएको छ । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले ७ वटा गाउँपालिका र ४५वडा वडापालिका कायम रहने गरि आयोगमा सिफारिस गर्ने भएको छ ।

जसमा हुम्लाको उतरी भेकका गाविस मध्ये मुचु २ वटा वडापालिका,लिमीमा १,खगालगायँमा २ र हेक्पा १ गरि ६ वटा गाउँपालीकार रहेन १ नम्बर बुद्ध याल्वाङ्गमा गाउँपालीका कार्यलय रहेने गरि विभाजन गरेको छ ।

त्यसै गरि गाउँपालिका नम्बर २ सिमकोट गाउँपालिकामा सिमकोट ३,ठेहे२,स्याँडा१,डाडाँफया १ र बरगाउँ १ गरि ८ वटा वडापालिका तोकेको छ । गाउँपालि नम्बर ३ खार्पुनाथ याक्चुवगरमा रहने गरि खार्पुनाथ २,छिपूा १,राया २,र लाली १ गरि ६ वटा वडापालिका,गाउँपालिका ४ नम्बरमा सर्केगाढगाउँपालिकामा रहने गरि ८ वटा गाविसका सर्किदेउ २, सायाँ २, बराई १, रोटिकोट २, कोठि १ र जैर १वडापालिका (वडानं १ देखि ८ सम्म वडाका ) र गाउँपालिका नम्बर ५मा ६ वटा ४वटा गाविस रहने गरि मेल्छामा १ (गोठि गाविस ३ नम्बर वडा पुमा गाउँ ), श्रीमष्ठा २,दार्मा १,मिमि१ र रिमी १ ५ वडा पालिका कायम गरेको छ ।

त्यसै गरि गाउँपालिका ६को दनचुली गाउँपालिका रहेको २ वटा गाविस गरि अदनचुली गाउँपालिकामा श्रीनगर ३,कालीका२,कालिका—श्रीनगर १ गरि ६ वडापालिका कायम समेत गरेको जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति संयोजक बलदेवप्रसाद जोशीले जानकारी गराए । गाउँपालिका ७ अन्र्तगत २वटा गाविस गरि ताजकोट गाउँपालिकामा मैला ४,मदाना १ गरि ५ वडापालीका कायम गरेको हो ।

बैठकले हुम्लामा लागि केन्द्रबाट तोकिएको अधिकतम ७ वटा स्थानिय तहको नामाङ्कन तथा सिमाङ्कन गरेर स्थानिय तह पुनरसंरचना आयोगमा पेश गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी वलदेव प्रसाद जोशीले जानकारी दिनु भयो ।

हङकङ, कार्तिक १३ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ । भट्टराईलाई चीनको सेन्झेनबाट हङकङ छिर्ने क्रममा शनिबार दिउँसो हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएर छाडेको हो ।

चीन सरकार निकट संस्थाले ग्वान्झाओमा आयोजना गरेको सिल्करोड सम्बन्धी सेमिनारमा शुक्रबार मन्तव्य दिएपछि भट्टराई हिसिला यमी र विश्वद्वीप पाण्डेसहित नजिकैको शहर हङकङ आउँदै थिए। ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै दिउँसो १ बजेतिर हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र दिएका थिए।

उनलाई सरकारले रातो पासपोर्ट दिएको छ । तर, अधिकांश समयमा हरियो पासपोर्ट नै प्रयोग गर्ने गर्छन् । हरियो पासपोर्ट देखेपछि हङकङ अध्यागमनका अधिकारीहरुले तीनै जनालाई अर्को कोठातिर इशारा गर्दै नियन्त्रणमा लिएको हो ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ आएलगत्तै नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफुलाई अपमान गरिएको बताए। नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको बताउँदै भट्टराईले थपे, ‘अहिले म आफैँले पनि अनुभूती गरेँ, आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यावहार गरे।’

नेपालीहरू अनधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ। काठमाडौँस्थित चिनियाँ दूताबासबाट दिइँदै आएको भिसाका लागि अहिले हङकङ अध्यागमनमै आवेदन दिनु पर्ने व्यावस्था गरिएको छ ।

Kukur Tihar, second day of the five-day-long Tihar festival, is being observed today by worshipping, garlanding and feeding dogs.

According to a Hindu myth, dogs are regarded as guards of Yamaraj, the god of death.

Tihar is considered to be of great importance as it shows reverence to not only humans and gods, but also to animals like crows, cows and dogs, who maintain an intense relationship with humans.

१३ कार्तिक, पर्वत ।
पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधीको अभाव भएको छ । सरकारले निशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग गर्ने सिटामोल, पखालामा प्रयोग हुने मेट्रानिडाजोल, संक्रमणमा प्रयोग हुने एण्टि वयोटिक एमोक्सिसिलिन लगायत १८ किसिमका औषधीको अभाव भएको छ ।

दमका विरामीले नियमित सेवन गर्ने साल्वुटामोल ४ एमजी, दुखाईमा प्रयोग गर्ने आईव्रुफिन, वुस्कोपान, आखाँको औषधी सिप्रोफ्लाक्सिन, जुकाको औषधी अल्वेण्डाजोल लगायतका अत्यावश्यक औषधी अस्पतालमा सकिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर सरोजचन्द्र दहालले जानकारी दिनुभयो ।

अहिले स्लाइन र गर्भवती महिलालाई निशुल्क वितरण गरिने आइरन चक्किको समेत अभाव भएको उहाँले बताउनुभयो । सरकारले ७२ प्रकारका आवश्यक औषधी निशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पतालमा मुस्किलले ३० प्रकारका औषधीहरु मात्रै वितरण हुने गरेको छ । जिल्ला अस्पतालमा औषधीको स्टोर रित्तिन थालेपछि विरामीहरुलाईै नीजि क्लिनिकमा औषधी किन्न पठाईने गरेको छ ।

पोहोर साल ढिलो गरि औषधीको टेण्डर पठाएका कारण अहिले सम्म औषधी आयात हुन नसेकेको डाक्टर दहाललले बताउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि औषधी पाउन नसकेको सर्वसाधारणहरुले बताउने गरेका छन् ।

गर्मी मौसम सकिएर जाडो मौसम शुरु भएको यो बेला विरामीहरुको चाप वढेको छ । यो बेला दमका विरामीहरु बढि मात्रामा आउने गरेका छन् । त्यस्तै रुघाखोकी र ज्वरोका विरामीहरुको चाप वढेको छ । जिल्लामा औषधीको अभाव संगै विरामीहरुले सास्ती पाएका छन् ।