हङकङ, कार्तिक १३ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ । भट्टराईलाई चीनको सेन्झेनबाट हङकङ छिर्ने क्रममा शनिबार दिउँसो हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएर छाडेको हो ।

चीन सरकार निकट संस्थाले ग्वान्झाओमा आयोजना गरेको सिल्करोड सम्बन्धी सेमिनारमा शुक्रबार मन्तव्य दिएपछि भट्टराई हिसिला यमी र विश्वद्वीप पाण्डेसहित नजिकैको शहर हङकङ आउँदै थिए। ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै दिउँसो १ बजेतिर हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र दिएका थिए।

उनलाई सरकारले रातो पासपोर्ट दिएको छ । तर, अधिकांश समयमा हरियो पासपोर्ट नै प्रयोग गर्ने गर्छन् । हरियो पासपोर्ट देखेपछि हङकङ अध्यागमनका अधिकारीहरुले तीनै जनालाई अर्को कोठातिर इशारा गर्दै नियन्त्रणमा लिएको हो ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ आएलगत्तै नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफुलाई अपमान गरिएको बताए। नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको बताउँदै भट्टराईले थपे, ‘अहिले म आफैँले पनि अनुभूती गरेँ, आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यावहार गरे।’

नेपालीहरू अनधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ। काठमाडौँस्थित चिनियाँ दूताबासबाट दिइँदै आएको भिसाका लागि अहिले हङकङ अध्यागमनमै आवेदन दिनु पर्ने व्यावस्था गरिएको छ ।

19.12¡ÆC