
१३ कार्तिक, हुम्ला ।
हुम्ला जिल्ला लाई ७ वटा गाउँपालिका स्थानिय तह पुनरसंरचना आयोग लाई सिफारिस गर्ने भएको छ । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले ७ वटा गाउँपालिका र ४५वडा वडापालिका कायम रहने गरि आयोगमा सिफारिस गर्ने भएको छ ।
जसमा हुम्लाको उतरी भेकका गाविस मध्ये मुचु २ वटा वडापालिका,लिमीमा १,खगालगायँमा २ र हेक्पा १ गरि ६ वटा गाउँपालीकार रहेन १ नम्बर बुद्ध याल्वाङ्गमा गाउँपालीका कार्यलय रहेने गरि विभाजन गरेको छ ।
त्यसै गरि गाउँपालिका नम्बर २ सिमकोट गाउँपालिकामा सिमकोट ३,ठेहे२,स्याँडा१,डाडाँफया १ र बरगाउँ १ गरि ८ वटा वडापालिका तोकेको छ । गाउँपालि नम्बर ३ खार्पुनाथ याक्चुवगरमा रहने गरि खार्पुनाथ २,छिपूा १,राया २,र लाली १ गरि ६ वटा वडापालिका,गाउँपालिका ४ नम्बरमा सर्केगाढगाउँपालिकामा रहने गरि ८ वटा गाविसका सर्किदेउ २, सायाँ २, बराई १, रोटिकोट २, कोठि १ र जैर १वडापालिका (वडानं १ देखि ८ सम्म वडाका ) र गाउँपालिका नम्बर ५मा ६ वटा ४वटा गाविस रहने गरि मेल्छामा १ (गोठि गाविस ३ नम्बर वडा पुमा गाउँ ), श्रीमष्ठा २,दार्मा १,मिमि१ र रिमी १ ५ वडा पालिका कायम गरेको छ ।
त्यसै गरि गाउँपालिका ६को दनचुली गाउँपालिका रहेको २ वटा गाविस गरि अदनचुली गाउँपालिकामा श्रीनगर ३,कालीका२,कालिका—श्रीनगर १ गरि ६ वडापालिका कायम समेत गरेको जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति संयोजक बलदेवप्रसाद जोशीले जानकारी गराए । गाउँपालिका ७ अन्र्तगत २वटा गाविस गरि ताजकोट गाउँपालिकामा मैला ४,मदाना १ गरि ५ वडापालीका कायम गरेको हो ।
बैठकले हुम्लामा लागि केन्द्रबाट तोकिएको अधिकतम ७ वटा स्थानिय तहको नामाङ्कन तथा सिमाङ्कन गरेर स्थानिय तह पुनरसंरचना आयोगमा पेश गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी वलदेव प्रसाद जोशीले जानकारी दिनु भयो ।