Indian President’s state visit- A beginning of new era in Nepal India relation

The three-day state visit of Pranab Kumar Mukherjee, the 13th President of India, to Nepal at the invitation of President Bidya Devi Bhandari beginning tomorrow is believed to start a new era in the bilateral ties between the two countries.

The visit is expected to contribute to further deepening and consolidating the centuries-old bilateral relations between the two South Asian neighbours who are both members of the South Asian Association for Regional Cooperation (SAARC).

Citizens of both countries are convinced that this visit at the highest level – at the Head of State level – which is taking place after a gap of 18 years will contribute to promoting mutual understanding and making the bond of friendship intensely cooperative through enhanced religious, spiritual, economic, educational, cultural and diplomatic ties between the two countries.

President Bhandari offers Bhaitika

President Bidya Devi Bhandari offered bhaitika to her younger brother Degendra Pandey at the auspicious hour of 11.52 am today on the occasion of the Bhaitika festival.

The Bhaitika ritual and ceremony was held at the Presidential Palace, Sheetal Niwas. Mr Degendra's other older sisters Kalpana Bhandari and Kabita Pandey also offered bhaitika to him on the occasion.

Also, Mr Pandey on the occasion offered tika and garlands to President Bhandari, and sisters Kalpana Bhandari and Kabita Pandey.

Talking briefly to journalists after offering tika to her brother, President Bhandari wished for the happiness, peace and prosperity of all the Nepalis.

तमोर जलाशययुक्त जलविद्युत परियोजनाबाट करिब डेढ सय घर विस्थापित हुने

१६ कार्तिक, पाँचथर ।
पाँचथर जिल्लामा सात सय ६२ मेगावाट क्षमताको प्रस्तावित तमोर जलाशययुक्त जलविद्युत परियोजनाका कारण नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको छ ।

पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी समुदाय र केही तामाङ समुदायका घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरू डुबानमा पर्नेछन् ।

यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत परियोजनाको विद्युत्गह तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने देखिएको     तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङले जानकारी दिनुभयो ।

बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्‍ने काबेली नदीसम्म पु¥याइनेछ ।

परियोजनाबाट प्रभावित हुनसक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत विवरण सर्भेक्षणपछि मात्रै आउने नेम्बाङले बताउनुभयो ।

उपत्यकाका भूकम्पपीडितको समस्या जटिल

१४ कार्तिक, काठमाडौं ।
डेढ वर्षअघि भूकम्पबाट घरविहीन भई घर बनाउन सरकारी अनुदान पाउने आशामा बसेका काठमाडौँ उपत्यकाका भूकम्पपीडितले रकम पाउने बेलामा अनेक थरिका समस्या झेल्नुपरेको छ ।

भूकम्पपीडितलाई अनुदान दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बनाएको कार्यविधिले कतिपय समस्यालाई सम्बोधन नगरेकाले यस्तो समस्या आएको पीडितको गुनासो छ ।

तारकेश्वर नगरपालिका वडा नं. ९ र १० मा भूकम्पपीडितसँग अनुदान सम्झौता गर्ने क्रममा भेटिएका पीडितले अनेक थरिमा समस्या देखिएको गुनासो गरेका छन् । आजको गोरखापत्रमा खबर छापिएको छ ।

उनीहरूले भूकम्पपीडितको प्रमाणपत्र पाएको तर जग्गाको लाजपूर्जा नभएको, बसोबास भएको तर आवश्यक प्रमाण नभएको, गुठीको जग्गामा घर बनाई बसोबास गरेको तर लाजपूर्जा नभएको, मोही र जग्गाधनीको दोहोरो स्वामित्व भई मोहीले घर बनाएर बसेर अस्थायी पूर्जा मात्रै पाएकोजस्ता समस्या देखिएका छन् ।

सिपी गजुरेल अर्काको पासपोर्टमा लण्डन जाँदा पक्राउ

काठमाडौं ।
ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सें,को पासपोर्टमा मेरो फोटो टाँसियो। पासपोर्टमा अरू सबै ठीकठाक देखिए पनि एउटा सानो समस्या थियो । मेरो फोटोको एकापट्टि कुनामा अलिकति खुम्चिएछ । तैपनि, त्यसैलाई प्रयोग गरेर म युरोप जाने भन्ने भयो । सन् २००३ को सेप्टेम्बरमा पार्टी निर्णयअनुसार म युरोप जान तयार भएँ । आजको नयाँ पत्रिकामा सिपी गजुरेलको स्टोरी छापिएको छ।

तर, यस विषयमा पार्टीभित्र र बाहिर पनि त्यत्ति छलफल गरिनु उपयुक्त हुँदैनथ्यो । पार्टीभित्र अध्यक्ष प्रचण्ड र हाल प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र रिमबाट जसले मलाई पासपोर्टमा सहयोग गर्नुभएको थियो, तीनजनालाई मात्र जानकारी थियो । सुरक्षाका दृष्टिले पनि यस विषयमा धेरैसँग छलफल गरिनु उपयुक्त हुँदैनथ्यो ।

पासपोर्टमा मेरो फोटा टाँसी तयार भएर आएपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रिक्स पनि हुनसक्छ, के गर्ने रु’ मैले भने, ‘रिक्स मोल्नै पर्छ, मोल्ने ।’ त्यसपछि म जान तयार भएँ । नीतिगत रूपमा युरोप पार्टीको प्रचारका लागि जाने भन्ने भएको थियो । यो विषय कमरेड किरण ९मोहन वैद्य०लाई पनि जानकारी थियो । तर, कहिले कसरी जाने भन्नेबारे भने उहाँलाई पनि जानकारी गराइएको थिएन । विषयको संवेदनशीलतालाई मध्यनजर गरी अन्य नेतालाई पत्तोसम्म दिइएको थिएन ।

अब टिकटका लागि पहल भयो । टिकट ‘कन्फर्म’ भयो । फ्लाइटअघि विमानस्थलमा हुने सबैजसो ‘चेकजाँच’ भइसकेको थियो । ‘ब्यागेज’ जाँच हुँदासम्म केही समस्या आएको थिएन । तर, अन्तिममा इमिग्रेसन चेकअप हुँदा उसले जहाँ फोटोे खुम्चिएको थियो, त्यहीँ हे(यो । उसले मेरो नाम के हो रु जान लागेको देशको कुन ठाउँ हो रु आदि इत्यादि सबै सोध्यो ।

‘जसको पासपोर्ट म प्रयोग गर्दै थिएँ, त्यहाँ भएका सबै विवरण सबै कन्ठै गरेर गएको थिएँ, फररर भनेँ । लन्डनको ठाउँ पनि कन्ठै थियो । हस्ताक्षर गर्न लगायो, मैले धेरैपटक प्रयास गरेर दुरुस्तै गर्ने भइसकेको थिएँ । त्यहीअनुसार नै गरेँ । मलाई सोध्दा  उनीहरू स्वयं दुविधामा परिरहेका देखिन्थे ।

उसले शंका गर्न थाल्यो भन्ने मलाई परिरहेकै थियो । उनीहरूले अनेक खालका प्रश्न तेस्र्याउन थाले । मैले नअड्कीकनै सबै बताइरहेँ । त्यहीवेला एकजना ब्रिटिस महिला आइन् । उनका श्रीमान् ब्रिटिस हाई कमिसनमा काम गर्दा रहेछन् । उनका श्रीमान् लन्डन जाँदै रहेछन् । तिनी भिआइपी भएकाले उनलाई माथिसम्म जान दिएका रहेछन् । उनी आफ्ना श्रीमान्लाई छाड्न भनेर माथि पुगेर फर्केर आउँदै रहिछन् । मलाई केराकार गरिरहेकाहरूले ‘म्याडम १ अलिकति सहयोग गर्न सक्नुहुन्छ रु’ भन्दै बोलाए । उनले भनिन्, ‘किन नसक्नु रु’

त्यसपछि मलाई केरकार गरिरहेकाहरूले ‘उहासँग ब्रिटिस पासपोर्ट छ, तर पासपोर्टमा प्रयोग गरिएको उहाँको फोटोमा अलिकति समस्या देखिएको छ । यस विषयमा खोजीनीति गरेर हामीलाई सहयोग गरिदिनुहोस् न ।’

उनले पनि खुसी हुँदै भनिन्, ‘हुन्छ, म सहयोग गर्छु ।’ त्यसपछि ती महिला मसँग बयान लिन थालिन् । उनले पनि तिनै प्रश्न गर्न थालिन्, जुन पासपोर्टमा लेखिएको थियो । मैले पहिले दिएअनुसारकै जवाफ दिइरहेको थिएँ ।

नेपाली भूमिमा भारतीयको प्रदर्शनले वीरगन्ज नाका ठप्प

१४ कात्तिक, काठमाडौं । भारतीयहरुले शुक्रबार वीरगन्ज रक्सौल नाका ठप्प पारेका छन् ।

वीरगन्ज उपमहानगरपालिका कार्यालयले नगरक्षेत्रबाट संकलित फोहर दसगजा क्षेत्रमा फालेर वातावरण प्रदुषित गरेको भन्दै उनीहरुले मितेरी पुलमा प्रदर्शनसहित वीरगन्ज रक्सौल नाका दुई घण्टा ठप्प पारेका आजको अन्नपूर्णमा समाचार छ ।

भारतीयले दसगजा क्षेत्रमा पर्ने नेपाली मूमिमै प्रवेश गरेर शुक्रबार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नाराबाजी र प्रदर्शन गरेका थिए ।

उनीहरुले वीरगञ्ज उपमहानगरपालिका कार्यालयविरुद्ध नाराबाजी गरी कार्यालयको पुत्ला दहन गरे ।

सीमाक्षेत्रमा फोहर फालिएको भन्दै भारत रक्सौलका स्थानीयले प्रदर्शन गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ ।

दसगजा क्षेत्रमा उपमहानगरपालिकाले दैनिक ट्याक्टरमा ल्याएर फोहर फालेको बताएपनि उपमहानगरपालिकाले फोहोर नेपाली भूमिमा यसअघि फालिंदै आएको ठाउँमा फालिएको स्पष्ट पारेको छ ।
भारतीयको प्रदर्शनमा भारतीय सिमा सुरक्षाबल एसएसबीले समेत सघाएको देख्दा स्थानिय आश्चर्यचकित भएका छन् ।

भारतीयले नेपाली भूमिमै आएर प्रदर्शन गर्दा नेपाली सुरक्षाकर्मी र प्रशासन मुकदर्शक बनेकोमा स्थानियले चिन्ता व्यक्त गरेका छन् ।

टिप्न नपाउँदै चैतमा फल्नुपर्ने स्याउ कात्तिकमै फल्न थाल्यो

१४ कार्तिक, काठमाडौं ।
समान्यतया स्याउको बोटमा चैतमा फूल फल्ने र फल लाग्ने गर्छ ।

तर, जुम्लामा भने यसपालि बोटको स्याउ टिपेर बजारमा बिक्री गरेका किसान एक महिना बित्न नपाउँदै पुनः स्याउन फलेपछि आश्चर्यमा परेका आजको अन्नपूर्णले जनाएको छ ।

आजसम्म वर्षमा एक पटक मात्र स्याउ फलेको देखेका यहाँका किसान यसपालि बेसिजनमा स्याउ फलेको भन्दै चिन्तितसमेत बनेका छन् ।

स्याउ सबै बोटमा नयाँ फल लाग्यो जुम्लाका किसना प्रेमबहादुर रोकायले भने, ‘आजसम्म यस्तो कहिल्यै भएको थिएन, यसपालि त टिप्न नपाउँदै बाटोमा नयाँ स्याउ फल्न थाल्यो । कतै यो अनर्थ त हुन लागेन ।’

नेपाली कामदार भारतीयबाट लुटिँदै

१४ कार्तिक, काठमाडौं ।
रोजगारीका लागि भारत गएका नेपाली कामदार घर र्फकने क्रममा लुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ ।

पछिल्लो घटना दाङको पुरन्धाराका लोकबहादुर घर्तीसहित चार जना भारतीय भूमिमा लुटिएका छन् ।  सिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् ।

बिँडी खुवाई बेहो बनाएर ११ हजार भारतीय रुपैयाँ र मोबाइल लुटेको घर्तीले बताएको आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाल प्रहरीले नाकामा विशेष निगरानी गरेपछि यसपटक दशै तिहारमा लुटपाटका घटना केही कम भएको दाबी गरेको छ ।

यस वर्ष रुपैडिहाबाट नेपालगञ्जसम्मका बसपार्क, विभिन्न होटलमा सादा पोसाकका  जनशक्ति परिचालन गरेका कारण विगतझै लुटपाटका घटना हुन नपाएको बाँके प्रहरी प्रमुअ एसपी टेकप्रसाद राईले बताए ।

सोलिड्यारीटि कप फुटबल खेल्न नेपाली टोली मलेसिया उड्दै

काठमाडौं ।
मलेसियामा आयोजना हुने सोलिड्यारीटि कप फुटबल प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आईतबार मलेसिया प्रस्थान गर्दै छ ।

प्रतियोगिता यहि कात्तिक १७ गते देखि शुरु हुने छ ।

प्रतियोगितामा समूह ए मा रहेको नेपालले पहिलो खेल कात्तीक २० गते पूर्वि टिमोर संग खेल्न छ भने दोस्रो खेल कात्तीक २३ गते ब्रुनाई संग खेल्ने छ ।

प्रतियोगिताका लागि अनिल गुरुङ्गको कप्तानीमा अन्तिम २३ सदस्यि टोली छनोट गरिएको थियो ।

यो साता नेप्से आरोलो

काठमाडौं ।
यो साता नेपाली शेयर बजारको कारोवारसूचक नेप्से साताको पहिलो दिनको तुलनामा २२.६८ अंकले घटेर अन्तिम दिन १७५९.७१ अंकमा पुगेको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने गत साताको भन्दा ३७।०५ प्रतिशत बढेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा विभिन्न १५१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३ हजार ६ सय २६ कारोबारहरु बाट चार अर्ब १२ करोड ४० लाख १३ हजार रुपैयाँ बराबरका ४९ लाख ३३ हजार पाँच सय ७० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ वित्त समूह बाहेकका अन्य सबै समूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या तथा कारोबार संख्या तीनै आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

तिहारको लागि बिरगञ्जबाट मात्रै दुई अर्बको सामान भित्रियो

१३ कार्तिक, वीरगंज ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयबाट सुख्खा फलफुल तथा ड्राई फ्रुट्स र अन्य फलफुल गरी झण्डै २ अर्बको सामग्री नेपाल  भित्रिएको छ ।

तिहारलाई लक्षित गर्दै सो नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ भने केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ९० करोड भन्दा बढीको भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको  छ ।

नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले ‘भाइ मसला’ को खपत प्रतेक बर्ष बढेको छ ।

तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ ।

नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भयो ।

भन्सारका अनुसार  विगत एक साता यता १९ लाख ६५ हजार ४ सय १३ किलो ग्राम ड्राईफ्रुट्स नेपाल भित्रिएको
छ ।

नौलीखोला पहिलो लघुजलबिद्युत् आयोजना मर्मतपछि बिद्युत् उत्पादन सुरु

१३ कार्तिक, गोरखा ।
भूकम्पपछि अबरुद्ध रहेको उत्तरी गोरखाको लापु गाबिसको नौलीखोला पहिलो लघुजलबिद्युत् आयोजना मर्मतपछि आजदेखि बिद्युत् उत्पादन सुरु भएको छ ।

१८ महिनापछि बिद्युत्को उपयोग गर्न पाएप्छि वडा नं. २, ५ र ९ का १०० घरधुरीका स्थानीयहरु खुसी भएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web