१३ कार्तिक, वीरगंज ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयबाट सुख्खा फलफुल तथा ड्राई फ्रुट्स र अन्य फलफुल गरी झण्डै २ अर्बको सामग्री नेपाल भित्रिएको छ ।

तिहारलाई लक्षित गर्दै सो नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ भने केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ९० करोड भन्दा बढीको भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले ‘भाइ मसला’ को खपत प्रतेक बर्ष बढेको छ ।

तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ ।

नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनु भयो ।

भन्सारका अनुसार विगत एक साता यता १९ लाख ६५ हजार ४ सय १३ किलो ग्राम ड्राईफ्रुट्स नेपाल भित्रिएको छ ।

18.12¡ÆC