१७ कार्तिक, काठमाडौं ।
नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापार केन्द्र बनाउने सहमती गर्दा काठमाडौंमा उफ्रिउफ्रि नेपाली भूमिमा भारतीय हस्तक्षेपको नारा लगाएका प्रचण्डले भारतीय राष्ट्रपति आउँदा भने त्यस्तो नारा नै मेट्न लगाएका छन् ।

मुखर्जीको स्वागतमा भन्दै काठमाडौंका सडक भित्तामा लेखिएका नारा मेट्ने क्रममा महानगरपालिकाले नेपाली राष्ट्रियताको बारेमा लेखिएको नारा समेत मेटेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाली स्वाधिनताका पक्षमा स्वयं माओवादीले नै विभिन्न समयमा लेखेको नारा मेट्न लगाएको छ ।

यतिसम्म की नेपाली भूमि लिपुलेकको पक्षमा लेखिएको नारासमेत काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले मेटेका छन् ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले फोहर मैला निरीक्षण तथा अनुगमन टोली नै गठन गरेर कर्मचारीहरु खटाएर नेपाली राष्टियता र स्वाधिनताको बारेमा लेखेको नाराहरु मेट्न लगाएको छ ।

यसैक्रममा मुखर्जीको स्वागतमा बुद्धनगर, रत्नपाक, भृकुटीमण्डप लगायतका क्षेत्रमा लेखिएका त्यस्ता नाराहरुमाथि रंग दलेर नारा छोपिएको छ ।

१७ कार्तिक, काठमाडौं ।

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले म्यानचेष्टर सिटीसँग नमिठो हार व्यहोरेको छ ।
नाउ क्याम्पमा ब्यहोरेको हारको बदला लिंदै म्यानचेस्टरले बार्सीलोनालाई गएराती भएको खेलमा ३-१ ले पाखा लगाएको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तरगत मंगलबार राति भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएपनि यो क्रम जारी राख्न सकेन ।

काउन्टर अट्याकमा नेयमारले दिएको पासमा मेस्सीले च्याम्पियन्स लिगमा ९० औं गोल गरेका थिए ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा ३९ औं मिनेटमा गुन्डोगनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए सँगै उसले थप आक्रामक खेल्न थालेको थियो ।

५१ औं मिनेटमा केभिन डि ब्रुयेनले गोल गर्दै म्यानचेष्टर सिटीलाई अग्रता दिलाए भने ७४ औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले जित सुनिश्चित गरेको हो ।

१७ कार्तिक, काठमाडौं ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सुरुहुने दिन आज दिइएको सार्वजनिक बिदाको चर्को बिरोध सुरु भएको छ ।

प्रधानमन्त्रीको प्रस्तावमा मन्त्रीपरिषदले सार्वजनिक बिदाको घोषणा गर्न नपाउँदै सुरु भएको बिरोध आज भारतीय राष्ट्रपति नेपाल आउने भएपछि यसको बिरोध चर्कीएको हो ।

भारतीय राष्ट्रपति आउँदा नेपालले लिनसक्ने लाभ भन्दा खुसी पार्न सार्वजनिक बिदा र काठमाडौं तथा प्रणव मुखर्जी जाने ठाउँमा स्वागत द्ध्वार र सत्कारमा ध्यान दिइरहेको भन्दै प्रचण्ड सरकारको बौद्धिक जगतबाट पनी आलोचना र बिरोध भइरहेको छ ।

भारतीय राष्ट्रपतिको तीन दिने भ्रमणका क्रममा गत बर्ष नेपालमाथि भारतले लगाएको नाकाबन्दीको चर्को बिरोध सामाजिक सञ्जालहरुमा भइराखेको छ भने सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा ह्यासट्याग #India_StopBullyingNeighbours गरेर भारतले नेपालमाथि गरिराखेको हेपाहा प्रवृत्ति र हस्तक्षेपको समेत बिरोध चर्कीएको छ ।

फेसबुक तथा ट्विटर प्रयोग कर्ताहरुले भारतले गरिराखेको राजनीतिक दबाव, भारतीय राष्ट्रपतिको अर्थहिन नेपाल भ्रमण, चीनका राष्ट्रपतिको भ्रमण स्थगित गराएको प्रचण्ड सरकारको रबैया जस्ता कुरालाई लेखिरहेका छन्

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेपनि छिमेकी देशको राष्ट्रपति आउँदा यति चर्को बिरोध भइरहेकोमा भारतले नेपालमाथि लिएको हेपाहा र हस्तक्षेपकारी भूमिका कारण देखिएको छ ।

नेपालमा यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते भ्रमण गरेका थिए ।

काठमाडौं ।
सोलिड्यारीटि कप फुटबल प्रतियोगिता मलेसीयाको कुनचिङ्गमा बुधबार देखि शुरु हुँदैछ ।

प्रतियोगितामा समूह ए मा रहेको नेपालले पहिलो खेल कात्तीक २० गते पूर्वि टिमोर संग खेल्न छ भने दोस्रो खेल कात्तीक २३ गते ब्रुनाई संग खेल्ने छ ।

प्रतियोगिता शुरु हुनु पुर्व मंगलबार मलेसीयाको कुनचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्योटोकु कोजीले नेपालले आफ्नो समूहमा रहेका अन्य दुई राष्ट्रको खेललाई अवलोकन गरेर अझ राम्रो प्रदर्षन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक कोजीले नेपाली टोलीले ८ महिना यता कुनै अन्तराष्ट्रिय खेल नखेलेको भए पनि अभ्यास राम्रो भएकाले बाँकी दुवै राष्ट्रलाई पराजित गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रशिक्षक कोजीले गत वैशाखको विनासकारी भुकम्प पछि भत्किएको एक मात्र अन्तराष्ट्रिय खेल आयोजना गर्न मिल्ने रङ्गशाला अहिले सम्म पनि निमार्ण हुन नसक्दा नेपालले अन्तराष्ट्रिय खेल बाट बन्चित हुनु परेकोमा दुख व्यक्त गर्नुभयो ।

यसैगरि पत्रकार सम्मेलनमा ब्रुनाईका प्रशिक्षक क्वन वन सनले वातावरणले पनि आफ्नो टिमलाई साथ दिएकोले सकारात्मक नतिजा आउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

प्रशिक्षक क्वनले टिमोर संग केहि हप्ता अगाडि भएको खेलमा पनि जित हात पारेकोले मंगलबार हुने खेलबाट पनि त्यसै प्रकारको नतिजा अउने बताउनुभयो ।

टिमोरका प्रशिक्षक फाबियो डा सील्भाले खलमा नतिजा भन्दा पनि प्रदर्षन उत्कृष्ठ हुनु पर्ने बताउनु भयो ।

प्रशिक्षक सील्भाले यहि टिमले राम्रो प्रदर्षन गरिरहन्छ भने पकै पनि एक दिन सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।

सोलिड्यारीटि कपको उद्घाटन खेल बुधबार टिमोर र ब्रुनाईबिच हुँदैछ ।

काठमाडौं ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधवारबाट हुने नेपालको ३ दिने राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई मुख्य प्राथमिकता राखी सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यद्यपी यसको जनस्तरबाट व्यापक बिरोध भइरहेको छ ।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नुहुनेछ ।

त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको
छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उहाँलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ ।

उहाँले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई पनि सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रपति मुखर्जीले भ्रमणका बेला विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने र उहाँको सम्मानमा त्यहाँ नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानुहुनेछ । राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।

भारतका राष्ट्रपति प्रणब मुखर्जीको कार्तिक १९ गते हुने जनकपुर भ्रमणको पनि व्यापक तयारी भइरहेको छ ।

जनकपुरस्थित जानकी मन्दिरलाई विशेष रुपमा सजाउने र सरसफाई गर्ने काम भइरहेको छ ।

जनपुरमा भारतीय राष्ट्रपतिको स्वागतका लागि स्थानीयबासी उत्साहित रहेका जनकपुरस्थित हाम्रा सम्बाददाता अजयझाले बताएका छन् ।

भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास आज गरिएको छ ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

१६ कार्तिक, काठमाडौं ।
पूर्वमा लिम्वू समुदायले मान्ने बलिहाङ तङनाम पर्व आज सकिएको छ ।

कार्तिक त्रयोदशीदेखि शुरु भई प्रतिपदासम्म ४ दिन मनाईने यस पर्वमा लिम्वू समुदायका मानिस भेला भई प्रकृति, पृथ्वी, सूर्य र ग्रहको पूजाआजा गरी मनाउने गर्दछन् ।

यस पर्वमा वन देवतालाई पूजाआजा गरी सार्वजनिक स्थलमा सरसफाई गर्ने, यस्तै आफूहरुले पालेको पाल्तु जनावरहरुको पूजा गरी मिठोमिठो खाना दिने प्रचलन रहेको छ ।

पूर्वका पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम लगायत लिम्वू बसोबास भएका ठाउँहरुमा यो पर्व विशेष रुपमा मनाउने गरिन्छ ।

१६ कार्तिक, काठमाडौं ।
आजैबाट कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकामा सुरु भइ कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ ।

दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ ।

भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत रुपमा आजदेखि नै पर्वको शुभारम्भ भएको मानिएको हो ।

१६ कार्तिक, काठमाडौं ।

दाजूभाई– दिदी बहिनी बीचको आपसी स्नेह, भातृत्व तथा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धिका साथै दीर्घ जीवनको कामना सहित मिथिलाञ्चल सहित तराई मधेशमा भ्रातृ द्वितीया पर्व धुमधामका साथ आज सम्पन्न भएको छ ।

घर आङ्गनमा चावलको लेदोले अरिपन दिएर काठको पीढा राखी चावलकै पीठारको टिका, सिन्दुरको टिका लगाई दिएर दीदि बहिनीले दाजू भाईको हातमा चावलको लेदो लगाएर सिन्दुरको टिका लगाएर पान, सुपारी, मखान, केराउँ, कुमराको फूल राखेर धानको वालाले तीन पटक मन्त्र सहित पूजा गर्ने चलन रहेको छ ।

साथै दीदि बहिनीले दाजूभाई मिष्ठान्न सहितको परिकारहरु खुवाउने गर्दछन् भने दाजूभाईले पनि आफ्नो गच्छ अनुसारको उपहार दिने चलन पनि रहेको छ ।

१६ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभयो ।

भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिनुभएको थियो ।

भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

१६ कार्तिक, काठमाडौं ।
यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइदै छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ ।

यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् ।

यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाएको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो ।

An armed police constable died in a road accident in the Nijgadh-Pathlaiya road section of the East-West highway today.

The deceased has been identified as Binod Babu Basnet, who was based at the APF base camp in Fulgama, Mahottari, according to the District Police Office Bara. Basnet died in course treatment at the National Medical College in Birgunj.

The accident took place as the motorcycle that he was riding was hit by a tractor coming from the opposite direction, police said.

Two persons were injured in a shootout at Bhojpure Hotel in Itahari Sub Metropolis – 24 at 4 am this morning.

Hotel owner, Gangaman Rai, and a lodger, Torna Poudel, of Dhankuta were injured when Rabindra Thapa of Khandbari fired a gun, Deputy Superintendent of Police (DSP), Naresh Raj Subedi said. Thapa had arrived at the hotel yesterday and rented a room.

Both the injured are receiving treatment at the BP Koirala Institute of Health Sciences in Dharan. The police have launched a search to find Thapa, who fled the scene following the incident, DSP Subedi said.