१८ कार्तिक, टोकियो ।
जापानमा गएराती एक नेपालीको आकस्मिक निधन भएको छ ।

सिन्धुपाल्चोक घर भएका कामी शेर्पाको आकस्मिक निधन भएको बताइएको छ ।

जापानको तोचिगिमा बस्दै आएका सिन्धुपाल्चोक जिल्ला तातोपानी निबासी कामी शेर्पाको निधनपछि उनको दाह संस्कारको लागि भन्दै रकम संकलन थालिएको छ ।

मृतक शेर्पाको बारेमा विस्तृत विवरण र उनको नेपाल स्थित परिवारजनबारे नखुलाइएपनि जापानवासी दाजुभाई तथा दिदीबहिनीहरुले जापान शेर्पा संघका अध्यक्ष गेलु शेर्पा लाई सम्पर्क गरि आफूले सक्ने सहयोग गरिदिनु हुन अनुरोध भन्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले लेखेका छन् ।

१७ कार्तिक, मुस्ताङ ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार भेडा च्याङग्रा बाहिरिएका छन् ।

दसैंभन्दा तिहारमा एकदमै न्यून मात्रामा भेडा च्याङ्ग्रा बाहिरिन्छन् । दसैंमा यसबर्ष २१ हजार भेडाच्याङग्रा मुस्ताङ जिल्लाबाट निर्यात भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सिमाना घासाबाट हरेक दसैँ र तिहारमा जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । तिहार आसपासमा पाँच हजार च्याङ्ग्रा निर्यात भएको कार्यालयका खरिदार राजेन्द्र समान्तले जानकारी दिनु भयो ।

तिहारमा १० देखि १३ हजारको हाराहारीमा बिक्रीवितरण भएको थियो । मुस्ताङको तल्लोभन्दा उपल्लो क्षेत्रमा व्यावसायिक रुपमा च्याङ्ग्रापालन गरिएको छ । लोमान्थाङसहित छोसेर, छोन्हुप, घमी, मुक्तिनाथ, घमी र सुर्खाङ गाविस भेडाच्याङ्ग्रा पाल्नका लागि पकेट क्षेत्र हुन् ।

दसैँमा बिक्री भएको भेडाच्याङ्ग्रा बजारमा पूर्णरुपले बिक्री भइनसकेका कारण तिहारमा कम च्याङ्ग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। नन्दलाल बर्माले जानकारी दिए। मुस्ताङबाट बाहिरिने च्याङ्ग्रा बेनी, पोखरा, बाग्लुङ, कुश्मा, चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् ।

१७ कार्तिक, सुर्खेत ।
सुर्खेत प्रहरीले लुटिएका हतियार सहित छ जनालाई पक्राउ गरेको छ ।

मदिरा सेवन गरेका करिब २५ जना युवाको एक समूहले आग्रीगाउँ प्रहरी चौकीमा आक्रमण गरी तीन थान राईफल त्यसमा लाग्ने २०० राउण्ड गोली, एक थान पेस्तोल र त्यसमा लाग्ने ८ राउण्ड गोलीसँगै एउटा हथकडी लुटेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अझै लुटिएको एक थान राईफल र त्यसमा लाग्ने ५० राउण्ड गोली अझै फेला परेको छैन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधवप्रसाद नेपालले आग्रीगाउँ प्रहरी चौकीका एक जना प्रहरी र काफलकोटका युवा वीच भएको सामान्य विवादपछि स्थानीयले चौकी आक्रमण गरेको बताउनु भयो ।

१७ कार्तिक, कास्की ।
कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ ।

मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिनुभयो ।

विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तथा लेखनाथमा निर्माण गरिएको सव–स्टेसनमा जोडिएका उपकरणको समेत परीक्षण गरिने उहाँले बताउनुभयो ।

परीक्षण उत्पादनपछि एक महिनासम्ममा मर्मत गर्ने र मङ्सिर अन्तिमदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएको छ । उक्त आयोजनाको लागत करिब रु पाँच अर्ब २८ करोड रहेको छ । विसं २०६९ पुसबाट आयोजना निर्माण सुरु गरिएको थियो ।

१७ कार्तिक, पर्वत ।
शिक्षामन्त्री धनीराम पौडेलले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षकलाई वर्खास्त गर्ने बताउनुभएको छ ।

प्रेस सेण्टर पर्वतले कुश्मामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले सरकारी तलव खाएर पार्टिको झण्डा बोक्ने शिक्षकलाई कारबाहि गर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो ।

शिक्षकहरु पेशा भन्दा पार्टिको कार्यक्रममा हिँड्दा शिक्षामा गुणत्मक परिवर्तन नआएकोले सरकार कडा रुपमा प्रस्तुत हुन लागेको बताउनुभयो ।

१७ कार्तिक, जनकपुर ।
भारतीय राष्ट्रपति मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ ।

नेपाली, मैथिली, अंग्रेजी भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताउनुभयो ।

१७ कार्तिक, काठमाडौं ।

यसअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमणका लागि आज दिउँसो काठमाडौं आईपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रिपूर्ण निमन्त्रणामा आउनु भएका भारतीय राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा स्वागत गरेकी थिइन् ।

भारतीय राष्ट्रपतिको स्वागतका लागि विमानस्थलको अतिविशिष्ठ कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । यस्तै मन्त्रीहरु, सरकारका उच्च पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु स्वागतका लागि उपस्थित थिए ।

भारतीय राष्ट्रपति मुखर्जीको स्वागतमा नेपाली सेनाले सम्मान गारत प्रदान गरेको थियो । त्यस अवसरमा नेपाल र भारतका राष्ट्रिय धुनहरु बजाइएको थियो भने २१ तोपको सलामी पनि दिइएको थियो ।

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

भारतका राष्ट्रपति मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्री,
भारतीय संसद लोकसभा र राज्यसभाका चार सदस्य, सचिव एस जयशङ्करसहित ६० जना सम्मिलित छन् ।

पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् । भारतका राष्ट्रपतिको नेपाल भ्रमण १८ वर्षपछि भएको हो ।

भारतीय राष्ट्रपति मुखर्जीले भोली विहान पशुपती क्षेत्रमा गएर आराध्यदेव पशुपतीनाथको पुजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

भारतीय राष्ट्रपति मुखर्जीसँग भोलि नेपालका विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भोली नै भारतीय राष्ट्रपतिलाई काठमाडौं महानगरपालिकाको आयोनामा काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले पर्सी शुक्रवार नेपालको ऐतिहासिक धार्मिक स्थल जनकपुर र पर्यटकीय स्थल पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भारतका राष्ट्रपति वीच भेटवार्ता

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र नेपालका राष्ट्रपति विद्या भण्डारी वीच आज राष्ट्रपति निवाश शितल निवासमा औपचारिक भेटवार्ता भएको छ ।

दुई देशका राष्ट्रपति वीच दुइ पक्षिय सम्बन्ध र आपसी हितकावारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

दुइ पक्षिय हित र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी हुंदा भारतीय राष्ट्रपति मुखर्जीले नेपालमा संबिधान जारी भएकोमा राष्ट्रपति भण्डारी सहित नेपाली जनतालाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता पौडेलले जानकारी दिए ।

भेटवार्तामा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत, पर्यटनमन्त्री जीवन बहादुर शाही सहित उच्च सरकारी अधिकारी थिए ।

यसैगरी भारतका तर्फबाट त्यहांका रक्षा राज्यमन्त्री डा सुभास भामरे, तीन जना सांसद, नेपालका लागि भारतीय राजदूत तथा केही सरकारी अधिकारी सहभागि थिए ।

भारतीय राष्ट्रपति सँग आजै साँझ उपराष्ट्रपति नन्द बहादुर पुनले भेटवार्ता गर्नुभएको छ ।

Earlier today, President Bidya Devi Bhandari had received her Indian counterpart Pranab Mukherjee at the VVIP lounge of Tribhuvan International Airport (TIA) a while ago.

The Indian President arrived this afternoon around 12.20 on a special flight in connection to a three-day state visit at the friendly invitation of President Bhandari.

Vice President Nanda Bahadur Pun, Prime Minister Pushpa Kamal Dahal, Minister for Foreign Affairs Dr Prakash Sharan Mahat, Minister for Urban Development Arjun Narsingh KC, political leaders and Nepalese Army high-ranking officers were at TIA to welcome the Head-of-the-State of the neighbouring country.

On the occasion, a contingent of Nepalese Army offered a guard of honour to the Indian President. A 21-gun salute was also offered on the occasion.

The letter of civic felicitation to be presented to President of India Pranab Mukherjee by the people of Janakpur has been prepared in three languages—Nepali, English and Maithili.

The Indian President who is presently on a three day state visit to Nepal will reach there on Friday and the Janakpur people are organising a civic felicitation in his honour, according to the Civic Felicitation Programme Committee Coordinator and Janakpur Sub Metropolis Chief, Punya Prasad Luintel.

The felicitation letter will make a mention of the relationship between the two holy shrines—Janakpur and Ayodhya of India, marital relations between Janaki and Ram, the Mithila-Awadh relations, languages and culture of both countries and the Nepal-India bilateral-relations.

The President of India will pay homage at the historic Janaki Temple and attend a civic reception to be held at Tirhutiya Gachhi.

President Mukherjee is scheduled to spend 55 minutes in Janakpur and he will be received at Janakpur Airport by Deputy Prime Minister and Minister for Home Affairs Bimalendra Nidhi.

President Bidya Devi Bhandari and the visiting President of India, Mr Pranab Mukherjee, had a meeting at the President's Office, Shital Niwas today.

In the meeting, President Bhandari and her Indian counterpart held discussions on the centuries-old Nepal-India relations and on various matters of mutual interest and concern, the Ministry of Foreign Affairs stated.

The Presidents of the two countries discussed on further strengthening the historic, cultural, social and people-to-people relations between Nepal and India in the meeting that took place in a cordial atmosphere.

Spokesperson at the Ministry of Foreign Affairs, Bharat Raj Poudyal said that the talks between the Presidents duo was focused on mutual interests.

The President of India congratulated President Bhandari, the Nepali people and the Constituent Assembly on the promulgation of the Constitution of Nepal, Poudyal added.

Similarly, the Indian president also called on vice president Nanda Bd. Pun today.

Likewise, in course his high level meeting, President Mukherjee held one to one meeting with prime Minister Puspa Kamal Dahal this evening.

During the high level meeting taken place in Hyatt Hotel in Kathmandu, Prime Minister Dahal and president Mukharjee held discussions on various matters of mutual interest and concern.

On the occasion, the Nepali Prime minister apprised the Indian president about the major political achievements that range from the peace process to constitution amendment process in Nepal.

During the meeting, the Indian president Mukharjee has praised the role played by the Nepal's political parties to take the country to this political juncture.

They further discussed on further strengthening the historic, cultural, social and people-to-people relations between Nepal and India in the meeting that took place in a cordial atmosphere, according to our correspondent Kiran Aryal.

१७ कार्तिक, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एकमात्र अन्तराष्ट्रिय त्रिभुवन बिमानस्थल बन्द गर्नुका साथै काठमाडौंमा अघोषित कफ्यु लगाउने भएको छ ।

ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक मात्र लगाएको छैन मुखर्जी जाने ठाउँमा नागरिकलाई पैदल हिँड्न समेत रोक लगाएको छ ।

दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना नरहेको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफ्रिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका क्रममा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ ।

मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।

सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । तर, तिहार मानेर देशका विभिन्न स्थानबाट काठमाडौं फर्कनेहरु भने मारमा परेका छन् । सार्वजनिक बिदाको देशभर बिरोध जारी रहेको छ ।

मुखर्जी बिमानस्थलमा आइपुग्दा मध्यान्ह १२ बजेर १० बजेदेखि १ बजेसम्म विमानस्थल पुरै बन्द हुने भएको छ ।

मुखर्जी दिउँसो साढे १२ बजे काठमाडौं अवतरण गर्ने बताइएको छ । उनलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन विमानस्थल जाने भएकीछिन् ।

भारतीय राष्ट्रपति मुखर्जी आउनुभन्दा २० मिनेट अघिदेखि नै बन्द हुने त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने छ ।

विमानस्थल बन्द हुने भएपछि नियमित उडानहरु तालिकाहरु परिवर्तन हुनेछन् । आन्तरिक तथा वाह्य सबै उडान र अवतरणमा ढिलाइ हुनेछ । मलेसियन एयरलाइन्सको एक विमान अवतरण गर्न नपाएपछि आकासमै फन्को लगाइरहेको छ ।

१७ कार्तिक, काठमाडौं ।
भारतीय सेनामा जागिर खाएका एक नेपालीको जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा परि मृत्यु भएको छ ।

जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका २० वर्षीय बिमल तामाङ रहेको बताइएको छ ।

भारतीय अधिकारीहरुका अनुसार १८ जनाको ज्यान जाने गरी भएको उरी घटनापछि जम्मु कश्मीरको नियन्त्रण रेखामा भएका गोलाबारीमा अहिलेस्म्म ८ सुरक्षाकर्मी र चार नागरिकको मृत्यु भएको छ ।