Indian president performs puja at Pashupatinath

President of India Pranab Mukherjee performed special pooja at the Pashupatinath temple today.

On this special occasion, he also offered prayers to the Basuki Temple, the Surya (sun) God, Narayana, Bhairab, and other gods and goddesses, and deities on the premises of the temple.

The high-profile guest from the southern neighbour performed the special pooja with the established rituals that included Panchamrit snan and the Rudri Path (chanting of Rudri scriptures).

Prior to this, the Indian President signed on the Visitors Book kept there on which he mentioned that India would assist in the reconstruction of the Pashupati area.

ADB pledges rs 12 billion for improvement of secondary education in Nepal

The Asian Development Bank (ADB) has announced financial assistance worth Rs 12 billion to improve education quality and an access to secondary education in Nepal.

Of the total loan and grant pledged, Rs 50 million will be availed as a grant, according to the ADB Headquarters in Manila, Philippines.

The amount will be released to help the Ministry of Education implement the seven-year plan for School Sector Development Plan.

With the aid, around 200 model buildings capable of withstanding disasters including earthquake will be constructed in various locations across the country.

ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल सहित पाँचजनालाई सार्वजनिक मुद्दा !

१८ कार्तिक, काठमाडौं ।
कुनै समय भारतीय बिरोध गर्न उनै फणिन्द्र नेपालहरुको साथ खोज्ने पुष्पकमल दाहाल प्रचण्ड सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा कालो झण्डा देखाएको भन्दै उनैलाई पक्रेर सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

प्रहरीले ग्रेटर नेपालका अध्यक्ष रहेका अभियन्ता फणिन्द्र नेपाल, अधिकारकर्मी शारदा भुसाललगायत पाँचजनालाई पक्राउ गरेको छ ।

बुधबार नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति मुखर्जीको चौतर्फी चर्को बिरोध भइरहँदा कालो झण्डा देखाउन नेपाल नेतृत्वको समूह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेटमा पुग्न नपाउँदै पक्राउमा परेको हो ।

प्रहरीले नेपालसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष नेपालसँगै तिलक बोहोरा, योगेश बराल र राम खड्का रहेका छन् । उनिहरुलाई बालाजु प्रहरी बृत्तमा राखिएको छ ।

त्यस्तै मुखर्जीको भ्रमणको विरोधमा कालो कपडा लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेको भन्दै अधिकारकर्मी शारदा भुसाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई सरकारको निर्देशन अुनसार सार्वजनिक मुद्दा चलाइने महानगरीय प्रहरी परिसरले जनाएको छ ।

भुसालले भने हिरासतमै रहेको अवस्थामा अनसन थालेकी छन् । पक्राउ पुर्जी नदिएको तथा उचित व्यवहार नभएको भन्दै भुसालले गए राति ८ बजे अनसनको घोषणा गरेकी हुन् ।

प्रहरीले यसअघि ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालको घरमा दुईपटक छापा मारेको थियो ।

भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको विरोध गर्दै कालोझण्डा देखाउने तयारी गरेपछि प्रहरीले फणिन्द्र नेपाल सहितका ग्रेटर नेपाल आवद्धहरूलाई खोजतलास गरेको थियो ।

आफ्नो घरमा भारतीय दुतावासको निर्देशनमा प्रचण्ड सरकारले दुईपटक छापा मारेको भन्दै पक्राउ अघिनै अभियन्ता नेपालले बिरोध गरेका थिए । यसका बावजुद पनि नेपालले मुखर्जीको भ्रमणको बिरोध सहित कालो झण्डा देखाएकोमा उनको देशभक्त नेपालीहरुले खुसी र बधाई सहित उनको बिना सर्त तत्काल रिहाई गर्न माग गरेका छन् ।

पोखरामा ‘प्रणव मुखर्जीको मुख च्यातेर’ ‘स्वागत छ पोखरामा’ हटाइयो

१८ कार्तिक, पोखरा ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागमा सरकारले बनाएको स्वागतद्धारा तोडफोड भएको छ ।

गएराति ति स्वागतद्धार पोखराका देशभक्त युवाहरुको समुहले तोडफोड गरेको हो । पोखरास्थित टपनेपालन्युजडटकमकर्मी तारा पौडेलका अनुसार एक समुहले आफुहरुले भत्काएको दाबी गरेपनि तत्काल परिचय नखुलाईदिन अनुरोध गरेको छ ।

भारतले गत बर्ष नेपालमाथि गरेको नाकाबन्दी र नेपालमाथिको हस्तक्षेपको बिरोधमा उनको पोखरा भ्रमणको बिरोध स्वरुप सरकारले बनाएको स्वागतद्धार भत्काएको उनिहरुले बताएका छन् ।

शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो ।

स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स सँगै भारतीय राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ ।

तर प्रहरीले भने सामान्य च्यातिएको भन्दै तोडफोड भएको स्वागतद्धारमा प्रहरीले नयाँ तत्काल छाप्न लगाएर टालेको छ ।

Photo:onlinekhabar

विश्वभर छाइन् परिश्रमी यि नेपाली चेली

१८ कार्तिक, काठमाडौं ।
नेपालकी एक परिश्रमी चेली विश्वभर चर्चा पाउन सफल भएकी छिन् । तर यो उनले चाहेर नभई आफैंले थाहै नपाई पाएको चर्चा हो ।

प्रसंग हो सामाजिक सञ्जालमा छाएकी गोरखाकी एक तरकारी बेच्न हिँडेकी युवतीको ।

विशेषगरि नेपालका केही फेसबुक प्रयोगकर्ताहरुले राखेको तस्विरलाई भारतीय सञ्चार माध्यमले चर्चामा ल्याएपछि उनी चर्चाको पात्र बनेकी हुन् ।

यसअघि पाकिस्तानी चियावाला युवाको चर्चा यसैगरि चुलिएको थियो । पाकिस्तानी चियावाल अरसद खानको चर्चा पछि नेपाली तरकारीवाली भनेर एक युवतीको तस्बिर भाइरल भएको हो ।

यसरी सामाजिक सञ्चालमा चर्चा पाएकी यी युवतीको तस्बिर गोरखाको भुम्लिचोक गाविसको हो । यद्यपी उनको नाम र विस्तृत जानकारी अझै खुलीसकेको छैन ।

चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवतीको फोटो पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोष्ट गरेका थिए । उनको फेसबुकबाट सार्वजनिक भएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । यस अघि भने पाकिस्तानका चिया बेच्ने युवा आफ्नो निलो आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सामाजिक सञ्जालमा चर्चा पाएसँगै पाकिस्तानी युवा अहिले चिया बेच्न छोडेर मोडलिङमा व्यस्त छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली युवतीको चर्चा पाकिस्तानी चियावाला युवासँग गरिएको हो ।

भारतीयहरुले तरकारी अर्थात् क्रेटमा गोरभेडा बोकेकी सुन्दर युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । युवती मिहिनती भएको भन्र्दै भारतीयहरुले युवतीको तारिफ गरेका छन् । भारतीयहरुले युवतीको प्रशंसा गर्दै ट्वीटरमा तरकारीवाली नाममा ह्यासट्यागमा ट्रेन्डिङ नै चलाएका छन् ।
अन्नपुर्ण पोष्टमा खबर छ

मुखर्जीले पशुपतिनाथमा पूजा गर्दै

१८ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन् ।

बिहीबार बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्र्र्नेपशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राष्ट्रपति मुखर्जीको स्वागतका लागि पशुपतिनाथ मन्दिरमा भव्य स्वागतको तयारी भएको छ । पशुपतिनाथ मन्दिर पश्चिम प्रवेशद्वार लगायत यस क्षेत्रका यावत् स्थानमा पुष्पमालाले झकिझकाउ गरिएको छ ।
राष्ट्रपति पशुपति आउदा उनलाईयस क्षेत्रको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिँदैछ ।

सन्ध्या पुस्तकालयले परम्परागत बाँसुरी, ज्यापु पुचःले धिमे, सिर्जनशील युवा क्लबले साँस्कृतिक झाँकी प्रस्तुत गर्दैछ । आजको गोरखापत्रमा खबर छापिएको छ ।
राष्ट्रपति मुखर्जीले पशुपतिनाथको दक्षिण मुहार अघोरतर्फबाट पञ्चामृतसहितको रुद्राभिषेक पूजा गर्नेछन् ।

पशुपति मन्दिर परिसर हेर्ने अधिकृत कमलबहादुर बोगटीका अनुसार राष्ट्रपति मुखर्जीलाई मन्दिरको दक्षिण ढोकाको भित्री चाँदीको छेकवार हटाई आसन ग्रहणको व्यवस्था गरिएको छ ।

मुखर्जीले गर्दा आज यि बाटो अवरुद्ध हुँदैछ

१८ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै छ ।

बिहीबार र शुक्रबार पनि काठमाडौंका सडकमा यातायात अस्तव्यस्त हुनेछ । प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नया“ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ । त्यस्तै, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ ।

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ ।आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

यसैगरी, साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सवारी छ ।

शुक्रबार भने भने एकपटक मात्र सडक अवरोध हुनेछ । मुखर्जी हायात होटेलबाट जनकपुर जान विमानस्थल जाँदा सडक अवरुद्ध हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ ।

नेपाल रेल्वेको जग्गा भारतीयको आतिक्रमणमा

१८ कार्तिक, काठमाडौं ।

विरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगीले सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको जग्गा प्रयोग गर्न नपाउँदा भारतीय रेल्वेको जग्गा प्रयोग गरेबापत करोडौं रुपैयाँ स्टेसन भाडा र बिलम्ब शुल्क तिरिरहेका आजको नागरिक दैनिकमा समाचार छ।

रक्सौलको भारतीय रेल्वे स्टेसनसँगै टाँसिएको नेपाली रेल्वेको जग्गा नेपाल सरकार र सम्बन्धित निकायको लापरबाहीले गर्दा भारतीयले अतिक्रमण गरी घर,टहरा बनाएर बसेका छन्, जसले गर्दा स्वदेशी व्यापारीले प्रयोग गर्न सकेका छैनन्।

स्टेसनसँगै रहेको नेपाली रेल्वेको जग्गामा व्यापारीको लागि सेड बनाइदिन नेपाल सरकारसँग बिरगन्ज उद्योग बाणिज्य संघले पटपटक आग्रह गरेपनि सुनुवाई नभएको व्यापारीको गुनासो रहेको छ।

तत्कालिन ब्रिटिस सरकारसँग नेपाल सरकारले सन् १९२७ जुन १९ मा सो जग्गा ३१ हजार ७ सय २५ भारतीय रुपैयाँमा खरिद गरी रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल सञ्चालन गरिएको थियो ।

जुन रेल ३८ वर्षअघि बन्द भएपछि त्यहाँ रहेको नेपाल रेल्वेको जग्गा र भौतिक संरचना भारतीयको आतिक्रमणमा परेको छ।

काँग्रेसका भीमसेनदास प्रधानले बसपार्कमा भ्यु टावर बनाउन रोके

१८ कार्तिक, काठमाडौं ।
राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको हो । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानको नेतृत्वमा राजनीतिक दलले अवरोध गरेपछि ठेकेदार कम्पनीले भ्यु टावर निर्माणको काम अघि बढाउन सकेको छैन ।

भ्यु टावर निर्माणका लागि निर्माण कम्पनीले काठमाडौं महानगरपालिकाबाट साउनमै कार्यादेश लिइसके पनि काम अघि बढाउन नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । उनले भने, ‘भ्यू टावर निर्माणको काम अघि बढ्न नसक्नुमा राजनीतिक दल र स्थानीय बासिन्दाको अवरोध कारण देखिन्छ । निर्माण कम्पनीको पनि केही कमजोरी छ ।’ आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं। ६ का सांसद भीमसेनदास प्रधानको नेतृत्वमा बसपार्कमा भ्यू टावर बन्न नदिन राजनीतिक लबिङ सुरु भएको हो । सांसद प्रधानले भ्यू टावर निर्माण रोक्न काठमाडौं निर्वाचन क्षेत्रका सबै सांसदसँग छलफल चलाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसद प्रधानकै नेतृत्वमा एक डेलिगेसनसमेत गइसकेको छ ।

उनीहरूले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसँग पनि भेट गरेर भ्यू टावर निर्माणको काम रोक्नुपर्ने माग गरेका छन् । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई भेटेरै उनीहरूले भ्यू टावर निर्माण तत्काल रोक्न ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानसहितको टोलीले भ्यू टावर निर्माण रोक्न ज्ञापनपत्र बुझाएको महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले बताए । ‘उहाँहरूले बसपार्कलाई अहिलेकै अवस्थामा छोड्न भन्नुभएको छ । तर, उहाँहरूले किन यस्तो माग गर्नुभएको हो, बुझ्न सकिएको छैन,’ तामाङले भने ।

मुखर्जी आउँदा सरकारले आकाशमै ट्राफिक जाम गरायो

१८ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर परेको छ ।

तष्बआन्तरिक र वाहृय उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको आजको अन्नपूर्णमा समाचार छ ।

त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तराष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण एउटै हुनु र दैनिक दुई सयभन्दा बढी उडान हुन काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

त्यसमा पनि भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवाइृ मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रचण्डको पार्टीभित्रै चर्को आलोचना बढ्यो

१८ कार्तिक, काठमाडौं ।
सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीब्र आलोचना सुरु भएको छ ।

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक विदा घोषणा गरेको, इमान्दार र क्षतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनलाई राजनीतिक नियुक्तिमा लागेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना पराराष्ट्र मामिलाका सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई निुयुक्ति गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ ।

बिदेसिने नेपाली २० प्रतिशत घटे

१८ कार्तिक, काठमाडौं ।
मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स घटिरेहो बेला वैदेशिक रोजगारीमा जानेको संख्या पनि ओरालो लाग्दै गएको छ ।

अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटसँगै खाडी राष्ट्रमा देखिएको असरले वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको असोजसम्म ९० हजार ४ सय ७ नेपाली कामदार विदेशिएका आजको कारोबार दैनिकमा समाचार छ ।

यो तथ्यांक गत आव असोजसम्मको तुलनामा २० प्रतिशतले कम अवधिमा साउदीमा ३६ हजार २सय ७९ कामदार विदेसिएकोमा चालूको आवको सोही अवधिसम्म २५ हजार ६ सय ९९ नेपाली कामदार गएका छन् ।

कतारमा ३३ हजार ३ सय ३३ बाट घटेर २९ हजार २ सय ७० नेपाली कामदार गएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web