१९ कात्तिक,काठमाडौं ।

काठमाडौंदेखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ । बुद्ध एयरको फ्रेन्च–इटालियन एटीआर विमानमा हुने राजकीय सवारी काठमाडौंबाट उडेपछि जनकपुरको हवाई बाटो नसमातेर पूर्व–उत्तर हुँदै उड्नेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानको बायाँतर्फको सिटमा एक्लै रहने राष्ट्रपति मुखर्जी हिमाल हेर्दै जनकपुर पुग्नेछन् । ‘नियमित उडानको समय २५ मिनेट हो तर राष्ट्रपतिलाई हिमाल देखाउँदै जाँदा थप १०/१५ मिनेट समय अवधि बढ्नेछ,’ ती अधिकारीले भने ।

राष्ट्रपति उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १० बजेदेखि साढे १० बजेसम्म (आधा घण्टा) का लागि नोटाम जारीपछि विमानस्थल बन्द गरेको छ । प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्यसबेला काठमाडौंका लागि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडानअवतरण हुने छैनन् ।

भीभीआईपी उडान १० बजेर २० मिनेटमा जनकपुरका लागि उड्नेछ । त्यसपछि बुद्धको अर्को एटीआर विमानमा भारतबाट आएका पत्रकार, सांसद र विधायकलगायतका डेलिगेट उड्नेछन् । डेलिगेटको उडान अवधि भने २५ मिनेटकै हुनेछ । उनीहरूले माउन्टेन फ्लाइटको अनुभव लिने छैनन् । आजको कान्तिपुरमा खबर छापिको छ ।

राष्ट्रपतिको विमान हिमाल हेर्दै जाने योजना छ, जसका कारण उहाँको जहाज काठमाडौंबाट पहिले उडे पनि जनकपुरमा भने डेलिगेट बोकेको जहाजले अवतरण गरेको केही मिनेटपछि मात्रै अवतरण हुनेछ,’ स्रोतले भन्यो । राष्ट्रपतिको उडानका साथसाथै काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर र गृहमन्त्री बोकेर अर्को निजी हेलिकप्टर उड्ने कार्यतालिका छ । सेनाको हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गर्नेछ । उक्त हेलिकप्टरले राष्ट्रपतिको जनकपुर बसाइका क्रममा हवाई–रेकी गर्नेछ ।

१८ कार्तिक, काठमाडौं ।
अरुण काबेलीले हाइड्रोपावरले सर्वसाधारणका लागि खुलाएको सेयरमा मागभन्दा ४१.६६ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरका साधारण सेयरका लागि माग आवेदन गरेको थियो तर, सो आइपीओमा १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सेयरमा देशभरका संकलन केन्द्रबाट १ लाख ४५ हजार बढीको आवेदन दिएका छन् ।

कम्पनीले कात्तिक १२ गतेसम्म पाँचथर र ताप्लेजुङको सीमामा पर्ने कावेली खोलाबाट ४ अर्ब रुपैयाँ खर्च गरेर २५ मेगावाटको विद्युत आयोजनाका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम् १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले निष्काशन गरेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो । यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

१८ कार्तिक, विराटनगर ।

मोरङको लेटाङ भोगटेनी नगरपालिका वार्ड न ५ मा यहि कार्तिक– १५ गते हुर्रानाचको क्रममा दुई जना युवकको हत्यामा संलग्न १० जनालाई मोरङ प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

हुर्रानाचको क्रममा स्थानिय युवाहरु विच झडप हुदा केरावारी–९ का १७ वर्षिय सोनम गुरुङ र सोही ठाउका १५ वर्षिय दिपेन गुरुङको हत्या भएको थियो ।

पक्राउ पर्नेमा लेटाङ भोगटेनी–४ का कपील चेमजोङ, सोही नगरपालिका वस्ने लिलवहादुर मल्ल ठकुरी, निश्चल मगर, सन्तोष विश्वकर्मा, विक्रम मगर, उत्तम शाही,२३ वर्षका कुमार वस्नेत, सविन राई , आदित्य मगर तथा रुपन राई रहेका छन ।

उनीहरुलाइ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सामुहिक झडप हुदा ती दुइजना युवकमाथी छुरा तथा वासको भाटा प्रहारगरी हत्या गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले बताउनुभयो ।

१८ कार्तिक, जनकपुर ।
नेपालको राजकीय भ्रमणका क्रममा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी भोलि शुक्रबार जनकपुरको भ्रमणमा आउँदैछन् ।

काठमाण्डौंबाट विहान ११ बजे जनकपुर आउने भएका मुखर्जीले जानकी मन्दिरमा पुजाअर्चना गर्ने र त्यहाँ सरकारले आयोजना गरेको नागरिक अभिनन्दनमा पनि सहभागी हुने भएका छन् ।

राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको छ ।

यसैगरी भारतीय राष्ट्रपति मुखर्जीले भोली गर्ने पोखरा भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ ।

राष्ट्रपति मुखर्जीको स्वागतका लागी पोखराका विभिन्न ९ स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।

पोखरा विमान स्थल देखी बिरौटा चोकस्थित होटल ग्राण्ड तथा रामबजार स्थित पेन्सन क्याम्पसम्म स्वागतद्वार र धोजापतका सहित विशेष सरसफाइका साथ सडकलाई आकर्षित तुल्याइएको छ ।

मुखर्जीको सवारी हुने मुख्य मार्गमा दुबै देशका राष्ट्रिय झण्डा सहित भरिएका पानीका घढा राखेर स्वागतको व्यवस्था मिलाइएको छ ।

जनकपुरबाट बुद्ध एयरको विमानबाट भोली दिउँसो पोखरा पुग्ने राष्ट्रपति मुखर्जीले पोखरा पेन्सन क्याम्पमा आयोजना गरिने भारतीय भुतपूर्व सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

१८ कार्तिक, काठमाडौं ।
नेपालको तीनदिने भ्रमणका क्रममा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी आज विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

राष्ट्रपति मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले एक विशेष दिक्षान्त समारोहमा मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

समारोहमा काठमाण्डौं विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति मुखर्जीलाई मानार्थ विद्यावारिधि प्रदान गरे ।

राष्ट्रपति मुखर्जीले सार्वजनिक सेवा, क्षेत्रीय सहयोग र अन्तर्राष्ट्रिय सम्बन्धमा पुर्याएको महत्वपूर्ण योगदान स्वरुप उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको विश्वविद्यालयले जनाएको छ ।

समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति धनीराम पौडेलले मानार्थ विद्यावारिधिको प्रमाणपत्र वाचन गरेका थिए ।

विशेष दिक्षान्त समारोहलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले आफुलाई गरिएको सम्मान मानवजातिको उत्थानमा समर्पित गर्ने बताए । उनले सिर्जनशीलता, अनुसन्धान र विकासलाई केन्द्रमा राखेर अघि बढेमा कुनै पनि संस्थाले उत्कृष्टता प्राप्त गर्न सक्ने पनि बताए ।

राष्ट्रपति मुखर्जीले नेपाल भारतबीचको सम्बन्ध एक दुई वर्ष वा एक दुुई दशकको नभएर शताब्दीयौ देखि रहिआएको भन्दै आफुलाई सम्मान गरिएकोमा भारतीय जनताका तर्फबाट धन्यबाद दिए ।

राष्ट्रपति मुखर्जीलाई मानार्थ विद्यावारिधि प्रदान गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति दाहालले विश्वविद्यालयको कुलपतिको नाताले मानार्थ विद्यावारिधि प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले भूगोल, इतिहास र संस्कृतिले नेपाल भारत सम्बन्धलाई विशिष्ट बनाएको र यस क्षेत्रमा ठूला ठूला दार्शनिक, विद्धवान तथा अनुसन्धानकर्ता जन्मिएको स्मरण गर्दै यो दुई देशको सम्बन्धमा कोशेढुंगा भएको बताए ।

प्रधानमन्त्री दाहालले यस क्षेत्रकै उच्च व्यक्तित्वको रुपमा रहेका राष्ट्रपति मुखर्जीको ज्ञान, बुद्धि र विवेकबाट नेपाली जनता लाभान्वित हुने धारणा व्यक्त गरे ।

समारोहमा विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजुले नेपाल र भारतका जनताबीचको सम्बन्ध सुमधुर र बलियो रहेको बताए ।

यसैगरी भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाण्डौ महानगरपालिकाले आज नागरिक अभिनन्दन गरेको छ ।

राष्ट्रपति मुखर्जीलाई काठमाण्डौ महानगरपालिकाको तर्फवाट महानगरपालिका कार्यकारी अधिकृत रुद्र सिह तामाङले अभिनन्दन पत्र वाचन गरि हस्तान्तरण गरे ।

अभिनन्दन समारोहलाई सम्वोधन गदैैै राष्ट्रपति मुखर्जीले शान्ति,स्थायित्व र विकासको मार्गमा नेपाल अघि वढेकोमा भारत खुसी रहेको र त्यसमा सधै नै भारतको सहयोग रहने बिचार राखे ।

राष्ट्रपति मुखर्जीले नेपाल र भारत सरकार मात्रै नभइ जनता जनतावीचको सम्वन्ध विश्वकै लागि उदाहरणिय रहेको वताए ।

उनले सास्कृतिक,धार्मिक एवं खुल्ला सिमानाका कारण दुई देशका जनतावीचको सम्वन्ध थप प्रगाढ र मैत्रिपूर्ण भएको वताए ।

समारोहमा राष्ट्रपति मुखर्जीलाई काठमाण्डौ महानगरपालिकाको साँचो पनि हस्तान्तरण गरिएको थियो ।

यसअघि नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आज विहान पशुपति गएर आराध्यदेव भगवान पशुपतिनाथको विशेष पूजाअर्चना गरेका थिए ।

राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी, गणेश, सूर्य, नारायण, भैरव, नवग्रह लगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरेका थिए ।

भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथको परिक्रमा गरी गर्भगृहबाट प्रवेश गरेर विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गरेका हुन् ।

राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान दिएका थिएभने कोषका अध्यक्षसमेत रहेका मन्त्री जीवनबहादुर शाहीले कोषका तर्फबाट भारतीय राष्टपति मुखर्जीलाई उपहार दिएका थिए ।

त्यस अवसरमा पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुखर्जीले पशुपति मन्दीरमा आएर आफुले प्रशन्नता र आनन्दको अनुभुति गरेको र पशुपति क्षेत्रमा रहेको घाटको पुनर्निमार्ण र नवनिर्माणमा सहायता गर्ने प्रतिद्धता व्यक्त गरे ।
स्मरणीय छ तीन बर्षअघि पशुपतीनाथ दर्शनमा आएका भारतकै प्रधानमन्त्री नरेन्द्र मोदीले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेपनि अहिलेसम्म एक रुपैयाँ दिएका छैनन् ।

भारतका राष्टपति मुखर्जी र पूर्ब राष्ट्रपति डा. यादबबीच भेटबार्ता

आजै भारतका राष्ट्रपति मुखर्जी र पूर्ब राष्ट्रपति डा. रामबरण यादब बीच काठमाडौमा भेटबार्ता भएको छ ।

भारतीय राष्ट्रपति बस्दै आएको होटल हायातमा भएको भेटबार्तमा दुई देशको आपसी सम्बन्ध र तराई मधेशको समस्याका बिषयमा कुराकानी भएको थियो ।

पूर्व प्रधानमन्त्री नेपाल र राष्ट्रपति मुखर्जीबीच भेट

त्यसैगरी भारतका राष्ट्रपति मुखर्जीसँग पूर्व प्रधानमन्त्री एंव नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गरे ।

भेटमा उनिहरुबीच दुई मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको थियो ।

President of India, Pranab Mukherjee, has been decorated with the degree of D Litt by Kathmandu University at a special convocation today.
Prime Minister and Chancellor of Kathmandu University, Pushpa Kamal Dahal, conferred the title of D Litt on the Indian President, who is currently on a state visit to Nepal.

After receiving the degree, President Mukherjee said the honour has inspired him to be more dedicated to the cause of humanitarian service.

Addressing the KU students as hope and future leaders of the country, he called on them to try to seek their meaningful public life by exploring new research and education.

Indian president shows willingness to help rebuild Pashupatinath Ghat

President of India, Pranab Mukherjee, has expressed India's willingness to assist in the reconstruction of the Ghats in the Pashupatinath Temple premises.

The government of India is happy for getting an opportunity to assist in the implementation of Dharmashala Project in the Pashupatinath, he states in the Visitors' Book.
He has also wished success in the protection and promotion of the unique Pashupatinath area.

After the special pooja, President Mukherjee asked about the extent of damage caused by the earthquake in the Pashupatinath temple complex; he has also shown special interest in the preservation of the Aryaghat area.

President of India, Pranab Mukherjee, has expressed India's willingness to assist in the reconstruction of the Ghats in the Pashupatinath Temple premises.

The government of India is happy for getting an opportunity to assist in the implementation of Dharmashala Project in the Pashupatinath, he states in the Visitors' Book.
He has also wished success in the protection and promotion of the unique Pashupatinath area.

After the special pooja, President Mukherjee asked about the extent of damage caused by the earthquake in the Pashupatinath temple complex; he has also shown special interest in the preservation of the Aryaghat area.

Anyone going to foreign employment can now acquire the required information about the destination country by dialing 01-4105058.

A digital audio notice board that provides information about the four major destination countries for Nepali migrant workers—Qatar, Malaysia, Saudi Arabia and United Arab Emirates was inaugurated today, marking the 9th foundation day of the Foreign Employment Promotion Board.

Minister for Labour and Employment Surya Man Gurung initiated the service by dialing 01-4105058. After first dialing the number, one can get information about Qatar by pressing 1, about Malaysia by pressing 2, about UAE by pressing 3 and Saudi Arabia by pressing 4.

Information provided through the phone service is related to the language, weather, currency, production, religion, art, culture and ways to save oneself from road accident and diseases.

The service that began with four countries will gradually be increased in the days to come, said the Board's Executive Director Raghuraj Kafley.

CPN (UML) leader and former Prime Minister Madhav Kumar Nepal has paid a courtesy call on the Indian President Pranab Mukherjee at Hyatt Regency Hotel in the capital today.

According to the press release issued by Yadav Chandra Sharma, secretary at the department, issues relating to mutual interests and benefits were discussed in the meeting.

Leader Nepal opined for strengthening bilateral ties between the two countries.

FORMER PREZ YADAV AND INDIAN PREZ MUKHERJEE MEET

A meeting has been held between the former President Dr Ram Baran Yadav and Indian President Pranab Mukherjee at Hyatt Regency Hotel in the capital today.

During the meeting, they held discussions on multidimensional bilateral ties and mutual interest and benefits of the two countries.

PM DAHAL DESCRIBES MUKHERJEE AS ONE OF SUPREME LEADERS OF ASIA

Prime Minister Pushpa Kamal Dahal has described President of India, Pranab Mukharjee, as the supreme leader of Asia.

Addressing a special convocation ceremony organised today by the Kathmandu University (KU) to confer the Honorary D Litt title to the visiting President of India, the Prime Minister praised his role in taking India towards the path of development.

He said the political persona and ideologies espoused by Mukherjee, who carries a high political image, would be inspirational for us to pursue a meaningful life.

Nepal and India share cultural, religious and social similarities and the bilateral ties have been further broadened by the state visit by the President of India, the Prime Minister said.

The Prime Minister expressed his hope that India would continue to get a 'successful statesmanship' during his tenure.

Preparations have been over to welcome visiting Indian President Pranab Mukherjee in Janakpurdham, said the visit management committee.

President Mukherjee is scheduled to reach Janakpurdham tomorrow, the last day of his visit.

A total of 91 welcome gates have been constructed from Janakpur Airport to Tirahutiya Gachhi with big portraits of President Mukherjee put up at the entrance.

Rostrum has been constructed at Tirahutiya Gachhi and security tightened, said the visit management committee.

Pokhara is upbeat about the visit of Indian President Pranab Mukherjee.

Indian President Mukherjee, is scheduled to visit Pokhara tomorrow.

The visit would help prove that Pokhara is the must-see place in Nepal for the dignitaries visiting Nepal.

Western Region Hotel Association Chairperson Bharatraj Parajuli insists that the visit of Indian President to Pokhara could be leveraged to promote tourism, particularly among the Indians, as the number of Indian tourists visiting here has waned in wake of earthquake.

US ambassador to Nepal Alaina B Teplitz called on the Nepali Congress senior leader Ram Chandra Poudel today.

Issues relating to mutual benefits and interests were discussed during the meeting, it is learnt.

In the meeting, ambassador Teplitz assured of more support to the social, economic and infrastructure development of Nepal in the days ahead.