१९ कार्तिक, पोखरा ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बिरोधमा प्रदर्शन गर्न प्रहरीले रोकेपछि पोखरेली जनताले आकाशमै कालो झण्डा देखाएर बिरोध गरेका छन् ।

पोखरा बिमानस्थलमा ओर्लने क्रममा रहेका मुखर्जीलाई पोखरेलीहरुले नयाँ उपाय निकालेर बेलुनमा कालो कपडा बेरेर आकाशमै उडाएर बिरोध जनाएका हुन् ।

जमिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले बेलुनको सहारामा आकासमै कालो झण्डा उडाइएको यसका अभियन्ताहरुले बताएका छन् ।

यतिबेला पोखराको आकासमा करिब १५ वटा ठूला बेलुनमा कालो झण्डा उडिरहेको छ ।

यसअघि काठमाडौंका सडकमा मुखर्जी बिरुद्ध भारतीय हस्तक्षेप र अनावश्यक चासोको बिरोध सहित कालो झण्डा देखाउने क्रममा ग्रेटर नेपाल अभियन्ता सहित केही युवा पक्राउ परेपनि पोखरेली युवाहरुले नयाँ उपाय निकालेका हुन् ।

यसअघि पोखरेली जनताले मुखर्जीको स्वागतको लागि बनाएको स्वागतद्धार समेत भत्काइदिएका थिए ।

१९ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सकिन लाग्दा सरकारले ठूला ठूला भिआईपिको सुरक्षा दिन सरकार सक्षम रहेको देखाएको बताएको छ ।

राजकीय भनिएको भ्रमणमा कर्फ्यु लगाएजसरी जनतालाई सडकमा हिँडन् नदिएर सवारि आवागनम समेत रोकेको सरकारले सुरक्षा दिन सफल भएको बताएको छ ।

सार्वजनिक बिदा समेत दिएर जनतालाई घरबाट ननिक्ल भन्दै पैदल हिँड्न रोक लगाउँदै सेना र पुलिस लगाएर मुखर्जीलाई सडकमा कुदाएको सरकारले मन्त्रिपरिषद बैठक बसेर विवादित मुखर्जीको भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जागृत गराएको निष्कर्ष निकालेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राम कार्कीले मुखर्जीको भ्रमणले ठूला-ठूला भिआइपीहरुको सुरक्षा दिन पनि नेपाल सक्षम छ भन्ने सन्देश दिएको बताए ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पनि सुरु गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकपछि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ‘अब छिट्टै नेपालको तर्फबाट राष्ट्रपति विद्या भण्डारीबाट पनि भारतको भ्रमण हुन्छ । परराष्ट्र मन्त्रालयले त्यसको तयारी गर्छ ।’ भन्दै उनले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा विश्वास जागृत गराएको पनि बताए ।

यसैगरि मन्त्रिपरिषद बैठकले निक्षेप तथा कर्जा सुरक्षा निगमको अध्यक्षमा राजन खनाललाई नियुक्त गरेको जनाएको छ ।

१९ कार्तिक, काठमाडौं ।
प्रहरीले जाली भारतीय नोटको कारोबारमा अन्तरार्ष्ट्रिय कुख्यात माफिया दाउद इब्राहिमको प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरेका रबिराज सिंह अवैध कलबाईपासमा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो पटक ल्याण्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा सिंहलाई नक्सालस्थित घरबाट तिहार अघि पक्राउ गरेको हो। ब्युरोका अनुसार सिंहले जाली नोट कारोबारमा पूर्पक्षका लागि दुई वर्ष थुनामा बस्दा सम्पर्कमा आएका श्रीलंकाली गिरोहको सहयोगमा अवैध कलबाईपास संचालन गरेको पुष्टि भएको छ।

सिंहले खोटाचलन मुद्दामा सफाई पाएको एक वर्षपछि अवैध कलबाईपासको धन्दा सुरु गरेको अनुसन्धानमा खुलेको छ। ब्युरोका अनुसार सिंहले सम्पूर्ण कारोबार नुवाकोटका कान्छा गुरुङको नाममा गर्दै आएका थिए।
अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गुरुङको नाममा कम्पनी दर्ता गरेका थिए। यस्तै अवैध कलबाईपासका लागि गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएका थिए। सिंहले आफूले प्रयोग गर्ने सिमकार्ड समेत गुरुङको नाममा लिएको ब्युरोले जनाएको छ।

अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गुरुङको नाममा कम्पनी दर्ता गरेका थिए। यस्तै अवैध कलबाईपासका लागि गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएका थिए। सिंहले आफूले प्रयोग गर्ने सिमकार्ड समेत गुरुङको नाममा लिएको ब्युरोले जनाएको छ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार सिंहले अवैध कलवाईपासको उपकरण जोडी एक पटकमा १२० वटा लाइनमा कलबाईपास गर्न सक्ने बनाएका थिए। दशैँ विदाको मौका पारी फुलपातीको अघिल्लो दिनदेखि कल वाईपास गरिरहेको सूचना पाएको एसपी लोहनीले बताए। ब्युरोले सिंहकोे नक्सालमा रहेको घर खानतलासी गर्दा अवैध कल बाईपासका लागि राखेको विभिन्न दस्तावेजहरु बरामद गरेको थियो। श्रीलंकन नागरिक नेपाल आई अवैध भिओआइपी जडान गरेर श्रीलंका फर्केपछि मात्र सिंहले कलबाइपास संचालनमा ल्याएका थिए।

प्रहरीले तीन वर्ष अघि नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष सिंहलाई पक्राउ गर्दा उनका विभिन्न नाम भएको खुलेको थियो। रवि सिंह, रविसिंह प्रधान, रवि जस्ता थुप्रै नामबाट उनले आफ्ना कारोबार सञ्चालन गर्ने गरेका थिए। परिचय जस्तै उनको कारोबार पनि छद्म थियो। समाजमा प्रतिष्ठित खेलाडी भएको देखाउने सिंह नक्कली भारतीय नोटका कारोबारी भएको आरोपमा प्रहरीको बिशेष ब्युरोको अनुसन्धानमा खुलेको थियो। काठमाडौं प्रहरीले बैशाख ३०, २०७० मा पक्राउ सिंहलाई पक्राउ गरेको थियो।

प्रहरीले २०७० बैशाखमा गरेको अप्रेसनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड नक्कली भारु सहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेका थिए। उनीहरुले प्रहरी समक्ष नक्कली भारु बोकेर आएकाहरुलाई सिंह बस्ने रातोपुलको घरसम्म पुयाउने गरेको बयान दिएका थिए।

विमानस्थलमा पक्राउ परेका मोहम्मद र उनलाई लिन विमानस्थल पुगेका काठमाडौं बागबजार निवासी नरु उल्लाहको पक्राउपछि नक्कली भारुको कारोबारमा नेपाललाई ट्रान्जिट बनाएको विषयमा अनुसन्धान थालेको थियो। नरु उल्लाहको बयानबाट रविराज सिंह, अनुराज प्रधान विभिन्न देशको हवाइमार्गबाट नेपाल भित्रिने नक्कली भारु भारतसम्म पुर्याउन सक्रिय रहेको खुलेको थियो।

प्रहरीको विशेष ब्युरोले नक्कली भारुसहित समातिएका मोहम्मद नुरु उल्लाह र रविराज सिंह दाउद समूहको प्रत्यक्ष सम्पर्कमा रहेको प्रमाण फेला पारेको थियो। जाली नोटको अनुसन्धानमा नरुउल्लाह, सिंह अफताब बट्कीको प्रत्यक्ष सम्पर्कमा रहेको तथ्य भेटिएको थियो। बट्की दाउदका मुख्य चार सहयोगी छोटा सकिल, इकवाल मिर्ची, सुनिल दुबईपछिका हुन्।

‘अहिले जाली नोटका कारोबारीसँग कुनै सम्पर्क देखिदैन, सफाई पाएसँगै नियोजित रुपमा अवैध कलबाईपासमा लागेको देखिन्छ, यसबाटै ठुलो रकम आम्दानी गर्ने तयारी रहेछ,’ एसपी लोहनीले भने।

१९ कार्तिक, बैतडी ।
चोरी मुद्धामा जिल्ला अदातल बैतडीले दोषी ठहर गरी चार बर्षदेखि फरार रहेका जिल्लाको पाटन नगरपालिकाका एक युवकलाई प्रहरीले हिजो पक्राउ गरी कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा पाटन नगरपालिका ८ का २५ बर्षिय विनोद विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

जिल्ला अदालत बैतडीले वि स २०७० जेठ २१ गते गरेको फैसलाले विष्टलाई दोषी ठहर गरी जवरजस्ती चोरी मुद्धामा ८ महिना कैद र नकबजनी चोरी मुद्धामा १ हजार ८ सय ८७ रुपैया जरिवाना तोकेको थियो ।

हिजो घरवाटै पक्राउ परेका विष्टलाई प्रहरीले बिहीवारनै कारागार चलान गरेको हो ।

१९ कार्तिक, काठमाडौं ।
औचित्य पुष्टि गरे संविधान संशोधन प्रस्तावमा सहयोग गर्न सक्ने संकेत नेकपा एमालेका शीर्ष नेताहरुले गरेका छन् ।

एमाले दुई नम्बर प्रदेश कमिटीले बिहीवार विजया दशमी, ईद, दीपावली र छठ पर्वको अवसरमा यहाँ आयोजन गरेको चियापान समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा महासचिव ईश्वर पोखरेलको एउटै बोली थियो– ‘कुनै पक्षले संविधान संशोधन किन गर्नुपर्ने हो, यस विषयमा प्रष्ट पारेका छैनन् । तर औचित्य पुष्टि गरे संविधान संशोधनमा एमाले अवरोध गर्ने छैन ।’

एमाले शीर्ष नेताहरुले संविधान सभाद्वारा जारी नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका थिए । ९० प्रतिशतभन्दा अधिकको समर्थनमा जारी संविधानलाई अधुरो भन्नु उचित नभएको तर्क एमाले वरिष्ठ नेता माधव नेपालको थियो भने अर्का वरिष्ठ नेता झलनाथ खनालले संविधानको विशेषता गनाउँदै भने, ‘यो लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील तथा समाजवाद उन्मुख संविधान हो । यसमा खोट निकाल्नु अनुचित हो ।’

मुलुकमा राजनीतिक आन्दोलनको युग समाप्त भईसकेको बताउँदै वरीष्ठ नेता नेपालले राजनीतिक दलहरुलाई मुलुकको आर्थिक उन्नति कसरी होला भन्ने विषयलाई मुख्य लक्ष्य बनाउन आग्रह गरे ।

मधेस केन्द्रित दलहरुलाई लक्षित गर्दै उनले भने, ‘चित्त नबुझेका विषयमा छलफल गरौं । सहमतिमा पुगौं तर अनावश्यक बखेडा झिकेर समस्या खडा नगरौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

१९ कार्तिक, काठमाडौं ।
चिनियाँ सैनिकले बुधवार लाइन अफ कन्ट्रोल 'एलओसी' नजिकै भारतीय भूमितर्फ बनाइरहेको नहरको काम रोकिदिएको छ ।

चिनियाँ सेनाले नहरको निर्माणकार्य रोकिदिएपछि त्यहाँ भारत-तिब्बत सीमा पुलिस पुगेको छ । उनीहरुले चिनियाँ सैनिकलाई आफ्नो सीमाबाट फिर्ता जान आग्रह गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार कयौं घन्टासम्म भारतका ७० जना र चीनका ५५ जना सैनिक आमने९सामने भएका थिए । भारतीय सेनाले भने यस्तो घटनाको इन्कार गर्दै यसलाई नियमित रुटिनको मामिलाको संज्ञा दिएको थियो ।

द हिन्दुले लेखेको समाचार अनुसार चिनियाँ सैनिकले भारतीयपक्षलाई त्यो क्षेत्रमा पूर्वाधार बनाउनुअघि आफूहरुको अनुमति लिन जरुरी रहेको बताएको थियो ।

यी दुई देशबीच सीमाक्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा सूचना आदानप्रदान गर्ने सम्झौता भएको थियो । बुधवारको घटनामा दुबै देशका सैनिकले झन्डा लगाएर पोजिशन लिएका थिए ।

भारतीय जवानले त्यसक्रममा चिनियाँ सैनिकलाई त्यहाँ भन्दा अघि नबढ्न पनि सचेत गराएका समाचार सार्वजनिक भएको छ ।

१९ जुलाईमा उत्तराखण्डको चमोलीमा पनि चिनियाँ सैनिकले भारतले बनाइरहेको नहरको काम रोकिदिएको थियो ।

सन् २०१४ मा पनि लद्दाखको निलुङ्ग नालाको काम चिनियाँ सैनिकले मजदुरका टेन्ट भत्काइदिएका थिए ।

भारत र चीन बीच विवादित इलाका ४ हजार किलोमिटरको रहेको छ । तर चीनले भने विवादित सीमाक्षेत्र केबल २ हजार किलोमिटर मात्रै रहेको दाबी गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

१९ कात्तिक, पोखरा ।

तीनदिने नेपाल भ्रमणको अन्तिम कार्यक्रमअन्तर्गत शुक्रबार पोखरा आउँदै छन् । उनी पोखरामा तीन घन्टा रहने कार्यक्रम छ । राष्ट्रपति मुखर्जी जनकपुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराह्न पौने १ बजे उत्रँदै छन् । एक कार्यक्रममा सहभागी भएर उनी ४ बजे काठमाडौं हुँदै भारत फर्कनेछन् ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार राष्ट्रपति मुखर्जी काठमाडौंबाट जनकपुर जाने र जनकपुरबाट पोखरा आउने कार्यक्रम छ । उनी बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने कार्यतालिका छ । मुखर्जीले पोखरा–१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका करिब १० हजार भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नेछन् ।

मुखर्जीको पोखरा भ्रमणलाई सफल बनाउन बिहीबार पोखराका सुरक्षा निकायले सवारी आवागमनको पूर्वअभ्यास गरेका छन् । पूर्वाअभ्याससँगै पोखराको सुरक्षासम्बन्धी आवश्यक सम्पूर्ण तयारी पूरा गर्न अभ्यास गरेको क्षेत्रीय प्रशासक बरालले बताए । उनको स्वागतमा पोखरामा विभिन्न नौ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

राष्ट्रपति मुखर्जीलाई पोखरास्थित भारतीय भूतपूर्व गोर्खा सैनिकहरूले ज्ञापनपत्र बुझाउँदै छन् । पेन्सन वितरण कार्यालयले आफूहरूलाई अनेक दुःख दिने गरेको, भारतीय सैनिकको मृत्यु भएपछि उसकी श्रीमतीले पेन्सन पाउन निकै झन्झट र कष्ट खेप्नुपर्ने, दुईवटा नाम भएको अवस्था, जात वा थर परिवर्तन गरी भर्ती भएकाहरू, दोस्रो श्रीमतीलगायतका विषयमा पेन्सन कार्यालयले दुःख दिने गरेकोलगायतका विषयमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाउने भारतीय सैनिकमा रिटायर्डहरूको संस्था एक्स सर्भिस म्यान सेलका संयोजक कर्णेल कमानसिंह गुरुङले जानकारी दिए । नेपालमा कुल एक लाख २६ हजार भारतीय भूपू सैनिक छन् । पोखरामा मात्र ६३ हजार सैनिक रहेको पनि उनको भनाइ छ ।

मुखर्जीको सुरक्षार्थ करिब १५ सय सुरक्षाकर्मी खटिनेछन् । उनको पहिलो सुरक्षा घेरामा भने भारतीय कमान्डो नै खटिनेछन् । दोस्रो तहमा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी रहनेछ ।

पोखरामा रहने समयमा उनको सुरक्षाको कडा प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । बुद्ध एयरको ९ एनए आइएम र ९ एनए आइएन कलसाइनका जहाजले राष्ट्रपति मुखर्जीको टोलीलाई पोखरासम्म ल्याउने र लैजाने काम गर्नेछ । मुखर्जीको भ्रमणका लागि भन्दै पोखरामा अल्ट्रालाइट, प्याराग्लाइडिङलगायतका सबै कार्यक्रम बन्द गरिएको आजको नयाँ पत्रिकामा समाचार छ।

१९ कार्तिक, काठमाडौं ।
नेपालबाट निर्यात हुने जुटजन्य सामाग्रीमा भारतले अतिरिक्त कर लगाउने तयारी गरेको छ ।

भारतीय जुट उद्योगहरुको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ ।

कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यन्वयनमा ल्याइ सकेको छैन् ।

भारतले एन्टी डम्पिङ ड्युटी लगाउने भएपछि पूर्वका जुट उद्योगीहरु चिन्तित बनेका छन् ।

यसबाट उद्योगीहरु चिन्तित हुनुका साथै थप लगानी गर्न हच्किएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

१९ कार्तिक, काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले चीन र भारत दुवैले नेपाल मामिलामा आफूलाई प्रतिस्पर्धी भन्दा सहयात्रीका रुपमा उभ्याउनुपर्ने बताएका छन् ।

इण्डिया फाउन्डेसन, नेपाल नीति अनुसन्धान प्रतिष्ठान र सेन्टर फर कन्टेम्पोररी स्टडिजले संयुक्त रुपमा काठमाडौंमा गरेको ‘नेपाल र भारत : नयाँ आयामको खोजी’ बिषयक गोष्ठीमा बोल्दै डा। भट्टराईले नेपालको आर्थिक समृद्दिमा चीन र भारत दुबै छिमेकीको भूमिका रहेको उनले बताए । भट्टराईले चीनको नेपालमा मुख्य चासो तिब्बती मामिला रहेको बताए ।

‘एक चीन नीतिमा नेपालले समर्थन जनाइसकेको छ । उसको नेपालमा अरु खासै चासो छैन’ उनले भने । उनले भारतले चीनसँग प्रतिस्पर्धा गर्ने अवस्था नरहेको पनि बताए ।

‘भारतलाई चीनसँग प्रतिस्पर्धा नगर्न म सुझाव दिन्छु’ उनले भने । भट्टराईले भारत र नेपालबीचको सम्बन्ध अन्य कुनै मुलुकसँग हुन नसक्ने पनि बताए । भारतका सुरक्षा लगायतका चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने र भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालको दुई तिहाई सम्पर्क र सम्बन्ध भारतसँग छ र त्यो अन्य कुनै पनि मुलुकसँग छैन् । यो धरातलीय यथार्थलाई बुझेर नेपालले आफ्ना नीति र व्यवहारहरु निर्देशित गर्न आवश्यक छ’ उनले भने । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उक्त गोष्ठिको समापन बिहीबार साँझ गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

१९ कार्तिक, काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवा आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।

इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन उनी दिल्लीबाट आजै गोवा पुग्नेछन् । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका सम्बोधन गर्ने कार्यक्रम छ । फाउन्डेसन भारतीय जनता पार्टी निकटको बुद्धिजीवीहरूको संस्था हो ।

कांग्रेस सभापति देउवाले स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित साहसँग शुक्रबार राति भेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । उनले गोवाका मुख्यमन्त्रीसहित अरू मन्त्रीसँग पनि शुक्रबार नै भेटघाट गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने

गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् । उनी शनिबार दिल्ली फर्कनेछन् । आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।

सोही दिन र भोलिपल्ट २२ कात्तिकमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कंग्रेस आई अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राजनीतिक भेटघाट सकाएर देउवा २३ कात्तिक मध्याह्न १२ बजे नेपाल फर्किनेछन् । देउवाको भ्रमण टोलीमा पत्नी आरजु पनि सहभागी हुनेछिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१९ कात्तिक,काठमाडौं ।

नेपालबाट निर्यात हुने जुटजन्य सामाग्रीमा भारतले अतिरिक्त कर लगाउने तयारी गरेको छ । भारतीय जुट उद्योगहरुको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ ।

कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यन्वयनमा ल्याइनसकेको आजको कारोबार दैनिकमा समाचार छ । भारतले एन्टी डम्पिङ ड्युटी लगाउने भएपछि पूर्वका जुट उद्योगीहरु चिन्तित बनेका छन् । यसबाट उद्योगीहरु चिन्तित हुनुका साथै थप लगानी गर्न हच्किएका छन् ।

१९ कात्तिक,काठमाडौं ।

दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ । दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ नोट वितरण गरेको थियो । उक्त रकम लुम्बिनी अञ्चलसहित रोल्पा र प्युठान गरी ८ जिल्लाका ४ सय २४ वटा बेंक तथा वित्तीय संस्थामार्फत वितरण गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

नयाँ नोट एक महिनामै फटालेर बैंकमा तत्काल जम्मा वा सटही गर्न नल्याउन बेंक एवं वित्तीय संस्थालाई आग्रह गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रेवतीप्रसािद नेपालले जानकारी दिए । अन्य महिनामा उक्त शाखाबाट मासिक औसत डेढ अर्ब पुराना नोटहरु वितरण हुने गरेको निर्देशक नेपालले बताए ।