चोरेर फरार दोषी चार बर्षपछि पक्राउ

कार्तिक १९, २०७३ मा प्रकाशित | 938 views

१९ कार्तिक, बैतडी ।
चोरी मुद्धामा जिल्ला अदातल बैतडीले दोषी ठहर गरी चार बर्षदेखि फरार रहेका जिल्लाको पाटन नगरपालिकाका एक युवकलाई प्रहरीले हिजो पक्राउ गरी कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा पाटन नगरपालिका ८ का २५ बर्षिय विनोद विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

जिल्ला अदालत बैतडीले वि स २०७० जेठ २१ गते गरेको फैसलाले विष्टलाई दोषी ठहर गरी जवरजस्ती चोरी मुद्धामा ८ महिना कैद र नकबजनी चोरी मुद्धामा १ हजार ८ सय ८७ रुपैया जरिवाना तोकेको थियो ।

हिजो  घरवाटै पक्राउ परेका विष्टलाई प्रहरीले बिहीवारनै कारागार चलान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web