प्रचण्डको सत्कार-मुखर्जी आउँदा बिमानस्थल बन्द, अघोषित कर्फ्यू, हिड्न रोक

कार्तिक १७, २०७३ मा प्रकाशित | 1250 views

१७ कार्तिक, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एकमात्र अन्तराष्ट्रिय त्रिभुवन बिमानस्थल बन्द गर्नुका साथै काठमाडौंमा अघोषित कफ्यु लगाउने भएको छ ।

ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक मात्र लगाएको छैन मुखर्जी जाने ठाउँमा नागरिकलाई पैदल हिँड्न समेत रोक लगाएको छ ।

दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना नरहेको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफ्रिक प्रहरीका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका क्रममा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ ।

मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनससहित डिजिटल सम्पर्क विच्छेद हुनेछ ।

सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । तर, तिहार मानेर देशका विभिन्न स्थानबाट काठमाडौं फर्कनेहरु भने मारमा परेका छन् । सार्वजनिक बिदाको देशभर बिरोध जारी रहेको छ ।

मुखर्जी बिमानस्थलमा आइपुग्दा मध्यान्ह १२ बजेर १० बजेदेखि १ बजेसम्म विमानस्थल पुरै बन्द हुने भएको छ ।

मुखर्जी दिउँसो साढे १२ बजे काठमाडौं अवतरण गर्ने बताइएको छ । उनलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन विमानस्थल जाने भएकीछिन् ।

भारतीय राष्ट्रपति मुखर्जी आउनुभन्दा २० मिनेट अघिदेखि नै बन्द हुने त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने छ ।

विमानस्थल बन्द हुने भएपछि नियमित उडानहरु तालिकाहरु परिवर्तन हुनेछन् । आन्तरिक तथा वाह्य सबै उडान र अवतरणमा ढिलाइ हुनेछ । मलेसियन एयरलाइन्सको एक विमान अवतरण गर्न नपाएपछि आकासमै फन्को लगाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web