चौकी आक्रमणको आशंकामा ६ जना हतियार सहित पक्राउ

कार्तिक १७, २०७३ मा प्रकाशित | 764 views

१७ कार्तिक, सुर्खेत ।
सुर्खेत प्रहरीले लुटिएका हतियार सहित छ जनालाई पक्राउ गरेको छ ।

मदिरा सेवन गरेका करिब २५ जना युवाको एक समूहले आग्रीगाउँ प्रहरी चौकीमा आक्रमण गरी तीन थान राईफल त्यसमा लाग्ने २०० राउण्ड गोली, एक थान पेस्तोल र त्यसमा लाग्ने ८ राउण्ड गोलीसँगै एउटा हथकडी लुटेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अझै लुटिएको एक थान राईफल र त्यसमा लाग्ने ५० राउण्ड गोली अझै फेला परेको छैन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधवप्रसाद नेपालले आग्रीगाउँ प्रहरी चौकीका एक जना प्रहरी र काफलकोटका युवा वीच भएको सामान्य विवादपछि स्थानीयले चौकी आक्रमण गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web