
१७ कार्तिक, सुर्खेत ।
सुर्खेत प्रहरीले लुटिएका हतियार सहित छ जनालाई पक्राउ गरेको छ ।
मदिरा सेवन गरेका करिब २५ जना युवाको एक समूहले आग्रीगाउँ प्रहरी चौकीमा आक्रमण गरी तीन थान राईफल त्यसमा लाग्ने २०० राउण्ड गोली, एक थान पेस्तोल र त्यसमा लाग्ने ८ राउण्ड गोलीसँगै एउटा हथकडी लुटेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अझै लुटिएको एक थान राईफल र त्यसमा लाग्ने ५० राउण्ड गोली अझै फेला परेको छैन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधवप्रसाद नेपालले आग्रीगाउँ प्रहरी चौकीका एक जना प्रहरी र काफलकोटका युवा वीच भएको सामान्य विवादपछि स्थानीयले चौकी आक्रमण गरेको बताउनु भयो ।