अल्पायुमा निधन हुनुभएकी मथुरादेवीको दाहसंस्कारमा सहयोग संकलन सुरु

टोकियो ।
जन्मथलो नेपाल फर्कन लाग्दा अल्पायुमै बाटोमै निधन हुनु भएकी मथुरादेवी भण्डारीको दाहसंस्कारको लागि जापानभर आर्थिक संकलथ थालिएको छ ।

आर्थिक संकलनमा साथ दिन चितवन समाज जापानले विज्ञप्ति निकालेर अनुरोध समेत गरेको छ ।

चितवन समाज जापानले जारी गरेको विज्ञप्ति अनुसार चितवन भरतपुर उपमहानगर पालिका गुन्जानगर घर भई हाल डिपेन्डेन्ट भिषामा जापान रहनु भएकी ४२ वर्षिया मथुरा देबी भण्डारीको असामयिक निधनपछि यो दुखद घडीमा सहयोगको अनुरोध गरिएको छ ।

दुई छोरा र श्रीमान संगै टोकियोमा बस्दै आऊनु भएकी भण्डारीको ११ गते आइतवार नेपाल जाने क्रममा गाह्रो भएपछि अस्पताल जाँदा अकस्मात अस्पतालमा नै निधन भएको थियो ।

करीब छ महिना अघि फोक्सोमा क्यान्सर भएको पत्ता लागेपछी जापानमै उपचार गरी रहनु भएकी भण्डारीले नेपालमै बसेर उपचार गर्न ईच्छा गरेपछि नेपाल जाने क्रममा दुखद घटना भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

मृतक मथुरादेवीका श्रीमान ईन्द्र भण्डारीले लामो समय देखी लगातार उपचार गरी रहँदा धेरै खर्च भएकाले आर्थिक अवस्था समेत कमजोर भएको भन्दै सहयोग अनुरोध गनुभएपछि सहयोगको सुरुवात भएको हो ।

दाहसंस्कारका लागि लाग्ने खर्चका लागि सहयोग संकलन थालिएको भन्दै चितवन समाज जापानले मृतक भण्डारीको शब शदगतको लागि आबश्यक खर्चमा सहयोग गर्न सम्पूर्ण नेपाली समुदाय, संघ संस्था सँग सहयोगको अपेक्षा राख्दै विज्ञप्ति निकालेको छ ।

रकम सहयोगको लागि चितवन समाज जापानको 10100-65518101 जेपी बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।

जापानबाट नेपाल जान हिँडेकी नेपाली महिलाको बाटैमा मृत्यु

यस्तो रह्यो ‘रामेछाप सांस्कृतिक साँझ’ (भिडियो सहित)

गोकर्ण अधिकारी-टोकियो ।
रामेछाप जिल्लाको लागि एम्बुलेन्स सहयोग गर्न भन्दै आयोजित रामेछाप सांगीतिक साँझ २०१६ सफल रुपमा सम्पन्न भएको छ ।

नेपालबाटै आधा दर्जन कलाकार झिकाएको आयोजकले बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नारा साथ सांगितिक कार्यक्रम गरेर सहयोग जुटाउने मेलो गरेको हो ।

कार्यक्रममा गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, गायिका सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार बल्छीको नामले चिनिने मरिचमान श्रेष्ठले आफ्नो प्रस्तुती दिए ।

कार्यक्रममा साकुरा एल्बम बिमोचन गरिनुका साथै संगिता क्षेत्री र सुरेस लामाले नृत्य प्रस्तुत गरेका थिए ।

दिउँसो ४ बजेबाट सुरु हुने भनिएपनि अतिथिहरुको सम्मान र सम्वोधनले गर्दा कार्यक्रम ७ बजेबाट मात्र सुरु भयो ।

नेपालबाट आएका केही कलाकारहरुले आफ्नो प्रस्तुती देखाउँदा देखाउँदै छोट्याउनुपरेको थियो भने अधिकाशं कलाकारले गिहरु पुरा गाउन पाएनन् । जापानमा रहेका गायकहरु सुर्य खड्का, बिनोद भण्डारी लगायतले समय अभावका कारण आफ्नो प्रस्तुती देखाएनन् ।

कार्यक्रममा इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती लगायतको गितमा उपस्थित दर्शकहरुले नाचेर रमाइलो गरेका थिए भने हांस्य कलाकार बल्छी धुर्वेले हँसाएर सबैलाई मनोरञ्जन दिंदा अन्य कलाकारको प्रस्तुतीमा उपस्थित दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

शिवको पहलमा अशोकको उपचारलाई जुट्यो ५ लाख ५० हजार सहयोग

टोकियो ।
ट्युमरका कारण जिवन जिउनै असहज भएपछि उपचारको लागि खर्च जोहो गरिररहेका अशोक श्रेष्ठको उपचारको लागि जापानबाट ५ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

नेवाः अन्तर्राष्ट्रिय फारम जापानका महासचिव शिव तण्डुकारको पहल र संयोजकत्वमा संकलित ५ लाख ९३ हजार ३१२ येनबाट ५ लाख ५० हजार रुपैयाँ नेपाल पठाइएको छ ।

अनुहार सहित शरिरभरि ट्युमर आएर तलिएका अशोक श्रेष्ठको उपचारार्थ नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गठन गरेको आर्थिक सहयोग संकलन समितिले आइतबार सो रकम नेपाल पठाएको हो ।

संकलित रकम नेवाः अन्तर्राष्ट्रिय फोरम जापान अध्यक्ष गंगा डंगोलले एक कार्यक्रम बिच जेएमईका निर्देशक राजन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

समारोहमा निर्वतमान अध्यक्ष विगेन्द्रमान सिंह प्रधान, पूर्व उपाध्यक्ष भूपी गोविन्द श्रेष्ठ, महासचिव शिव तण्डुकार, व्यवसायी तथा सदस्य सागर कपाली सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष पूर्ण चलाउने लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पठाइएको रकम आइतबार ट्युमर पिडित अशोक श्रेष्ठले पाउने भएका छन् ।

अनुहार र शरिरमा मासु पलाएका श्रेष्ठको सहयोगार्थ जापानमा अभियान सुरु

सिएनएन हिरोहरुलाई हराउँदै पुष्पा बस्नेत सिएनएन सुपर हिरो

काठमाडौं ।
जेलमा परेका परिवारका बालबालीको सेवामा क्रियासिल पुष्पा बस्नेत सिएनएन सुपर हिरो बन्न सफल भएकी छिन् ।

अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गर्ने सिएनएन हिरो उपाधिका अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै पुष्पाले सिएनएन सुपरहिरोको पुरस्कार पाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत मनोनयनमा परेका पाँचजना मध्येबाट भोटिङका आधारमा बस्नेत सुपर हिरो बन्न सफल भएको बताइएको छ ।

आयोजकले सिएनएन हिरो अवार्ड प्रदान गरेको १० बर्ष पुगेको अवसरमा १० बर्षमा हिरो बन्नसफल मध्येबाट पाँच जनालाई छानेर सुपरहिरो प्रतिस्पर्धा गराएको थियो ।

पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि सहित ५० हजार अमेरिकी डलर नगद समेत पुरस्कार पाएकी छिन् ।

पुस्पा बस्नेत प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्था सञ्चालन गर्दै आएकी छिन् ।

२०१२ मा सीएनएन हिरो घोषित बस्नेतले त्यतिबेला समेत ५० हजार डलर पुरस्कार प्राप्त गरेकी थिइन् ।

उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेकी हुन् । पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् ।

ओकिनावा समाचारको सत्यता खोजौं – डा. बिजय ज्ञवाली

केही दिन अघी देखि ओकीनवा क्षेत्रमा नेपाली दिदी बहिनी प्रती शारिरिक् शोसण भनेर जुन प्रकारले एउटा जापानी पत्रीकाले आफुले अनुसन्धान गरेको भन्ने दाबी सहित समाचार लेख्यो त्यही समाचार लाई आधार मानि नेपाली डिस्पोरामा रहेका केही पत्रकार साथीहरुले समाचार लेख्नु हुँदा मेरो केही बुदामा ध्यान आकर्षण भएको छ ।

केही दिन देखी केही जापानि मिडिया केही सम्बन्धित बिषयका साथी ले यो बिषयमा सोधे पनि मैले थप आधार तयार नभै नबोल्ने भन्दै आएता पनि यो बिषयले निर्दोश नेपाली चेली लाई भिक्टिमाइज गर्ने , ओकिनवा क्षेत्रमा रहेका नेपालीका परिवारलाई पिडा थप्ने सम्भावना बढेकोले यो बिषयमा थप अनुसन्धान नगरि नबोल्ने पक्षको ब्यक्ती भयता पनि केही बुदा प्रस्ट पार्न चाहन्छु ।

1) जुन प्रकारले स्थानिय पत्रीकाले समाचार लेखेको छ, त्यो आधारमा त्यों पत्रीकाले अनुसन्धान नभएर सामान्य सोधपुछ र केही reference को आधारमा समाचार तयार गरेको देखिन्छ Document स्कूलले खोसेर राखेको कुरामा प्रमाण भयता पनि यौन शोसण भन्ने बिषय अन्त्यन्त सम्बेदनशिल बिषय भएको पत्रीकाले के कस्तो अनुसन्धान गरेको हो त्यो प्रस्ट नभै त्यती विश्वाशको आधार तयार हुँदैन ।

2) नेपाली मिडीयाले त्यही समाचारलाइ आधार बनाइ अधिकान्स ओकीनवामा रहेका युबती यौन शोसणमा भन्ने आसयको समाचार लेख्नु उक्त क्षेत्रमा बस्ने अझै धेरै थप नेपाली युवतीलाई भिक्टिमाइजेसन गर्नु हो ।

हो ओकिनवा क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि बिद्यार्थीको document बिशेष गरि passport स्कूलले राख्ने गरेको सत्य हो । तर यौन शोसण भन्ने घटनाको सम्बन्धमा थप अध्ययन बिना एउटा पत्रीकाको समाचारको reference लिएर लेख्नु मेरो बिचारमा अहिलेलाई हतार मानशिकता मात्र हो ।

पिडितलाई न्यायिक अधिकार दिन समाचारले बल दिनेछ तर उक्त क्षेत्रमा बस्ने अन्य नेपाली चेलीलाइ victimaize गर्ने प्रकारको समाचार थप अनुसन्धान नगरि नलेख्न अनुरोध गर्दछु ।

पीडितको समाचारले थप अरु पीडित नबनुन । उहाहरुले लेखेको गलत पनि म भन्दिन किनकी जापानि मिडिया अनुसार दाबी त्यस्तै भएको छ । मेरो अनुरोध यस्लाई हाम्रो तर्फ बाट पनि अनुसन्धान गरेर लेखौ भन्ने मात्र हो । म पत्रकारले समाचार लेख्न पाउने अधिकारको सम्मान गर्छु । तसर्थ यो मेरो अनुरोध हो ।

नेपाली नेपाली बाट नै पीडित हुने कुरा बिगत मा पनि सुनिदै आएको हो । तर यो बिषयमा राजदुताबास , NRNA जापान र अन्य कुनै क्षेत्रबाट कुनै अनुसन्धान नभएकोमा यो समाचारले अनुसन्धान गर्ने बाटो खोलोस भन्ने अपेक्षा गर्दछु ।

यो बिषयमा नेपाली सरकारी निकाय , पत्रकार महासघ जापान शाखा , NRNA जापान ,महिला कमिटीको ( छ छैन थाहा छैन छ भने है ) ध्यानाकर्षण गराउछु ।

जापानमा अध्ययनरत नेपाली युवतीहरु यौन शोषणमा, चासो र चिन्ता बढ्यो, समाधान प्रयास भएन

नेपाली दूतावासद्धारा नेपाली विद्यार्थीमाथि यौन शोषण गर्नेमाथि कडा कारवाहीको चेतावनी

यौन शोषण र समस्यामा परेका विद्यार्थीलाई नेसाजले सहयोग गर्ने

संशोधन प्रस्ताव स्थगन गर्न देउवा सहमत,यस्तो छ भित्रि रहस्य

काठमाडौं,मंसिर २७ । सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तामा देउवाले संशोधन विधेयक स्थगन गर्ने जनाउँदै नयाँ ढंगबाट छलफल अघि बढाएर सहमति खोज्ने प्रस्ताव गरेका हुन्।

सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति देउवा आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए। संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न पुगेका देउवालाई संविधानविरोधी र राष्ट्रघाती संशोधनको विषयमा कुनै सहमति नहुने जनाउ दिएपछि स्थगन गरी नयाँ ढंगबाट सहमति खोज्ने प्रस्ताव गरेका हुन। भेटमा देउवाले गतिरोधका कारण निर्वाचनका लागि आवश्यक महŒवपूर्ण कानुन निर्माण गर्न अवरोध भएको भन्दै संसद् सुचारु गर्ने काममा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए। तर, ओलीले निर्वाचन कानुनको साटो संविधान मिचेर देश र जनताविरोधी संशोधन किन ल्याएको भन्दै संसदमा छलफल गर्नै अयोग्य विधेयकलाई फिर्ता लगेर निर्वाचन कानुन ल्याउन सुझाएका थिए।

आफूहरू लामो समयसम्म संसद्मा अवरोध जारी राख्ने पक्षमा नरहेको भन्दै ओलीले निर्वाचनका लागि आवश्यक कानुन निर्माणमा बाधक नहुने जनाउसमेत दिएका छन्। भेटमा ओलीले आफू प्रधानमन्त्री भएका बेला प्रमुख प्रतिपक्षको सहमतिविना संविधान कार्यान्वयन र निर्वाचनसम्बन्धी कानुन निर्माण नहोस्, हरेक काममा विधेयक मस्यौदाकै क्रममा प्रमुख प्रतिपक्षलाई सहभागी गराइयोस् भन्ने कांग्रेसको माग स्मरण गराउँदै किन तोडियो भन्ने प्रश्नसमेत गरेका थिए। ‘मेरो पालामा प्रमुख प्रतिपक्षलाई संविधान कार्यान्वयनका लागि बनाइने कानुन निर्माणमै सहभागी गराउने काम भयो, तपाईंहरूको माग पनि त्यही थियो, अहिले प्रमुख प्रतिपक्षी नै नभएको जसरी संविधानविरोधी र राष्ट्रघाती संशोधन विधेयक आफूखुसी रातारात किन दर्ता गरियो ?’ स्रोतका अनुसार देउवासँग ओलीको भनाइ थियो। ओलीले संशोधन विधेयकमा एमालेले कुनै सम्झौता वा सहमति नगर्ने भन्दै फिर्ता लैजान सुझाएका छन्।

ओलीको भनाइपछि देउवाले प्रस्ताव स्थगन गर्न तयार रहेको भन्दै सहमतिका साथ अघि बढ्ने नयाँ सिराबाट छलफल गर्ने बताएका छन्। ‘हामी संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव स्थगन गर्न तयार छौं, यसै आधारमा नयाँ सिराबाट छलफल गरी सहमतिका साथ निकास खोजौं,’ बैठकमा देउवाको भनाइ थियो। एमाले अध्यक्ष ओलीले भने संसद्मा छलफलका लागि योग्य नै नरहेको विधेयकलाई स्थगन नभई फिर्ता लिएर सहमतिका साथ देशको हितमा हुने गरी मात्रै सबै काम अघि बढाउन आग्रह गरेका छन्। ‘स्थगन होइन, संविधानविरोधी संशोधन विधेयकलाई फिर्ता लिएर चुनावको वातावरण बनाउन छलफल थाल्नोस्,’ देउवालाई ओलीको सुझाव थियो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले निर्वाचनसम्बन्धी कानुन पारित गरेर अगाडि बढ्न ओली सकारात्मक रहेको जानकारी दिए। ‘जारी गतिरोध हटाउने विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ। निर्वाचन कानुनका विषयममा सबैको एउटै धारणा हुनुपर्छ भन्ने नै कुराकानी भयो,’ बैठकबाट बाहिरिने क्रममा देउवाले भने। दुई शीर्ष नेताबीचको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्को गतिरोध हटाउने तथा निर्वाचनसम्बन्धी कानुनका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए। उनले कांगे्रस सभापति देउवाले संसद् सुचारु गर्न सहयोग गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरेको तथा ओलीले निर्वाचनका लागि सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको जवाफ दिएका थिए।

दुई नेताबीच अवरुद्ध बनेको तीन दलको शीर्ष नेताबीचको बैठक अघि बढाएर निकास खोज्ने सहमतिसमेत भएको छ। निर्वाचन घोषणा र निर्वाचनका लागि आवश्यक कानुन बनाउने सम्बन्धमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छिट्टै छलफल गर्ने सहमति दुई नेताबीच भएको हो।  आजको राजधानी दैनिकमा  खबर छ ।

अनु राई पृथक को ‘गजल’

मेरो दिल उसको, मुस्कानमा बसेको छ
जानाजान होईन, अन्जानमा बसेको छ

स्थिर छैन र मसङ्ग पनिछैन मेरो मन
बस्न त यो शरीर मकानमा बसेको छ

देख्दा मृत्युुत्सब मनाई रहे जस्तै लाग्ने
फूलले सजिएर लास चिहानमा बसेको छ

मिल्नै नसक्ने त यी मान्छे पो रैछ यहाँ
भेडा,बाख्रा मिलेर बथानमा बसेको छ

मेरो दिल उसको, मुस्कानमा बसेको छ
जानाजान होईन, अन्जानमा बसेको छ

लक्ष्मी हत्या प्रकरण : मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

काठमाडौं,मंसिर २७ । काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेपछि सो विषयमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ। तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबिन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म मिलेको छैन।

गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए। स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हरि लामाको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाइएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

दुई वर्षको भाइ रोएपछि दूध खुवाउन स्थानीयको कोदोबारीमा पुगेकी आमामाथि भएको दुव्र्यवहारबारे उनका १० वर्षीय छोरा सुमनले दिएको बयान आइतबार प्रकाशित भएको थियो।

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

आइतबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख सहकुल थापाले लक्ष्मीलाई कुटपिट गरेको दिनदेखि हत्या र त्यसपछि भइरहेको अनुसन्धानबारे जानकारी गराए।

मलमूत्र खुवाएको र कसले हत्या गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए। प्रहरीले मलमूत्र खुवाएको विषयमा कुरा बाझिएको बताएको छ।

तर, पत्रकार सम्मेलनमा लक्ष्मीकी सासू विष्णुकुमारीले घटनामा प्रहरीकै कमजोरी भएको भन्दै आक्रोश पोखिन्। ‘प्रहरीलाई बुहारीले मलाई हीरा सर र उनकी आमा काइँलीमायाले दिसा खुवाएको र बोक्सी भन्दै कुटेको बताए पनि प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले महिलासम्बन्धी कुनै पनि विषय आफूले नहेर्ने बताउनुभयो,’ उनले भनिन्, ‘उहाँले गाउँमै मिल्नुहोस् भन्दै सही गर्न लगाउनुभयो।

हीरा सरले हाम्री बुहारीका विषयमा उल्टै प्रहरीमा उजुरी दिएका रहेछन्। त्यही केसमा हामीले माफी मागेको र हिसाबकिताब गरेर ६ हजार रुपैयाँ दिनुपर्ने भन्दै कागज गरिएको रहेछ।’ उनले मलमूत्र खुवाएर दुव्र्यवहार गरेको तेस्रो दिन बुहारी मृत अवस्थामा फेला परेको बताइन्।

लक्ष्मीकी सासू विष्णुकुमारीले पत्रकार र प्रहरीका अगाडि भनिन् -म ६० वर्षको यो बुढेसकालमा झुटो बोल्न चाहन्नँ, मेरी बुहारीको गल्ती थियो होला, स्कुलको सरले बाटोमा कुटिरहनुभएको थियो। तर, बुहारीको के गल्ती थियो मलाई थाहा भएन।

स्कुलको पोलमा बाँधेर मलमूत्र खुवाएको भनेर मेरो १० वर्षको नातिले भनेको हो, त्यसपछि उनीहरू बाटोमा फर्कँदै थिए, मैले खुवाएको देखिनँ, तर बाटोमा कुटिरहेका थिए। (आफ्नी आमालाई दिसा खुवाएदेखि बाटोमा कुटेकोसम्मको घटना विवरण प्रत्यक्षदर्शी १० वर्षीय छोराले नयाँ पत्रिकालाई सुनाएका थिए, जुन आइतबार प्रकाशित भएको थियो।

प्रहरीले कागजमा सही गर्न भन्यो। के भएको थियो, कसको के गल्ती केही थाहा थिएन, नबुझेर सही गर्दा प्रहरी कार्यालय आउनुपर्‍यो। २३ गते मिलापत्र भयो, २४ गते मरेको खबर सुन्यौँ। – कुमारी कार्की, स्थानीयवासी

- म बिहीबार बिहान लक्ष्मी परियारको घर जाँदा घाइतेको असाधारण अवस्था केही थिएन, उनको शरीरमा घाउचोट पनि थिएन। त्यसैले हामीले मिलापत्र गर्न भन्यौँ। – प्रेमपुकार चौधरी, असइ इप्रका, चौबास, काभ्रे

नेपालको बिजुली नकिन्ने भारतको नीति सच्याउन नेपाल सरकारको पहल

काठमाडौं,मंसिर २७ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतले ल्याएको निर्देशिका सच्याउन नेपालले पहल सुरु गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलाई निर्देशिकाले दुई मुलुकबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए)विपरीत भएकाले यसबारेमा भारतीय पक्षसँग छलफल गर्न आग्रह गरेका छन् ।

भारतले केही दिनअघि ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गरेको छ ।

भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ । विद्युत् व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय कम्पनीले उत्पादन गरेको विद्युत् आयात गर्ने बाटो खुला गरेको छ, तर सम्बन्धित तथा तेस्रो देशका कम्पनीले उत्पादन गरेको बिजुली आयात रोकेको समाचार आजको नयाँ पत्रिकामा छ ।

ऊर्जा मन्त्रालय भारतले ल्याएको निर्देशिकाबारे दुई मुलुकबीचका जलस्रोत तथा ऊर्जा सम्बन्धित विभिन्न बैठकमा नेपालले कुरा उठाउने भएको छ । दुई मुलुकबीचको विद्युत् व्यापार पिटिए र ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी को–अपरेसन’को मर्मअनुसार चल्ने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।

ट्राफिक जामको पीडा एम्बुलेन्स चालकलाई सोध्नुस् !

काठमाडौं,मंसिर २७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको एम्बुलेन्स चालकका रूपमा ज्ञानकाजीले काम गर्न थालेको ११ वर्ष भइसक्यो। अधिकांश प्रसव पीडामा रहेका महिला लिएर अस्पताल आउनुको साथै नवजात शिशुलाई थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उनको मुख्य जिम्मेवारी छ। जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उनको छ।

‘काठमाडौंमा जाम धेरै छ। भर्खर जन्मिएका शिशुलाई सक्दो चाँडो उपचारका लागि लानुपर्ने हुन्छ,’ उनले आकस्मिक सेवामा हिँड्ने एम्बुलेन्सलाई अन्य सवारीसाधनले बाटो नछाड्ने गरेको गुनासो गर्दै भने, ‘प्राइभेट गाडीले छाडछन् तर सार्वजनिक गाडीले त आफू नै इमरजेन्सीमा भएझैं गर्छन्, साइरन बजाउँदा पनि टेर्दैनन्,’ उनले भने।

१८ वर्षदेखि एम्बुलेन्स चलाइरहेका ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका रत्न राईको अनुभव पनि उस्तै छ। ‘कति ठाउँमा त सडक नराम्रो छ नै, जाम पनि उत्तिकै बढेको छ,’ उनले भने, ‘थापाथलीमा त झन् चारैतिरबाट जाम हुन्छ। कलंकीबाट साइरन बजाएर हिँडयो भने त्रिपुरेश्वर आइपुग्न ४५ मिनेट लाग्छ।’ सडक व्यस्त हुने अफिस टाइममा (पिक आवर) मा आकस्मिक सेवा चाहियो भने त्यो बिरामीको दुर्भाग्यै हुने ठान्छन् राई।

राजधानीको विभिन्न अस्पतालमा कार्यरत एम्बुलेन्स चालकहरू जामले गर्दा दिक्क छन्।

थापाथलीदेखि कालीमाटी–टेकु क्षेत्रमा प्रतिघण्टा कम्तीमा पनि २/३ एम्बुलेन्सको साइरन सुनिन्छ। तर, यही क्षेत्रमा एम्बुलेन्स चालकलाई धेरै गाह्रो हुने उनीहरूको अनुभव छ। ‘साइरन सुनेर पनि कसैले बाटो छाडदैन भने एम्बुलेन्सको के अर्थ भयो ?’ एक चालकले भने। आफ्नो गाडीको पछाडिको सिटमा छट्पटाइरहेका बिरामी देखेका चालकले लामो ट्राफिक जाममा फँस्दा अनुभव गर्ने पीडा अरू कसैले महसुस गर्न नसक्ने उनी बताउँछन्।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एम्बुलेन्स चालक शंकर महर्जन भन्छन्, ‘टिचिङ लानु पर्दा वीर अस्पतालदेखि जाम, पाटन लानु परे थापाथली र कुपन्डोल दुवैतिर जाम हुन्छ। बिरामीको मायाले म एम्बुलेन्स सकेसम्म बेस्सरी कुदाउँछु। तर, बाटो भए न कुदाउनु, जताततै गाडीको लस्कर भएपछि मैले कसरी छिटो पुर्‍याउने ?’

एम्बुलेन्सले पनि ‘साइड’ नपाउने यो अवस्था आउनुमा अधिकांश चालक साँघुरो बाटोमा धेरै गाडी थपिनुलाई मान्छन्। पछिल्लो ५ वर्षदेखि एम्बुलेन्स चालकका रूपमा काम गर्न थालेका काठमाडौं अस्पताल त्रिपुरेश्वरका भीम थापा यो अवधिमा दोब्बर सवारीसाधान थपिएको अनुमान गर्छन्। ‘सडक साँघुरो छ गाडी बढी छन्। साइड दिन चाहे पनि सक्दैनन्। के गरून् उनीहरू पनि,’ थापाले यातायातको साधनले सहयोग गर्न चाहे पनि त्रिपुरेश्वर, कलंकी खण्डमा नसक्ने बताए। थापा भन्छन्, ‘चालकको पनि जिम्मेवारी हुन्छ। समयमा ल्याइपुर्‍याएन भने केही नराम्रो पनि हुनसक्छ। त्यस्तो भयो भने हामीलाई पनि साह्रै नराम्रो लाग्छ।’

‘कुनै जाममा त एम्बुलेन्सलाई अगाडि जान दिनेसम्मको पनि ठाउँ हुन्न,’ चालक राई भन्छन्, ‘सवारीसाधन जाममा पनि खाँदिएका हुन्छन् अनि साइड दिन चाहनेले पनि सक्दैन।’ अर्का एम्बुलेन्स चालक गणेश सापकोटा भने एम्बुलेन्सका चालकहरूको पनि यसमा गल्ती देख्छन्। ‘कहिलेकाहीं बिरामी नभए पनि चालकहरू साइरन बजाउँछन्। अनावश्यक अवस्थामा पनि ट्राफिक नियम मिच्छन्। त्यसैले अन्य सवारीचालकहरूको नकारात्मक धारणा बनेको हो,’ सापकोटाले भने।

आकस्मिक सेवा दिन हरदम तयार रहनुपर्ने एम्बुलेन्स सेवालाई थप प्रभावकारी र राम्रो बनाउने के उपाय हुनसक्छ त ? प्रसूति गृहका एम्बुलेन्स चालक ज्ञानकाजीसँग यसको एउटा उपाय छ। उनी भन्छन्, ‘एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, प्रहरीजस्ता आकस्मिक सेवाका लागि सानै भए पनि सडकमा छुट्टै लेन राख्नुपर्छ।’ अन्य केही चालक त अब राजधानीमा गाडी किन्नै रोक लगाउनुपर्नेसम्मको धारणा राख्छन्।

आजको कातिपुर दैनिकमा समाचार छ ।

जापानबाट नेपाल जान हिँडेकी नेपाली महिलाको बाटैमा मृत्यु

ज्याक खड्का-टोकियो ।
जापानबाट नेपाल जाने क्रममा एक नेपाली महिलाको बाटैमा निधन भएको छ ।

जापानमा सपरिवार बस्दै आउनुभएकी नेपाल चीतवन घर हुनुभएकी ४२ बर्षीया मथुरा देवि भण्डारीको नेपाल जान हिँडेकोमा बाटैमा निधन भएको छ ।

मृतक मधुरादेवीका श्रीमान् इन्द्र भण्डारीले दिनुभएको जानकारी अनुसार नेपाल जान हिँडेकोमा बिमान डिले भएपछि गाह्रो भएर बिमान कुर्न नसक्ने भएपछि पुन टोकियो फर्कने क्रममा बाटैमा निधन भएको हो ।

मृतक परिवार जापान टोकियो स्थित इताबासीमा दुई छोरा र श्रीमान सहीत बस्दै आउनुभएको थियो ।

आज दिउँसो भएको यो घटनाबारे जानकारी दिंदै मृतकका श्रीमानले  करीब ६ महीना अगाडि नै फोक्सोको क्यान्सर भएको पत्ता लागेको र जापानमा उपचाररत भएपनि मृतक मथुराले नेपालमै बसेर उपचार गर्न इच्छा गरेपछि नेपाल जाँदै हुनुहुन्थ्यो ।

कुक भिषामा करिव ८ बर्षपहिले जापान आउनुभएका इन्द्र भण्डारीले आर्थिक अवस्थाका कारण शव शदगतको लागि आवश्यक सहयोग गरिदिनुहुन जापानबासी नेपालीसमक्ष अनुरोध गर्नुभएको छ ।

सितोरियो कराते वर्ल्ड कप:नेपाललाई दुई स्वर्ण

काठमाडौं,मंसिर २६ । हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वल्र्ड कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जिते । नेपाल टोलीको नेतृत्व रामकृष्ण श्रेष्ठ (बोस) छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web