टोकियो ।
ट्युमरका कारण जिवन जिउनै असहज भएपछि उपचारको लागि खर्च जोहो गरिररहेका अशोक श्रेष्ठको उपचारको लागि जापानबाट ५ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

नेवाः अन्तर्राष्ट्रिय फारम जापानका महासचिव शिव तण्डुकारको पहल र संयोजकत्वमा संकलित ५ लाख ९३ हजार ३१२ येनबाट ५ लाख ५० हजार रुपैयाँ नेपाल पठाइएको छ ।

अनुहार सहित शरिरभरि ट्युमर आएर तलिएका अशोक श्रेष्ठको उपचारार्थ नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गठन गरेको आर्थिक सहयोग संकलन समितिले आइतबार सो रकम नेपाल पठाएको हो ।

संकलित रकम नेवाः अन्तर्राष्ट्रिय फोरम जापान अध्यक्ष गंगा डंगोलले एक कार्यक्रम बिच जेएमईका निर्देशक राजन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

समारोहमा निर्वतमान अध्यक्ष विगेन्द्रमान सिंह प्रधान, पूर्व उपाध्यक्ष भूपी गोविन्द श्रेष्ठ, महासचिव शिव तण्डुकार, व्यवसायी तथा सदस्य सागर कपाली सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष पूर्ण चलाउने लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पठाइएको रकम आइतबार ट्युमर पिडित अशोक श्रेष्ठले पाउने भएका छन् ।

अनुहार र शरिरमा मासु पलाएका श्रेष्ठको सहयोगार्थ जापानमा अभियान सुरु

17.28¡ÆC