ज्याक खड्का-टोकियो ।
जापानबाट नेपाल जाने क्रममा एक नेपाली महिलाको बाटैमा निधन भएको छ ।

जापानमा सपरिवार बस्दै आउनुभएकी नेपाल चीतवन घर हुनुभएकी ४२ बर्षीया मथुरा देवि भण्डारीको नेपाल जान हिँडेकोमा बाटैमा निधन भएको छ ।

मृतक मधुरादेवीका श्रीमान् इन्द्र भण्डारीले दिनुभएको जानकारी अनुसार नेपाल जान हिँडेकोमा बिमान डिले भएपछि गाह्रो भएर बिमान कुर्न नसक्ने भएपछि पुन टोकियो फर्कने क्रममा बाटैमा निधन भएको हो ।

मृतक परिवार जापान टोकियो स्थित इताबासीमा दुई छोरा र श्रीमान सहीत बस्दै आउनुभएको थियो ।

आज दिउँसो भएको यो घटनाबारे जानकारी दिंदै मृतकका श्रीमानले करीब ६ महीना अगाडि नै फोक्सोको क्यान्सर भएको पत्ता लागेको र जापानमा उपचाररत भएपनि मृतक मथुराले नेपालमै बसेर उपचार गर्न इच्छा गरेपछि नेपाल जाँदै हुनुहुन्थ्यो ।

कुक भिषामा करिव ८ बर्षपहिले जापान आउनुभएका इन्द्र भण्डारीले आर्थिक अवस्थाका कारण शव शदगतको लागि आवश्यक सहयोग गरिदिनुहुन जापानबासी नेपालीसमक्ष अनुरोध गर्नुभएको छ ।

19.29¡ÆC