मेरो दिल उसको, मुस्कानमा बसेको छ
जानाजान होईन, अन्जानमा बसेको छ

स्थिर छैन र मसङ्ग पनिछैन मेरो मन
बस्न त यो शरीर मकानमा बसेको छ

देख्दा मृत्युुत्सब मनाई रहे जस्तै लाग्ने
फूलले सजिएर लास चिहानमा बसेको छ

मिल्नै नसक्ने त यी मान्छे पो रैछ यहाँ
भेडा,बाख्रा मिलेर बथानमा बसेको छ

मेरो दिल उसको, मुस्कानमा बसेको छ
जानाजान होईन, अन्जानमा बसेको छ

21.56¡ÆC