जापानमा विद्यार्थीले काम गर्न पाउने समय बढेर हप्तामा ३६ घण्टा

टोकियो ।
जापानको क्युस्यु क्षेत्रमा विद्यार्थीहरुले हप्तामा गर्न पाउने कामको समय बढाएर ३६ घण्टा पुर्याइएको छ ।

क्युस्यु क्षेत्र अन्र्तगत क्युस्यु, ओकिनावा, योमागुजी लगायत ९ स्थानमा विदेशी विद्यार्थीहरुले हप्ताको २८ घण्टा काम गर्न पाउने समय बढाएर ३६ घण्टा पुर्याइएको हो ।

जापानको निशिनिप्पोन अनलाईनले जापानी अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार ९ प्रान्तमा लागु हुने यो नियम अन्तिम चरणमा रहेको र छिट्टै लागु गर्ने तयारी भइरहेको छ ।

जापानमा अध्ययनरत विदेशी विद्यार्थीहरुले कलेज शुल्क तथा खर्च र कमाई गर्न समेत हाल तोकिएको २८ घण्टाबाट संभव नदेखिएपछि नयाँ नियम ल्याइएको बताइएको छ ।
यसैगरि स्थानिय उद्योग र कम्पनीहरुले समेत कामदार समस्या झेलिरहेको अवस्थामा लागु हुन लागेको नयाँ नियमपछि विद्यार्थी र स्थायिन उद्योग तथा कम्पनी लाभान्वित हुने ठानिएको छ ।

कामदार अभाव झेलिरहेका कम्पनीहरुको समस्या तथा विद्यार्थीहरुको समस्या र क्युस्यु क्षेत्रमा घट्दो जापानी नागरिकको बसोबासलाई ध्यान दिएर क्युस्यु प्रान्तले छुट्टै यो नियम लागु गर्न लागेको हो ।

क्युस्यु प्रान्त बाहेक जापानको अन्य ठाउँमा भने हप्ताको २८ घण्टा मात्र काम गर्न पाइनेछ । यद्यपी प्रस्ताव पारित चरणमा रहेकाले लागु नभै सकेको अवस्थामा हाल भने क्युस्यु क्षेत्रमा पनि हप्ताको २८ घण्टा मात्र काम गर्न पाइन्छ ।

नयाँ नियम लागु भएपछि विद्यार्थीहरुले पुन हप्ताको ३६ घण्टा काम गर्न पाउने श्रम स्विकृत लिनुपर्नेहुन्छ ।

जापानमा विदेशी विद्यार्थी तथा डिपेन्डेन्ट भिषामा रहेकाले हप्तामा गर्न पाउने कामको समय न्युन रहेको भन्ने गुनासो र उनिहरुले तोकिएको भन्दा बढी काम गरिरहेको पाइएपछि जापान सरकारले जापानमा बढ्दो कामदार मागलाई मध्यनजर गर्दै नयाँ नियमको तयारी गरिरहेको बताइदै आएको छ ।
तर यस बारेमा भने केही जानकारी बाहिर आइसकेको छैन ।

एनआरएन जापान र उद्योग मन्त्रालयबिच नेपाली उत्पादन प्रवद्र्धनगर्ने सम्झौता (फोटो फिचर/भिडियो)

ज्याक खड्का-टोकियो ।
जापान लगायतका मुलुकमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि उद्योग मन्त्रालय र एनआरएनए जापानबीच द्विपक्षिय सम्झौता गरिएको छ ।

जापान भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापा बीच नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रचारप्रसारमा विषेश भुमिका निर्वाह गर्नका लागि लिखित सम्झौता गरिएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा समेतको सहभागितामा भएको सो संझौता पछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार तथा दैनिक उपयोगमा ल्याउन पहल गर्नेछ ।

यसका लागि नेपाल सरकारका तर्फबाट विशेष सहयोग समेत गर्ने प्रतिवद्दता व्यक्त गरिएको छ ।

मन्त्री जोशीले प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सकेमा नेपालका उधोगको विकास तथा रोजगारीको अबसर बढने धारणा सो अवसरमा राखेका थिए ।

नेपालमा संभाव्य स्थानमा घरेलु तथा साना उधोग सहित विश्वबजारमा खपत हुने हरेक प्रकारका उत्पादनको बजार राम्रो रहेको मन्त्री जोशीको भनाई छ ।

एनआरएनए जापानले गरेको पहिलो प्रस्तावमा नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको पहल सकारात्मक रहेको भन्दै उधोगमन्त्री जोशीले उद्योग मन्त्रालय हरेक अवस्थामा सहयोगका लागि तयार रहेको धारणा राखे ।

सो अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले एनआरएनएहरूलाई नेपाल सरकारले विशेष अवस्थामा साथ दिदै आएको भन्दै नेपालको पर्यटन प्रवद्धन सहित नेपाली उत्पादनलाई विदेशमा भित्राउन एनआरएनएहरू एकजुट भएर लाग्ने धारणा राखेका थिए ।

समृद्द नेपाल निर्माणमा नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्द रहेको भन्दै नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा उद्योगहरूको स्थापना गरि रोजगारीको अवसर बढाउन लागि परेको धारणा राखेका थिए ।

राजधानी टोकियोमा एनआरएनए जापानले आयोजना गरेको ‘नेपालको औद्यौगिक विकास र उत्पादन प्रर्वधनमा गैरआवासीय नेपालीहरूको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जोशीले नेपालीले लगानी गर्ने ठाउमा नेपालीले र सामान्य लगानीले धान्न नसक्ने स्थानमा विदेशी लगानी गरेर भएपनि उद्योगको विकास गर्न सरकार प्रतिवद्द रहेको भनाई राखे ।

यसका लागि लगानीको बातावरण र उत्पादनलाई बजारको संम्भाव्यता अध्ययनको सुरूवात गरिसकेको मन्त्री जोशीको भनाई छ ।

‘नेपालमा औद्योगिक विकासका लागि नयाँ रणनीतिहरू वारेमा वृहत अध्ययन सुरू भई सकेको छ, जापान लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीहरूसंगको विशेष साथ र सहयोगको समेत अपेक्षा गरेका छौ ।’ मन्त्री जोशीको भनाई छ ।

कार्यक्रममा उनले विदेशमा वसेर पनि अनलाईन मार्फत नेपालमा उधोग दर्ता, लाईसेन्स लगायतका सेवा लिन सकिने डिजिटल प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाली उत्पादन निर्यात भन्दा आयातको अनुपात तुलना गर्न नसकिने हिसावले बढेकाले यसको सन्तुलन आवश्यक रहेको धारणा राखे ।

समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा वृद्दि गराउन उद्योगको संचालन र लगानी बढाउनु आवश्यकता रहेको उनको भनाई थियो ।

‘यसैबीच अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटन उद्योग र स्थानिय उधोगको विकास र यसको सम्मवद्र्धन अनिवार्य रहेको धारणा राखे ।

उपाध्यक्ष भट्टले नेपालीले नै नेपाली सामानको प्रर्दद्धन गर्न सक्ने भएकाले यसका लागि विश्वभरिका गैरआवासीय नेपालीहरूले एकजुट भएर पहल गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।

यस्तै एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले नेपालको समृद्धिका लागि ठोस योजना मुलक कार्यक्रम आवश्यकता रहेको धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्रले नेपालका केही कानुनी विषयमा अष्पष्टताका कारण जापानी लगानीकर्ताहरूले चाहेको लगानी हुन नसकेको र यसका लागि आफुले पहलकदमी जारी राखेको धारणा राखेका थिए ।

दुई चरणमा विभाजन गरिएको कार्यक्रमको अन्तिम चरणमा सहभागिहरूको जिज्ञासालाई अतिथिहरूले सम्वोधन गरेका थिए ।

लागु औषध व्यापारिसँग लेनदेन गर्ने फिलिपिन्सका सिनेटर पक्राउ

काठमाडौं ।
एक कुख्यात आगुऔषध तस्करबाट पैसा लिएको आरोपमा पिलिपिन्स सरकारले त्यहाँको सिनेटर रहेकी लिला डे लिमालाई पक्राउ गरेको छ ।

लागुऔषध बिरुद्धको राष्ट्रपति रोड्रिगो दुतेर्तेको कदमको चर्को बिरोध र आलोचना गर्दै आएकी लिमाले तिनै तस्करसँग पैसा लिएको पाइएपछि पक्राउ गरिएको फिलिपिन्स सरकारले बताएको छ । तर, लिमाले भने आफूलाई लागेको आरोप अस्वीकार गरेकी छिन् ।

पक्राउ गर्ने योजना असफल पार्न बिहीवार उनी सिनेट कार्यालय भित्रै बसेकी थिइन । तर, शुक्रवार बिहान भने प्रहरी सामु आफैं आत्मसमर्पण गरिन् ।

लीमाले सन् २०१० देखि २०१६ को अवधिमा फिलिपिन्सको कानुन मन्त्री भएकोबेला लागुऔषध तस्करसँग पैसा लिएको पाइएको फिलिपिनि सरकारले बताएका छ ।

विश्वकप छनौट क्रिकेटमा केन्या विरुद्दको तयारी खेल्न नेपाली क्रिकेट टोलि भारत प्रस्थान

काठमाडौं  ।
विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्दको खेलको अन्तिम तयारी स्वरुप नेपाली क्रिकेट टोली अध्यासको लागि भारत प्रस्थान गर्न लागेको छ ।

आगामी फागुनमा हुने खेलको तयारी गरिरहेको नेपाली टोलि बुधबार साँझ ५ बजे भारतको ग्रेटर नोयडा जाने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपति राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले भारत जाने १९ सदस्सीय नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।
तर टोलिका कप्तान पारस खड्का भने सहभागी छैनन् । एपेन्डिसाइटको अप्रेसनपछि स्वास्थ्यलाभ गरिरहेका खड्का भारत नगएपछि खेलमा भने सहभागी हुने छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा १८ खेलाडि र प्रशिक्षकसहितको नेपाली टोलि भारत जाँदैन ।नेपाली टोलि भारतबाट फर्किएपछि पारस टोलीमा समावेश हुनेछन् ।

भारत जाने नेपाली टोलिमा ज्ञानेन्द्र मल्ल उपकप्तान सँगै सागर पुन, सन्दिप लामिछाने, भुवन कार्की, शरद भेषावकर, आरिफ शेख, दिलिप नाथ, करण केसी, आशिफ शेख, बसन्त रेग्मी, शक्ति गौचन सहभागी छन् । यसैगरि अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी, राजेश पुलामी मगर, बिनोद भण्डारी, महेबुब आलम पनि जाँदैछन् ।

नेपाली टोलीले एक साता नोयडामा अभ्यास गर्ने छ । नोयडामा नेपाली टोलीले तीन अभ्यास खेल खेल्ने कार्यक्रम छ  । नेपालले अफगानिस्तानको ए टिम, राजस्थान र एयर इन्डिया टिमसँग अभ्यास खेल खेल्ने कार्यतालिका छ । नेपाली टोली मार्च ३ मा स्वदेश फर्कनेछन्  ।

नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० ९मार्च ११ र १३ ० गते त्रिभुवन विश्वविद्यालय ९टियु० क्रिकेट मैदानमा हुने तय भइसकेको छ ।

केन्यापछि नेपालले छैटौं चरणमा हङकङसँग खेल्नेछ भने सातौं चरणमा युएईसँग खेल्नेछ ।

लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैटौं स्थानमा छ ।

नेपालले ८ खेलमा ३ मा जित र ५ हार बेहोरेको छ । केन्या ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवान्युगिनी, तेस्रोमा हंङकङ, चौथोमा स्कटल्यान्ड र पाँचौमा केन्या छन् । नेपालभन्दा पछि नामिबिया र यूएई छन् ।

दर्शकले लुट फिल्मको टिकट पाएनन, देशभरका १०५ वटा थिएटरमा प्रदर्शन

काठमाडौं ।
चलचित्र प्रदर्शनको एकदिन अघिनै मल्टिफ्लेक्स चलचित्रघरमा अग्रिम टिकट विक्रि सकिएको लुट २ चलचित्र आजबाट देशभरका १०५ चलचित्र घरहरुमा प्रदर्शन भएको छ ।

काठमाडौंमा २२ चलचित्र घरमा प्रदर्शन भएको चलचित्र लुट २ हेर्न आज हल पुगेका सयौं दर्शक टिकट नपाएपछि फर्कीएका थिए ।

उपत्यका बाहिरका घरहरुमा समेत आजको पहिलो सबै शो हाउसफुल भएको जानकारी पाएको समेत निर्माण पक्षले जानकारी दिएको छ ।

निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ पहिलो चलचित्र प्रदर्शनको चार वर्ष पछि प्रदर्शनमा आएको हो ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतकारले अभिनय गरेका छन् ।  अघिल्लो चलचित्रबाटै निरन्तर रहेको कहानीलाई कथा, पटकथा र संवाद निर्देशक निश्चल बस्नेतले नै दिएका हुन् ।

जापानमा 'लुट २' को प्रदर्शन अघि नै 'टु' रेकर्ड

आफ्नै घर भएका पूर्वराष्ट्रपति रामवरण यादवलाई घरभाडाको नाममा महिनाको २ लाख

काठमाडौं, फागुन १३ । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित संसदमा विधेयक दर्ता गरेको छ । पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार र अन्य पूर्वपदाधिकारीलाई पनि मासिक ७५ हजार उपलब्ध गराउने व्यवस्थासहितको विधेयक संसदमा दर्ता भएको छ आजको राजधानी दैनिकमा समाचार छ ।

काठमाडौं महानगरपालिकामा वडा संख्या घटाइयो, अब कति वडा ?

काठमाडौं, फागुन १३ । स्थानीय तह पुनर्संरचना आयोगले काठमाडौं महानगरपालिकालाई ३२ वडामा विभाजन गरेको छ । यसअघि काठमाडौंमा ३५ वडा थिए ।जिल्ला निर्वाचन कार्यालय काठमाडौंले महानगरपालिकालाई ३२ वडाको सीमासहितको प्रतिवेदन दिँदै महानगरपालिका भरि कतिवटा मतदान केन्द्र राख्न सकिन्छ भन्दै सिफारिस गर्न माग गरेको छ ।

महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हरि कुँवरले ३२ वडाको सीमासहित मतदान केन्द्रको सिफारिस माग भएकाले त्यसै अनुसार मतदान केन्द्र निर्धारण गरिने बताए । महानगरपालिकाले १ हजारदेखि १५०० जनसंख्यालाई एउटा मतदानकेन्द्रको व्यवस्था गर्ने गरी सिफारिसको तयारी गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

स्थानिय चुनावको लागि पर्याप्त ईन्धन भण्डारण सुरु

काठमाडौं ।
स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर पूर्ण क्षमतामा पेट्रोलियम पदार्थको भण्डारण राख्ने काम भइरहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले हाल मुलुकमा पेट्रोलियम पदार्थको कूल भण्डारण क्षमता ७१ हजार किलोलिटर भएकाले सोही अनुसार पेट्रोलियम पदार्थ भण्डारण गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।

आपूर्ति सचिव राईले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाएर मुलुकलाई ९० दिनसम्मलाई पुग्नेगरी पेट्रोलियम पदार्थको भण्डारण गर्न देशका सातवटै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण डिपो निर्माणका लागि हाल जग्गा छनौटको काम थालिएको उनको भनाई छ ।

आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा जग्गा खरीद गरिने जानकारी दिनुहुँदै आपूर्ति सचिव राईले नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेशन, निजीक्षेत्र र छिमेकी देशहरुको सहयोग समेतमा डिपो निर्माण गर्ने गरी छलफल भइरहेको बताए ।

अख्तियारको टोली भन्दै लुटपाट गर्ने पूर्व नेपाली सेनासहितको गिरोह पक्राउ

काठमाडौं ।
आफूहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै न्युरोडबाट दाजुभाइलाई अपहरण गरी रकम लुट्ने पूर्व नेपाली सेनासहित ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध महाशाखाको टोलीले ती लुटेरालाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा रुकुम, रनमा माइकोटका विश्वास घर्तीमगर, धन कुमार परियार गोरखा, ताप्ले गाविसका नारायण बानियाँ, अशोक बानियाँ, शिवबहादुर बानियाँ गोरखा नगरपालिकाका सुदीप थापा मगर    रहेका छन् ।

पक्राउ परेकामध्ये शिवबहादुर बानियाँ र अशोक बानियाँ पूर्व नेपाली सेना रहेको प्रहरीले जनाएको छ ।

गत मङ्गलबार न्युरोडस्थित ग्लोबल आइएमई बैंकबाट प्रेमनारायण खराल र विधान खरालले चेक साटी नगद चार लाख २७ हजार झिकेर बाहिर निस्कने क्रममा डल्लुबाट खरालद्वयलाई ट्याक्सीमा चढाएर खुकुरी देखाई वसुन्धरा पु¥याएपछि उनी हरूको साथमा रहेको रकम र तीन थान चेक तथा पाँच थान आइफोनलगायत लुटेर लुटेराहरूले छाडिदिएका थिए ।

संविधान संसोधन राष्ट्र र जनताको हित विपरित ः ओली

सिन्धुली ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन राष्ट्र र जनताको हितविपरीत रहेको बताएका छन् ।

नेकपा एमाले सिन्धुलीले आयोजना गरेको जिल्ला प्रतिनिधि परिषदको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान संसोधनले देश र जनताको हित नगर्ने भएकाले संविधान संशोधन नै हुन नदिने बताए ।

संसदमा संविधान संसोधनको प्रस्ताव ल्याए पनि कुनै पनि हालतमा एमालेले संविधान संसोधन प्रस्ताव पास गर्न नदिने ओलीको भनाई छ ।

विवादास्पद संविधान संशोधन प्रस्ताव बहुमतको नाममा स्विकृत

काठमाडौं ।
कथित तराई केन्द्रित दलको मागको नाममा भारतीय चाहना अनुरुप पुष्पकमल दाहाल सरकारले प्रस्ताव गरेको विवादास्पद संविधान संशोधन प्रस्ताव बहुमतको आधारमा संसदले स्विकृत गरेको छ ।

‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव व्यवस्थापिका–संसद्को बहुमतले स्वीकृत गरेको हो ।

सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो भने पुस २४ गते जनप्रतिनिधिको बिरोधका बिच झुक्याएर कानुनमन्त्रीले पेस गरेका थिए ।

विपक्षी दल नेकपा (एमाले) लगायतले संशोधनका विपक्षमा संसद्मा निरन्तर अवरोध गरेकाले त्यसयता त्यसमाथि छलफल हुन सकेको थिएन ।

प्रमुख विपक्षी दल एमालेसहित नौदलीय मोर्चाले आजको बैठकमा ‘मौन विरोध’ गर्ने घोषणा गरेपछि संशोधनका सैद्धान्तिक पक्षमा छलफल सुरु भएको थियो ।

नेपाल मजदुर किसान पार्टीका तीन सांसदको विरोधका बीच सुरु भएको छलफलमा भाग लिँदै तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले संशोधन प्रस्ताव जनहितका बिपरित पारित गर्नैपर्ने बताए ।

छलफलमा उठेका प्रश्नको जवाफमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले विपक्षी दलको विश्वास जित्ने प्रयास भइरहेको बताएका थिए ।

यसैबिच व्यवस्थापिका संसदको आजको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको थियो ।

बैठकमा सभामुख ओनसरी घर्तीले बिधेयकमाथि छलफल सुरु भएको घोषणा गरेकी थिइन् ।

सभामुखको घोषणापछि संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिंदै तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद सर्बेन्द्रनाथ शुक्लले संशोधन प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी दलसहित सबैको सहयोग हुने विश्वास रहेको बताएका थिए ।

संविधान संशोधन विधेयकसम्बन्धी छलफल शुरु हुनुअघि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेसहितको ९ दलीय गठबन्धन संविधान संशोधनको विपक्षमा रहेको र विधेयक संविधानविपरीत तथा देश र जनताको हितमा नरहेको धारणा राखेका थिए ।

एमाले संसदीय दलका उपनेता नेम्वाङले ९ दलीय गठबन्धनले संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने बताउनुभएपनि बैठकमा छलफल भईरहंदा नेमकिपाका सांसदहरुले भने संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरिरहनुभएको थियो ।

आजैको बैठकले प्रधानन्यायधीश तथा सर्वोच्च अदालतका न्यायधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७३ तथा उच्च अदालत तथा जिल्ला अदालतका न्यायधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७३ माथिको विरोधको सूचना बहुमतले अस्वीकृत ग¥यो । सांसद प्रेम सुवाल, डिल्लीप्रसाल काफ्ले र अनुराधा थापा मगरले दुवै विधेयकमा विरोधको सूचना प्रस्तुत गरेका थिए ।

बैठकमा ती दुवै विधेक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले पेश गरेका थिए ।

त्यसअघि उक्त विधेयकका विरोधमा सुवाल, काफ्ले र थापाले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो ।

व्यवस्थापिका–संसदको आजको दोश्रो बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंक कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेश भएको महाभियोगको प्रस्तावसम्बन्धी छानबिन प्रतिवेदन, २०७३ माथि विचार गरियोस् भनी प्रस्तुत प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

महाभियोग सिफारिश समितिका सदस्य रामनारायण बिडारीले उक्त प्रस्ताव पेश गरेका थिए ।

व्यवस्थापिका–संसदको अर्को बैठक यही फागुन १९ गने अपरान्ह १ बजे बस्नेछ ।

House starts deliberations over amendment bill

Legislature parliament has started deliberations over the constitution amendment bill presented by law minister Ajay Shankar Nayak.

In the meeting, house speaker Onsari Gharti  announced the commencement of deliberation over the bill.

Participating in the discussion, parliamentarian of Terai Madhes Loktantric party Sarbendra nath Sukla said the Madhesi parties are hopeful on the passage of bill.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web