एनआरएन जापान र उद्योग मन्त्रालयबिच नेपाली उत्पादन प्रवद्र्धनगर्ने सम्झौता (फोटो फिचर/भिडियो)

फाल्गुन १३, २०७३ मा प्रकाशित | 1686 views

ज्याक खड्का-टोकियो ।
जापान लगायतका मुलुकमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि उद्योग मन्त्रालय र एनआरएनए जापानबीच द्विपक्षिय सम्झौता गरिएको छ ।

जापान भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापा बीच नेपाली उत्पादनलाई प्रवर्द्धन र प्रचारप्रसारमा विषेश भुमिका निर्वाह गर्नका लागि लिखित सम्झौता गरिएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा समेतको सहभागितामा भएको सो संझौता पछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार तथा दैनिक उपयोगमा ल्याउन पहल गर्नेछ ।

यसका लागि नेपाल सरकारका तर्फबाट विशेष सहयोग समेत गर्ने प्रतिवद्दता व्यक्त गरिएको छ ।

मन्त्री जोशीले प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सकेमा नेपालका उधोगको विकास तथा रोजगारीको अबसर बढने धारणा सो अवसरमा राखेका थिए ।

नेपालमा संभाव्य स्थानमा घरेलु तथा साना उधोग सहित विश्वबजारमा खपत हुने हरेक प्रकारका उत्पादनको बजार राम्रो रहेको मन्त्री जोशीको भनाई छ ।

एनआरएनए जापानले गरेको पहिलो प्रस्तावमा नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको पहल सकारात्मक रहेको भन्दै उधोगमन्त्री जोशीले उद्योग मन्त्रालय हरेक अवस्थामा सहयोगका लागि तयार रहेको धारणा राखे ।

सो अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले एनआरएनएहरूलाई नेपाल सरकारले विशेष अवस्थामा साथ दिदै आएको भन्दै नेपालको पर्यटन प्रवद्धन सहित नेपाली उत्पादनलाई विदेशमा भित्राउन एनआरएनएहरू एकजुट भएर लाग्ने धारणा राखेका थिए ।

समृद्द नेपाल निर्माणमा नेपाल सरकार पूर्ण रूपमा प्रतिवद्द रहेको भन्दै नेपाल सरकारका उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा उद्योगहरूको स्थापना गरि रोजगारीको अवसर बढाउन लागि परेको धारणा राखेका थिए ।

राजधानी टोकियोमा एनआरएनए जापानले आयोजना गरेको ‘नेपालको औद्यौगिक विकास र उत्पादन प्रर्वधनमा गैरआवासीय नेपालीहरूको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जोशीले नेपालीले लगानी गर्ने ठाउमा नेपालीले र सामान्य लगानीले धान्न नसक्ने स्थानमा विदेशी लगानी गरेर भएपनि उद्योगको विकास गर्न सरकार प्रतिवद्द रहेको भनाई राखे ।

यसका लागि लगानीको बातावरण र उत्पादनलाई बजारको संम्भाव्यता अध्ययनको सुरूवात गरिसकेको मन्त्री जोशीको भनाई छ ।

‘नेपालमा औद्योगिक विकासका लागि नयाँ रणनीतिहरू वारेमा वृहत अध्ययन सुरू भई सकेको छ, जापान लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीहरूसंगको विशेष साथ र सहयोगको समेत अपेक्षा गरेका छौ ।’ मन्त्री जोशीको भनाई छ ।

कार्यक्रममा उनले विदेशमा वसेर पनि अनलाईन मार्फत नेपालमा उधोग दर्ता, लाईसेन्स लगायतका सेवा लिन सकिने डिजिटल प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले नेपाली उत्पादन निर्यात भन्दा आयातको अनुपात तुलना गर्न नसकिने हिसावले बढेकाले यसको सन्तुलन आवश्यक रहेको धारणा राखे ।

समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा वृद्दि गराउन उद्योगको संचालन र लगानी बढाउनु आवश्यकता रहेको उनको भनाई थियो ।

‘यसैबीच अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटन उद्योग र स्थानिय उधोगको विकास र यसको सम्मवद्र्धन अनिवार्य रहेको धारणा राखे ।

उपाध्यक्ष भट्टले नेपालीले नै नेपाली सामानको प्रर्दद्धन गर्न सक्ने भएकाले यसका लागि विश्वभरिका गैरआवासीय नेपालीहरूले एकजुट भएर पहल गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।

यस्तै एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले नेपालको समृद्धिका लागि ठोस योजना मुलक कार्यक्रम आवश्यकता रहेको धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्रले नेपालका केही कानुनी विषयमा अष्पष्टताका कारण जापानी लगानीकर्ताहरूले चाहेको लगानी हुन नसकेको र यसका लागि आफुले पहलकदमी जारी राखेको धारणा राखेका थिए ।

दुई चरणमा विभाजन गरिएको कार्यक्रमको अन्तिम चरणमा सहभागिहरूको जिज्ञासालाई अतिथिहरूले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web