मानव तस्करलाई राजदूत सिफारिस गरेका देउवा भन्छन्-‘निर्णय सच्चिंदैन’

काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले नै आफुहरुले समेत कहिल्यै नचिनेको र विवादीत व्यक्तिलाई राजदूतमा सिफारिस गरेको भन्दै बिरोध गरेकोमा पार्टी सभापति शेरबहादुर देउवाले निर्णय नसच्याउने प्रतिक्रिया दिएका छन् ।

मानव तस्करको रुपमा बदनाम भएकालाई पार्टीले राजदूत सिफारिस गरिएको निर्णय सच्याउनुपर्ने काँग्रेसका नेता कार्यकर्ताले बताइरहँदा देउवाले भने आफ्नो निर्णयमा पुर्नविचार नहुने बताएका हुन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएपछि देउवाको यस्तो प्रतिक्रिया आएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने जिकिर गर्दै पार्टी केन्द्रिय समितिमा समेत छलफल नहुने बताए ।

विवादास्पद संशोधन जसरी पास गराउन पहल गर्ने काँग्रेसको निर्णय

काठमाडौं ।
विवादास्पद संविधान संशोधन विधेयक जसरी पनि पास गराउन पहल गरिने निर्णय सत्ताधारी नेपाली कांग्रेसले गरेको छ ।

तराई केन्द्रित दल भित्रका सांसदहरुसँगको छलफलपछि काँग्रेस सभापती देउवाले जसरी पनि संविधान संशोधन गरिनुपर्ने भन्दै यसको लागि पार्टिले थप पहल गर्ने बताएका हुन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने दाबी समेत गरेका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले पार्टीले संविधान संशोधन पास गराउन पहल गर्ने निर्णय गरेको बताएका हुन् ।

पार्टी बैठकमा तराई केन्द्रित काँग्रेस सभासदहरुले संविधान संशोधन नभए तराईमा पार्टीले टेक्ने ठाउँ नरहने बताउँदै दवाव दिएपछि देउवाले यस्तो निर्णय गरेका हुन् ।

नेकपा एमालेसहित विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने अडान राख्दै आएका छन् ।
संशोधन विवादास्पद भएपछि यसको देशभर बिरोध भइरहेको छ । भारतीय योजना अनुसार संघियता टुक्राउने र थपघट गर्ने प्रस्ताव गरिएपछि यसको बिरोध भइरहेको छ ।

रञ्जित रे लाई मधेशी मोर्चाको पाँचतारे होटलमा भोज

काठमाडौं ।
तराई केन्द्रित राजनीतिको नाममा भारतीय आशिर्वादमा राजनीति र आन्दोलन गर्दै आइरहेका मधेशी मोर्चाले विवादास्पद भारतीय राजदूत रन्जित रेलाई पाँच तारे होटलमा भोज दिएको छ ।

तराईका जनताहरु अशिक्षा, बेरोजगार, स्वास्थ्य समस्या, आर्थिक समस्यामा परेर यसबाट उन्मुक्ति चाहिरहेको बेलामा राजनीतिक माग तेर्साएर बन्द हडताल गर्दै निर्वाचनबाट समेत डराइरहेको मोर्चाले भारतीय राजदूत रे लाई पाँच तारे होटलमा भोज खुवाएका हुन् ।

विवादास्पद कार्यकाल सकेर फर्कन लागेका रञ्जित रे नेपालको लागि नाकाबन्दी लगाउन भारतलाई सिफारिस गर्ने भारतीय पात्र हुन् । जसले तराई केन्द्रित राजनीति गर्दै आएका दल र नेता सहित तराईका जिल्लामा हिंसात्मक गतिविधि गर्दै आएको समुहलाई संरक्षण दिएको दर्जनौं खवर यस बिचमा सार्वजनिक भएको छ ।

राजदूत रे फेव्रुअरी २८ तारिखमा कार्यकाल पुरा गरेर भारत जादैछन् । सेवाअवधि पुरा हुनेभएपछि एक महिनादेखि रे बिदामा छन् । त्यसैले पनि मधेशी मोर्चा सरकारले निर्वाचन घोषणा गरिसक्दा त्यसको बिरोध गरिरहेको त छ तर नयाँ भारतीय राजदूत नआइसकेकाले कसरी आन्दोलन अघि बढाउने भन्ने सल्लाह गर्न थप निर्णय नगरि कुरी बसेको छ ।

(मेडिकल संचालक भारतिय नागरिक हिरा हत्या प्रकरण) सोधपुछमै प्रहरी अनुसन्धान टोली

पप्पु गुरुङ्ग, १४ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनी क्षेत्रमा बिगत लामो समय देखि मेडिकल संचालन गर्दै आएका एक भारतिय नागरिकको शनिवार राती हत्या भएको विषयमा प्रहरी टोलीले अनुसन्धानमा तदारुकता ल्याएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र क्षेत्रिय अनुसन्धान ब्यरो (आरआईटी) को टोली हिजो देखि अनुसन्धानमा जुटेका छ् । यता स्थानियहरुलाई साँझ पर्न साथ त्रासको बाताबरण श्रजना भएको बताउदै आएका छन् । दोधारा चाँदनीमा बिगत लामो समय देखि मेडिकल संचालन गर्दै आएका भारतिय नागरिकको हत्यालाई रहस्यमय तरिकाले स्थानियहरुले हेर्दै आएका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली र क्षेत्रिय अनुसन्धान ब्युरोको टोली हिजै देखि घट्नास्थल तथा आसपासको क्षेत्रमा अनुसन्धान थालेको छ् । प्रहरीले घट्नाको बारे जानकारी गराउने, स्थानियबासी तथा किस्ती चालक तथा बाबाथानमा रहेको मेडिकल रहेको घर मालिक संग जानकारी संकलन गरेको छ् । टोलीले घट्नास्थलको आज पनि सर्च अभियान थालेको हो । प्रहरीको टोलीले कुतियाकवर तथा आसपास क्षेत्रका स्थानियहरु संग सोधपुछ बढाएको । “हामीले आज पनि अनुसन्धानलाई निरन्तरता दिएका छौ” ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी प्रहरी निरिक्षक बीरदत्त पन्तले भने,– “हामीले सिलसिलेवार अनुसन्धान थालेका छौ” भारतिय नागरिकको नेपाली भुमीमा बिभत्स हत्या हुनुले दुबै देशको सम्बन्धमा तितोपन ल्याउने सक्ने प्रवल सम्भावना पनि त्यत्तीकै प्रवल भएको एक थरीको भनाई रहेको छ् । प्रहरीले उक्त घट्नालाई सुक्षमरुपमा अनुसन्धान गर्दै गरेको दाबी गरेको छ् । नेपाली क्षेत्रमा बिगत लामो समय देखि मेडिकल संचालन गर्दै आएका बिजय कृष्ण हिरा– ५० को नेपाली भुमीमा शनिवार राती योजनाबद्ध तरिकाले बिभत्स हत्या गरिनु चानचुने रिसिवी नभै ठुलै ब्यक्तीगत रोष भएको कारण उनको हत्या भएको स्थानियहरुले अडकल काट्न थालेका छन् । प्रहरीले हत्यामा प्रयोग भएको भनिएको रगत लागेको रड, फिङगर प्रिन्ट लगाएत जाँचको लागी पठाईसकेको बताएको छ् । “भोली भारतको पिलिभित जिल्ला, माधवताण्डा थाना, नौजलीया ग्राम पञ्चायतमा गएर मृतक भारतिय नागरिक बिजय कृष्ण हिराको परिवारजन, स्थानियहरु लगाएत भारतिय प्रहरी संग सोधपुछ तथा हत्याको बिषयमा छलफल गर्ने योजना रहेको छ् ” प्रहरी निरिक्षक बीरदत्त पन्तले बताए । शनिवार भएको हत्याको जानकारी लिन आज अञ्चल प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी बरिष्ठ उपरिक्षक शुशिल कुमार भण्डारी ईलाका प्रहरी कार्यालयमा आएका थिए । हत्याको सम्पुर्ण जानकारी तथा अनुसन्धानको जानकारी गराएको ईलाका प्रहरी श्रोतले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, बाबाथान बजारमा बिगत २०/२५ वर्ष देखि निरन्तर मेडिकल संचालन गर्दै आएको पिलिभित जिल्ला, माधवताण्डा थाना, नौजलीया ग्राम निवासी बिजय कृष्ण हिरा– ५० को शनिवार राती करिब ९ देखि १० बजे दोधारा चाँदनी नगरापलिका वडा नं. १०, बैतिफाँटा, जगबुडा नदीको नजिक निर्मम तरिकाले हत्या गरिएर फालिएको थियो । उनि माथी धारिलो हतियारले पिट्यु, घाँटी तथा टाउकोमा प्रहार गरि निर्मम हत्या गरिएको हो ।

दोधारा चाँदनीको उदाउदो नव कलाकार बादल थापा

पप्पु गुरुङ्, १४ फागुन, दोधारा चाँदनी । नेपाल को सुदुर्पिश्चम महाकाली अन्चल कञ्चनपुर जिल्ला दोधारा चादनी वडा नं. १०, कुतियाकवर मा २०५४ असार ४ गते जन्मिएका सुमधुर स्वर का धनी गायक बादल थापा हाल नेपाली संगित को क्षेत्र मा जुझारु भई कला क्षेत्रमा हामफालेका छन् । छिमेकी राष्ट्र भारत को नयाँ दिल्ली मा करिब ३ बर्ष संगित सिकेका हुन् । युवा गायक २ वर्ष अघि नेपाल को राजधानी छिरेका छन् ।  सानै देखि गायन मा रुचि भएका बादल संगित लाई नै आफ्नो जीवन ठानेर सांगेतिक क्षेत्र मा आफ्नो नाम र दाम कमाउन चाहान्छन् । नेपाली सांगेतिक क्षेत्र को उचाई लाई अझ थप उकास्ने उनको सोच रहेको छ् । नेपालको राजनितिक खिचा तानी जस्तै सांगेतिक क्षेत्र पनि चलिरहेको, कसरी बदनाम गर्ने ,आफ्नो स्वार्थ पूरा गर्ने कार्यको यस क्षेत्रमा ब्यापक रहेको गायक थापा बताउछन । तर जस्तो सुकै बिध्न बाधा भए पनि हाफु हरेस नखाई कसैको दवाव बिना स्वतन्त्र भई आफ्नो वास्तविक पहिचान को हक पाउने उनी दाबी गर्दछन । हाल सम्म गायक बादल ले नेपाली मन मा आफलाई रुझाउन भिजाउन  ६ दर्जन जति गित गाईसकेका छन बादल को सुरवाती गित “मन्मै बसि…, तिम्रो रङिन दुनिया…, चन्द्र जस्तै…. , कि दुर्गेस रेल मा…., जस्ता थुप्रै म्युजिक भिडियो बजारमा ल्याउनु साथै हाल गायक बादल थापाको सुमधुर आवाजमा “हार्ट टु हार्ट…..” बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । मदानी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत गितकार अर्जुन राज भण्डारीको नयाँ गिति संग्रह ‘हार्ट टु हार्ट’ बाट रहेको छ । फरक स्वादमा तयार भएको यस गीतमा गायक स्वयं थापाकै संगीत रहेको छ । भिडियोमा व्यस्त मोडल दुर्गेश थापाको जोडदार अभिनय रहेको छ, भने उनलाई रमेश र प्रितीले साथ दिएका छन् । भिडियोलाई क्रान्ति के सिले निर्देशन तथा सम्पादन गरेका छन् ।  भिडियोमा बिदुर पाण्डेको छायाङ्कन रहेको छ । भने भर्खरै बजारमा “म त शिव जि को फ्यान….” रिलिज गरेका छन । शिव जि को फ्यान मा शब्द संगीतकार तथा गायक सुरेश राना को रहेको छ, भने स्वर तथा  संगित पनि  सुरेश राना र गायक बादल थापा को रहेको छ । सिभ को फ्यान विशेष  शिवरात्री को अवसर पारि रिलिज गरेको र यस बाट आफूलाई निकै आशा रहेको उनी बताउछन । बादल लाई नेपाली सांगेतिकक क्षेत्र मा दरिलो पार्न उनका घर घरपरिवार ले निकै साथ दिएको थापा बताउछन् । आफुलाइै कला क्षेत्रमा चिनाउन सहयोग गर्ने चर्चित गायक तथा मोडेल दुर्गेस थापा र चर्चित मोडेल सनम कठायतहरुले निकै सहायोग गरेको गायक बादल थापा भन्छन । बादल थापाको स्वरले दोधारा चाँदनी मात्र नभई देशमा ख्याती कमाउन कुरामा उनका प्रशंसक ढुक्क छन् ।

दोधारा चाँदनीमा पर्यटन प्रबद्र्धन महोत्वसव सफलता पुर्वक सम्पन्न

पप्पु गुरुङ्, १४ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनी क्षेत्रमा पहिलो पटक पर्यटन प्रबद्र्धन महोत्वसव सफलता पुर्वक सम्पन्न भएको छ् । २ दिन सम्म संचालन भएको दोधारा चाँदनीमा पहिलो “दोधारा चाँदनी पर्यटन प्रबद्र्धन महोत्वसव–२०७३” सफलता पुर्वक सम्पन्न भएको आयोजक संस्था शारदा सामाजिक समानता  बिकास संघ (सेडा) दोधारा चाँदनीले दाबी गरेको छ् । दोधारा चाँदनीको भानु उच्च माबिको प्राङग्रणमा सुक्रवार देखि संचालन भएको पर्यटन प्रबद्र्धन महोत्वसव सफलता पुर्वक सम्पन्न भएको आयोजक संस्था शारदा सामाजिक समानता  बिकास संघ (सेडा) का अध्यक्ष दिल बहादुर सिजालीले जानकारी दिएका छन् । महाशिवरात्रीको पावन उपलक्ष्यमा पहिलो पटक “दोधारा चाँदनी पर्यटन प्रबद्र्धन महोत्वसव–२०७३” को सुक्रवार सामाजिक समानता बिकास संघ (सेडा) का अध्यक्ष दिल बहादुर सिजालीको सभापतीत्वमा संचालित उद्धघाटन सत्रका प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रतिनिधी गोबिन्द उपाध्याय्को प्रमुख आतिथ्वमा संचालित कार्यक्रमका अतिथीमा नेपाली काग्रेंस नगर कार्य समिति अध्यक्ष डम्मर बहादुर चन्द, नेकपा एमाले नगर अध्यक्ष किशोर कुमार लिम्बु, अनेरास्ववियु जिल्ला अध्यक्ष ओंम बस्नेत, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी दोधारा चाँदनीका प्रहरी निरिक्षक बीर दत्त पन्त, महोत्वसवका कार्यक्रम संयोजक मान बहादुर थापा लगाएत रहेका थियो । दोधारा चाँदनी क्षेत्रमा रहेको बिभिन्न पर्यटकिय क्षेत्रहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, एसियाकै लामो झोलुुङ्गे पुल, बाबाथान मन्दिर लगाएत बिभिन्न धार्मिक महत्वका स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसार तथा स्थानिय बजार प्रबद्र्धनको लागी महोत्सव संचालन गर्न लागिएको “दोधारा चाँदनी पर्यटन प्रबद्र्धन महोत्वसव–२०७३” का कार्यक्रम सदस्य तथा उदघोषक स्नेहा योगीले बताएका छन् । स्थानीय उत्पादनहरुको प्रदशनी, घरेलु बस्तुहरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन गर्ने महोत्सब को मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ । महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यंग, दोहोरी डेउडा, सारङ्गी नाच (गर्रा) नृत्य का साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु को समेत बिषेश प्रस्तुती रहने कार्यक्रम संयोजक मान बहादुर थापाले जानकारी दिएका छन् । महोत्वसवमा राष्ट्रिय कलाकार टंक तिमिल्सिना, सम्झना भण्डारी, शुरेस राना, राजेन्द्र भट्ट लगाएत स्थानिय तथा भारतिय कलाकारहरुको बेजाड प्रस्तुतीका साथै हास्य कलाकारले दर्शकलाई आकर्षित गरेको थिए ।

ट्रम्पद्धारा आफ्नो आलोचना गर्ने मिडियालाई ह्वाइट हाउस प्रवेशमा रोक

एजेन्सी ।
आफ्नो आलोचना गर्ने मिडियालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेशमा रोक लगाएका छन् ।

शुक्रबार ह्वाइट हाउसका प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, गार्जियन लगायतका चर्चित मिडियाका बरिष्ठ सम्बाददातालाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइएको बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा समेत ट्रम्पका नीतिप्रति उदारभाव राख्ने मिडियालाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।
ट्रम्प सरकारको नीतिको आलोचना गरिरहेका अमेरिकी मिडियाका सम्बाददातालाई पत्रकार सम्मेलनमा समेत पस्न दिइएन ।

ह्वाइट हाउसका बिषयमा बर्षौंदेखि रिपोर्टिङ गरिरहेका बरिष्ठ सम्बाददाताहरुलाई पत्रकार सम्मेलन कक्षभित्र प्रवेश गर्ने क्रममा सूचीमा उनीहरुको नाम नभएको भन्दै रोकिएको थियो ।

ह्वाइट हाउसको अपमानजनक नीतिप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका केही मिडियाले पनि पत्रकार सम्मेलन बहिस्कार गरेका थिए ।

‘ह्वाइट हाउसको अस्वीकार्य ब्यबहार हो,’ सीएनएनले बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरुलाई मन नपर्ने तथ्यहरु प्रकाशन गर्दा ट्रम्प प्रशासनले कस्तो ब्यबहार गर्छ भन्ने यो बलियो उदाहरण हो । तर हामी रिपोर्टिङ गरिरहन्छौं ।’

रिपोर्टिङका दौरान ह्वाइटहाउसबाट अहिलेसम्म यस्तो निच ब्यवहार कहिल्यै नभोगेको भन्दै अन्य मिडियाहरुले पनि आलोचना गरेका छन् ।

ट्रम्पका नीतिको आलोचना गरेका मिडियाहरुलाई ट्रम्पले सार्वजनिक रुपमै ‘फेक न्यूज मिडिया’ अर्थात नक्कली समाचार छाप्ने मिडिया भन्दै सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए ।

ट्रम्पले आफ्नो ट्विटर मार्फत मिडिया र अमेरिकी गुप्तचर निकायको समेत सुचना चुहाएको भन्दै आलोचना गर्दै आएका छन् ।

अमेरिकी राष्टपति रहेका डोनाल्ड ट्रम्प आफ्नो बिजयमा रुसले गरेको भनिएको इमेल ह्याकिंगमा संलग्नता र उनको कामको टिप्पणीबाट मिडियासँग रुष्ट रहँदै आएका छन् ।

जेल बसेकै भरमा करोडौं रकम अपचलन गरेर उन्मुक्ति

काठमाडौं ।
प्रतीतपत्र घोटाला 'विदेशी विनिमय कसुर' मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्‍यो। फैसलाको ११ वर्षपछि उनी काठमाडौंको टेकुबाट पक्राउ परिन्। कैद सजाय भोगिसकेपछि पनि उनी जेलमै छिन् ।

केन्द्रीय कारागार सुन्धारामा रहेकी रन्जित जरिबानाबापतको कैद सजाय भोगिरहेकी छन्। अब बढीमा दुई वर्षभित्र जेलमुक्त हुनेछिन्। काठमाडौंको जैसीदेवलकी रन्जित भक्तपुरमा खोलिएको बैजन्ती इन्टरप्राइजेजकी सञ्चालक हुन्। विदेशी विनिमय कसुरमै काठमाडौं जिल्ला अदालतले २०६७ सालमा फैसला गर्दै दोलखाका भीमबहादुर तामाङलाई एक करोड ११ लाख ६ हजार पाँच सय रुपैयाँ जरिबाना गर्‍यो।

काठमाडौंको कपनमा जैतुन इम्पेक्स सञ्चालन गरेका तामाङ अदालतले फैसला गरेको तीन वर्षपछि कपनबाटै पक्राउ परे। उनले जरिबाना तिरेनन्। अहिले केन्द्रीय कारागार सुुन्धारामा छन्। अब बढीमा एक वर्षभित्र उनी जेलमुुक्त हुुनेछन्। उनले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा कम्प्युटर पाट्स आयात गर्न खोलेको प्रतीतपत्रमार्फत झूटो विवरण पेस गरी अमेरिकी डलर अपचलन गरेका थिए।

यसैगरी विदेशी विनिमय, भ्रष्टाचार र सरकारी छाप दस्तखत किर्ते अभियोगमा एक वर्ष कैद र करिब ३१ करोड जरिबाना सजाय पाएका काठमाडौंका बलराम सापकोटा केन्द्रीय कारागारमा जरिबानाबापतको कैद काटिरहेका छन्। अदालतको फैसलापछि २०७१ सालमा पक्राउ परेका बलराम कोइली इम्पोरियमका सञ्चालक थिए।

अपराधीलाई करोडौं रुपैयाँ जरिबाना सुनाइए पनि कमजोर कानुनी प्रावधानका कारण धेरैले जेलमै बसेर जरिबाना भुक्तान गर्ने गरेका छन्। कैद र जरिबाना दुवै सजाय भएको अवस्थामा जरिबानाबापत बढीमा चार वर्षमात्र कैद बस्नुपर्छ। ‘जरिबाना तिर्न नसके अपराधीले दिनको २५ रुपैयाँका दरले जेलमा बसेर जरिबाना मिनाहा गर्छ। तर बढीमा चार वर्षभन्दा बढी बस्नु पर्दैन। यसले गर्दा करोडौं जरिबाना गरिएका अभियुक्तले रकम तिर्नभन्दा पनि जेलमै बस्न रुचाउने गरेको देखिएको छ’, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत कृष्णशरण लामिछाने भन्छन्।

‘३५ हजार रुपैयाँ तिर्न नसकेरै चार वर्ष जेल बस्न बाध्य अभियुक्त पनि छन्। उनीहरू वास्तवमै निम्न आयस्तरका हुन् तर करोडौं जरिबाना भएका अपराधी पनि चार वर्ष नै बसिरहेका छन्। आर्थिक अवस्था बलियो नभईकन यस्ता ठूला अपराध हुन सक्दैनन्। कानुनले दुवैखालका अपराधीलाई समान सजाय तोकेको छ’, महानिर्देशक घिमिरे भन्छन्। आजको अन्नपूर्णपोष्टमा प्रकाशित छ ।

अमेरिका छाड्न भन्दै गोली हानेर भारतीय इन्जिनियरको हत्या

एजेन्सी ।
अमेरिकाको कान्सास राज्यमा रहेको एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् ।

कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् ।

कान्सास सीटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै जनाएअनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार हानेर हत्या गरेका थिए ।

बाम एकतासँगै सरकारको तयारी

काठमाडौं ।
काठमाडौंस् संसदमा विचाराधीन संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दलको बदलिँदो व्यवहार फेरि वाम गठबन्धनको सरकार निर्माणको पूर्वअभ्यासको संकेतका रूपमा आएको अन्नपूर्णपोष्टमा प्रकाशित छ ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार राति १ बजेसम्म र प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति ११ बजेसम्म माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूबीच भएको मन्थनपछि संशोधन विधेयकमा एमालेले अवरोध खडा नगर्ने, आगामी दिनमा हुने महत्वपूर्ण नियुक्ति तथा मनोनयनमा कांग्रेसको हस्तक्षेपलाई माओवादी केन्द्रले स्वीकार नगर्ने र परिआए कांग्रेससँग सम्बन्धविच्छेदसम्म गर्ने रणनीति बनेको जानकारी एक उच्च स्रोतलेदिएको छ।

यो साता भएको दुई पार्टीबीचको अनौपचारिक बैठकमा वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएपछि सत्ताको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्न आफूमाथि दबाब आएको सन्दर्भ दाहालले ओलीलाई जानकारी गराउँदा ओलीले कुनै पनि हालतमा सत्ता नछाड्न सुझाव दिएका थिए।

दाहालले आफ्नो नेतृत्वमा बजेट ल्याउने इच्छा कांग्रेस सभापतिसँग राख्दै आएका छन्। ओलीसँग पनि दाहालले यस्तै इच्छा राखेका थिए। ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘साउनसम्म नै दाहालजी बस्नुहोस् तर भदौमा एमाले नेतृत्वको सरकार गठनमा सहयोग गरी सहभागी हुनुपर्छ।’ ओलीको यो भनाइलाई दाहालले अनौपचारिक रूपमा स्वीकारेका थिए।

सर्वोच्च अदालतले बुधबार माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै यसो नभए संविधान र लोकतन्त्रमाथि जालझेल र बेइमानी हुने चेतावनी दिएको छ। संशोधन विधेयक दुईतिहाइले होइन, दलहरूको सहमतिमै पारित गर्नुपर्छ। त्यसो हुन नसके मोर्चाले संसद्बाट आउने परिणाम स्वीकार्नुपर्छ भन्ने एमालेको अडान छ।

दाहालले संशोधन विधेयक पारित गरेरै जाऊँ भन्दै बैठकमा ओलीसँग पटकपटक आग्रह गरेका थिए। ओलीले संशोधन विधेयक मतदानमा गए आफूहरूले विपक्षमा मतदान गर्ने बताउँदै आएका छन्। संशोधन कुनै पनि हालतमा पारित हुन नदिने अडानविपरीत एमालेले बिहीबारको संसद्मा फरक व्यवहार प्रस्तुत गरेको थियो। एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा सहभागी हुँदै मौन विरोधको संज्ञासहित आफ्नो मन्तव्य राखेका थिए।

ओली निवासमा मंगलबार राति र प्रधानमन्त्री निवासमा बुधबार राति भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता नेम्बाङ सहभागी थिए।

ओलीले वैशाख ३१ गते हुने स्थानीय निर्वाचन, संसद्मा परेको अप्ठ्यारो, संशोधन विधेयक, आगामी माघ ७ सम्म स्थानीय, प्रान्तीय र संघ 'केन्द्र' को निर्वाचन सक्दै संविधान कार्यान्वयन गर्ने विषयमा माओवादी केन्द्रका नेताहरूसँग गम्भीर छलफल गरेका थिए। त्यसैको परिणाम संशोधन विधेयकका कारण अवरुद्ध संसद्ले निकास पाएको दाबी एमालेका एक शीर्ष नेताले अन्नपूर्णसँग गरेका छन्।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरूबीच यो साताको प्रारम्भदेखि भएका अनौपचारिक प्रयासको परिणाम बिहीबारबाट संसद् अवरोध खुलेको बताए। उनले अन्नपूर्णसँग भने, ‘निर्वाचन सम्पन्न गराउन मुलुकभर शान्ति तथा सुव्यवस्था कायम गराउनुपर्ने भएकाले संशोधन प्रस्तावमा एमालेको लचकता अपरिहार्य छ। यसै साता भएको दुई पार्टीका शीर्ष नेताहरूबीचका अनेकौं अनौपचारिक बैठक र सहमतिको परिणाम संशोधनको पक्षमै एमाले आउने आशा र विश्वास मलाई छ।’

निर्वाचनबाट डराएको मधेश केन्द्रित दलहरु निर्वाचन बिथोल्न भारतीय योजना कुर्दै

काठमाडौं ।
सुरुमा पुष्पकमल दाहाल सरकारले प्रस्तव गरेको विवादास्पद संविधान संशोधन आफुहरुको माग नभएको बताउँदै अहिले आएर जसरी पनि पास गर्नुपर्छ भन्न थालेको मधेश केन्द्रित दल र तीनका नेताहरु स्थानिय चुनावको घोषणापछि आत्तिएका छन् ।

निर्वाचनबाट डराएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीति बनाउन थालेको छ ।

स्थानिय चुनाव घोषणापछि भारतीय प्रतिक्रिया नआइसकेको अवस्थामा मोर्चा भारतीय योजना र निर्देशन कुरेर आन्दोलनको घोषणा नगरि तयारीमा बसिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको छ। सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले सरकारलाई बुझाएको २६ बुँदे माग कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा भएकाले निर्वाचन बिथोल्ने चेतावनी दिएको हो।

‘गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैंमा असंवैधानिक छ,’ गठबन्धनका प्रवक्ता ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको, ‘वर्तमान सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकाले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन, त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो।’

मधेसी मोर्चाले भने यसअघि नै निर्वाचनको विरोधमा आन्दोलन सुरु गरिसकेको छ । संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचन गर्नुपर्ने माग मधेश केन्द्रित राजनीति गर्दै आएका भारत निकट मधेसी मोर्चाले माग गर्दै आएको छ ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माग सम्बोधन नगरी हुन लागेको निर्वाचन मधेसी मोर्चासहितको गठबन्धनलाई कुनै हालतमा स्वीकार हुनै नसक्ने बताए। ‘निर्वाचन बिथोल्न के–के गर्नुपर्छ आन्दोलनमार्फत त्यो सबै गर्न हामी तयार छौं,’ यादवले राजधानीसँग भने। गठबन्धनको बैठकले अगामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए।

बैठकले आन्दोलनको खाका बनाउन फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ। सो कार्यदलले एक हप्ताभित्र आन्दोलनका भावी कार्यक्रम तय गरी गठबन्धनको बैठकमा पेस गर्नेछ। कार्यदलमा गठबन्धनका नेताहरू वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, ओम गुरुङ, विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका राजधानी दैनिकमा समाचार छ ।

कार्यदललाई भावी आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, विभिन्न सामाजिक संघ÷संस्थासँग छलफल तथा समन्वय गरी उनीहरूलाई आन्दोलनमा समर्थन एवं सहभागी गराउने जिम्मेवारी दिइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा मधेसी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरी अर्को बैठकमा निर्णय गरिने गठबन्धनले जनाएको छ। अहिले सरकारलाई दिएको समर्थन फिर्ता नलिई मधेसी मोर्चाले आन्दोलन गरिरहेको छ। अबको आन्दोलनमा डा। बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टीलाई समेत सहभागी गराउने तयारी भइरहेको नेताहरूले बताएका छन्। यस विषयमा शुक्रबारको बैठकमा पनि कुरा उठेको थियो।

टोकियोमा नेपालीलाई लक्ष्य गरेर भोली निस्शुल्क स्वास्थ्य शिविर

टोकियो ।
भोली आइतबार फेब्रुवरी २६ तारिखका दिन जापानमा रहेका नेपालीहरुलाई लक्षित गरेर राजधानी टोकियोको आसागयामा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।

नेपाली स्वास्थ्य चिकित्सकहरुको सक्रियता र टोकियो महानगरपालिकाको सहयोगमा हुन लागेको निःसुल्क स्वास्थ्य शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने भएको छ ।

नेपाली चिकित्सक डा विजय ज्ञवालीका अनुसार शिविरमा नेपाली तथा जापानी चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नेछन् ।
महिलाहरुको स्वास्थ्य परिक्षण र सुझाव सल्लाह नेपाली चिकित्सकहरुबाटै हुनेभएकाले सबैखालका स्वास्थ्य समस्या भएका नेपालीहरुलाई स्वास्थ्य परिक्षण गराउन आउन डा. ज्ञवालीले अनुरोध समेत गर्नुभयो

डा दिपेन्द्र गौतमले संयोजन गरिरहनुभएको स्वास्थ्य शिविरमा भोली हुने स्वास्थ्य शिविर भाषामा समस्या रहेका, आफ्नो रोग बारे भन्न असजिलो मान्ने र रोगको पहिचान गर्न नसकी त्यसै बसिरहेकालाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।

जापानी चिकित्सक डा. ताकाशिशावादा र डा. तोमिता शिगेरुका सहित नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य, डा. प्रकाश शाक्य, डा. सुमन श्रेष्ठ, डा. रिचा शाह, डा.दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा.विजय ज्ञवाली सो अवसरमा स्वास्थ्य परिक्षण शिविरमा उपस्थित हुनुहुनेछ ।

स्वास्थ्य बिमा, एलेन कार्ड तथा कुनैप्रकारको परिचय पत्र आवश्यक नपर्ने भन्दै आयोजकले सम्पूर्ण सेवा पूर्णरूपमा निःशुल्क हुने स्वास्थ्य शिविरमा थप उपचार आवश्यक भएका बिरामीलाइ रेफेर पत्र उपलब्ध गराई थप उपचार गर्न सहज र सस्तो गराइने समेत बताएको छ ।

आयोजकले कामका कारण भोली कुनैपनि समय आउनसक्ने त्यस्ता समस्या भएकाहरु भने तत्काल नाम टिपाउन आग्रह गर्दै संभव भएसम्म सबैलाई आफ्नो स्वास्थ्य परिक्षण गराउन समेत आग्रह गरेको छ ।

स्वास्थ्य शिविरमा निशुल्क छातिको एक्सरे समेत गरिने छ ।

स्वास्थ्य शिविर सञ्चालन बारे जारी जानकारी सहितको प्रेस नोट यस्तो छ

जापानमा रहेका नेपाली हरुको स्वास्थ्य स्थितीको सुधार र पहुच् सम्बन्धमा कृयाशिल रहेका नेपाली चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा यही आइतबार बिहान १० बजे देखि ५ बजे सम्म टोक्यो आसागया स्थित एभरेष्ट इन्टरन्याशालन स्कुलमा स्वास्थ्य परामर्स शिबिर हुन गईरहेको छ ।

भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठारो भएका , बिमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरि यो शिबिर गर्न थालिएको हो रशिबिरमा टोक्यो महानगरपालिकाले निसुल्क एक्सरे सुबिधा उपलब्ध गराएको छ ।

शिबिरमा आप्रबाशी हरुको स्वास्थ्य क्षेत्र लामो समय देखि क्रियाशील जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा.  सन्दिप शाक्य ,डा. प्रकाश शाक्य ,डा. सुमन श्रेष्ठ, डा. रिचा शाह ,डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा.विजय ज्ञवालीले आफ़्नो सेवा दिनु हुनेछ ।

शिबिरमा सेवा लिन कुनै प्रकारको स्वास्थ्य बिमा , एलेन कार्डको आबस्शक पर्ने छैन ।  शिबिरमा उपलब्ध सम्पूर्ण सेवा पूर्ण रूपमा निसुल्क हुनेछ ्र थप उपचार आबशेक्ता भएका बिरामिलाइ रेफेर पत्र उपलब्ध गराइने छ ।

जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग हुनेछ । कामको कारण अथवा समय अभावको कारण निस्चित समयमा मात्र आउन सक्छु भन्ने कोही हुनु हुन्छ भने मिल्ने समयको लागि नाम टिपाउन आयोजक टिम अनुरोध गर्दछ ।  शिबिरलाइ डा।दिपेन्द्र गौतमले सयोजन गर्नु भएको छ ।

टिमको तर्फ बाट, डा. विजय ज्ञवाली

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web