भाषण गर्ने कला । प्रधानमन्त्री भन्छन् मेरो सपनामा दलितहरुको साथ रह्यो

काठमाडौं ।

१२ बर्षे द्धन्द्धमा हरेक जात र भाषा विशेषलाई छुट्टै राज्य र रामराज्यको अधिकारको सपना दिएको आरोप खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सपना दलितहरु अधिकार सम्पन्न भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताए । सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भने
‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो ।

राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद ग¥यो, हामीले त्यसका विरुद्ध संघर्ष गर्यौं । सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागे । संघीय लोकतान्त्रिक गणतन्त्र र सबैको समान अधिकार मेरो सपना थियो, मेरो सपनामा दलितहरुको राम्रो साथ रह्यो ।’

विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्रीले नेपाल सरकारले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने जानकारी दिए ।

भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराउँदै दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गरेका थिए ।

स्थानियतहको निर्वाचन संविधान कार्यन्वयनको पहिलो कदम ः मन्त्री बुढाथोकी

पाँचथर ।
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानिय तहको निर्वाचननै संविधान कार्यन्वयनको पहिलो कदम भएको बताएका छन् ।

सरकारले बैशाख ३१ गतेका लागि तोकेको स्थानिय तहको निर्वाचन मुलुकको लागि महत्वपूर्ण उपलब्धि भएको र संविधान कार्यन्वयनको प्रक्रिया पनि अघि बढ्ने उनको दावी छ ।

केन्द्रिय अधिकार विकेन्द्रिकरण गरेर प्रदेश देखि स्थानिय तहसम्म पुर्याउने र स्थानिय तहलाई प्रशासनिक रुपले बलियो बनाइने मन्त्री बुढाथोकीको भनाई छ ।

पाँचथरको फिदिममा आज विहान भएको पत्रकार भेटघाटमा बोल्ने क्रममा मन्त्री बुढाथोकीले संविधान संसोधन संगै निर्वाचन प्रक्रियालाई अघि बढाउने बताए । “संविधान कुनै धर्मग्रन्थ जस्तो असंसोधनिय बस्तु होइन । संसोधन पहिलो आधार हो र त्यसपछि स्थानिय तहको निर्वाचन ।” उनले भने ।

फरक प्रसंगमा उनले लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेकोले त्यसलाई विशेष ध्यान दिनु पर्ने बताए ।

काँग्रेस नेता रहेका मन्त्री बुढाथोकीले स्ववियूले शिक्षामा भएका वेथितीलाई सुद्धिकरण गर्ने भन्दै नेविसंघलाई सक्रिय भुमिका निर्वाह गर्न निर्देशन समेत दिए ।

रामेछाप जिल्ला केन्द्र भएर लगातार भूकम्पको झड्का

काठमाडौं ।
डेढ बर्षअघि गोरखा वारपाक केन्द्र भएर गएको विनाशकारी भूकम्पको पराकम्पन अझै रोकिएको छैन ।

आजै मात्र रामेछाप जिल्ला केन्द्रबिन्दु भएर दुई पटक भूकम्प भएको छ ।

राष्टिय भूकम्प मापन केन्द्रका अनुसार आज गएका दुवै कम्पन गोरखा भूकम्पकै पराकम्पन हुन् ।

आज बिहान९ बजेर २२ मिनेटमा ४.६ रेक्टर स्केलको गएको पराकम्पन पुन दोहोरिएर १० बजेर ६ मिनेटमा ४.७ रेक्टरको गएको छ ।

यद्यपी अमेरिकी भूगर्भ विभागले भने पछिल्लो कम्पन ४.८ रेक्टर स्केल देखाएको छ ।

आज गएका दुवै कम्पन सामान्य धक्का मात्र भएको भन्दै भूगर्व विभागले यसबाट मानविय तथा भौतिक क्षतिको संभावना न्यून रहेको भन्दै यसबारेमा कुनै जानकारी नआइसकेको बताएको छ ।

यसअघि पछिल्लो पटक धादिंग जिल्ला केन्द्र भएर ९ दिन अघि ४ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

आज गएको दुई पराकम्पन सहित गोरखा भूकम्प पछि ४ सय ७८ पटक ४ रेक्टर माथिका पराकम्पनहरु गएका छन् ।

चुनावमा भाग लिने दलले दल दर्ता गर्न फागुन १८ गतेसम्मको म्याद

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय चुनावमा भाग लिन चाहने दलका लागि दल दर्ता आह्वान खुलाएको छ ।

निर्वाचन आयोगले आइतबार विज्ञप्ति निकालेर फागुन १८ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उपस्थित भई दल दर्ता गरि सक्न सुचना प्रकाशित गरेको हो ।

यो आह्वान यसअघि आयोगमा दर्ता भइसकेका दलहरुका लागि मात्रै हो । आयोगले स्थानीय निर्वाचनमा भाग लिने प्रयोजनका लागि नयाँ दल दर्ता छिट्टै खुलाउने बताइएको छ ।

निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम निर्वाचन आयोगमा दर्ता भई आफू क्रियाशील जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूलाई मात्र आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।

आयोगले विज्ञप्तिमा भनेको छ, ‘आगामी बैशाख ३१ गते सञ्चालन हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि फागुन १८ गतेसम्म कान्तिपथ, काठमाण्डौस्थित यस आयोगमा निवेदन दिने व्यवस्था गरिएको छ ।’

दल दर्ता गराउँदा चाहिने कागजपत्र यस पक्रार छन्
आगामी निर्वाचनमा भाग लिन चाहने दलहरुले दलको महाधिवेशन भएको मिति र स्थान उल्लेख गर्नुपर्नेछ । यस्तै दलको संगठनात्मक स्वरूप, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या, आयोगसमक्ष दलको वाषिर्क लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति उल्लेख गर्नुपर्नेछ ।

यसै गरी दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्ला कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो निर्वाचन भएको मिति, आवश्यक पर्नेछ । यससँगै दलको आधिकारिक छापको नमूना, दलको झण्डा, दलको चिन्ह, केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दल दर्ता गर्न निवेदन दिने व्यक्तिलाई अधिकार दिएको पत्र हुनुपर्नेछ । र, अन्त्यमा माथि लेखिएको व्यहोरा सत्य भएको घोषणा हस्ताक्षर गर्नुपर्ने आयोगले जनाएको छ ।

Providing health services to poor people is top priority: Minister Thapa

Health Minister Gagan Kumar Thapa has said that providing health services to poor people is the top priority of the Ministry.

At a programme organised by the Health Ministry today, Minister Thapa said that the Ministry has been active to make the medicine cheaper for making the health service accessible to the poor people.

Sharing information about preparation  to establish health centre at 10 different places of Kathmandu, Health Minister Thapa said that he was committed for amendment of the Health Act.

खुसीको खवर । नेपालले भारत, पाकिस्तान सम्मिलित एसिसी इमर्जिङ कप क्रिकेट खेल्न पाउने

काठमडाौं ।
युनाइटेड अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नाम फिर्ता लिएपछि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्तो टेस्ट राष्ट्रसँग क्रिकेट खेल्ने मौका गुमाएको नेपालले फेरि एसिसी इमर्जिङ कप खेल्न पाउने भएको छ ।

सन् २०१३ देखि सुरु भएको यो प्रतियोगिता भारत र पाकिस्तानबीचको बिग्रदो राजनीतिक सम्बन्धका कारण सुचारु हुन सकेको थिएन् ।

तर, गत वर्ष टेस्ट खेल्ने एसियाका सबै राष्ट्र मिलेर पुनः एसियाली क्रिकेट महासंघ ९एसिसी० को नयाँ कार्यसमिति गठन गरेपछि चैत १२ देखि बंगलादेशमा पुनः यो प्रतियोगिता सुरु गर्ने निर्णय भएको थियो । प्रतियोगिता चैत २३ सम्म हुनेछ ।

खेलको नयाँ तालिका सार्वजनिक हुन बाँकी छ । नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यालाई फागुन २८ र ३० मा नेपालमा प्रतिस्पर्धा गर्दैछ ।

यसपछि क्रिकेट खेल्न बंगलादेश प्रस्थान गर्नेछ । यस प्रतियोगितामा भारत, पाकिस्तान, बंगलावदेश र श्रीलंकाको युवा खेलाडी सहभागी हुनेछन्।

नवौँ राष्ट्रपति रनिङ प्रतियोगिता आइतबार देखि बाजुरामा सुरु

बाजुरा ।
जिल्ला खेलकुद विकास समिति कार्यालय बाजुराको आयोजनामा नवौँ राष्ट्रपति रनिङ प्रतियोगिता आइतबार देखि बाजुरामा सुरु भएको छ ।

प्रतियोगिता जिल्लाको आटिचौर गाविसको दशरथ माविको खेलमैदानमा सञ्चालन गरिएको छ ।

प्रतियोगितामा जिल्लाका ६४ विद्यालयमध्ये २६ वटा मात्र सहभागी भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हिरेन्द्र रोकायाले बताउनुभयोे । प्रतियोगितामा १५ खेल खेलाइने छ । प्रतियोगिता यही फागुन १८ गतेसम्म सञ्चालन गरिनेछ ।

यसैबिच म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश पुनले बताउनुभयो । प्रतियोगितामा राष्ट्रियस्तरका पाँच र स्थानीय एक गरी ६ इभेन्टमा खेल खेलाइनेछ ।

बेनीस्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३०० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत मेन्स डबल इभेन्टमा विजयी हुनेलाई सर्वा्धिक पुरस्कार राशि रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

त्यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो ।

पशुबिमाबाट दोलखामा करिव ९ करोड राजश्व संकलन

दोलखा ।

पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ ।

पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ ।

पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ ।

पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयले जनाएको छ ।

जनतान्त्रिक तराई–मधेस पार्टीद्धारा स्थानिय चुनावको स्वागत सहित भाग लिने घोषणा

बीरगञ्ज ।
जनतान्त्रिक तराई–मधेस पार्टीका केन्द्रीय अध्यक्ष रामलोचन ठाकुरले आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको स्वागत गर्दै आफ्नो पार्टीले निर्वाचनमा भाग लिने बताउनु भएको छ ।

अध्यक्ष ठाकुरले आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा १९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा आफ्नो दलले जिल्लामा उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो ।

नेता ठाकुरले चुनावसँगै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्दै स्थानीय सरकार बलियो भए मात्र लोकतन्त्रको स्थायित्व र विकास हुने बताउनुभयो ।

संशोधन प्रस्ताव पारित हुन दिन्नौँ ः अध्यक्ष ओली

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहोर्याएका छन् ।

एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष ओलीले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गरे ।

नेता ओलीले पैसा खाएर राजदूत नियुक्त गरेको समाचार सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको बताए ।

कार्यक्रममा पार्टी सचिव प्रदीप ज्ञवालीले युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बनेको बताएका थिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र एमाले काठमाडौँ अध्यक्ष कृष्ण राईले सबै तहको निर्वाचन आगामी माघ ७ गतेअघि नै सम्पन्न गरिनुपर्नेमा जोड दिए ।

यसैबिच गौरमा मधेसी मोर्चाका कार्यकर्ताले एमालेले आयोजना गरेको कार्यक्रम भाँड्न ढुंगामुढा गरेपछि झडप भएको छ ।

रौतहटको सदरमुकाम गौरमा मोर्चाका उग्र कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना पत्रकार सहित तीन जना घाईते भएका छन ।

नेकपा एमालेले सदरमुकाम गौरमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई बिथोल्न मधेशी मोर्चाले गौरको बिपी चौकमा विरोध प्रदर्शन गर्दा प्रहरी संग झडप भएको हो ।

पहाड र तराई छुट्याउनुपर्ने मधेशी मोर्चाको यस्तो घातक प्रस्ताव

काठमाडौं ।
मधेश केन्द्रित राजनीति गर्दै आएका दलहरुले तराई र पहाडलाई पूर्ण रुपमा छुट्याउनेगरि तराईका जिल्ला अलग गर्नुपर्ने राष्टघाती संझौता प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

भारत निकट रहँदै आएका यि दलहरुले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रस्तावमा संशोधन प्रस्ताव गर्दै भारतले भन्दै आएको भनिएको तराई र पहाड अलग गर्नुपर्ने खालको प्रस्ताव दर्ता गराएको छ ।

विवादीत मधेशी मोर्चा सहित संसदमा आइतबार १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले उक्त विधेयकमाथि संशोधन राख्न चाहने राजनीतिक दल र सांसदलाई आज अपराह्न ५ ४५ सम्मको समय दिएको थियो ।

संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाई फरक मत जाहेर गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि विधेकमाथि पाँच बुँदे संशोधन हालेको छ ।

मोर्चाले भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कन लगायतका विषयमा संशोधन दर्ता गराएको बताएको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसहित तीन जना, नेपाली काँग्रेसका भरतबहादुर खड्का, नेकपा माओवादी केन्द्रका मोहम्मद जाकिर हुसेन, थरुहट तराई पार्टी नेपालकी गङ्गा चौधरी सत्गौवाले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै थारुहट तराई पार्टी नेपालका गोपाल दहित, नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारी, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, कमला दोङ, रुपा महर्जन, नारायण विडारी, नेपाली जनता दलका हरिचरण शाह, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुक्मिणी चौधरी र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले एक्लाएक्लै तथा सामूहिक रुपमा नेपालको संविधानमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यस्तो छ मधेशी मोर्चाको घातक प्रस्ताव
मधेसी मोर्चाले सीमांकन हेरफेरसहितको संशोधन हालेको छ । उसले प्रदेश नम्बर २ मा झापा, मोरङ र सुनसरीका साथै चितवनका ११ गाविस मिसाउने र प्रदेश नम्बर ५ लाई नवलपरासीदेखि कञ्चनपुरसम्म गर्ने गरी संशोधन हालेको छ । जसमा पहाडका जिल्ला पर्नेछैन ।

मोर्चाले हालेको संशोधनः

प्रदेश न १
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर

प्रदेश नम्बर २
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सार्, झापा, मोरङ सुनसरी र चितवनका ११ गाविस

प्रदेश नम्बर ४
गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुम ९पूर्वी भाग०

प्रदेश नम्बर ५
नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर

प्रदेश नम्बर ७
बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा

मोर्चाले दर्ता गरेको जस्तो सीमांकन हेरफेर गर्ने हो भने हाल कायम सात वटै प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने हुन्छ । प्रदेश नम्बर ३ मा रहेको चितवनका ११ गाविसमा २ मा राख्ने उसको प्रस्ताव छ, यसले यो प्रदेशको सीमांकन पनि चलाउनु पर्ने हुन्छ ।

यस्तै हाल प्रदेश नम्बर ६ मा रहेको प्युठान, अर्धाखाँची, गुल्मी, पाल्पालाई ४ मा लैजाने सरकारी प्रस्तावलाई नै निरन्तरता दिएकाले सबै प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने हुन्छ ।

सामान्य अवस्थामा रहेका वर्षमान पुन उपचार गर्न बैंकक जाँदै

काठमाडौं ।
डाक्टर र अस्पताल प्रशासनले स्वास्थ्य सामान्य अवस्थामा आइसकेको बताउँदा समेत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त उपचारको लागि बैंकक जान लागेका छन् ।

काठमाडौंको सबैभन्दा महंगो ग्राण्डी अस्पतालमा उपचार गराइरहेका बर्षमान पुन अस्पतालले उनको ज्वरो नियन्त्रणमा आएको र अवस्था सामान्य रहेको बताउँदा बताउँदै थप उपचारको नाममा बैंकक जान लागेका हुन् ।

अस्पतामा उपचार हेरिरहेका डा. चक्रराज पाण्डेले अवस्था सामान्य रहेको बताएपनि फलोअपको नाममा बैंककको सुविधा सम्पन्न महंगो अस्पताल अस्पतालबाट रिफर गराएर उनि जान लागेका हुन् ।

पुनसँगै उनकी पत्नी एवम् सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाने भएकी छिन् ।

बैंककस्थित समिति भेज अस्पतालमा उपचारका लागि जान लागेका बर्षमान पुनको सबै उपचार खर्च उनको पार्टी नेतृत्वको पुष्पकमल दाहाल सरकारले राज्य ढुकुटीबाट व्यहोर्ने तयारी गरिरहेको बुझिएको छ ।

जण्डिस रोगको उपचारको लागि पूर्व अर्थ मन्त्री रहेका बर्षमान पुन यसअघि समेत बैंकक गएका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web