काठमाडौं ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले आर्थिक लेनदेनमा मानव तस्करीको आरोप खेप्दै आएका दुई महिलालाई राजदूतमा सिफारिस गरेपनि त्यसबाट पछि हटेका छन् ।

दुईदिन अघिमात्र विवादीत ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता नलिने अडान लिएका देउवाले उक्त नाम फिर्ता लिएपछि सरकारले औपचारिक रुपमा यसबारे आज जानकारी गराउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले विवादीत यूएईका लागि नेपाली राजदूतमा सिफारिस आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि राजदूतमा शर्मिला पराजुली ढकालको नाम फिर्ता लिने तयारी गरेको छ ।

दुबै राजदूत म्यानपावर व्यवसायमा संलग्न भएको लगायतका विवादमा मुछिएपछि सरकारले उनीहरुको नाम फिर्ता लिने भएको हो ।

अन्य १२ जनाको राजदूत सिफारिस भने कायमै रहने बताइएको छ ।

पप्पु गुरुङ्, १६ फागुन, दोधारा चाँदनी । दोधारा चाँदनीको भानु क्याम्पसमा ३ बिद्यार्थी संगठनको उम्मेदवारी प्रकाशन भएको छ् । नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु र क्रान्तीकारीको उम्मेदवारी नामावली प्रकाशन गरिएको भानु बहुमुखी क्याम्पसले जनाएको छ् । स्ववियु निर्वाचनको लागी ३ बिद्यार्थी संगठनले स्ववीयु निर्वाचनको लागी निकै कसरत गर्दै गरेको बिद्यार्थीहरुले जनाएको छ् । प्रकाशित सुचना अनुसार नेपाल बिद्यार्थी संघबाट सभापती पदको लागी बसन्ती भण्डारी, अनेरास्ववियुबाट पवन बस्नेत, क्रान्तिकारीबाट मथुरा धामी रहेका छन् । यस्तै सचिवमा नेबिसंघबाट सुरज जोशी, अनेरास्ववियुबाट बिनिता राना, क्रान्तीकारीबाट दिलीप रोकायाले उम्मेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा नेबिसंघबाट बिकास शाही, अनेरास्ववियुबाट प्रकाश सिंह भण्डारी, क्रान्तीकारीबाट सुनिता गिरी रहेका छन् । सदस्यमा नेबिसंघबाट दिनेश ठगुन्ना, ज्योती कुमारी बम, रजनी राना, अनेरास्ववियुबाट लक्ष्मी सुनार, पुनम पाण्डे, कमला साउँद र राजन बस्नेत रहेका छन् । यस्तै क्रान्तीकारीमा दिपीका खत्री र सन्तोष भट्ट रहेको भानु बहुमखी क्याम्पसले जानकारी दिएको छ् । हिजो उम्मेदवारी नाम दर्ता फिर्ता लिने दिन तथा उम्मेदवारी नामावली प्रकाशन हुने दिनमा सदस्य पदका लागी उम्मेदवारी दिएका नेबिसंघका उम्मेदवार सितल शाहीले मात्रै आफ्नो उम्मेदवारी फिर्ता लिएको क्याम्पस प्रशासनले जनाएको छ् ।

काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेको छ ।

भाषाका रुपमा सुचीकृत गरेसँगै वासिङ्टन राज्यका शैक्षिक संस्थामा हाललाई उच्च माध्यामिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको शुरुवात भएको छ ।

भक्तपुर ।
वरिष्ठ हास्य कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको आज बिहान निधन भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका नकर्मीको आज बिहान निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

भक्तपुर नगरपालिका–६, इनाचोकका स्थायी बासिन्दा नकर्मी गत वर्षको भूकम्पले पुख्र्यौली घर भत्किएपछि वृद्धाश्रममा बस्दै आइरहनुभएको थियो ।

काठमाडौं ।
जो अगुवा उहि कुन्नी के भने जस्तै छन् देशका नीति निर्माताहरु । देशमा शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी सम्हालेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि विपक्षी दलका गतिविधि भाँड्न भन्दै कार्यकर्तालाई उचाल्दै हिँड्न थालेका छन् ।

भारत नीकट रहेर भारतीय स्वार्थका काम गर्दै आएको आम आरोप खेप्दै आएका काँग्रेसका नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नामै लिँदै तराईमा निधेषको राजनीतिलाई प्रोत्साहित गर्नेगरी अभिव्यक्ति दिएका छन् ।

कांग्रेसनिकट नेपाल महिला संघद्धारा सिराहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘गाउँ गाउँमा जानुस् एमालेलाई राष्ट्रघाती भन्नुस्, एमालेका गतिविधि हुन थाले भने लखेट्नुस् ।’

पहाड र तराईलाई मिलाउन संविधान संशोधन विधेयक ल्याइएको दावी गर्दै निधिले प्रस्तावका पक्षमा भोट नहाले एमालेलाई लाठो लिएर लखेट्न आह्वान गरे ।

एमालेले जे जे भन्यो त्यही त्यही पत्याएकोमा आक्रोश पोख्दै निधिले अगाडि भने– ‘एमाले राष्ट्रघाती हो, हामी राष्ट्रवादी हौं । अब एमालेलाई राजनीतिबाट किनारा लगाउनुपर्छ एमालेमुक्त देश बनाउनुपर्छ ।’

संविधान संशोधन विधेयक पारित नभए चुनाव पनि नगरिने चेतावनी दिएका गृहमन्त्री निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेरै विरोध गरे ।

कार्यक्रममा कांग्रेस सांसद महेन्द्र यादवले मधेसमा आएर एमाले अध्यक्ष ओलीले ठूलो जनसमुहमा भाषण गर्दा पनि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध नगरेको भन्दै आक्रोश पोखे ।

एमालेको आपत्ति

यो अभिव्यक्तिपछि नेपालकै पूरानो प्रजातान्त्रिक पार्टी कांग्रेसका प्रभावशाली नेतासमेत रहेका निधिले एमालेसँग प्रतिशोध साँध्ने तवरले निषेधको राजनीतिलाई प्रोत्साहित गरी गैर लोकतान्त्रिक चरित्र देखाएको टिप्पणी एमाले नेताहरुले गरेका छन् ।

‘गृहमन्त्री निधिको यो कदम पहाड र तराई तथा एमाले र तराईबीचको सामाजिक सद्भाव खल्बल्याउने खालको रहेको छ’ भन्दै एमालेले आपत्ति जनाएको छ ।

काठमाडौं ।
निर्वाचन आयोगले फागुन १८ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।

आचारसंहिता लागु गर्नपूर्व आयोगले आइतवार १ सय १० राजनीतिदलहरुसँग छलफल गरिसकेको छ ।

आयोगले निर्वाचन घोषणा हुनअघि नै तयार पारेको आचार संहितामा राजनीतिक दल र सरोकारवालाहरुको सुझावलाई समेटेर अन्तिम रुप दिने र बुधबारदेखि स्थानीय तहको निर्वाचन आचारसंहिता जारी गर्ने आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले सेना परिचालन गरेर भएपनि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले चरण चरणमा विभाजन गरेर भए पनि निर्वाचन गरिनु पर्नेमा जोड दिँदै तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो ।

कावासोती ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले मात्र लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।

नेपाल जेसिजले आज नवलपरासीमा आयोजना गरेको लोम÷लोन लिडर्स कार्यक्रममा प्रमुख आयुक्त यादवले संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विधिको शासन स्थापित हुन नसकेको बताउनुभयो ।

उहाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त यादवले निर्वाचन घोषणा पत्रका आधारमा हुन छाडी पैसाका आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको आधारशीला तयार गर्ने काममा तीव्रता
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आधारशीला तयार गर्ने काम तीव्रताका साथ भइरहेको जनाएको छ ।

निर्वाचन आयोगमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयोगका सविच गोपीनाथ मैनालीले निर्वाचनका लागि सरकारले श्रोतको व्यवस्था समेत गरिसकेको र आयोग पनि प्रक्रियागत रुपमा धेरै अगाडि बढिसकेको बताउनुभयो ।

निर्वाचनका लागि कानूनको समस्या नरहेको र यसै हप्ता स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारबाट आयोगलाई प्राप्त हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

सचिव मैनालीले स्थानीइ तहको निर्वाचनका लागि करिब ९० हजार मतपेटिका आवश्यक पर्ने अनुमान गरिएकोमा करिब ७० हजार मतपेटिका आयोगसँगै रहेको र नपुग करिब २० हजार मतपेटिका सम्बन्धमा छलफल भइरहेको तथा एक÷दुई दिनमै निष्कर्षमा पुगिने जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनमा करिब २१ ह्जार मतदाता केन्द्र हुने अनुमान गरिएको र सोही अनुसार मतदाता केन्द्र रहने स्थानका बारेमा अनौपचारिक रुपमा तयारी गर्न प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई भनिसकिएको सविच मैनालीले बताउनुभयो ।

कावासोती ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले मात्र लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।

नेपालका आदिबासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाको दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

यसअनुसार बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताउनुभयो ।

काठमाडौं ।
आज नेपालका शेर्पा समुदाय २१४४ औं च्या लो ग्याल्बो ल्होसार नयाँ बर्ष मनाउँदैछन् ।

आजको ल्होसार नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने गर्दछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

जसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लागेको छ ।

मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने यो समुदायमा बालबच्चाहरु जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप हुने गर्छ ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।
सरकारले शेर्पा समुदायको ल्होसारमा सबैलाई सार्वजनिक बिदा समेत दिएको छ ।