बदनाम भएका मानव तस्करको नाम देउवाले फिर्ता लिएपछि सरकार नयाँ नाम छान्दै

फाल्गुन १७, २०७३ मा प्रकाशित | 866 views

काठमाडौं ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले आर्थिक लेनदेनमा मानव तस्करीको आरोप खेप्दै आएका दुई महिलालाई राजदूतमा सिफारिस गरेपनि त्यसबाट पछि हटेका छन् ।

दुईदिन अघिमात्र विवादीत ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता नलिने अडान लिएका देउवाले उक्त नाम फिर्ता लिएपछि सरकारले औपचारिक रुपमा यसबारे आज जानकारी गराउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले विवादीत यूएईका लागि नेपाली राजदूतमा सिफारिस आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि राजदूतमा शर्मिला पराजुली ढकालको नाम फिर्ता लिने तयारी गरेको छ ।

दुबै राजदूत म्यानपावर व्यवसायमा संलग्न भएको लगायतका विवादमा मुछिएपछि सरकारले उनीहरुको नाम फिर्ता लिने भएको हो ।

अन्य १२ जनाको राजदूत सिफारिस भने कायमै रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web