टोकियो ।
भोली आइतबार फेब्रुवरी २६ तारिखका दिन जापानमा रहेका नेपालीहरुलाई लक्षित गरेर राजधानी टोकियोको आसागयामा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।

नेपाली स्वास्थ्य चिकित्सकहरुको सक्रियता र टोकियो महानगरपालिकाको सहयोगमा हुन लागेको निःसुल्क स्वास्थ्य शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने भएको छ ।

नेपाली चिकित्सक डा विजय ज्ञवालीका अनुसार शिविरमा नेपाली तथा जापानी चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नेछन् ।
महिलाहरुको स्वास्थ्य परिक्षण र सुझाव सल्लाह नेपाली चिकित्सकहरुबाटै हुनेभएकाले सबैखालका स्वास्थ्य समस्या भएका नेपालीहरुलाई स्वास्थ्य परिक्षण गराउन आउन डा. ज्ञवालीले अनुरोध समेत गर्नुभयो

डा दिपेन्द्र गौतमले संयोजन गरिरहनुभएको स्वास्थ्य शिविरमा भोली हुने स्वास्थ्य शिविर भाषामा समस्या रहेका, आफ्नो रोग बारे भन्न असजिलो मान्ने र रोगको पहिचान गर्न नसकी त्यसै बसिरहेकालाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।

जापानी चिकित्सक डा. ताकाशिशावादा र डा. तोमिता शिगेरुका सहित नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य, डा. प्रकाश शाक्य, डा. सुमन श्रेष्ठ, डा. रिचा शाह, डा.दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा.विजय ज्ञवाली सो अवसरमा स्वास्थ्य परिक्षण शिविरमा उपस्थित हुनुहुनेछ ।

स्वास्थ्य बिमा, एलेन कार्ड तथा कुनैप्रकारको परिचय पत्र आवश्यक नपर्ने भन्दै आयोजकले सम्पूर्ण सेवा पूर्णरूपमा निःशुल्क हुने स्वास्थ्य शिविरमा थप उपचार आवश्यक भएका बिरामीलाइ रेफेर पत्र उपलब्ध गराई थप उपचार गर्न सहज र सस्तो गराइने समेत बताएको छ ।

आयोजकले कामका कारण भोली कुनैपनि समय आउनसक्ने त्यस्ता समस्या भएकाहरु भने तत्काल नाम टिपाउन आग्रह गर्दै संभव भएसम्म सबैलाई आफ्नो स्वास्थ्य परिक्षण गराउन समेत आग्रह गरेको छ ।

स्वास्थ्य शिविरमा निशुल्क छातिको एक्सरे समेत गरिने छ ।

स्वास्थ्य शिविर सञ्चालन बारे जारी जानकारी सहितको प्रेस नोट यस्तो छ

जापानमा रहेका नेपाली हरुको स्वास्थ्य स्थितीको सुधार र पहुच् सम्बन्धमा कृयाशिल रहेका नेपाली चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा यही आइतबार बिहान १० बजे देखि ५ बजे सम्म टोक्यो आसागया स्थित एभरेष्ट इन्टरन्याशालन स्कुलमा स्वास्थ्य परामर्स शिबिर हुन गईरहेको छ ।

भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठारो भएका , बिमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरि यो शिबिर गर्न थालिएको हो रशिबिरमा टोक्यो महानगरपालिकाले निसुल्क एक्सरे सुबिधा उपलब्ध गराएको छ ।

शिबिरमा आप्रबाशी हरुको स्वास्थ्य क्षेत्र लामो समय देखि क्रियाशील जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त नेपाली चिकित्सकहरु डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य ,डा. सुमन श्रेष्ठ, डा. रिचा शाह ,डा. दिपेन्द्र गौतम र क्लिनिकल मनोबिद डा.विजय ज्ञवालीले आफ़्नो सेवा दिनु हुनेछ ।

शिबिरमा सेवा लिन कुनै प्रकारको स्वास्थ्य बिमा , एलेन कार्डको आबस्शक पर्ने छैन । शिबिरमा उपलब्ध सम्पूर्ण सेवा पूर्ण रूपमा निसुल्क हुनेछ ्र थप उपचार आबशेक्ता भएका बिरामिलाइ रेफेर पत्र उपलब्ध गराइने छ ।

जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग हुनेछ । कामको कारण अथवा समय अभावको कारण निस्चित समयमा मात्र आउन सक्छु भन्ने कोही हुनु हुन्छ भने मिल्ने समयको लागि नाम टिपाउन आयोजक टिम अनुरोध गर्दछ । शिबिरलाइ डा।दिपेन्द्र गौतमले सयोजन गर्नु भएको छ ।

टिमको तर्फ बाट, डा. विजय ज्ञवाली

16.06¡ÆC