Won’t let constitution to be amended: Chairman Oli

Chairman of the CPN-UML, KP Sharma Oli, has said his party would not let the constitution be amended, arguing that the proposed amendment is not in the interest of the people and country.

During a programme organized at Sindhulimadi today, Chairman Oli accused the ruling parties of bringing the amendment bill at the behest of outsiders.
According to him, the amendment of constitution was raised to stall the local elections.

Local elections for implementation of constitution, says leader Khanal

CPN-UML senior leader Jhalanath Khanal has underscored the need for local elections for the effective implementation of the new constitution.

Speaking with the journalists at Biratnagar airport today, leader Khanal claimed that the long overdue election is going to be held due to the pressure of the UML and the public's demand.
Voicing disagreement with the constitution amendment bill, Khanal reaffirmed the UML's stance against it.
Meanwhile, Madheshi Janadhikar Forum (Lokatantra) Chairman Bijaya Kumar Gachchadar has echoed with UML leader Khanal, stating that the local election is a must to bring into effect the new constitution.

Speaking to the media persons at the Biratnagar airport today, leader Gachchadar pressed for endorsing the constitution amendment bill with revision and protecting the rights of the Madheshi, Tharu and indigenous community.

Gang also comprising two ex-NA personnel land in police net for looting

Police have arrested a gang comprising six individuals which also includes two retired Nepal Army (NA) personnel.

Those arrested had taken two brothers from New Road under control and ransacked 4,27000 Rupees from them.

A squad from the Nepal Police crime division Wednesday arrested them separately from the capital.

They are made public today.

Those arrested are Bishwas Gharti Magar and Dhana Kumar Pariyar of Rukum, Narayan Baniya, Ashok Baniya, and Shiva Bahadur Baniya of Taple VDC, Gorkha and Sudip Thapa of Gorkha Municipality.

Free treatment of breast and uterine cancer in the offing

The Ministry of Women, Children and Social Welfare is working on a scheme to provide free treatment of breast and uterine cancer.

The scheme will be enforced in cooperation with the Ministry of Health and it is likely to be included in the upcoming budget.

Currently, the Health Ministry gives financial assistance of Rs 100,000 each to a cancer patient.

Minister for Women, Children and Social Welfare Kumar Khadka said the Ministry is calculating the cost that it has to borne to provide free treatment to the patients of breast and uterine cancer before finalizing the scheme.

पशुपति जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी कुरा,यी रुटमा चल्दैनन् गाडी,यस्तो छ वैकल्पिक रुट

काठमाडौं,फागुन १२ – महाशिवरात्रीको अवसरमा भोली काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिरमा आसपासमा चल्ने सवारी साधनलाई रोक लगाईएको छ । पशुपतिनाथ मन्दिर आसपासमा दर्शनार्थीहरुको भीड बढ्ने भएकोले प्रहरीले चाबहिलदेखि गौशालासम्मको बाटोमा सवारी साधन चल्न नदिने भएको छ। ती क्षेत्र भएर चल्ने सवारीलाई बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ।

महानगरीय ट्राफिक प्रहरी कार्यालका अनुसार वैकल्पिक रुपमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतिदेवीमोड, सिफल चौर, गौरीघाट, तिलगंगा, चुच्चेपाटीबाट डाइभर्सन सवारी साधनहरुलाई डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ। यसैगरी तीनकुनेबाट र गोपीकृष्णबाट गौशाला आउने मालवाहक सवारीसाधनलाई तीनकुने र चाबहिलबाटै प्रवेशमा रोक लगाइने भएको छ।

नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालबाहक सवारी साधन तथा पानी ट्याङकरलाई पनि गौशाला क्षेत्र प्रवेशमा रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ। सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीका लागि तिलगंगा, अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङ्गको व्यवस्था मिलाइएको छ। सुरक्षा निकायका सवारी साधनहरु प्रहरी वृत्त गौशालामा पार्किङ्ग गर्न सक्ने पनि ट्राफिक प्रहरीले जनाएको छ।

सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा, अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङको व्यवस्था मिलाइएको छ। सुरक्षा निकायका सवारी साधनहरु प्रहरी वृत्त गौशालामा पार्किङ गर्न पाउनेछन्।

यात्रुबाहक सवारी साधन :

-नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ,

-रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ,

-कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कनु पर्ने छ,

-रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माइक्रोबस र टेम्पोलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको छ,

-शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माइक्रोबस तथा टेम्पो पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको छ ।

पार्किङ्ग व्यवस्थापन :

तिलगंगा : दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक,

अमालकोट : भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधन,

सिफल चौर : स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारी साधन,

गौशाला प्रभाग : पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन,

कोषको कार्यालय : पासवाला सवारी साधन,

गुहेश्वरी पारी : बौद्ध, जोरपाटी तर्फबाट आउने भक्तजनका सवारी साधन ।

यस्तो छ दर्शनको रुट

यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमततर्फको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । “पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ”, उनले भने ।

बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमततर्फको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था

दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।

पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ ।

मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ ।

महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ ।

नागाबाबाहरु मन्दिरभित्र

यस वर्ष शिवरात्रि मनाउन आएका नागाबाबाहरु पशुपति मन्दिर परिसरमै बस्न थालिसकेका छन् । विगुत घसेर बस्ने नागाबाबाहरु भक्तजनलाई आफूतिर बोलाई आशीर्वाद दिँदै भेटी माग्छन् । मन्दिर परिसर बाहिर धुनी जगाउँदै गाँजा तान्दै गरेका जोगी र साधु तथा सर्वसाधारण पनि भेटिएका छन् ।

Three including two government employees arrested red-handed for taking bribe

Three persons including two government employees have been held from Bhaktapur on the charge of bribery.

Police said a team from the Commission for the Investigation of Abuse of Authority (CIAA) arrested non-gazetted first class officer Rishi Ram Budhathoki at Bhaktapur District Land Revenue Office, office helper Keshab Bahadur Khatri and para-legal practitioner Bishnu Hari Nhusutu red-handed while taking a bribe of 614,000 Rupees from one of their clients .

फोनबाट एक करोड फिरौती माग्ने पक्राउ

काठमाडौं ।
फाईनान्स सञ्चालकलाई फोन र एसएमएस गरेर एक करोड फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसंग ठूलो रकम असुल गर्ने उद्देश्य राखि विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली मुकुल फाईनान्सका सञ्चालकलाई फोन तथा एसएमएस गरि धाकधम्की दिइ डरत्रास दिइ एक करोड रकम माग गरि माग गरेको रकम नदिए अपहरण गरि ज्यान मार्ने समेतको धम्की दिएका विदुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिल्ला धादिङ, जिवनपुर गा।वि।स।वडा नं ५ स्थायी वतन भई हाल काठमाडौं नयाँबजार बस्ने ३२ बर्षिय विदुर पौडेललाई अपराध महाशाखाको प्रहरी टोलीले ११ गते पक्राउ गरेको हो ।

उनिमाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

फोनबाट एक करोड फिरौती माग्ने पक्राउ

काठमाडौं ।
फाईनान्स सञ्चालकलाई फोन र एसएमएस गरेर एक करोड फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसंग ठूलो रकम असुल गर्ने उद्देश्य राखि विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली मुकुल फाईनान्सका सञ्चालकलाई फोन तथा एसएमएस गरि धाकधम्की दिइ डरत्रास दिइ एक करोड रकम माग गरि माग गरेको रकम नदिए अपहरण गरि ज्यान मार्ने समेतको धम्की दिएका विदुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिल्ला धादिङ, जिवनपुर गा।वि।स।वडा नं ५ स्थायी वतन भई हाल काठमाडौं नयाँबजार बस्ने ३२ बर्षिय विदुर पौडेललाई अपराध महाशाखाको प्रहरी टोलीले ११ गते पक्राउ गरेको हो ।

उनिमाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

अर्को पृथ्वी फेला पर्यो !

एजेन्सी ।
अहिलेको मानव रहेको यो पृथ्वी जस्तै अर्को यस्तै ग्रह फेला परेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दाबी गरेको छ ।

एलीयन जस्ता जीवको संभावना रहेको भन्दै नासाले पृथ्वी जस्तै अर्को ग्रह फेला परेको दाबी गरेको हो ।

यो ग्रह खोज्ने क्रममा नासाले पृथ्वीको आकार बराबरको सात ग्रह ‘ट्राप्पिस्ट९वन’ नामक सौर्यमन्डल खोजिमा केही सफलता पाएको समेत उल्लेख गरेको छ ।

नासाले ट्टिवरमा फेला परेका नयाँ ग्रहहरु मध्ये तीनवटामा एलियन जस्ता जीवको संभावना रहेको र त्यहाँ पर्याप्त पानी समेत रहेको उल्लेख गरेको छ ।

सिंगल स्टारको वरिपरि रहेका यि ग्रहबारे नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनलाई उदृत गर्दै यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ । तर, यो नै पहिलो पटक हो, पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी सात ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब दुई हजार गुणा सुस्त छ । यस ग्रहमा ग्रहमा मानिस बस्न सकिने वातावरण रहेको छ ।

पृथ्वीभन्दा ३९ प्रकास बर्ष टाढाको दूरीमा रहेको यो ग्रहमा पृथ्वी जस्तै ग्रहको खोजिको पहिलो सफलता भएको बताइएको छ ।

नाम नयाँ शक्ति, बिचार पुरानै, १९ वर्षपछि हुन लागेको स्थानिय चुनावको बावुराम उपेन्द्रद्धारा बिरोध

काठमाडौं ।
अब हुने तीनैवटा निकायको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गर्दै आएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले स्थानिय चुनावको बिरोध गरेका छन् ।

१९ बर्षपछि हुन लागेको स्थानिय चुनावको समर्थन र स्वागत गर्दै यसमा भाग लिनुुको साटो भट्टराईले
तराई केन्द्रित राजनीति गर्दै आएका भारत निकट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर चुनावको बिरोध गर्दै विज्ञप्ति निकालेका छन् ।

यादव र भट्टराईको हस्ताक्षरमा जारी संयुक्त वक्तव्यमा वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरिएको छ ।

सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गर्न नहुने उसको माग छ ।

नाममा नयाँ शक्ति राखेपनि पुरानै ढर्रामा नयाँ निर्वाचन र नयाँ जनादेशमा जानुपर्ने माग र दबाव दिनुपर्नेमा चुनावै नगर्न माग गर्दै विज्ञप्तिमा निर्वाचनसँग अनसन्वन्धित विवादास्पद संविधान संशोधन प्रस्ताव पास गर्न माग गरिएको छ ।

१९ बर्षदेखी हुन नसकेको स्थानिय चुनाव स्थगित गर्न माग गरेका भट्टराईले संघ र प्रदेशको चुनाव पहिला गर्नु पर्ने माग समेत गरेका छन् ।

जनप्रतिनिधि नहुँदा स्थानिय निकायमा गएका करोडौं बजेट दुरुपयोग हुँदै आएको यथार्थतालाई भुल्दै भट्टराई र यादवले स्थानिय निकायको चुनावलाई राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थ भएको तर्क गरेका छन् ।
सुरुमा सरकारले ल्याएको विवादास्पद संविधान संशोधनको बिरोध गरेको मधेश केन्द्रित राजनीति गर्दै आएको मधेशी मोर्चा देशभर प्रस्तावको विरोध हुनथालेपछि यसलाई जसरी पनि पास गर्नुपर्ने अडानमा छ ।

भारतले पुष्पकमल दाहाल सरकारले पेस गरेको विवादास्पद संशोधन प्रस्ताव पेश गर्ने वित्तिकै यसको स्वागत गर्दै पास गर्न अनुरोध गरेको थियो ।

नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतीय अभिव्यक्ति आएपछि भारतीय दुतावास चहार्न थालेका मधेश केन्द्रित दल र सत्ताधारी दलहरु त्यसपछि विवादास्पद संविधान संशोधन जसरीपनि पास गर्नुपर्ने अडान र योजनामा साना दलहरुलाई आफुतिर पार्न विभिन्न प्रलोभन देखाउँदै सरकारमा भाग दिएर सहभागी गराइरहेका छन् ।

जापानमा १५ करोड बढीको लागुऔषध सहित दुई नेपाली पक्राउ (भिडियो सहित)

टोकियो ।
जापानमा हराएका भनिएका एक नेपाली युवालाई लागु औषध कारोवारमा संलग्न रहेपछि जापान प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।

विद्यार्थी भिषामा रहेका तापोन तामाङ नाम गरेका युवा र अर्का एक देवी गुरूङ दोङ नाम गरेकी युवती २१ किलो बढी लागु औषध सहित पक्राउ परेका छन् ।

लागुऔषध कारोवारमा संलग्न रहेको पाइएपछि उनिहरुलाई प्रमाण सहित पक्राउ परेको जापानी सञ्चार माध्यमहरुले प्रशारण गरेका छन् ।

पक्राउ परेकाको साथबाट करिव १५ करोड जापानी येन बराबरको लागु औषध समेत बरामद गरिएको छ ।

एएनएन च्यानलका अनुसार लागुऔषध ओसारपसार गर्ने जापानमा सेनमन भोकेसनल कलेज अध्ययनरत तामाङ र रेष्टुरेन्टमा पार्टटाईम काम गर्दै आएकी दोङलाई जापान प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो ।

दुई महिना लामो अनुसन्धानपछि उनिहरु लागु औषध कारोवारमा संलग्न रहेको प्रमाण सहित प्रहरीले सार्वजनिक गरेको हो ।

जापान प्रहरीका अनुसार उनिहरुले भारतबाट बिमानमा जापानको नारिता एयरपोर्ट हुँदै विभिन्न बाजागाजाका सामानको भित्रि भागमा ति आगु औषध लुकाएर ल्याउने गरेका थिए ।

पक्राउ परेकाले ल्याएको बाध्यबाधक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका लागु औषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

लागु औषध सहितको सामान आएको पत्ता लागेपछि प्रहरीले ति सामान दुई नेपाली वस्ने घरमा कुरियर मार्फत पुगेपछि कारोबारमा संलग्न रहेको पुष्टि सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार करिव साँढे तीन किलो चरेस कुरीयर गरि पठाइएको सामानको पिछा गरेको प्रहरीले उनिहरुको कोठा छापा मार्दा थप १८ किलो ६ सय ग्राम चरेस भेटेपछि उनिहरुको कतुर्त खुलेको हो । पक्राउ परेकाहरुले गाँजा तथा भाँङ लगायत आगु औषध समेत ओसार पसार गर्ने समाचारमा उल्लेख छ ।

गत डिसेम्बर महिनामै पक्राउ गरिएपनि प्रमाण र थप अनुसन्धान पछि प्रहरीले दुई नेपालीलाई सार्वजनिक गरेको हो ।

समाचारमा पक्राउ परेका पुरुषको संलग्नता सामान मगाउने र विक्रिमा समेत देखिएको भन्दै युवती सघाउने व्यक्तिको रुपमा पाइएको बताइएको छ ।
पक्राउ परेकाहरुले लागु औषध टोकियो र आसपासका क्षेत्रमा विक्रि गर्दै आएका थिए ।

पक्राउ परेकालाई सार्वजनिक गरेपनि उनिहरुमाथि कस्तो खालको सजाय हुने भन्ने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । अनुसन्धान सकिएपछि उनिहरुमाथि कुन खालको कारवाही हुने तय हुनेछ ।

यसैबिच दुई नेपाली आगु औषध कारोवारमा संलग्न रहेको पाइएपछि जापानमा रहेका नेपालीहरु थप चिन्तित बनेका छन् ।

पछिल्लो समय जापानमा रहेका नेपालीमाथि झै झगडा, होहल्ला, अत्यधिक माधक
पदार्थ सेवन लगायतका कारण सामाजिक रुपमा असर पर्न थालेपछि अवैध रुपमा बसेका
नेपालीमाथि चेकजाँच बढाएको जापान प्रहरीले यो घटना सार्वजनिक भएपछि
नेपालीमाथि थप सतर्कता बढाउने अनुमान गरिएको छ ।

नेपालीहरुको यो
स्तरको पहिलो आगु औषध कारोवार संलग्नताले जापानमा रहेका ६० हजारको संख्यामा
रहेका नेपालीमा जापानी नागरिकले हेर्ने दृष्टिकोण र प्रशासनले गर्ने
व्यवहारमा फरक आउन सक्ने भन्दै विगत देखीनै विभिन्न व्यक्ति तथा
संघसंस्थाहरुले जापानमा रहेका नेपालीहरुलाई जापानको नियममा रहेर बस्न र
नेपाल र नेपालीको नाम बदनाम गराउने खालको कुनैपनि कृयाकलापमा संलग्न नरहन
सचेत गराउँदै आएका छन् ।

पशुपतिमा शिवरात्री तयारी,यस्तो छ दर्शनको रुट

काठमाडौं,फागुन १२ । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।  यहाँ आज आयोजजित पत्रकार सम्मेलनमा बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । “पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ”, उनले भने ।

दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।

पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ ।

मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ ।

महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ ।

नागाबाबाहरु मन्दिरभित्र

यस वर्ष शिवरात्रि मनाउन आएका नागाबाबाहरु पशुपति मन्दिर परिसरमै बस्न थालिसकेका छन् । विगुत घसेर बस्ने नागाबाबाहरु भक्तजनलाई आफूतिर बोलाई आशीर्वाद दिँदै भेटी माग्छन् । मन्दिर परिसर बाहिर धुनी जगाउँदै गाँजा तान्दै गरेका जोगी र साधु तथा सर्वसाधारण पनि भेटिएका छन् । रासस

अघि बढ्ने भयो अरुण तेस्रो, भारतले गर्‍यो ९१ अर्ब रुपैयाँ बजेट स्वीकृत

काठमाडौं,फागुन १२ । भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाट क्षमताको बहुचर्चिच अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न लगानीको स्रोत जुटाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुधवार बसेको आर्थिक समितिको बैठकले सतलजलाई उक्त आयोजना निर्माण गर्न ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको हो। अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो।

आयोजना निर्माण गर्न १ खर्ब १२ अर्ब रुपैयाँ र बिजुली भारत निर्यात गर्न २ सय १० किमी लामो १८ सय मेगावाट क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ४० अर्ब लाग्नेछ। भारतीय सरकारले सतलजलाई ९१ अर्ब रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी लागत सतलजले बैंकबाट ऋण लिएर जुटाउने आयोजनाका अधिकारीले बताए। सतलजले बाँकी लगानी आगामी सेप्टेम्बरदेखि जुटाइसक्ने र नोभेम्बरदेखि निर्माण थाल्ने जानकारी आयोजना र बजेट दिने प्रस्ताव स्वीकृत गरेको हो।

‘सरकारले आयोजनालाई बजेट दिने प्रस्ताव स्वीकृत गरेको छ। आगामी सेप्टेम्बरसम्म सम्पूर्ण लगानी जुटाइसक्ने योजना छ,’ भारतका उर्जामन्त्री पीयुष गोयललाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईको बुधबारको समाचारमा उल्लेख छ, ‘५ वर्षमा आयोजना निर्माणले दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ हुने गोयलको विश्वास छ। भारतीय मन्त्रिपरिषद्को आर्थिक वसमितिले सतलजलाई अरुण तेस्रो आयोजना निर्माण गर्न ९१ अर्ब रुपैया बजेट स्वीकृत गरेको भारतको प्रेस इन्फरमेसन ब्युरोले जनाएको छ। नेपालमा भारतीय कम्पनीहरूले जलविद्युत् परियोजनाहरूको लाइसेन्समात्र ओगटेर बस्छन् भनी आलोचना भइरहेको समयमा भारत सरकारले अरुण तेस्रोको निर्माण सुरु गर्न आफ्नो कम्पनीलाई बजेट दिएको हो। सतलज भारतको सरकारी कम्पनी हो।  सतलजले आयोजना निर्माण गर्न ३ वर्षअघि नै नेपालमा ‘सतलज अरुण तेस्रो विद्युत् विकास कम्पनी’  स्थापना गरिसकेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web