जापानमा १५ करोड बढीको लागुऔषध सहित दुई नेपाली पक्राउ (भिडियो सहित)

फाल्गुन १२, २०७३ मा प्रकाशित | 7828 views

टोकियो ।
जापानमा हराएका भनिएका एक नेपाली युवालाई लागु औषध कारोवारमा संलग्न रहेपछि जापान प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।

विद्यार्थी भिषामा रहेका तापोन तामाङ नाम गरेका युवा र अर्का एक देवी गुरूङ दोङ नाम गरेकी युवती २१ किलो बढी लागु औषध सहित पक्राउ परेका छन् ।

लागुऔषध कारोवारमा संलग्न रहेको पाइएपछि उनिहरुलाई प्रमाण सहित पक्राउ परेको जापानी सञ्चार माध्यमहरुले प्रशारण गरेका छन् ।

पक्राउ परेकाको साथबाट करिव १५ करोड जापानी येन बराबरको लागु औषध समेत बरामद गरिएको छ ।

एएनएन च्यानलका अनुसार लागुऔषध ओसारपसार गर्ने जापानमा सेनमन भोकेसनल कलेज अध्ययनरत तामाङ र रेष्टुरेन्टमा पार्टटाईम काम गर्दै आएकी दोङलाई जापान प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो ।

दुई महिना लामो अनुसन्धानपछि उनिहरु लागु औषध कारोवारमा संलग्न रहेको प्रमाण सहित प्रहरीले सार्वजनिक गरेको हो ।

जापान प्रहरीका अनुसार उनिहरुले भारतबाट बिमानमा जापानको नारिता एयरपोर्ट हुँदै विभिन्न बाजागाजाका सामानको भित्रि भागमा ति आगु औषध लुकाएर ल्याउने गरेका थिए ।

पक्राउ परेकाले ल्याएको बाध्यबाधक सामाग्रिमा पोको पारि लुकाएर राखिएको चरेस सहितका लागु औषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

लागु औषध सहितको सामान आएको पत्ता लागेपछि प्रहरीले ति सामान दुई नेपाली वस्ने घरमा कुरियर मार्फत पुगेपछि कारोबारमा संलग्न रहेको पुष्टि सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार करिव साँढे तीन किलो चरेस कुरीयर गरि पठाइएको सामानको पिछा गरेको प्रहरीले उनिहरुको कोठा छापा मार्दा थप १८ किलो ६ सय ग्राम चरेस भेटेपछि उनिहरुको कतुर्त खुलेको हो । पक्राउ परेकाहरुले गाँजा तथा भाँङ लगायत आगु औषध समेत ओसार पसार गर्ने समाचारमा उल्लेख छ ।

गत डिसेम्बर महिनामै पक्राउ गरिएपनि प्रमाण र थप अनुसन्धान पछि प्रहरीले दुई नेपालीलाई सार्वजनिक गरेको हो ।

समाचारमा पक्राउ परेका पुरुषको संलग्नता सामान मगाउने र विक्रिमा समेत देखिएको भन्दै युवती सघाउने व्यक्तिको रुपमा पाइएको बताइएको छ ।
पक्राउ परेकाहरुले लागु औषध टोकियो र आसपासका क्षेत्रमा विक्रि गर्दै आएका थिए ।

पक्राउ परेकालाई सार्वजनिक गरेपनि उनिहरुमाथि कस्तो खालको सजाय हुने भन्ने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ । अनुसन्धान सकिएपछि उनिहरुमाथि कुन खालको कारवाही हुने तय हुनेछ ।

यसैबिच दुई नेपाली आगु औषध कारोवारमा संलग्न रहेको पाइएपछि जापानमा रहेका नेपालीहरु थप चिन्तित बनेका छन् ।

पछिल्लो समय जापानमा रहेका नेपालीमाथि झै झगडा, होहल्ला, अत्यधिक माधक
पदार्थ सेवन लगायतका कारण सामाजिक रुपमा असर पर्न थालेपछि अवैध रुपमा बसेका
नेपालीमाथि चेकजाँच बढाएको जापान प्रहरीले यो घटना सार्वजनिक भएपछि
नेपालीमाथि थप सतर्कता बढाउने अनुमान गरिएको छ ।

नेपालीहरुको यो
स्तरको पहिलो आगु औषध कारोवार संलग्नताले जापानमा रहेका ६० हजारको संख्यामा
रहेका नेपालीमा जापानी नागरिकले हेर्ने दृष्टिकोण र प्रशासनले गर्ने
व्यवहारमा फरक आउन सक्ने भन्दै विगत देखीनै विभिन्न व्यक्ति तथा
संघसंस्थाहरुले जापानमा रहेका नेपालीहरुलाई जापानको नियममा रहेर बस्न र
नेपाल र नेपालीको नाम बदनाम गराउने खालको कुनैपनि कृयाकलापमा संलग्न नरहन
सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web