काठमाडौं ।
एक कुख्यात आगुऔषध तस्करबाट पैसा लिएको आरोपमा पिलिपिन्स सरकारले त्यहाँको सिनेटर रहेकी लिला डे लिमालाई पक्राउ गरेको छ ।

लागुऔषध बिरुद्धको राष्ट्रपति रोड्रिगो दुतेर्तेको कदमको चर्को बिरोध र आलोचना गर्दै आएकी लिमाले तिनै तस्करसँग पैसा लिएको पाइएपछि पक्राउ गरिएको फिलिपिन्स सरकारले बताएको छ । तर, लिमाले भने आफूलाई लागेको आरोप अस्वीकार गरेकी छिन् ।

पक्राउ गर्ने योजना असफल पार्न बिहीवार उनी सिनेट कार्यालय भित्रै बसेकी थिइन । तर, शुक्रवार बिहान भने प्रहरी सामु आफैं आत्मसमर्पण गरिन् ।

लीमाले सन् २०१० देखि २०१६ को अवधिमा फिलिपिन्सको कानुन मन्त्री भएकोबेला लागुऔषध तस्करसँग पैसा लिएको पाइएको फिलिपिनि सरकारले बताएका छ ।

19.12¡ÆC