निर्वाचन आचारसंहिता ख्याल गर्न गोरखा प्रशासनद्धारा आग्रह

गोरखा ।
आउँदो बैशाख ३१ गते तय भएको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
छलफल, एसएमएसद्वारा प्रशासनले राजनीतिक दल र सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न भनेको हो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लामा क्रियाशिल राजनीतिक दललाई निर्वाचन लक्षित गरी आयोजना गरिने र्याली, सभा, जुलुसलगायत कार्यक्रम एकै समयमा एकै ठाउँमा आयोजना नगर्न आग्रह गरिसकिएको छ ।

एकै समयमा एकै ठाउँमा कार्यक्रम गर्दा प्रतिपद्धी दल तथा कार्यकर्ताबीच झडप हुनसक्ने आँकलन गरी यस्ता कार्यक्रम नगर्न आग्रह गरिएको हो ।

एकअर्काको कार्यक्रम बिथोल्ने, कानून बिपरीतका कार्यक्रम गर्ने, अनुचित दबाब दिने जस्ता क्रियाकलाप भएमा कारबाही गरिने प्रजिअ बस्नेतको भनाइ छ । स्वच्छ र भयरहित तवरले निर्वाचनका कार्यक्रम गर्न स्थानीय नेतामार्फत् दललाई आग्रह गरिएको हो ।

यस्तै निर्वाचन आचारसंहितको पालना गर्न सरकारवालालाई प्रशासन कार्यालयले मोवाइलमा एसएमएस पठाएको छ ।

स्थानीय निर्वाचनका लागि गोरखामा १६ दल दर्ता छन् भने २१३ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा, पालुङटार नगरपालिका र नौ गाउँपालिकामा गरी एक लाख ६१ हजार पाँच सय मतदाता छन् ।

आगोमा जलेर एक वृद्धको मृत्यु

बारा ।
आगोले जलेर बारामा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार राती साढे १० बजेको समयमा पिप्राढी गाबिस वार्ड न १ बस्ने भुखल सहनीको ९० बर्षिय श्रीमति राजपति देवी आफनै घर अगाडी घुर वाली आगो तापी रहेको अवस्थामा अचानक लगाएको साडीमा आगो सल्लेकेर शरिरको सबै भाग जले पछि गम्भिर भाईते भएको थिएन् । उपचारको लागि बिरगंज स्थित रहेको नेशनल मेडिकल कलेजमा राती नै डेढ बजे निजको मृत्यु भएको प्रहरी निरिक्षक अरुण कुसवाहाले जानकारी दिनु भयो । उनको शन स्वास्थ्य परिक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पताल बिरगंजमा राखिएको निरिक्षक कुसवाहाले भन्नु भयो ।

पशु फर्ममा आगलगी हुदा ६ वटा चौपयाको मृत्यु , १० लाखको नोक्सान
बाराको गाम्रिण भेगमा संञ्चालनमा रहेको एक पशु फर्ममा आगलगी हुदा ६ वटा पशु जलेर मुत्यू हुदा करिब १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सिर्होवा गाबिस वार्ड न ९ लौतन टोलमा महम्द आलमले संञ्चालन गरेको सो फर्ममा लामखुटे धपाउनका लागि बालेको घुरवाट आगो सल्लकेर मंगलबार राती साढे ९ बजे आगलगी हुदा फर्ममा रहेको २ वटा भैसी, १ पडा, २ गाई र १ बाछोको जलेर मृत्ु भएको प्रहरी प्रवतmा प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिनु भयो ।

फर्ममा रहेको २ भैसी, १ गाई गम्भिर घाईते भएको छ । स्थानिय पशु डाक्टरको निगरानीमा उपचार भईरहेको आलमले जानकारी दिनु भयो ।

आगो कलैयावाट गएको बरुणयन्त्र, प्रहरी, शस्शत्र प्रहरी र स्थानियहरुको सहयोगमा २ घन्टा पछि आगो नियन्त्रणमा आएको थियो प्रहरी निरिक्षक अरुण कुसवाहाले जानकारी दिनु भयो ।

फुसको घरमा आगलगी १ लाख ६० हजारको क्षति

बाराको खुटवा जब्दी वार्ड न १ मा खाना पकाउने क्रममा आगलगी हुदा एउटा फुसको घर जलेर १ लाख ६० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार बिहानै ९ बजेर १५ मिनेट जादा सोही वाडा निवासी ईस्लाम अंसारीको घरमा खाना पकाईरहेको अवस्थामा अचानक आगलगी हुदा घरमा रहेको अन्नपात, लताकपडा, फर्निचर, भडाकुडा गरी १ लाख ६० हजारको क्षति भएको प्रहरी निरिक्षक अरुण कुसवाहाले जानकारी दिनु भयो । आगलगीबाट सो घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

आगो करिब पौन घन्टा पछि कलैयावाट  गएको बारुणयन्त्र, प्रहरी, शस्सत्र प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा आएको थियो । समयमा नियन्त्रण भए पछि मानविय क्षति भएन् भने अरुको घर पनि आगोवाट बचेको हो ।

टेलिकमले पनि मोबाईलको ब्यालेन्स सकिए ‘सापटी’ दिने

काठमाडौं, चैत १५ । नेपाल टेलिकमले पनि अबदेखि आफ्ना ग्राहकहरुलाई ब्यालेन्स सकिँदा सापटी दिने व्यवस्था सुरु गर्ने भएको छ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिसँग सम्झौता भएकाे छ। चैत ६ गते भएको उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रालिका तर्फबाट निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्।

यसअघि एनसेलले सुरु गरिसकेको यो योजनालाई टेलिकमले पनि पछ्याउँदै ग्राहकलाई सापटी दिन लागेको हो । यो सुविधा सीडीएमए तथा जिएसएम प्रिपेड ग्राहकले मात्र पाउनेछन् । कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयर टाइम क्रेडिटको सुविधा ल्याइएको टेलिकमको दाबी छ । टेलिकमले यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएपनि कति रकम सापटी दिने भन्नेबारे चाहिँ निर्णय भैसकेको छैन ।

यो योजना सुरु भएपछि ग्राहकले आफ्नो ब्यालेन्स सकिएपछि रकम सापटी लिन सक्नेछन् र सापटी रकम अर्को पटक रिर्चाज गर्दा स्वतः काटिनेछ । कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट  सो सुविधा प्रयोग गरे वापत थप कुनै अनिरिक्त शुल्क वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ ।  यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा पनि आफन्तजन सँग कुराकानी गर्न सहज हुनेछ। तर, यो योजना अबको पाँच महिना भित्रमा सञ्चालन आउने कम्पनीले जनाएको छ।  यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

नेपाल एसीसी इमर्जिङ नेशन्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

काठमाडौं, चैत १५ । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएको हो । लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।  बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनायो । नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । ६ चौकाको मद्धतमा उनले ८५ बलमा ५६ रन बनाएका हुन् । उनलाई दिलिप नाथले साथ दिएका थिए । दिलिपले ६२ बलमा ४१ रन बनाउँदा आउट भएपछि नेपालको ब्याटिङ सम्हालिन सकेन । १० बल खेलेका कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भएका थिए । १३ बल खेलेका अर्का ओपनर सुनिल धमला पनि एक रनमै आउट भएका थिए ।

यस्तै आशिफ शेखले १५ बलमा १२ रन बनाए । शरद भेषावकर ५ बलमा २ रन बनाएर आउट भए । मेहबुब आलम १७ बलमा १० रन बनाएर आउट भए । बिनोद भण्डारीले एक छक्का, ६ चौकाको मद्धतमा २३ बलमा ३३ रन बनाए । यस्तै भुवन कार्की १६ बलमा ६ रन बनाएर आउट भए ।  नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशले सुरुवाती तीनजना ब्याट्सम्यान सस्तैमा आउट भएपनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले । उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए । एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।

नवौं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सफल भएको थियो । अब्दुलले २९ रन बनाए ।२६औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रनको अर्धशतकीय पारी खेलेका थिए । । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको ठोष साझेदारी गरेका थिए ।

सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एशोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् ।  अब नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार हङकङसँग खेल्नेछ । इमर्जिङ कपको दोस्रो चरणमा पुग्न नेपाललाई बगंलादेशसँगको खेल जित्नैपर्ने दबाब थियो । तर, लगातार दुई खेल गुमाएसँगै नेपालको सम्भावना सकिएको हो । नेपाल सोमबार भएको पहिलो खेलमा पाकिस्तानसँग पनि ६ विकेटले पराजित भएको थियो । समूह चरणको खेलपछि समूहको दुई शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।

एएफसी एसियन कप छनोटः नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, चैत १५ – एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको राजधानी मनिलामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग ४-१ ले अन्तरले पराजित भएको छ । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ ।

१० खेलाडीमा सिमित नेपाललाई पराजित गर्ने क्रममा फिलिपिन्सका फिल योङहजब्याण्डले दुई तथा इयान रामजे र जाभियर पटिनोले समान एक एक गोल गरे ।  नेपालका विशाल राईले एक गोल फर्काए । जितसँगै समूह एफमा रहेको फिलिपिन्सले ३ अंक जोडेको छ ।

फिफा वरियतामा फिलिपिन्स नेपालभन्दा ४६ स्थान माथि छ । वरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छन् ।

नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

नेपाल बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याउँदै

नेपाल बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याउँदै

काठमाडौं ।
एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशले दिएको २५८ रनको बिजय लक्ष्याउँदै ब्याटिंग थालेको छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २५७ रनको योगफल बनाउन सक्यो ।

सुरुवाती तीनजना ब्याट्सम्यान सस्तैमा आउट भएपनि बंगलादेशी कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याएका हुन् ।

छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले । उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए ।

एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।

नवौं विकेटका लागि उनले अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सक्यो । अब्दुलले २९ रन बनाए ।

२६ औं ओभरमा युवा स्टार सन्दिप लामिछानेको बलमा आउट हुनुअघि कप्तान हकले पनि ६१ रनको अर्धशतकीय पारी खेले । उनले नसिरसग मिलेर पाचौं विकेटका लागि ७८ रनको ठोष साझेदारी गरे ।

यसअघि सुरुवाती पाच ओभरमै अभिनाश कर्णले बंगलादेशको तीन विकेट झारेका थिए । ११ औं ओभरमा मेहवुव आलमले पनि १ विकेट लिए । युवा स्टार सन्दिप लामिछानेले दुई विकेट लिएका छन् ।  कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एेरीको नाममा एक एक विकेट रह्यो ।

नेपालले बंगलादेशले दिएको २ सय ५८ रनको कसिले बिजय लक्ष्य पछ्याउँदै भर्खर ब्याटिंग थालेको छ ।

स्ववियु निर्वाचन बहिस्कारको नाममा आरआरमा प्रचण्ड क्रान्तिकारीको यस्तो वितण्डा

काठमाडौं ।
आफ्नै पार्टी सरकारमा हुँदा समेत यसअघि घोषित स्ववियु चुनाव भाँड्न लगाएको अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गरेको बताउँदै निर्वाचनमा सहभागीमाथि ढुंगामुढा र बम प्रहार गरेको छ ।

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने अराजक क्रान्तिकारीहरुको समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम समेत प्रहार गरेको छ ।

फोटो पत्रकार श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्कँदा कसैलाई केही हुन पाएन ।

पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रका अखिल क्रान्तिकारीहरुले आरआर क्याम्पसको चुनावमा भाग नलिइ बहिस्कार गरेको बताएका छन् भने विद्यार्थीले मतदान गरिरहँदा बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।

घटनामा डीएसपी सन्तोष तामाङसहित चार प्रहरी घाइते भएका छन् । यस्तै सशस्त्र प्रहरीको सञ्चार सेट हराएकोमा पद्मोदय मोडमा नेपाल प्रहरीको टोलीले भेट्टाएर बुझाएको छ ।

अखिल क्रान्तिकारीले मतदान बिथोल्न ढुंगा हानेपनि पेट्रोल बम नहानेको भन्दै झुठो अभिव्क्ती दिएका छन् ।

स्ववियु निर्वाचन बहिस्कार गरको बताएको प्रचण्ड क्रान्तिकारीले एमाले अध्यक्ष केपी ओली र एमालेविरुद्ध नाराबाजी गरिरहेका छन् । ९ विद्यार्थी संगठनको बिरोध भनिए पनि प्रदर्शनमा अखिल क्रान्तिकारीको मात्र उपस्थिति देखिन्छ ।

अहिले आरआरमा क्यम्पसका नियमित बिद्यार्थीले परिचयपत्रका आधारमा मतदान गरिरहेका छन ।

मतदानस्थल बाहिर एमाले सम्बद्ध अनेरास्ववियु र कांग्रेस सम्बद्ध नेविसंघका उम्मेदवारहरुले लाइनमा उभिएर मतदातासँग मत मागिरहेका छन् । अखिल क्रान्तिकारीले चुनाव हार्ने देखेपछि यसअघि समेत निर्वाचन बहिस्कार भन्दै बिथोलेका थिए भने काँग्रेसको नेविसंघले क्याम्पसमा नै आगो लगाएपछि चौतर्फी बिरोध भएको थियो ।

सर्बोच्च अदालतको आदेशपछि क्याम्पस प्रशासनले आज निर्वाचन गराउन लागेको हो ।
निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाही सभापति रहेको प्यानल खडा भएको छ भने नेविसंघबाट उत्तमवहादुर साउदको प्यानल प्रतिस्पर्धामा छ । अखिल क्रान्तिकारीले ध्रुवराज वाग्लेको प्यानल खडा गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री नतोकेपछि तीनैजना उपप्रधानमन्त्रीद्धारा घोडेजात्रा ‘बहिष्कार’

काठमाडौं,चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिएको असर घोडेजात्रामा देखिएको छ । नेपाली सेनाले सोमबार घोडजात्राको अवसरमा टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सरकारमा रहेका तीनै जना उपप्रधानमन्त्रीहरु गएनन् ।

नेपाली सेनाले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका नाममा निमन्त्रणा गरेको भएपनि कार्यवाहक प्रधानमन्त्री कोही नतोकिएकाले त्यहाँ नगएको स्रोतले दावी गरेको छ । वरीयता विवादका कारणले कार्यवाहक नतोकी प्रधानमन्त्री दाहाल चीन गएको प्रभाव घोडेजात्रामा देखिएको सैनिक अधिकारीहरुले पनि स्वीकार गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

‘सैनिक मञ्च टुँडिखेलमा भएको घोडेजात्राको औपचारिक कार्यक्रममा तीनैजना उपप्रधानमन्त्रीहरु आउनु भएन, हामीले उहाँहरुलाई पनि निमन्त्रणा गरेका थियौं,’ सैनिक स्रोतले भन्यो ‘काम परेर हुनसक्छ उहाँहरु कोही पनि आउनु भएन ।’

टुडिखेलमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री वा कार्यवाहक प्रधानमन्त्रीका लागि पहिलो लहरमा विशिष्ट अतिथिसँगै कुर्सी राखिएको थियो, जुन कुर्सी खाली नै भयो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि को वरिष्ठ भन्ने विवादले प्रधानमन्त्रीको कुर्सी खाली रहन गएको हो ।

घोडेजात्राको औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतका सैनिक अधिकारीहरुले स्वागत गरेका थिए । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडको भने उपस्थिति थियो । हरेक वर्ष चैत्र कुष्ण चतुर्दशीमा मनाइने घोडेजात्रामा नेपाली सेनाले घोडादौड, अश्वकलालगायत प्रदर्शन गर्नेगर्छ ।

स्थानीय जागेपछि १० दिनमै १४ किलोमिटर सडक निर्माण सम्पन्न

काठमाडौं,चैत १५ । दसवर्षे सशस्त्र युद्धको पीडा बेहोरेका रुकुम खाराका जनताले आफैं रकम संकलन र श्रमदान गरेर गाउँमा सडक पुर्‍याएका छन् । प्रतिघर कम्तिमा १० हजारदेखि ८० हजार रुपैयाँसम्म उठाई १० दिन श्रमदान गरेर उनीहरूले रुकुमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीबाट पोखरी जोड्ने झन्डै १४ किलोमिटर सडक खनेका हुन् ।

पोखरीगाउँको माथिल्लो टोल र तल्लो टोलका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर चैत सुरुबाट सडक खन्न थालेको र दस दिनमै निर्माण पूरा भएको जानकारी माथिल्लो टोलकी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रामकली खड्काले दिइन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

‘आफ्नो घरसम्म सडक ल्याउन धेरैपल्ट गाविस परिषद्मा कुरो उठायौं । कसैले सुनेनन्’, रामकली भन्छिन्, ‘त्यसैले आफ्नो गाउँका लागि आफैं जुट्नुपर्छ भनेर प्रत्येक घरबाट पैसा उठाई श्रमदानसमेत गरेर सडक बनायौं ।’

साबिकको वडा नं. ५ रहेको पोखरीगाउँ खाराको खुम्चेरी र कुरलको बीच डाँडामा अवस्थित छ । खुम्चेरीको लाँकुरीडाँडासम्म पुगेको सडकलाई गाउँलेले पल्लोगाउँ कुरलसँग जोडेर अगाडि बढाउने योजना बनाएका छन् । आफ्नो घरसम्म सडक आउने भएपछि खुसी बनेका स्थानीय दलबहादुर खड्काले सबैभन्दा धेरै ८० हजार रुपैयाँ सहयोग गरेका थिए ।

स्थानीय चुनावः मोर्चाको ‘निषेधित क्षेत्र’मै भोट माग्नेको लर्काे

काठमाडौं,चैत १५ । मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय युवाहरूले स्वतन्त्र उम्मेदवार बन्ने जनाउँदै भोट माग्न थालेका हुन् ।संविधानसभा निर्वाचनमा तमलोपालाई सघाएका युवाहरू वीरगन्ज–१२ निवासी मनोज कलवारको अगुवाइमा साबिकको वीरगन्ज उपमहानगरपालिका–१२ (हालको वडा नम्बर ९) स्थित वीरगन्जको मुख्य बजारका पसल–पसलमा पुगेर भोट मागेका हुन् ।

सोमबार दिउँसो उनीहरूले पसल–पसलमा पुगेर मत मागेका थिए । अहिले कुनै पार्टीबाट नभए पनि स्वतन्त्र रूपमा जनतासामु भेटघाट गर्न थालेको कलवारले बताए । ‘पहिले विकासप्रेमी भएकाले विमल दाइका लागि भनी सघाएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

उहाँ तमलोपामा हुनुहुन्छ, अहिले हामी आफैं अघि बढ्ने निर्णयमा पुगेका छौं,’ पसलमा मत मागिरहेको अवस्थामा भेटिएका कलवारले भने । स्थानीय तह निर्वाचनमा कुन पार्टीमा लाग्ने भन्ने निक्र्योल भइनसकेकाले स्वतन्त्र रूपमा मत मागेको उनले बताए ।

नेपाली कांग्रेसमा रहेका कौशल वर्णवाल पनि पार्टीले नदिए स्वतन्त्र उम्मेदवार बन्ने बताई पसल–पसलमा पुगेर मत मागे । उनी पनि कलवारसँगै भेटिएका हुन् । ‘पार्टीले नदिए पनि स्वतन्त्र उठ्न त कसैले रोक्दैन, पार्टीमा आफ्नो कुरा राख्ने हो, नदिए स्वतन्त्र उठ्ने हो,’ उनले भने । तराई–मधेसका अधिकांश युवाहरूलाई पछिल्लो संरचनाअनुसार आएको बजेटबारे कसैले पनि प्रस्ट जानकारी दिएका छैनन् । नेता मिलेर बाँडीचुडी खाने भएको कारण युवाहरूलाई कुनै जानकारी दिन नगरिएको र

विनियोजन भएको बजेटबारे जानकारी पाए मधेसमा चुनावको विरोध हुनै नसक्ने व्यापारीहरूको भनाइ छ । उनीहरूले स्थानीय तहको अधिकारबारे जनताले जानकारी पाउनासाथ चुनाव रोक्न सम्भव नहुने बताए ।

त्यसो त हरेक दलमा नगरपालिकाको मेयरमा को उठ्ने ? भन्ने आन्तरिक चासो निकै बढेको छ । भर्खरै संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय सराबगी वीरगन्ज उपमहानगरपालिकाको मेयरमा चर्चा चुलिएको छ । कांग्रेस–एमालेका नेता–कार्यकर्ता पनि आन्तरिक छलफलसँगै टिकटका लागि दाउपेचमा लागेका छन् ।

आउन नपाउँदै नेपालले बनाउने फास्ट ट्र्याकमा भारतीय राजदूतको अनावश्क चासो

काठमाडौं ।
देश निकाला गर्न माग भइरहँदा बदनाम भएर फर्कीएका रन्जित रे को ठाउँमा आएका नयाँ भारतीय राजदूतले उस्तै शैली देखाउँदै नेपाल आफैंले बनाउने निर्णय गरिसकेको काठमाडौं-निजगढ फास्ट ट्र्याकमा अनावश्यक चासो सहित बोलेका छन् ।

कुटनीतिक मर्यादा नाघ्दै राजनीतिक स्तरमा झरेर हस्तक्षेपकारी अभिव्यक्ती दिने गरेका भारतीय राजदूतहरुको शैलि पछ्याउँदै नेपाल आएको भोलीपल्टै भारतीय राजदूत मञ्जिव सिंह पुरीले आफ्नो पहिलो सार्वजनिक कार्यक्रममा नै फास्ट ट्र्याकमा भारतको चासो कायमै रहेको बताएका छन् ।

नेपालले बनाउने भनिसकेको विषयमा अनावश्यक रुपमा बोल्दै भारतीय राजदूत सिंह पुरीले भने, ‘म जोड दिन चाहन्छु कि रणनीतिकरुपमा महत्वपूर्ण ७७ किलोमिटर लामो काठमाडौं-निजगढ फास्ट ट्र्याक र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्न भारत प्रतिवद्ध छ ।’

नेपालमा भारतीय सहयोग र लगानी घट्दै गइरहेको बेलामा मित्र राष्ट चिनबाट दोब्बर बढी लगानीको प्रतिपद्धता आइसक्दा बचाउ गर्दै भारतीय राजदूत पुरीले नेपालमा भारतको लगानी कम नभएको जिकिर समेत गरे ।

लगानी सम्मेलनमा भारतको प्रतिबद्धता कम आएको सत्यतालाई झुक्याउने प्रयास गर्दै उनले भारतीय लगानी नघटेको झुठो दावी गरे ।

स्मरणीय छ दुई साता अघि मात्र काठमाडौंमा भएको लगानी सम्मेलनमा भारतबाट सबैभन्दा कम लगानी प्रतिबद्धता आएको थियो । तर, चीनबाट भने सबैभन्दा बढि लगानीको प्रतिबद्धता आएको छ ।

एसियन कप फुटबलमा फिलिपिन्सलाई हराउन नेपाली टिम आतुर, खेल मंगलबार साँझ

काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार फिनिपिन्ससँग सन् २०१९ मा हुने एसियन कप छनौट अन्तर्गत प्रतिस्पर्धा गर्दैछ ।

फिलिपिन्सकै घरेलु मैदान मनिलामा प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीले उसलाई जसरी पनि हराउने लक्ष्य र अठोट लिएको छ ।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार भोली साँझ पौने ६ बजेबाट सुरु हुनेछ ।

फिलिपिन्सबिरुद्ध ३५ बर्षदेखि जितबिहीन रहँदै आएको नेपाली टोली पछिल्लो एक बर्षयता राम्रो लयमा देखिएबाट उसलाई हराउन सक्षम देखिएको छ ।  पछिल्ला १४ महिनामा कुनैपनि अन्र्तराष्टिय खेल नहारेको नेपाल उसलाई २५ बर्षदेखीको जितयात्रा टुंग्याएर आफ्नो बिजयी यात्रा थाल्न आतर देखिएको छ ।

नेपालले सन् १९८२ मा फिलिपिन्सलाई १(० ले हराएयता भएका तीन अन्र्तराष्टिय खेलमा पराजित भएको छ ।

पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३(०ले हारेको थियो ।

सोमबार मनिलामा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली कप्तान बिराज महर्जनले बिगतलाई बिर्संदै फिलिपिन्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा सहित जितको विश्वास व्यक्त गरे ।

‘पछिल्लो सफलताले हामी उत्साहित छौं र फिलिपिन्सलाई उसैको भूमिमा हराउन आतूर छौं ।’ कप्तान महर्जनले भने ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको भएपनि आफ्नो टोली सन्तुलित रहेको बताए । ‘आफ्नो क्षमताअनुसार खेले हामीले फिलिपिन्ससँग तीन अंक खोस्न सक्छौं ।’ पत्रकार सम्मेलनमा कोजीले भनेका छन् ।

उता फिलिपिनो टोलीका कप्तान फिलिप जेम्स योङहस्बेन्डले केहि दिनअघि मलेसियासँग भएको मैत्रीपूर्ण खेलको उदाहरण दिँदै त्यस खेलमा देखिएका कमजोरी सुधार्न सके नेपाललाई हराउन कठिन नहुने बताएका छन् ।

फिलिपिन्सका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलीले पछिल्लो समय गरेका प्रदर्शनबारे आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिंदै खेल प्रतिस्पर्धात्मक हुने बताए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web