काठमाडौं ।
बंगलादेशमा जारी ए सी सी ईमजिङ्ग टिम्स् कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

बंगलादेशको कस्स बजारस्थित सेख कमाल अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा पाकिस्तानको २३ वर्ष मुनिको टोलीले टस जित्दै बलिङ्ग रोजे पछि नेपालले पहिले ब्याटिङ्ग गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतीमा १ सय ८० रन बनाएको थियो ।

नेपालका शुरुआती ब्याट्स म्यान शुनिल धमलाले सर्वाधिक ४३ रन बनाएका थिए ।

यसैगरि सरद भेषवाकरले ३८, बिनोद भण्डारीले २४, आरिफ सेखले १८ र दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए ।

बाँकी ब्याट्स म्यानहरुले भने दोहोरो रनको योगफल तयार पार्न सकेन्न् ।

पाकिस्तानका बलर गुलाम मुद्दसारले सर्वाधिक ५ विकेट लिएका थिए ।

प्रतिउत्तरमा पाकिस्तानले ४५.४ ओभरमा ४ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।

नेपालका लागि शन्दिप लामिछाने र कप्तान ज्ञानेन्द्र मल्लले २/२ विकेट लिएका थिए ।

समूह बि मा रहेको नेपालको दोस्रो खेल मंगलबार आयोजक बंगलादेशसँग र तेस्रो खेल बिहिबार हङकङ संग हुने छ ।

समूह बि अन्तर्गत सोमबार नै भएको अर्को खेलमा बंगलादेशको २३ वर्ष मुनिको टोलीले हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

यसैगरि समूह ए को पहिलो खेलमा भारतको २३ वर्ष मुनिको टोलीले श्रीलङ्काको २३ वर्ष मुनिको टोलीलाई ३४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अफ्गानीस्तानले मलेसीयालाई १ सय ५५ रनले पराजित गरेको थियो ।

काठमाडौं ।
एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत बंगलादेशमा जारी पहिलो खेलमा नेपालले पाकिस्तानलाई १ सय ८१ रनको बिजय लक्ष्य दिएको छ ।
नेपाली टिमले दिएको लक्ष्य पछ्याउँदै अहिले पाकिस्तानको यू २३ टोली व्याटिंगमा उत्रिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रन बनाउन सकेको हो ।
सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहाल्दै नेपालको रनरेट बटाएका थिए ।
ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि नेपाली टोलि धर्मराउन पुगेको थियो ।
तर त्यसपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।
त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे भने आरिफ शेखले १८ रनको योगदान दिए ।
नेपाललाइ सस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए ।
खेल अहिले चलिरहेको छ ।

काठमाडौं ।
विवादीत राजदूत रञ्जित रे को ठाउँमा आएका भारतीय नयाँ राजदूत मनजीभ सिंह नेपाल आएकै भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।

ओलीलाई भेट्न राजदूत पुरी सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका हुन् ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले हिजो आइतबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसामू आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

ओली र सिंहबिच नेपाल भारत सम्वन्ध, नेपालको पछिल्लो राजजीतिक घटनाक्रम तथा आसन्न निर्वाचनबारे छलफल भएको बताइएको छ ।

काठमाडौं,चैत १४ । ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । याँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ । कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।

मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् ।

काठमाडौं,चैत १४ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तराईका जिल्लामा विशेष आकर्षण देखा परेको छ । तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बखत त्यहाँका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन् । मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन् । यो खबर आजको राजधानीमा छ ।

– रौतटहबाट ४ सय आवेदन वितरण भएको छ । त्यसमध्ये १ सय ३० जनाले भर्नाका लागि आवेदन दिइसकेका छन् । १ सय ३० मध्ये ७ जना महिला पनि छन् । रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले म्यादी प्रहरीमा जान युवालाई रोक लगाएका छैनन् ।

– बारामा आइतबारसम्म २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन् । बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ । बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार जसमध्ये ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले आवेदन दिएका छन् ।

– पर्सामा दुई दिनमा २ सय ५० युवाले आवेदन दिइसकेको र आवेदन फारम करिब ६ सय जनाले लगिसकेका छन् ।

– धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले दिएको जानकारीअनुसार २ सय ४८ जनाले आवेदन दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका ६ स्थानमा आवेदन लिने व्यवस्था मिलाएको छ ।

– म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिएको दोस्रो दिनसम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् । पश्चिम तराईका कपिलवस्तु, बाँके, नवलपरासी, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारू र मधेसी युवाको आकर्षण देखिएको त्यहाँस्थित जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ । पहाडमा पूर्वसुरक्षाकर्मीहरूले पनि आवेदन दिएका छन् भने तराईमा युवाहरूले बढी आवेदन दिएका छन् ।

कतार ।
नेपाली नयाँ बर्ष २०७४ मा कतारमा रहेका नेपालीहरुको लागि विशेष सांगितिक कार्यक्रम हुने भएको छ ।

नेपाली न्यु इयर नाइट २०७४ को नाममा हुन लागेको सांस्कृतिक कार्यक्रममा नेपालका लोकप्रिय गायक गायिका तथा प्रस्तोताहरु आउने भएका छन् ।

आयोजक समितिका सदस्य नारायण भण्डारीले दिएको जानकारी अनुसार गल्फ होराइजन होटलमा हुने नयाँ बर्ष शुभकामना तथा सांस्कृतीक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रमको लागि गायक बादल प्रसाई, भरत सिटौला, बिजय लामा सहित देविका केसी गुरुगंले आफ्ना लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाउनेछन् ।

सञ्चारकर्मी सुशील नेपाल र विवेक खतिवडाले सञ्चाल गर्ने भएको कार्यक्रमको टिकट विक्रि समेत धमाधम भइरहेको नारायण भण्डारीले जानकारी दिनुभयो ।

विक्रान्त कार्की र विस्णु कार्कीद्धयले आयोजना गर्न लागेको कार्यक्रममा अनिता दाहाल र सपना केसीले आफ्नो नृत्य सहितका प्रस्तुतीहरु पस्कनेछन् ।

साँझ ८ बजेबाट सुरु हुने कार्यक्रमको लागि अग्रिम टिकट बुकिगं गराउन आयोजकले कतारमा रहनुभएका सबै नेपालीमा अनुरोध गरेको छ ।

टोकियो ।
नेपाल भारत सिमा लडाईका क्रममा कञ्चनपुरमा भारतीय फौजको गोली प्रहारबाट शहीद हुनुभएका गोविन्द गौतम परिवारको लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

शहीद गोविन्द गौतम परिवार सहयोग संकलन अभियानले शहिद गोविन्द गौतम परिवारको लागि ७० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको हो ।

टपनेपालन्युजडटकमले १० हजार जापानी येनको कोष खडा गरी थालेको शहीद गोविन्द गौतम परिवार सहयोग संकलन अभियानका क्रममा ७३९७७ येन संकलन भएको र यसलाई नेपाल पठाउँदा ७० हजार ५ सय ५० रुपैयाँ हुन आएको हो ।

देशको माटो रक्षा गर्न ज्यान आहुती दिएका बिर शहीद प्रतिको सम्मान स्वरुप प्राप्त सहयोग रकम आज एक कार्यक्रमका बिच शहीद परिवारलाई आजै जेनिथ रेमिट्यान्स मार्फत नेपाल पठाइएको छ ।

सहयोग रकम जापानका सफल युवा व्यवसायी भुवन अधिकारीको रोहवर तथा सञ्चारकर्मी तथा कलाकार ज्याक खड्काको उपस्थितिमा टपनेपालन्युजडटकमका कार्यकारी सम्पादक गोकर्ण अधिकारीले नेपाल पठाउनुभएको हो ।

टपनेपालन्युजडटकमका कञ्चनपुर प्रतिनिधि पप्पु गुरुगंको नाममा पठाइएको
रकम भोली शहिद गौविन्द गौतमको परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

शहीद परिवारलाई हस्तान्तरण गरिएको सम्पूर्ण विवरण छिट्टै प्रकाशित गरिने भएको छ ।

सो
अवसरमा शहीद गोविन्द गौतम परिवार सहयोग अभियान, जापानले शहीद परिवारको
लागि सहयोग तथा हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै
देशप्रति परदेशमा रहेर गरेको योगदान र भूमिकाको लागि आभार व्यक्त गरेको छ ।

यस्तो छ प्राप्त सहयोग रकमको पूर्ण विवरण
दिलु खत्री १००००
ज्याक खड्का १००००
टपनेपालन्युजडटकम १००००

यसैगरि
भुवन अधिकारी ५५५५
शिव तण्डुकार ५०००
मधु पाठक ५०००
तुलसा रेग्मी ५०००

अन्य थप सहयोग गर्नुहुनेहरुमा
गोविन्द खड्का २१११
नरेन्द्र बस्नेत दिनेश २१००
नविन न्युरे २०००
ध्रुव पराजुली २०००
भिम गुरुगं २०००
सुजन शेरचन २०००
गोकुल उपाध्याय २०००

थप सहयोग गर्नुहुनेहरुमा
नारायण भण्डारी निश्चन ११११
खगराज कँडेल ११००
चसिला वाईबा तामाङ १०००
के खत्री १००० स्पष्ट नाम खुल्न नसकेकोमा क्षमा चाहन्छौं
रुपक अधिकारी १०००
दिनेश लामा १०००
सिताराम पराजुली १०००
सँगम कँडेल १०००
दिलिप ब. बुढाथोकी १०००

जम्मा ७३९७७

जापानमा शहीद गोविन्द गौतम परिवार सहयोगार्थ ५० हजार संकलन, थप सहयोग जुट्दै

देशको लागि शहिद भएका गोविन्द गौतम परिवार सहयोगार्थ जापानमा रकम संकलन

पप्पु गुरुङ्, १३ चैत्र, महाकाली । ट्याक्टर सहित ९ कुन्टिल क्विन्टल चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ् । महाकाली नगरपालिका वडा नं. १० स्थित सिमा क्षेत्र नजिक सशस्त्र प्रहरीको एक टोलीले गएराती नेपाली नम्वर प्लेटको ट्याक्टरमा भारतबाट सुक्रवार मध्यराती १ बजे ल्याउदै गरेको अबैध ९ कुन्टिल क्विन्टल चिनी बरामद गरेको सशस्त्र प्रहरी बोडर आउट पोष्ट, महाकालीले जनाएको छ् । सुक्रवार १ बजे दश गजा क्षेत्रबाट सशस्त्र प्रहरीले गोप्य सुचनाको आधारामा पिछा गदै आएको थिए । से १ त ९०२३ नम्वर ट्याक्टर सहित ट्रालीमा सिमा पारीबाट ल्याउदै गरेको ९ क्विन्टल चिनी बरामद गरेको सशस्त्र प्रहरी सिमा सुुरक्षा बल बोडर आउट पोष्ट, महाकालीका प्रहरी निरिक्षक फणेन्द्र शाहीले जानकारी दिनुभएको छ् । तस्करहरुले सशस्त्र प्रहरीको टोलीलाई देखेपछि फरार भएका थिए । सशस्त्र प्रहरी सहायक निरिक्षक डम्मर सिंह कार्कीको कामण्डमा गएको गस्ती टोलीले ट्याक्टर, ट्रली सहित ९ कुन्टिल क्विन्टल चिनी बरामद गरेको प्रहरी निरिक्षक शाहीले बताए । बरमद गरेको समान भन्सार कार्यालय गड्डा चौककी पठाईएको छ् । करिब १५ लाख भन्दा बढीको समान सशस्त्रले बरामद गरेको आंकलन गरिएको छ् ।

काठमाडौं, चैत १३ । नेपाल विद्युत् प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ खर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७३/०७४ को पहिलो ६ महिनामै विद्युत् प्राधिकरणको आम्दानी यसरी बढेको हो ।

अघिल्लो वर्ष पुससम्मको आम्दानी १६ अर्ब १३ करोड १३ लाख रुपैयाँ रहेकोमा यस वर्षको पुसमा बढेर २२ अर्ब १५ करोड ८५ लाख रुपैयाँ पुगेको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।

प्राधिकरणले गत वर्ष ३२ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले यसवर्ष विद्युत् महशुलमा भएको वृद्धिका कारण आम्दानी बढेको जानकारी दिए ।

“घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानका लागि हामीले चुहावट नियन्त्रणलगायतका अभियान सञ्चलन गरेकाले पनि आम्दानी बढेको हो,” अधिकारीले भने । कुल ग्राहकमध्ये ८० प्रतिशतभन्दा बढी घरेलु ग्राहक रहेको प्राधिकरणमा यो वर्गबाट गत वर्षको पुससम्ममा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस वर्ष भने पुससम्मको आम्दानी ९ अर्ब ८९ करोड रुपैयाँ पुगिसकेको छ । उद्योगधन्दाका ग्राहकबाट ४ अर्ब ७५ करोड रुपैयाँ आम्दानी हुने गरेकोमा बढेर यसवर्ष ७ अर्ब ५४ करोड पुगेको छ ।

व्यापारिक, गैरव्यापारिक, सडक, सिँचाइ, खानेपानी, यातायातलगायतका ग्राहकबाट समेत आम्दानी बढेको प्राधिकरणले जनाएको छ । प्रवक्ता अधिकारीले ग्राहक तथा वितरण निर्देशनालयमा रहेको चुहावट तीन प्रतिशत घटाउन सफल हुँदा यसबाट मात्र झण्डै डेढ अर्ब रुपैयाँ बराबर थप आम्दानी भएको जानकारी दिए ।

गतवर्ष ११ अर्ब रुपैयाँ घाटा बेहोरेको प्राधिकरणको हालसममको घाटा ३७ अर्ब रुपैयाँ पुगिसकेको छ । गत भदौमा भएको विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा ऊर्जामन्त्री जनार्दन शर्माले घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए ।

गत साउनदेखि लागू हुने गरी विद्युत् महशुल निर्धारण आयोगले करिब २० प्रतिशत मूल्य बढाउन सहमति दिएपछि यसरी आम्दानी बढेको हो । विद्युत् महशुल वृद्धिपछि करिब १८ प्रतिशत आम्दानी बढ्ने अनुमान प्राधिकरणको भए पनि अहिले भने करिब १३ प्रतिशत मात्र बढेको हो ।

घाटामा गएको प्राधिकरणलाई नाफामा लैजान भन्दै प्राधिकरणले फेरि विद्युत् महशुल वृद्धिको प्रस्ताव गरिसकेको छ । गत माघमै विद्युत् प्राधिकरणले महशुल निर्धारण आयोगमा सर्वसाधारणवाहेक औद्योगिक ग्राहकलाई २० प्रतिशत र ठूला सामुदायिक विद्युतीकरणलाई महशुल वृद्धिको प्रस्ताव गरे पनि यसबारे हालसम्म निर्णय हुन सकेको छैन ।

विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समयमा भारतको उपस्थिती ४८ प्रतिशत पुगेको तथा ढल्केबर मुज्जफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाहेकका नाकाबाट ल्याएको बिजुलीको भाउ महँगो भएको छ ।

जुरे पहिरो र भूकम्पको कारणले डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको भोटेकोसी जलविद्युत् सञ्चालन नहुँदा विद्युत् प्राधिकरणले केही राहत महसुस गरे पनि हालै निर्माण सम्पन्न भएको र डलरमा पीपीए गरिएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको कारणलाई बढी तिर्नुपर्ने अवस्था छ । सो आयोजनासँग प्रतियुनिट ७.५० रुपैयाँ बराबरको सम्झौता भएको छ आजको कारोबार दैनिकमा समाचार छ ।

काठमाडौं, चैत १३। मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ। यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा। निकुञ्जबाट निस्केर हात्ती बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन्, अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन्।

आठ महिनादेखि लगातार रुपमा मात्तिएका हात्तीको झुण्ड बस्तीमा पसेर धनजनको क्षति पुर्याउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। यस अवधिमा हात्तीले कुनै पनि दिन बस्ती छाडेको छैन।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले भने– ‘एउटा बस्तीबाट भगायो अर्को बस्तीमा छिर्छन्, अर्को बस्तीबाट धपायो फेरि पहिलेको बस्तीमा पस्छन्। जाँड रक्सीका भाँडा खोजेर घरभित्र पस्छन्। अनि मात्तिएर हानि नोक्सानी पुर्याउँ छन्। यस अवधिमा बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भइसकेको छ।’

निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएका हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ। उहाँले भन्नुभयो– “पहिले पहिले मानिसले आगोले तर्साउँदा, सिट्ठी बजाउँदा पनि हात्ती भाग्थे तर आजभोलि ट्याक्टरले तर्साउँदासमेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ। अब त डोजरले धपाउँदासमेत नमान्ने भइसक्यो। ”

मध्यवर्ती क्षेत्रका अध्यक्ष आचार्यले अनुसार गाउँघरमा भएका ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि पछिल्लो पटक जाँड, रक्सी खाएर मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने गरेको बताए।

उनले भने– “खाद्यान्न त सधैँ खाने गथ्र्यो हात्तीले। यस पटकबाट रक्सीको भाँडो खोजीखोजी खाने गरेको छ। मात्तिएको हात्तीको अगाडि कसको के लाग्यो ? भेटेको जति मान्छे मार्छ, कच्ची घर मात्र होइन अहिले पक्की घर पनि भत्काउन थालेको छ। ”

मध्यवर्ती क्षेत्रमा हात्तीले घरभित्र गएर जाँड रक्सी खाई उदण्ड मच्चाउन थालेपछि स्थानीय बासिन्दाले जाँड रक्सी बनाउन प्रतिबन्ध लगाउनु पर्ने मागसमेत राखेका छन्। मध्यवर्ती क्षेत्र कर्मलाका धनीराम चौधरीले भने– “अब घर घरमा जाँड रक्सी बनाउन पनि छोड्नुपर्यो। जाँड रक्सी खान पल्केका हात्ती बस्ती नछाड्ने भएपछि गाउँमा जाँड, रक्सी बनाउन बन्द गर्नुपर्छ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

काठमाडौं,चैत १३ । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको कांग्रेसले चुनावी रणनीति तय गर्न आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। घोषणापत्र तयारी र निर्वाचनमा पार्टी संयन्त्र परिचालनसम्बन्धी ‘मेकानिजम’ बनाउनेबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए। ‘स्थानीय तह निर्वाचनमा पार्टीको घोषणापत्र निर्माण र पार्टी संयन्त्र कसरी परिचालन गर्ने भन्ने ‘मेकानिजम’ बनाउनेबारे बैठकमा छलफल हुन्छ,’ केन्द्रीय सदस्य साउदले नयाँ पत्रिकाससँग भने। बैठकमा पार्टी संरचनालाई स्थानीय तहको पछिल्लो परिवर्तित संरचनाअनुसार कसरी समायोजन गर्नेभन्नेबारे पनि छलफल हुने उनले बताए।

स्थानीय निकाय परिवर्तन भएर नयाँ संरचना बनेको भए पनि कांग्रेसले पार्टी संरचनालाई त्यसअनुरूप ढालिसकेको छैन। ‘स्थानीय निकायबाट तह बन्दा पार्टीको संरचनामा पर्न गएको असरलाई ध्यानमा राखी कसरी समायोजन गर्ने भन्ने विषयमा बैठकले मापदण्ड निर्माण गर्नेछ,’ साउदले भने। कांग्रेसले यसअघि ७५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे बुझेको थियो। सबै केन्द्रीय प्रतिनिधिले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाइसकेका छन्। ती प्रतिवेदनको सार बैठकमा पेस गर्ने र त्यसअनुसार चुनावी रणनीति तय गर्ने तयारीमा कांग्रेस छ।

केन्द्रीय प्रतिनिधिहरूले पार्टीको गुट–उपगुट मिलाएर एकीकृत रूपमा स्थानीय निर्वाचनमा होमिए मुलुकभर नै कांग्रेसको अवस्था सुदृढ रहेको प्रतिवेदन केन्द्रलाई बुझाएका छन्। ‘ग्राउन्ड रियालिटी’ बुझेर निर्वाचन जित्ने सम्भावना भएका नेतालाई टिकट दिए अधिकांश स्थानमा कांग्रेस बलियो रहेको प्रतिवेदनमा उल्लेख रहेको केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो। ‘निर्वाचनमा ‘ग्राउन्ड रियालिटी’ बुझेर बलियो नेतालाई टिकट दिन पार्टी नेतृत्वले तयारी गरिरहेको छ,’ सदस्य साउदले भने, ‘बैठकमा त्यसैअनुरूप छलफल हुन्छ।’

त्यस्तै, पार्टीका संरचना संघीय ढाँचामा निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन्। पार्टीको प्रदेश समिति कसरी निर्माण गर्ने भन्ने मापदण्ड बनाउने प्रस्ताव बैठकमा पेस गर्ने तयारी देउवाले गरिरहेको उनीनिकट स्रोतले बतायो। उम्मेदवार छनोटको गृहकार्य गर्दै एमाले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार छनोटको मापदण्ड र कार्यविधि बनाएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीको तर्फबाट छनोट गरिने उम्मेदवारका लागि उसले सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ। सोमबारसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोटको काम सुरु गर्न देशभर सर्कुलर पठाइने महासचि ईश्वर पोखरेलले जानकारी दिए। चैतको तेस्रो सातादेखि अन्तिम सातासम्म देशैभर उम्मेदवार छनोट सक्ने गरी एमालेले स्थायी समितिबाट मापदण्ड र कार्यविधि बनाएको छ। एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटी तथा जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। स्थायी समितिले उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयर भने पार्टी केन्द्रीय कमिटीले छान्ने निर्णय गरेको छ। ‘जिल्ला कमिटीको सिफारिस र प्रदेशसमेतको राय लिएर केन्द्रीय कमिटीको निर्णयमा महानगर र उपमहानगरको मेयर र उपमेयर छानिने छन्,’ सचिव तथा संगठन विभागका प्रमुख गुरुङले नयाँ पत्रिकासँग भने। माओवादी केन्द्रको धमाधम बैठक माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको छ। उम्मेदवार छनोटदेखि चुनावी घोषणापत्र तयार पार्नेसम्मका आन्तरिक तयारी माओवादीले अन्तिम तहमा पुर्याएको छ। ‘युद्धस्तरमा चुनावी तयारीमा सिंगो पार्टी होमिएको छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्।

माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी कमिटीहरू गठन गर्न वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरका सम्मेलन गर्दै चुनावी तयारी तीव्र बनाएको प्रवक्ता भुसालले बताइन्। माओवादी नेताद्वय देव गुरुङ र वर्षमान पुनले स्थानीय तह चुनावका लागि पार्टीका तर्फबाट चुनावी प्रतिबद्धतापत्र केन्द्रीय तहमा तयार पारेका छन्। केन्द्रीय कार्यालयले उक्त प्रतिबद्धतापत्रलाई पारित गरेर सुझाबका लागि सातवटै प्रदेशमा आन्तरिक रूपमा सर्कुलर गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले जानकारी दिए। ‘केन्द्रीय तहमा चुनावका लागि प्रतिबद्धतापत्र तयार भइसकेको छ, स्थानीयस्तरमा त्यहाँका सापेक्षतामा थप केही बुँदा राखेर पनि तयार पार्न सकिने बनाइएको छ,’ बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘आन्तरिक रूपमा पठाइएको प्रतिबद्धतापत्रमा आन्तरिक सुझाब आएपछि केही सुधार गरी एक–दुई दिनभित्रै अन्तिम फाइनल गरेर सार्वजनिक गर्छौँ ।’

माओवादी केन्द्रले घोषणापत्रमा स्थानीय तहको गठनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै जनतालाई अधिकार सम्पन्न गर्ने र स्थानीय तहमै जनतालाई आफ्नो सत्ता आफैँले हस्तान्तरण गर्ने कामलाई उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेको छ। माओवादीले केन्द्रमा केन्द्रीय निर्वाचन परिचालन समिति र जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका तहसम्म स्थानीय निर्वाचन परिचालन समिति बनाइसकेको छ। गत २३ फागुनमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले केन्द्रमा नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, विश्वनाथ साह, हितमान शाक्य, शक्ति बस्नेत, लेखराज भट्ट र विश्वभक्त दुलाललगायतका नेताहरू सदस्य छन्। उक्त समितिले निर्वाचन कार्यविधि, निर्देशिका, चुनावी प्रतिबद्धतापत्रको मस्यौदा तयार पारेर केन्द्रीय कार्यालयमा पेस गरेको थियो। त्यसलाई केन्द्रीय कार्यालयले पारित गरेर आन्तरिक रूपमा तल्ला निकायमा पठाइसकिएको मुख्यसचिव बुढाथोकीले बताए। नयाँपत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं,चैत १३ । नेपालले एक वर्षपछि हुने संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद् (यूडीएचआर) को सदस्यताका लागि अन्तर्राष्ट्रिय लबिङ सुरु गरेको छ । सन् २०१८ मा हुने परिषद्को निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको नेपालले विदेशस्थित नेपाली दूतावासहरुमार्फत सहगोगका लागि लबिङ थालेको हो । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुधिर भट्टराईका अनुसार आगामी अक्टोबरमा हुने परिषद्को निर्वाचनका लागि समर्थन जुटाउन विदेशस्थित सबै नियोगहरुलाई पहल थाल्न निर्देशन दिइएको छ । यसक्रममा शुक्रवार दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले तान्जानिया पुगेर नेपालको उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले तान्जानियाका विदेशमन्त्री अगुस्टाई महिगासँग भएको शिष्टाचार भेटको क्रममा नेपालको उममेदवारीलाई सहयोग गर्न आग्रह गरेको प्रिटोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।दूतावासका अनुसार राष्ट्रपति जोन पोम्बे मगुफुलीसमक्ष प्रमाणपत्र बुझाउन पुगेका राजदूत राईले विदेशमन्त्रीसँगको भेटमा सो आग्रह गर्नु गरेका हुन् । नेपालले करिब एक महिनाअघि मात्र परिषद् सदस्यका लागि उम्मेदवारी घोषणा गरको थियो ।