प्रधानमन्त्री कार्यालयबाटै संविधान उल्लंघन

काठमाडौं,चैत १३ । विगत १६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन संसदमा पेस भएको छैन । प्रत्येक वर्ष आयोगको वाषिर्क प्रतिवेदन सरकारले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । मानव अधिकार आयोग संवैधानिक अंग भएकाले उसले आफ्नो वार्षिक  प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने र सो प्रतिवेदन प्रधानमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तर, आयोग स्थापनादेखि नै संसदमा प्रतिवेदन पेस हुन सकेको छैन । २०६४ सालदेखि संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले आयोगको प्रतिवेदन संसदमा पेस गर्न माग गर्दै आएको छ । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

यिनै हुन नयाँ भारतीय राजदूत, रे गए सिंह आए

काठमाडौं ।
संविधान जारी हुन नदिइ रोक्ने देखी तराई केन्द्रित नेताहरुलाई उचालेर तराईमा हिंसा भड्काउने र नेपालमा अशान्ति सिर्जना गर्दै राजनीतिक स्थायित्व हुन नदिएका भारतीय राजदूत रञ्जित रे को ठाउँमा भारतले नयाँ राजदूत नेपाल पठाएको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् ।

शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहलाई भारतीय दूतावासका कर्मचारी लिन गएका थिए ।

सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जनाएको छ ।

सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने छन् ।

निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।

अब अमेरिका जाँदा मोबाइल समेत लैजान नपाउने, कार्यान्वयन सुरु

एजेन्सी ।
विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने नियम पूर्णरुपमा कार्यान्वयन सुरु भएको छ ।

नेपाली समय अनुशार शनिवार दिउसो पौने १ बजेदेखि अर्थात् इस्टर्न समय अनुशार शनिवार विहान ३ बजेदेखि नियम पूर्णरुपमा कार्यान्वयन हुन थालेको छ । आतंककारी आक्रमणको खतरा रहेको भन्दै त्यस्तो प्रतिबन्ध लगाइएको हो ।

विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने भएपछि अमेरिका जाने नेपालीहरु पनि प्रभावित भएका छन् । ८ वटा मुस्लिम बाहुल्य देशबाट वा ती देशहरु हुँदै अमेरिकामा जाँदा अबदेखि ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु बोकेर जान नपाइने भएको छ ।

यात्रुहरुले अब ल्यापटप वा ट्ब्यालेट विना नै अमेरिकाको यात्रा गर्नुपर्ने भएको छ । त्यस्ता सामाग्रीहरु चेक इन गरिएका लगेजहरुमा मात्र लैजान पाइने भएपछि यात्रुहरु विमानभित्र ल्यापटप वा ट्याबलेट जस्ता सामाग्रीहरु प्रयोग गर्नबाट बञ्चित भएका छन् । यसअघि यात्रुहरुले विमानमा लामो यात्राका क्रममा ल्यापटप र ट्याबलेट प्रयोग गरेर काम गर्न वा मनोरञ्जन प्राप्त गर्नसक्ने सुविधा रहेको थियो । नयाँ नियम अनुशार यात्रुहरुले स्मार्टफोनभन्दा ठूलो उपरकण चेक इन गरेका लगेजमामात्र राख्न पाइने भएको छ ।

कतारमा रहेको हमाद इन्टरनेशनल एयरपोर्ट, युएईमा रहेका दुबई इन्टरनेशनल एयरपोर्ट, अबुधावी इन्टरनेशनल एयरपोर्ट, टर्कीको इस्तानबुल एयरपोर्ट, जोर्डनको क्वीन एलिया इन्टरनेशनल एयरपोर्ट, एजिप्टको कायरो इन्टरनेशन एयरपोर्ट, साउदी अरेवियाका किंग अब्दुल्लाजिज इन्टरनेशनल एयरपोर्ट, किंग खालिद इन्टरनेशनल एयरपोर्ट, कुवेतको कुवेत इन्टरनेशनल एयरपोर्ट र मोरक्कोमारहेको मोहमम्द इन्टरनेशनल एयरपोर्टबाट यात्रा गर्ने यात्रुहरुले ह्याण्ड क्यारीमा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु बोकेर लैजान पाउने छैनन् ।

नेपालीहरु ठूलो संख्यामा कतारमा रहेको हमाद इन्टरनेशनल एयरपोर्ट, युएईमा रहेका दुबई इन्टरनेशनल एयरपोर्ट, अबुधावी इन्टरनेशनल एयरपोर्ट र टर्कीको इस्तानबुल एयरपोर्ट हुँदै यात्रा गर्ने भएकाले उनीहरु प्रभावित भएका हुन् । अमेरिकाको विद्युतीय प्रतिबन्धबाट इमिरेट्स, इतिहाट एयरवेज, कतार एयरवेज, कुवेत एयरवेज, रोयल जोर्डनियन, साउदी अरेबियन एयरलाइन्स, इजिप्ट एयर, टर्किस एयरलाइन्स र रोयल एयर मरोक प्रभावित भएका छन् । नेपालीहरु अमेरिका जाँदा प्रायजसो इमिरेट्स, इतिहाट एयरवेज, कतार एयरवेज र टर्किस एयरवेजमार्फत यात्रा गर्दै आएका छन् ।

एयरलाइन्सहरुलाई अमेरिकाको यो नयाँ नीति कार्यान्वयनका लागि ९६ घण्टा प्रदान गरिएको छ । अमेरिकाको पूर्वीय समय अनुशार मंगलबार विहान ३ बजेदेखि ९६ घण्टाको घडी सुरु भएको छ भने त्यो शनिबार विहान ३ बजे सकिएको छ । अर्थात् अमेरिकाको पूर्वीय समय अनुशार शनिबार विहान ३ बजेदेखि स्मार्टफोन भन्दा ठूला विद्युतीय उपकरण बोक्नमा पूर्णरुपमा प्रतिबन्ध लागेको हो । केही एयरलाइन्सले भने मंगलबार पछि नै नयाँ नीति कार्यान्वयन गर्न थालिसकेका छन् ।

ल्यापटप, ट्याबलेट, इ रिडर, क्यामेरा, डिभीडी प्लेयर, विद्युतीय खेल सामाग्रीहरु, प्रिन्टर र स्क्यानर लगायतका सामाग्री यात्रुले आफै बोक्न नपाइने टीएसएले जनाएको छ ।
खसोखास अनलाइनबाट साभार

भारतसँगको खुला सीमा हटाई व्यवस्थित र वैधानिक सिमाना

पुनर्वास घटनाबारे स्थलगत अध्ययनका लागि आएका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सांसद्समक्ष कञ्चनपुरका राजनीतिक दलले भारतसँगको खुला सीमा हटाई व्यवस्थित र वैधानिक सिमाना मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।

उनीहरूले पटक–पटक सीमाक्षेत्रमा हुने साना घटनालाई बेवास्ता गरेकैले पुनर्वास क्षेत्रमा नेपालीले ज्यान गुमाउनुपरेको बताए ।

‘पुनर्वास घटनामा कोही जिम्मेवार नभएकाले गोविन्द गौतमले ज्यान गुमाउनुपरेको हो,’ बिहीबार महेन्द्रनगरमा संसदीय टोलीलाई घटनाबारे जानकारी गराउँदै एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले भने, ‘सीमामा देखापरेको विवादपछि सुरक्षा तथा प्रशासनिक निकायले उच्च सतर्कता अपनाउन नसक्दा यस्तो भयो ।’

उनले उक्त घटनाबाट पाठ सिक्दै नेपाल र भारतको उच्चस्तरीय सीमाटोलीले तत्काल सीमा निर्धारण गर्नुपर्ने र सीमाक्षेत्रमा सुरक्षा पोस्ट राख्नुपर्ने बताए ।

कांग्रेस कञ्चनपुरका सभापति हरि बोहराले तत्काल सीमांकन गर्नु नै समस्याको दीर्घकालीन समाधान भएको बताए। उनले सीमामा वैध नाका मात्र प्रयोग गर्न सुझाए। सीमा क्षेत्रमा भारतले एसएसबी तैनाथ गरेझैं नेपालले पनि सशस्त्र प्रहरी पोस्ट राख्नुपर्ने उनले बताए ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले भने, ‘पटकपटक भारतीय सुरक्षाकर्मी हात हतियारसहित नेपाल प्रवेश गर्दा पनि उनीहरूलाई ससम्मान फिर्ता पठाउने सरकारी रवैयाकै कारण भारतको हेपाहा प्रवृत्ति बढेको हो।’ उनले घाइते टीकाराम चापागाईंलाई जिउँदो सहिद घोषणा गर्न माग गरे ।

राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले भने, ‘खुला सीमा व्यवस्थित गर्नैपर्छ। एसएसबी तैनाथ भएकै ठाउँमा हाम्रो प्रहरीको पोस्ट पनि हुनुपर्छ।’ प्रशासन र सुरक्षा निकाय सतर्क नहुँदा पुनर्वास घटना भएको माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर थापाले बताए। यसपटकको विवादको प्रमुख जड आनन्दबजार नजिक सीमाक्षेत्रको नेपाली भूभागमा कल्भर्ट निर्माण नै रहेको उनले बताए ।

कार्यक्रममा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूले घटनाबारे संसदीय टोलीलाई जानकारी गराएका थिए।

टोलीमा संयोजक धनबहादुर रायमाझी, कमलाकुमारी घिमिरे, प्यारेलाल राना र राममाया बोगटीसमेत ४ सांसद थिए। टोलीले सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित उपसमितिलाई प्रतिवेदन बुझाउनेछ ।
graternepal.blogpost.com

सडक दुर्घटनामा मृत्यु भएकी एमाले सांसद दुलारीको अन्त्येष्टि गरिँदै

काठमाडौैं ।
सडक दुर्घटनामा परि एमाले सांसद दुलारी देवीको निधन भएको छ ।

उनको बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।

चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

सामान किन्न भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो ।

उनीसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन साहको घटनास्थलमै मृत्यु भएको थियो ।

एमालेको तर्फबाट उनी सर्लाहीबाट समानुपातिक सांसद थिइन् ।
दुलारीदेवीको आज पशुपती आर्यघाटमा दाहसंस्कार गरिंदैछ ।

स्वर्गद्धारी दर्शनार्थी चढेको जीव दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु

प्युठान ।
प्युठानमा जीप दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ ।

प्युठानको भिङ्ग्री भएको दुर्घटनामा परि अन्य तीन जना गम्भिर घाइते भएका छन् ।

घाइतेमध्ये दुई महिला र एकजना पुरुष रहेको बताइएको छ ।

स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट गएको बा ८ च १५६१ नम्बरको जीप आज बिहान पौने ८ बजे सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते छन् ।

घाइते चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । एक महिलालाई त्यहाँबाट बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा ९ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तीन किलोमिटरको दूरीमा पर्छ ।

थ्री गर्जेज पश्चिम सेतीमा १५० मेगावाट घटाउँदै, पाँचवर्षपछि बल्ल काम थाल्यो

काठमाडौं ।
पश्चिम सेतीको जिम्मा लिएर काम नगरि आलटाल गर्दै आएको चिनियाँ कम्पनी थ्री गर्जेजले सरकारले चेतावनी सहितको पत्र लेखेपछि काम थालेको छ ।

नेपाल आएको थ्री गर्जेजको टोलीले पछिल्लो समयमा पश्चिम सेतीमा पानीको बहावको पुनः अध्ययन गर्न थालेको छ ।
यसअघि नै अध्ययन गरिसकेको पानीको बहाव पुन चेक गर्दै उसले काम थालेको हो ।

पश्चिम सेतीमा नेपाल विद्युत प्राधिकरणसँग गर्नुपर्ने ज्वाइन्ट भेञ्चरका बारेमा स्विकृति मागेको उसले पुसको अन्त्यतिर नेपाल बिद्युत प्राधिकरणसँग ज्वाइन्ट भेन्चर एग्रीमेन्ट 'जेभिए ' को प्रारम्भिक सम्झौता गरेको थियो ।

पुस महिनामै चिन गएपछि बेखवर बनेको थ्री गर्जेजले सरकारको पत्रको जवाफ नदिएपछि पछिल्लो पटक अल्टिमेटम सहितको पत्र लेख्ने तयारी गरिरहँदा काम थालेको हो ।

सम्झौता भएको तीन दिनभित्रै नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले जेभिए अनुमोदन गरेको भए पनि चिनियाँ कम्पनी थ्री गर्जेजको बोर्डले अहिलेसम्म यसको अनुमोदन गरेको छैन । बरु अहिले ज्वाइन्ट भेञ्चरका बारेमा ‘क्ल्यारिफिकेसन’ मागेको छ ।

यसअघि ७ सय ५० मेगावाट विद्यतु निकाल्न सकिने निश्कर्ष निकालिसकेको थ्री गर्जेजले अहिले आफ्नै निश्कर्ष विपरित पश्चिम सेतीमा ६ सय मेगावाट मात्रै जलविद्युत आयोजना बनाउन सकिने बताउन थालेको छ ।

अहिले थ्री गर्जेजले जल तथा मौसम विज्ञान विभागसँग सन् २०११ पछिको बर्षात् तथा मौसमसम्बन्धी जानकारी मागिरहेको छ । सन् २०११ अघिको सबै तथ्यांक सार्वजनिक भए पनि त्यसपछिका तथ्यांकहरु सार्वजनिक नभएका कारण थ्री गर्जेजले विभागसँग उक्त तथ्यांकको माग गरेको बताइएको छ ।

चिनियाँ कम्पनी थ्री गर्जेजले ले लाइसेन्स होल्ड गरेको ५ वर्ष पुगिसकेपनि आयोजनाको मूख्य काम सुरुवात समेत गरेको छैन ।

सन् २०१२ को फेब्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो । तर, विद्युत प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकमको टुङ्गो नलागेसँगै यसको निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएका थियो ।

थ्री गर्जेजको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । टोलीले आयोजनाले प्रभावित गर्ने सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, र डडेलधुराको भूभागमा रहेर प्राविधिक तथा भौगर्भिक लगायतका विषयमा अध्ययन गरेको हो । भूकम्पपछि नै नेपाल आएर थ्री गर्जेजको टोलीले यसको भौगर्भिक अध्ययन सुरु गरेको थियो ।

२१ वर्षदेखि बनाउन चाहेर पनि नेपाल सरकारले यो जलविद्युत परियोजना अघि बढाउन सकेको छैन । यसको कुल लागत १ खर्ब ५० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतीसँग चिनियाँ रक्षामन्त्रीको भेटवार्ता

काठमाडौं ।
नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ्ग वानक्वानले आज प्रधानमन्त्री सहित रक्षामन्त्री र नेपाली सेनाका प्रधानसेनापतीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनिया रक्षामन्त्रीबिच द्विपक्षीय सम्बन्ध, नेपाली सेना र चिनियाँ सेनाबीचको सम्बन्ध सुदृढीकरण लागि आर्थिक सहयोग, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार ऋषिराज अधिकारीले जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको र चीनविरोधी तिब्बत र ताइवान गतिविधिको नेपालले सँधै विरोध गर्ने बताए ।

प्रधानमन्त्रीले चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको र नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताए ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्रीले रक्षामन्त्री चाङको नेपाल भ्रमणको पूर्ण सफलताको कामना गरेका थिए ।

भेटमा चिनका रक्षामन्त्री जनरल चाङ्ग वानक्वानले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको दृढ समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागि हुने इच्छाप्रति धन्यवाद व्यक्त गरेका थिए ।

रक्षामन्त्री जनरल चाङ्गले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्ध प्रति आभार व्यक्त गरेका थिए ।

रक्षामन्त्री खाँण र चिनियाँ रक्षामन्त्री भेट

आजै रक्षामन्त्री बालकृष्ण खाँण र चीनका रक्षामन्त्री जनरल चाङ्ग वानक्वानबीच भेटवार्ता भएको छ ।

सिंहदरवार स्थित रक्षा मनत्रालयमा भएको भेटमा नेपाली सेनालाई विपत व्यवस्थापन , विकास निर्माणका लागि आवश्यक पर्ने हेवी इक्पिमेन्ट, नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि आवश्यक सैन्य सामग्री, सैन्य अभ्यास लगायतका विषयमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको रक्षामन्त्री खाँडले जानकारी दिए ।

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौ आएका हुन् ।

नेपालमा १६ वर्षपछि चिनियाँ रक्षा मन्त्रीको भ्रमण भएको हो ।

यसैगरि आज चिनियाँ रक्षामन्त्रीले नारायणहिटीस्थित नेपाली सेनाको श्री उपत्यका पृतना हेडक्वाटरको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा चीनीयाँ रक्षामन्त्रीद्वारा विनासकारी भुकम्पको दौरान नेपाली सेनासँग सहकार्य गर्दै सहयोग गरेको कुरा स्मरण गर्दै सांस्कृतिक सम्पदा जगेर्नामा नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री चीन उडे

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा आज राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाल चैत्र १२ गते शनिबार राजधानी बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएपनि कुनैपनि महत्वपूर्ण विषयमा वार्ता तथा सहमती नगर्ने भएपछि उनको भ्रमण उपलब्धिहिन हुने देखिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा चीन भ्रमणका सन्दर्भमा चीन उड्ने दिन पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको र यस क्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताए ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मूलतः सद्भावना भ्रमण भएको जानकारी दिँदै यस क्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध विषयमा छलफल हुने जानकारी दिए ।

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद समेत दिएका थिए ।

उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा. रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले आफ्ना महत्वपूर्ण सुझाव दिएका थिए ।

अत्याधुनिक बस सेवा सुरु, भित्रै शौचालय र चमेनागृह (भाडादरसहित)

डडेल्धुरा, चैत १०- उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा—काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ ।

करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठमाडौँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए ।

आज एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा दुई हजार तोकिएको छ । डडेल्धुराबाट काठमाडौँ तथा कामठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक/एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ ।

सत्ता घटक, प्रतिपक्षी र तराई केन्द्रित दलको वार्ता, नेताहरु भन्छन्-‘हार्दिकतामा छलफल भयो’

काठमाडौं ।
लामो समयको अन्तरालपछि आज पहिलो पटक सत्तारुढ, प्रमुख प्रतिपक्षी दल तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको संयुक्त वैठकमा हार्दिकता र सौहार्दपूर्ण कुराकानी भएको छलफलमा सहभागी नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।

खासगरी नजिकिएको स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र त्यसमा सबै पक्षलाई सहभागी गराउने विषयमा सकारात्मक छलफल भएको थियो ।

वैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पहिलो पटक सत्तापक्ष, प्रतिपक्षीसहित मोर्चासँग एकै ठाउँमा बसेर हार्दिकतापूर्वक छलफल भएको बताउनुभयो ।

यो छलफललाई निरन्तरर्ता दिई निस्कर्षमा पुर्याउने समझदारी भएको र प्रधानमन्त्रीको चीन भ्रमणपछि थप छलफल गरि निचोड निकाल्ने समझदारी भएको उहाँले उल्लेख गर्नुभयो ।

“हामी के निष्कर्षमा पुगेका छौ भने यो छलफललाई निष्कर्षमा पुर्याउन निरन्तर वैठक गर्ने, आज प्रधानमन्त्रीको चीन भ्रमण भएकाले सकेसम्म त्यसअघिनै टुङ्गोमा पुग्ने भनिएको थियो तर सकिएन अब सकारात्मक ढङ्गले अघि बढ्छौ,”–नेता नेम्वाङले भन्नुभयो ।

बैशाख १५ देखि सबै टेलिभिजनमा अनिवार्य सेट-टप बक्स

काठमाडौं,चैत १० । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखराका क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । पहिलो चरणमा भने काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो । वैशाख १५ पछि केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी चल्ने छैन ।

मन्त्रालयले हाल एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको हो । यस्तै सो बाहेकका अन्य क्षेत्रमा पनि २०७४ कार्तिक १५ गतेसम्म र बाँकी रहेका सबै क्षेत्रमा २०७५ बैशाख १५ गतेसम्म डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्न लागिएको छ । सरकारको यो निर्णयसँगै परम्परागत किसिमको न्यून गुणस्तरिय सेवा पाइरहेका सेवाग्राहीले अब डिजिटल प्रणालीको टेलिभिजन सेवा पाउने भएका छन् । नेपाल अन्तराष्ट्रिय दूरसञ्चार यूनियनको सदस्य राष्ट्र भएकाले यसको निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो । आइटियुले विश्वभर एनालग टिभीको सट्टामा डिजिटल टिभी कार्यन्वयन गर्न सदस्य राष्ट्रहरुसमक्ष आह्वान गरिसकेको छ ।

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्नेछ । तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्नेछ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।

सरकारले नेपालमा एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्ने व्यवस्था राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा गरेकोे छ । सोही व्यवस्था अन्तर्गत तोकिएका क्षेत्रहरूमा एनालग सिग्नल पूर्ण रूपमा प्रतिबिन्धत र गैरकानुनी हुनेछ । यो सँगै परम्परागत प्रविधिमा टेलिभिजन सिग्नल हेरिरहेका दर्शकले गुणस्तरिय किसिमको डिजिटल सेवा पाउने भएका छन् भने सरकारको राजस्वमा समेत वृद्धि हुने देखिएको छ । अहिले केबल अपरेटरहरूले भ्याट विल बितरण नगर्ने, ग्राहक संख्या थोरै देखाउने र भारतीय डि.टि.एच. मार्फत् सिग्नल डाउनलोड गरी वितरण गर्ने कार्य पूर्ण रूपमा रोकिने अपेक्षा गरिएको छ ।

नेपालमा ५० लाख जनसंख्याले परम्परागत किसिमको केबल मार्फत् टेलिभिजन हेर्दै आएको तथ्यांक छ । अधिकांश कम्पनीले औषतमा मासिक तीन सय रूपैयाँको औषतमा ग्राहकबाट शुल्क लिँदै आएका छन् । यो तथ्यांक केलाउँदा एक महिनामा केबल टेलिभिजनको बजार डेढ अर्बको हुने देखिन्छ भने एक वर्षमा करिब १८ अर्बको कारोबार हुने देखिन्छ । यसै तथ्यांकलाई हेर्दा सरकारको राजस्व करिब २३ करोडको हाराहारिमा हुनुपर्ने भए पनि त्यस्तो भएको छैन । सरकारी तथ्यांक हेर्दा अहिलेको राजस्व संकलन ज्यादै न्युन भएको अवस्थामा केबल सेवा डिजिटलाईजेशन हुँदा ग्राहक र सरकारलाई फाइदा हुने देखिन्छ भने केबल व्यवसायीले पनि गुणस्तरिय सेवा दिन सक्नुका साथै कारोबार पारदर्शी हुने देखिन्छ ।

टेलिभिजनको इतिहाँसमा पहिलो प्रविधि एनालगमा श्रव्य र दृष्य सामग्रीलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाउने प्रक्रिया हुन्छ । यसको कमजोर पक्ष भनेकै एकतर्फी हुनु हो । यसमा पिक्चर क्वालिटी र साउन्ड कम गुणस्तरको हुन्छ । सन् १९५० को दशकमा सुरु भएको यो प्रविधि गुणस्तरहीन भएकै कारण विश्वका विकसित देशहरुबाट लोप भइसकेको छ भने विकासोन्मुख देशहरुमा पनि लोप हुने क्रममा छ । यता डिजिटल प्रविधिमा अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल दिने भएकाले यो प्रविधिमा सेवाग्राहीले सफा पिक्चर र गुणस्तरीय ध्वनीमा टिभी हेर्न पाउँछन् ।

यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ, त्यो पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा । समान्य टेलिभिजनमा समेत गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न पाउनु नै यसको सबैभन्दा ठुलो विशेषता हो । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ ।

सरकारले बैशाख १५ गतेदेखि डिजिटलमा जान बाध्यकारी नियम ल्याएपनि यसअघि नै करिब आधादर्जन कम्पनीहरूले नेपालमा डिजिटल टेलिभिजन सेवा दिइरहेका छन् । डिस मिडिया नेटवर्कको ‘डिसहोम’, सिम्पल मिडिया नेटवर्कको ‘सिमटिभि’, सुविसु केवल नेटवर्कको ‘क्लियर टिभी’ जस्ता कम्पनीले डिजिटल प्रविधिबाट सेवा प्रदान गरिरहेका छन् । यी कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक संख्या भएको तथा उच्चतम प्रविधि प्रयोग गरेको कम्पनी डिसहोम हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web