काठमाडौं ।
विवादीत राजदूत रञ्जित रे को ठाउँमा आएका भारतीय नयाँ राजदूत मनजीभ सिंह नेपाल आएकै भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।

ओलीलाई भेट्न राजदूत पुरी सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका हुन् ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले हिजो आइतबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसामू आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

ओली र सिंहबिच नेपाल भारत सम्वन्ध, नेपालको पछिल्लो राजजीतिक घटनाक्रम तथा आसन्न निर्वाचनबारे छलफल भएको बताइएको छ ।

18.87¡ÆC