मान्छेलाई जस्तै हात्तीलाई पनि जाँडरक्सीको लत लागेपछि…

चैत्र १३, २०७३ मा प्रकाशित | 1020 views

काठमाडौं, चैत १३। मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ। यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा। निकुञ्जबाट निस्केर हात्ती बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन्, अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन्।

आठ महिनादेखि लगातार रुपमा मात्तिएका हात्तीको झुण्ड बस्तीमा पसेर धनजनको क्षति पुर्याउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। यस अवधिमा हात्तीले कुनै पनि दिन बस्ती छाडेको छैन।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले भने– ‘एउटा बस्तीबाट भगायो अर्को बस्तीमा छिर्छन्, अर्को बस्तीबाट धपायो फेरि पहिलेको बस्तीमा पस्छन्। जाँड रक्सीका भाँडा खोजेर घरभित्र पस्छन्। अनि मात्तिएर हानि नोक्सानी पुर्‍याउँ छन्। यस अवधिमा बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भइसकेको छ।’

निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएका हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ। उहाँले भन्नुभयो– “पहिले पहिले मानिसले आगोले तर्साउँदा, सिट्ठी बजाउँदा पनि हात्ती भाग्थे तर आजभोलि ट्याक्टरले तर्साउँदासमेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ। अब त डोजरले धपाउँदासमेत नमान्ने भइसक्यो। ”

मध्यवर्ती क्षेत्रका अध्यक्ष आचार्यले अनुसार गाउँघरमा भएका ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि पछिल्लो पटक जाँड, रक्सी खाएर मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने गरेको बताए।

उनले भने– “खाद्यान्न त सधैँ खाने गथ्र्यो हात्तीले। यस पटकबाट रक्सीको भाँडो खोजीखोजी खाने गरेको छ। मात्तिएको हात्तीको अगाडि कसको के लाग्यो ? भेटेको जति मान्छे मार्छ, कच्ची घर मात्र होइन अहिले पक्की घर पनि भत्काउन थालेको छ। ”

मध्यवर्ती क्षेत्रमा हात्तीले घरभित्र गएर जाँड रक्सी खाई उदण्ड मच्चाउन थालेपछि स्थानीय बासिन्दाले जाँड रक्सी बनाउन प्रतिबन्ध लगाउनु पर्ने मागसमेत राखेका छन्। मध्यवर्ती क्षेत्र कर्मलाका धनीराम चौधरीले भने– “अब घर घरमा जाँड रक्सी बनाउन पनि छोड्नुपर्यो। जाँड रक्सी खान पल्केका हात्ती बस्ती नछाड्ने भएपछि गाउँमा जाँड, रक्सी बनाउन बन्द गर्नुपर्छ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web