काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार फिनिपिन्ससँग सन् २०१९ मा हुने एसियन कप छनौट अन्तर्गत प्रतिस्पर्धा गर्दैछ ।

फिलिपिन्सकै घरेलु मैदान मनिलामा प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीले उसलाई जसरी पनि हराउने लक्ष्य र अठोट लिएको छ ।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार भोली साँझ पौने ६ बजेबाट सुरु हुनेछ ।

फिलिपिन्सबिरुद्ध ३५ बर्षदेखि जितबिहीन रहँदै आएको नेपाली टोली पछिल्लो एक बर्षयता राम्रो लयमा देखिएबाट उसलाई हराउन सक्षम देखिएको छ । पछिल्ला १४ महिनामा कुनैपनि अन्र्तराष्टिय खेल नहारेको नेपाल उसलाई २५ बर्षदेखीको जितयात्रा टुंग्याएर आफ्नो बिजयी यात्रा थाल्न आतर देखिएको छ ।

नेपालले सन् १९८२ मा फिलिपिन्सलाई १(० ले हराएयता भएका तीन अन्र्तराष्टिय खेलमा पराजित भएको छ ।

पछिल्लो पटक सन् २०१४ को अक्टोबरमा कतारमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३(०ले हारेको थियो ।

सोमबार मनिलामा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली कप्तान बिराज महर्जनले बिगतलाई बिर्संदै फिलिपिन्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा सहित जितको विश्वास व्यक्त गरे ।

‘पछिल्लो सफलताले हामी उत्साहित छौं र फिलिपिन्सलाई उसैको भूमिमा हराउन आतूर छौं ।’ कप्तान महर्जनले भने ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको भएपनि आफ्नो टोली सन्तुलित रहेको बताए । ‘आफ्नो क्षमताअनुसार खेले हामीले फिलिपिन्ससँग तीन अंक खोस्न सक्छौं ।’ पत्रकार सम्मेलनमा कोजीले भनेका छन् ।

उता फिलिपिनो टोलीका कप्तान फिलिप जेम्स योङहस्बेन्डले केहि दिनअघि मलेसियासँग भएको मैत्रीपूर्ण खेलको उदाहरण दिँदै त्यस खेलमा देखिएका कमजोरी सुधार्न सके नेपाललाई हराउन कठिन नहुने बताएका छन् ।

फिलिपिन्सका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलीले पछिल्लो समय गरेका प्रदर्शनबारे आफू अनभिज्ञ नरहेको प्रतिक्रिया दिंदै खेल प्रतिस्पर्धात्मक हुने बताए ।

27.12¡ÆC