काठमाडौं, चैत १५ – एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको राजधानी मनिलामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग ४-१ ले अन्तरले पराजित भएको छ । फिलिपिन्ससँगको हारपछि पछिल्ला ८ खेलमा अपराजित रहेको नेपालको यात्रामा ब्रेक लागेको छ ।

१० खेलाडीमा सिमित नेपाललाई पराजित गर्ने क्रममा फिलिपिन्सका फिल योङहजब्याण्डले दुई तथा इयान रामजे र जाभियर पटिनोले समान एक एक गोल गरे । नेपालका विशाल राईले एक गोल फर्काए । जितसँगै समूह एफमा रहेको फिलिपिन्सले ३ अंक जोडेको छ ।

फिफा वरियतामा फिलिपिन्स नेपालभन्दा ४६ स्थान माथि छ । वरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छन् ।

नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

27.12¡ÆC