विदुर । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् ।

बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।

बुधबार दिउँसो चार बजेपछि शितल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको सपथ लिए। सपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरे।

भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्। २०७४ फागुन ३ गते गठन भएको केपी शर्मा ओली क्याबिनेटमा उनीमात्र यस्ता मन्त्री हुन् जसले एक्लै सपथ खाए, त्यो पनि सरकार गठन भएको १७ महिनापछि।

संयोग कस्तो पर्यो भने प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरूसँग आगामी वर्ष के-के काम गर्ने भनेर कार्यसम्पादन सम्झौता गरेकै दिन योगेश मन्त्री बनेका छन्।

योगेशसँग आजै एक वर्षभित्र गर्ने कामको सूची छैन तर रवीन्द्र अधिकारी मन्त्री हुँदा देखेका सपना र सुरू गरेका कामको भने चाङ छ। अधिकारीले बाँकी चार वर्षका लागि बनाएका योजना पनि मन्त्रालयमै थन्किएका छन्।

गत फागुन १५ गते योगेशको गृहजिल्ला ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भएपछि उनले गर्न खोजेका धेरै काम थाती छन्। झन्डै चार दशकसँगै राजनीति गरेका रवीन्द्रका ती काम पूरा गर्ने जिम्मा अब योगेशको काँधमा आएको छ।

रवीन्द्रभन्दा योगेश चार वर्ष जेठा हुन्।

यी दुबै नेताको राजनीतिक यात्रा २०३७/०३८ सालदेखि सुरू भयो।

स्कुले जीवनबाटै राजनीति थालेका योगेश र रवीन्द्र स्वभावका हिसाबले पनि उस्तै उस्तै नै थिए, जाँगरिला अनि सबैसँग घुलमिल हुन सक्ने।

बीस २०५४ सालमा एमाले फुटेर माले हुँदा यी दुबै विद्यार्थी नेता तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा महत्वपूर्ण जिम्मेवारीमा रहे। त्यतिखेर योगेश अध्यक्ष र रवीन्द्र महासचिव थिए।

एमाले र माले एकीकरण भइसकेपछि पनि लामो समयसम्म यी दुई नेता सँगसँगै अघि बढे।

२०६४ को संविधानसभा चुनावमा दुबैले टिकट पाए।

गृहजिल्ला कास्कीबाट चुनाव उठेका रवीन्द्रले चुनाव जिते। काठमाडौं-६मा चुनाव लडेका योगेश भने २०६४ र २०७० सालका दुबै चुनावमा पराजित भए।

२०७४ को प्रतिनिधिसभा चुनावमा योगेश गृहजिल्ला ताप्लेजुङबाट चुनाव जितेर पहिलो पटक संसद भवन छिर्दा अधिकारी तेस्रो पटक सांसद चुनिएका थिए।

पार्टी पंक्ति र जनस्तरमा पनि यी दुबै नेताको लोकप्रियताको ग्राफ बढिरहेको थियो।

कुनै बेला एउटै संगठनमा काम गरेका यी दुई नेता २०७४ मा आइपुग्दा शक्ति सन्तुलनले फरक-फरक गुटमा पुगिसकेका थिए।

योगेश वामदेव गौतमको खेमाबाट अलग्गिएर माधवकुमार नेपाल क्याम्पमा पुगेका थिए भने रवीन्द्र केपी ओली पक्षधर भइसकेका थिए।

विद्यार्थी राजनीतिमा योगेशलाई पछ्याएका रवीन्द्रले मन्त्री बन्दा भने उनलाई उछिने। योगेश भन्दा पहिला मन्त्री बनेर सिंहदरबार गए।

हँसिला र छरिता रवीन्द्रले पर्यटन मन्त्रालयलाई आफूजस्तै सक्रिय बनाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुधारदेखि वायु सेवा निगमका दुई वाइड बडी जहाज (एयर बस ३३०) ल्याउनमा भूमिका खेले। विभिन्न विमानस्थलमा रात्रीकालीन उडान सुरू गरे।

फागुन १५ गते अकल्पनीय दुर्घटनामा परी रवीन्द्रको निधन भयो। प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालय आफैंसँग राखे। पाँच महिनापछि ओलीले त्यो जिम्मेवारी योगेशलाई दिएका छन्।

पदभार ग्रहण गर्दामात्र होइन दिनदिनै कार्यालय जाँदा पनि योगेशले लामो समय राजनीतिक सहयात्रा गर्दागर्दै आधी बाटोमै अकल्पनीय रूपमै गुमाउनु परेको साथी सम्झेलान्, भावुक पनि होलान्।

तर योगेशलाई साथीको सम्झनामा भावुक बनिरहने छुट भने छैन।

महत्वकांक्षी ‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिँदै गर्दा रवीन्द्रले सुरू गरेका, गर्न खोजेका कामलाई योगेशले रफ्तारमा अघि बढाउनु पर्नेछ।

राष्ट्रिय गौरवका आयोजनाहरू; गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति अहिले सुस्त छ।

नेपाल वायु सेवा निगमले नयाँ जहाज ल्याएको छ तर तिनलाई उडाउने नयाँ गन्तव्य फेला पार्न सकेको छैन।

भूकम्पबाट क्षतिग्रस्त महत्वपूर्ण सांस्कृतिक एवं पुरातात्विक सम्पदाको पुननिर्माणलाई पनि योगेशले प्राथमिकतामा राख्नु पर्नेछ।

नयाँ पर्यटकीय गन्तव्य विस्तारका लागि देशभरि सय नयाँ गन्तव्यको पहिचान गरी पूर्वाधार विकास भइरहेका छन्। योगेशले यसमा पनि जोड दिनु पर्नेछ।

योगेशसँग एकातिर आफ्ना मित्रका अधुरा सपना पूरा गर्नु पर्ने जिम्मा छ भने अर्कातिर मन्त्रीको रूपमा नयाँ पहिचान बनाउने चुनौती पनि।

किनकी पार्टीभित्र र बाहिर पनि योगेशसँग धेरैले अपेक्षा गरेका छन्। मन्त्रीका रूपमा योगेश कस्तो काम गर्छन् भन्नेले उनले राजनीतिमा कुन उचाइ लिन सक्छन् भन्ने तय गर्नेछ।

काठमाडौ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

त्रिशूली । नुवाकोट, रसुवा सहित काठमडौ उपत्यका र आसपासका ठाउँमा आज सामान्य रुपमा गाडी चलिरहेका छन् ।

लामो दूरीका गाडी भने अघिल्ला दिनको तुलनामा कम मात्रै चलेका छन् । बन्दले जनजीवन प्रभावित बनाएको छ ।

रसुवा र नुवाकोट हुदै काठमडौ जान गाडी प्राय ठप्प रहेको छ । राजधानी काठमाडौ भित्रिने र बाहिरिने गाडी केही कम चले पनि सडकमा कतै अवरोध नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवा, नुवाकोट र गोरखा चल्ने गाडीका काउन्टरबाहेक अरु सबै काउन्टरबाट लामो दूरीका लागि यात्रुले टिकट काटिरहेको दाबी गरेको छ ।

नेतृविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाध रुपमा गाडी चलाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । तर, बन्दको कारण अधिकांक स्थानमा गाडी ठप्प भएका छन् ।
बन्दले शिक्षण सँस्था, बजारपसल लगायतको सार्वजनिक क्षेत्र पनि सुनसान छ ।

विदुर । नुवाकोटको ककनी गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाअध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार रातको ११ः४५ बजेको समयमा आएको ५–६ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचर लगायतका समाग्रि एकैस्थानमा राखेर आगजनी सहित बम विष्फोट गराइएको पाइएको हो ।

वडा कार्यालय सार्वजनिक स्थानमा सँस्थाले बनाएको दुई कोठे पक्कि भवनबाट
सञ्चालन हुदै आएको थियो । ठूलो आवाज सहितको विष्फोटले वडा कार्यालय रहेको
भवनको झ्याल ढोका, गाह्रो तथा ढलान समेत फुट्न पुगेको प्रहरीले जनाएको छ ।

विष्फोट भएको स्थान नजिकै जनसत्ता नुवाकोटको नाममा भेट्टिएको पर्चामा
वडाअध्यक्ष कार्यालयमा नबसी काठमाडौ बस्ने गरेको, फर्जी बिल बनाएर राजश्व
घोटला गरेको, नदी दोहनमा संलग्न रहेको, स्थानीयबासीले निर्माण गरेको
मन्दिरको सिँढी वडा मार्फत बनाएको भनेर १७ लाख रुपैयाँ अनियमितता गरेको
लगायतको अभियोग वडाअध्यक्ष श्रेष्ठ माथी लगाइएको छ ।

बम विष्फोटको
जिम्मेवारी अहिलेसम्म कसैले नलिएपनि नेकपा विप्लव समूहबाट भएको हुनसक्ने
प्रहरीले अनुमान गरेको छ ।

बट्टार । शनिवारदेखि नुवाकोटको बट्टारमा चलिरहेको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीको रुपमा पिपलटार युथ क्लबका युकेश पनेरु प्रतिस्पर्धामा रहेका छन् । पातलो शरीर, आकर्षक प्रस्तुती र शानदार प्रदर्शनबाट उनले खेल क्षेत्रमा आफ्नो भविष्य सुखद निकाल्ने ध्याउन्नमा छन् ।

पिपलटार युथ क्लबको तर्फबाट जर्सी नम्बर ३ लगाएर मैदानमा उत्रिएका युकेश पनेरु सबैभन्दा कम उमेरका खेलाडी भएको नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । युकेशले न्यु भिजन क्लव रातमाटे विरुद्धको खेलमा स्टाईकरको मैदानमा उत्रिएका थिए ।

बट्टारको भैरवी एकेडेमीको कक्षा ५ मा अध्ययनरत उनी मात्र १० वर्ष ३ महिनाको भएका छन । उनले अभिभावक र दाईहरुको प्रेरणाले फुटवल खेलले आफुलाई आर्कषित गरेको बताए ।

Nuwakot,10-yr old boy has made debut in Nuwkot district league.

Yukesh Paneru played 15 minutes for FC Pipaltar against New Vision club, Mahadevphant in district league played at Battar campus ground on Sunday.

Paneru has become the youngest Nepalese football player to play in district league.

Earlier this month, Jange Rayamajhi, who is months elder than Paneru, had played Sindhupalchowk district league.

ANFA hasn't made any guideline about the age of the players in the district league.

Don't you want wish good luck for future to Yukesh Paneru?

काठमााडौ । मोडल मनिषा पोखरेलको दमदार नृत्यमा तीज गीत ‘युटुब भरि हिट‘’ सार्बजनिक भएको छ । गीतमा गायिका टिका सानु, गायक उज्वल गिरि ‘दानबिर’ र नन्दु परियारको आवाजमा रहेको उक्त गीतको शब्द उज्वल गिरि ‘दानबिर’ ले नै गरेका हुन् भने लय नन्दु परियारले लेखेका हुन् ।

भिडियोमा मोडल मनिषा पोखरेललाई नृत्यमा उज्ज्वल, रामु र प्रतिमाले साथ् दिएकी छिन्। छोटो समयमानै सबैको रुचाईमा परेको उक्त गीतको भिडियो उज्वल गिरि ‘दानबिर’ अफिसियल नामक युटूब च्यानल बाट सार्बजनिक गरिएको छ । गीतमा निर्देशक तथा छायाँकार बिष्णु भट्टराईको निर्देशन तथा छायांकनमा तयार पारिएको भिडियोको सम्पादन पनि बिष्णु भट्टराईले नै गरेका छन् ।

काठमााडौ । गायक तथा सर्जक बेग रानाको तीज गीत ‘तिम्ले मायाँ गर्छौं कि गर्दिनौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विदशेमा बसेर पनि गीतसंगीतमा निरन्तर लागिरहेका गायक तथा सर्जक बेग रानाको तीज गीत ‘तिम्ले मायाँ गर्छौं कि गर्दिनौ’ मा गायक रानालाई स्वरमा गायिका मन्जु लावती थापेले साथ् दिएकी छिन् ।

गायक रानाकै लय तथा शब्द रहेको सार्वजनिक गीतको भिडियोमा मोडल निर्मल, करिश्मा, रमेश र अन्जिलालाई देख्न सकिन्छ । निर्देशक तथा कोरियोग्राफर प्रदिप रसाइलीको निर्देशनमा तयार पारिएको उक्त भिडियोको छायांकन दिपक गिरिले गरेका हुन् । अमृत चापागाईले सम्पादन गरेको भिडियोको जनता डिजिटल एण्ड फिल्म्सले बाजार ब्यबस्थापन गरेको छ ।

काठमाडौ । गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् ।

गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ ।

काठमाडौ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १६ ओभर मात्र ३ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले भोली आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।

नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाउनुभयो । कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

योसँगै कप्तान पारस टी–ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाउनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३,३ विकेट लिनुभयो ।
यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिनुभयो ।

काठमाडौ । आइसीसी टि २० विश्वकप अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र कुवेतबीच भइरहेको खेलमा नेपाललाई जित्नको लागि कुवेतले १ सय ४२ रनको लक्ष्य दिएको छ।