काठमाडौ । दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गरिएको उक्त गाडीमा शनिबार राति अज्ञात समुहले आगजनी गरेको हो । आगजनीबाट रा.१ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले आगो निभाएपसिन गाडी जलेर ध्वस्त भएको छ ।

उता शनिबार राति नै कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गाडीमा समेत अज्ञात समुहले आगजनी गरेका छन् । आगजनी कसले गर्यो भन्ने यकित तथ्य पत्ता नलागे पनि आगो विप्लव समुहले लगाएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।

काठमाडौ । लोक संगित क्षेत्रका चर्चित कलाकारहरु कुशल बेलबासेको लय शब्द, लेखनाथ आचार्य लगायतका कलाकारहरुको स्वर भरिएको आशा लामाको ‘रिडी दोभान’ बोलको तिजको कोसेली बजारमा आएको छ ।

नेपालको पश्चिमी जिल्लाको गाउँबस्तीतिर गाइने मौलिक तिजको भाकामा गाइएको ‘रिडी दोभान’ बोलको गितले केटा र केटीबीच प्रेम सम्बन्ध जोड्नको लागी गरिएको प्रस्तावलाई गीत मार्फत देखाइएको छ । अविबाहित केटीसंग केटाले प्रेमको लागी प्रस्ताव गर्दछ, गितमा स्वर दिनुभएका कलाकार लेखनाथ आचार्यले भन्नुभयो केटीले पनि साच्चै मन पराउछौ भने प्रेम गर्न सहमत जनाउन खोजेको जस्तो गर्ने भएकाले गितको भाका, संगित, शब्द अहिलेको युवाको लागी निकै रोमाञ्चक बनेको छ ।

गितको सुरुवातमा अरुसंग माया बसेको (फसिसकेको) छ कि छैन भनेर सुरुवात भएको गितमा केटीले आफ्नो बिहे हुने कि नहुने अन्योल भएर माइतीमै बस्नुपर्ने हो की भनेर जनाएको चिन्ताले केटालाई आटिलो बनाउदै मायामा चुर्लुम्म डुबाउन प्रेरित गरेको छ ।
भाईको बिबाह र बच्चा विद्यालय पढ्ने भइसकेको केटाले अरुसगैँ माया छैन भने लैजान्छु भन्दा केटीले पनि बहिनीको पनि बिबाह भइसकेको आफू अहिलेसम्म खाली नै (अरुसंग माया नबसको) रहेको बताएपछि गितको टुक्का निकै आकर्षित र दर्शकलाई अघि बढाउन ध्यानाकर्षित गराउछ । केटाले केटी राजी हुनु पूर्व नै बिबाहमा खर्च हुने भन्दै भागेर बिबाह गरौ भनेर सिधै प्रस्ताव गर्दछ भने केटीले बुबाको इञ्जतलाई पैसासंग तुलना गर्न नमिल्ने बताउछिन् ।

जवाफमा केटाले एकबारको जीवन रमाउन किन ढिलाई गर्ने भन्दै बिबाहको लागी हतार गर्दा केटीले यसैउसै बर्ष ढिलाई हुदै गएको भन्दै अर्को साल चाँही बिबाह गरुला नि भनेर गितलाई विश्राम तिर लागेर दशर्कको मनमा उत्सुकता देखाएको छ । अर्को साल बिबाह गर्ने भन्दै टुङ्गिएको गितले बाँकी कुरा अर्को भागमा जोडेर प्रस्तुत गर्ने की यत्तिकैमा टुङ्गाउने भन्नेचाँही कलाकारहरुले सस्पेन्स (खुलाइएको छैन) राखेका छन् ।

लोकसंगित क्षेत्रमा यसअघि विभिन्न एल्बम सार्वजनिक गरिसकेको तथा स्वर दिएका चर्चित कलाकारको प्रस्तुती रहेको तिजको मोलिक भाका समावेश भएको यस नयाँ गित धेरैको रुचीमा पर्ने निश्चित देखिन्छ । गितमा ‘रिडी दोभान, छ भने देऊ क्यारे लान्छु जोवान’ कोशी दोभान, लान्छौ र छ क्यारे दिन्छु जोवान’ लोक लयमा गाइएको छ ।

अडियो र भिडियो एकैसाथ बजारमा आएको उक्त गितलाई आर.एम.फिल्मस प्रालीले दृष्य निर्माण गरेको हो भने ऐरेन्जर विश्वास नेपालले गर्नुभएको छ भने मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोको अभिनयमा निकै आकर्षित रुपमा निर्मल क्षेत्री र रितु तामाङको प्रस्तुती रहेको छ ।
भिडियोको निर्देशक राज केसी, छायांकन मुकेश हुमागाई, कोरियोग्राफी केशव भट्ट, सम्पादन प्रकाश एस.के. र मेकअप कविता तोलाङ्गीले गरेका छन् । हेर्नुहोस गितको भिडियो :

तपाईको मोबाइल एंव कम्युटरमा माथिको भिडियो प्ले हुन समस्या भयो भने यो लिंकमा क्लिक गरेर पनि भिडियो हेर्न सक्नुहुनेछ ।

'रिडि दोभान'को पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

काठमाडौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् ।

केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तानव दिएका कारण आत्महत्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् ।

उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी नगराएको समेत उल्लेख गरेका छन् । तर मिडियामा प्रहरीले मोबाइलमा भिडियो भेटेको र रबि लामिछानेले केटी प्रयोग गरेर आफुलाई तनाव दिएको भन्ने समेत समाचार सम्प्रेषण भएपछि रबी स्वयंम फेसबुक मार्फत लाइभ आएका थिए । हेर्नुस् भिडियो ।

काठमाडौ । दमकल ढिलो आउँदो सुुविसुको कार्यालयमा लागेको आगो नियन्त्रणमा झन् ढिलाई भएको खुलेको छ । काठमाडौंको बालुवाटारमा रहेको ईन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसुको कार्यालयमा बुधबार दिउँसो भिषण आगलागी भएको थियो । दिउँसो १ः४५ बजेतिर आगलागी शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

समयमै खबर गर्दा पनि त्यसको झण्डै ४५ मिनेटपछि मात्रै दमकल घटनास्थलमा पुगेको थियो । त्यतिन्जेलसम्म आगो झन् धेरै फैलिएको एक जना प्रत्यक्षदर्शीले बताए । ‘आगो लागेको झण्डै ४५ मिनेटपछि दमकल आयो, त्यो पनि पाइप दोब्रिएको के के भाको, पानी नै फालेन, आगो ठूलो थियो, पानीको फोहोरा सानो भो’, ती प्रत्यक्षदर्शीले भने ।

सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । सुविसुको सिस्टमलाई विद्युत प्रवाह गर्न सञ्चालन गरिने जेनेरेटर रहेको कोठाबाट आगलागी भएको देखिएको प्रहरीको भनाइ छ । कोठामा स्टक राखिएको पेट्रोलमा आगो सल्किएको थियो ।

पेट्रोलबाट लागेकाे नेपाली सेना, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको दमकल समेत आगो निभाउन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे दमकल बोलाइएको थियो । आगलागीपछि देशभर सुविसुको इन्टरनेट र केवुल टेलिभिजन सेवा अवरुद्ध भएको छ ।

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ ।

नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाण्डौको हकमा) एक हजार ३७५ रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । जसको कारणले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

काठमाडौ । विभिन्न ३४ जिल्लाका ४२ पालिकाका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख/उपाध्यक्ष रिक्त रहेका छन् ।

उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, फागुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ निधन भएका कारण रिक्त रहेको छ ।

रिक्त पदाधिकारी हुनेमा धेरैजसो निधन र जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । रिक्त हुनेमा सबैभन्दा बढी महोत्तरीमा चार पदाधिकारी, प्यूठान, पाँचथर र बैतडीमा तीन/तीन पदाधिकारी रिक्त छन् । महोत्तरीको बेलवा नगरपालिका दुई पदाधिकारी, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका एक/एक पदाधिकारी रिक्त रहेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका वडाध्यक्ष रिक्त रहेका छन् । पाँचधरको फिदिम नगरपालिका, फागुनन्द गाउँपालिका, हिलिहाड गाउँपालिकामा एक/एक रिक्त छ । प्यूठानको ऐरावती गाउँपालिका वडा नं १ र २ सहित प्यूठान नगरपालिकामा एक जना वडाध्यक्ष रिक्त रहेका छन् । यस्तै चितवनको खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५, सङ्खुवासभाको खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा पनि वडाध्यक्ष रिक्त रहेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका सङ्घ, प्रदेश र पालिकाका पदाधिकारीको निर्वाचन आगामी मङ्सिर १४ गते निर्वाचन गर्ने तयारी गरेको छ । सङ्घमा कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि त्यो निर्वाचन क्षेत्र रिक्त रहेको छ । यसैगरी प्रदेश सदस्य निधन भएका बागलुङ निर्वाचन क्षेत्र २ (२), भक्तपुर निर्वाचन क्षेत्र १ को (१) र दाङ निर्वाचन क्षेत्र ३ को (२) मा समेत निर्वाचन गराइने छ ।

मोरङ । आम नागरिकको स्वास्थ्यसँग जोडिएको खाद्यान्नको गुणस्तरमा ध्यान नदिएका ३४ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । आर्थिक वर्ष २०७५र०७६ भित्र ३४ उद्योगविरुद्ध मुद्दा चलाइएको हो ।

खाद्यमा स्वच्छता नभएको पाइएका तथा गुणस्तरहीन उत्पादन गर्ने उद्योग तथा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका अनुसार क्वालिटी थाइ फुडमा फरक–फरक विषयमा मुद्दा दायर भएको छ ।

२०७६ असार ४ गते यो कम्पनीले उत्पादन गरेको तयारी चाउचाउमा तेलको एसिड भ्यालु बढी भएको, प्रोटिन कम भएको पाइएपछि मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, कार्यालयमा परेको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बीकेएम मसलाविरुद्ध तीन वटा मुद्दा दायर गरेको छ । विराटनगर १३ मा रहेको उद्योगले जिराको धुलो, मसला, बेसारलगायतमा कुल भष्म बढी मिलाएको, गोल्छा डेरी उद्योगको घ्यूमा मिसावट भएको पाइएपछि कारबाही गरिएको हो ।

नाम चलेको बाबा आयल इण्डष्ट्रिज उद्योगविरुद्ध पनि मुद्दा दायर भएको छ । कटहरीमा रहेको बाबा भेजिटेबल आयल इन्डष्टिज प्रालिको प्रशोधित सूर्यमुखी तेलमा ‘पेरोक्साइड भ्यालु’ बढी भेटिएपछि कारबाहीको लागि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रदेश प्रमुख प्रमोद कोइरालाले बताउनुभयो ।

यसैगरी, पिउने पानीमा कोलिफर्म भेटिएपछि धेरै उद्योगविरुद्ध मुद्दा दायर भएको छ । यसरी मुद्दा दायर भएका उद्योगहरुमा श्री जल उद्योग विराटनगर १३, विराटनगर ४ को गोमारानी उद्योग, विराटनगर ६ को पूजा फुड एण्ड बेभरेज प्रालि, विराटनगर १४ को जोनसन जल उद्योग, विराटनगर १० कोे मंगलम बेभरेज उद्योग, विराटनगर ८ को शितल जल उद्योगमा पीएच कम तथा कोलिफर्म भेटिएको पाइएपछि मुद्दा दायर गरिएको कार्यालयका प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

त्यस्तै, विराटनगर २ को तिरुपति जल उद्योग, बुढीगंगा १ को शुभ जल उद्योग, हाइकल वाटर इण्डष्ट्रिज, विराटनगर ८ को गंगा जल उद्योग, दिव्यश्री जल उद्योग, माउण्टेन वाटर इण्डष्ट्रिज, एसएसएस जल उद्योग, श्रीबाबा जल उद्योग सुन्दर हरैचा र केरावारीको क्यान एक्वा इण्डष्ट्रिजविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

त्यस्तै, अन्य धेरै उद्योगहरुले पनि गुणस्तरमा ध्यान नदिएको पाइएपछि मुद्दा दायर भएको कार्यालयले जनाएको छ ।

विदुर । नुवाकोटको ककनी गाँउपालिका वडा नं. १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका– ५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनी सहितका व्यक्तिहरुले यही साउन १४ गते राती वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । उहाँको अनुसार लामिछानेलाई आइतबार काठमाडौको किर्तिपुर स्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाटै नियन्त्रणमा लिएर अनुसन्धानको लागी नुवाकोट ल्याइएको हो । सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीनदिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ ।

उनी हाल किर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भएपनि उक्त पाटीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसगैँ उहाँ व्यवसाय तर्फ लाग्नुभएकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेको श्रीमति रश्मी ढुङ्गानाले माग गर्नुभयो ।

पक्राउ परेका लामिछानेले तत्कालीन नेकपा माओवादीको भूमिगत राजनीतिमा आबद्ध भएर २०५८ मा दुईपिपल गाउँ जनसरकार प्रमुखको जिम्मेवारी पाएका थिए । उनी हाल किर्तिपुरमा व्यवसाय गर्दै आएका छन् भने नुवाकोटमा रहेको जनजागरण कृषि सहकारी सँस्थाको सचिव एंव कामरुदेवी मावि, इन्द्रेश्वर आधारभूत विद्यालय र झिल्केश्वरी सामुदायिक वन उपभोक्ता समितिको निवर्तमान अध्यक्ष हुन् ।

विदुर । नुवाकोटको ककनी गाँउपालिका वडा नं.१ को वडा कार्यालयमा गत साउन १४ गते राती भएको बम विष्फोटबाट पु-याएको क्षतिको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्थलगत निरीक्षण एंव अवलोकन गर्नुभएको छ ।

अज्ञात समूहको आगजनीले पूर्ण क्षति पु-याएको वडा कार्यालयको अवलोकन पश्चात जिसस प्रमुख तामाङले जनप्रतिनिधिलाई सुरक्षाको प्रत्याभूति दिलाउन राज्य जिम्मेवार हुनुपर्ने माग गर्नुभयो ।

‘जनसत्ता नुवाकोट’को नाममा वडाअध्यक्षलाई धम्की दिएको र त्यस पश्चात अज्ञात समूहबाट वडा कार्यालयमा भएको बम विष्फोटले संघीयता कार्यान्वयनको चरणमा उत्साहित भएका जनतालाई गाँउबस्तीबाटै पाइरहेको सेवा प्रभावित बनाएको भन्दै जनप्रतिनिधि र सेवा प्रवाह गर्ने सरकारी कार्यालको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारसंग जिसस प्रमुख तामाङले माग गर्नुभएको हो ।

उहाँले घटनास्थलको अनुगमन पश्चात जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीलाई फोन मार्फत जनतालाई सेवा पु-याउन खटिएका जनप्रतिनिधि र सेवा दिने कार्यालयको सुरक्षा भरपर्दो, विश्वसनीय एंव शान्तिपूर्ण कायम गराउनको लागी पनि निर्देशन दिनुभयो ।

बम विष्फोटबाट वडा कार्यालयमा रहेका कागजात, उपकरण, फर्निचर लगायतका सबै सामाग्रि नष्ट भएको थियो भने कार्यालयको झ्याल, ढोका सहित भवनमा समेत क्षति पुगेको छ । उक्त भवनको यथाशक्य पुर्ननिर्माण गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

विदुर । नुवाकोटको लिखु गाउँपालिकाले यस आर्थिक वर्षको लागी नदी जन्य सामाग्रिको निकासी करमा आह्वान गरेको टेन्डरको प्रक्रिया रोक्न नेकपा विप्लव माओवादीले चेतावनी दिएको छ ।
नेकपा विप्लव माओवादीको जिल्ला सेक्रेटरी विन्तोष सिलवाल (अशोक)ले विज्ञप्ती जारी गर्दै जेठदेखि असोजसम्म गाउँपालिकाको खोलाहरुमा हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामाग्रिको अबैध उत्खनन्, संकलन र निकासी हुने गरेकाले हाल आह्वान गरेको टेन्डर (बोलपत्र)ले अबैध उत्खनन्लाई नै सहयोग पुग्ने भन्दै रोक्नको लागी चेतावनी दिइएको छ ।

हाल गाउँपालिकाले खोलेको टेन्डरले अबैध उत्खनन्देखि निकासीसम्मलाई सहयोग पुग्ने देखिएकाले बर्षातको समयअवधिभर कुनै टेन्डर नखोल्न र खोलेको भए खारेज गर्न (त्यसलाई रद्द गर्न) माग गरिएको छ ।
विज्ञप्ती मार्फत टेन्डर प्रक्रिया अघि नबढाउन सचेत गराउदा समेत त्यसको बर्खिलाप गरेर जान खोजेमा उत्पन्न हुने परिस्थितीको जिम्मेवार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत हुने समेत चेतावनी दिइएको छ ।
लिखु गाउँपालिकाले आह्वान गरेको टेन्डर यही साउन १४ गते सार्वजनिक गर्ने म्याद तोकिएपनि बोलपत्रमा सहभागी भएका व्यवसायीबीचको विवादको कारण पक्रिया ढिलाई हुदै आइरहेको थियो ।
जिल्लामा रहेका सबै स्थानका नदी र खोलाजन्य सामाग्रिको उत्खनन, संकलन र निकासीको कानूनी प्रक्रिया पूरा नगरी गतिविधि सञ्चालन हुने गुनासो कायम भएपनि नेकपा विप्लव माओवादीले जारी गरेको विज्ञप्तीमा लिखु गाउँपालिकालाई मात्र सम्बोधन गरेर टेन्डर प्रक्रिया अघि नबढाउन चेतावनी दिएको हो ।

चेतावनी सहितको बिज्ञप्ती गाउँपालिकाको कार्यालयमा आज प्राप्त भएपनि त्यो कहिले जारी भएको भन्ने मिति भने उल्लेख गरिएको छैन ।

काठमाडौं । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन् । दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा ‘ सार्वजनिक गरेका हुन् । दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भईरहेका बेला तीज गीतको बाढी छिचोल्दै नेपाली चेलीहरुको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो ।

महिलाका वेदना र माईतीको सम्झनालाई समेटेको अति मार्मिक गीतमा देवी घर्तीको स्वर रहेको छ । शब्द रचना रमेश बिजीको रहेको छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् ।

परिकल्पना/निर्देशन नारायण रायमाझीको नै रहेको छ । अन्य कलाकारहरुमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना के.सी., सन्देश रायमाझी रहेका छन् । नेपाली लोक गीत संगीतका सर्जक नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।

विदुर । च्वाडी माध्यमिक विद्यालयमा पठन मेला सम्पन्न भएको छ । वर्षे विदामा रहेका बालबालिकाको स्वतन्त्र पठन सिपको विकास गर्नका लागि पठन मेला आयोजना गरिएको हो ।
पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको साझेदारीमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत च्वाडी माविको आयोजनामा सो मेला सञ्चालन गरिएको हो ।
मेलामा‘सबै थोक छोडौ, पढा’ैं, ‘पढाई दौड’, ‘पढाई प्रतिस्पर्धा’ , ‘चित्रलेखन’, ‘सम्झ र लेख’ लगायतका ५ वटा क्रियाकलापहरु आयोजना गरिएको थियो ।

क्रियाकलापमा प्रथम, द्धितिय र तृतिय हुने बालबालिकालाई प्रोत्साहन स्वरुप पुरस्कारको पनि व्यवस्था गरिएको रुडेक नेपालका कार्यक्रम संयोजक जीवन पुडासैनीले जानकारी दिए ।
प्रध्यानाध्यापक टीकाराम खरेलले कार्यक्रमबाट बालबालिकामा भाइचाराको विकास हुने, विदाको समयको उपयोग गर्ने अवसर, स्वतन्त्र र निरन्तर पठन सिपको विकास गर्नका लागि ज्यादै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

मेलामा सहभागी बालबालिकाले पठन मेलाले पढ्ने वानीको विकास, विदाको समय उपयोग र साथीभाईहरुमा भेटघाट गर्ने अवसर पाएको र बेलाबेलामा यस्ता मेला आयोजना हुनुपर्ने प्रतिक्रिया जनाएका थिए ।

मेलामा ईसिडी देखि ५ कक्षासम्मका ५५ जना बालबालिकासहभागी भएका थिए । मेलामा आयोजक विद्यालयको नजिकका विद्यालय हिमालय एकेडेमीबाट ६ जना, समता स्कुलबाट ३ जना बालबालिका सहभागी भएका थिए । साथै, मेलामा ५ जना अभिभावक र ४ जना शिक्षकको सहभागिता रहेको थियो ।

रुडेक नेपालले वर्षेनी विदाको समयमा विभिन्न विद्यालयमा पठन मेला आयोजना गर्दै आएको छ ।