३४ जिल्लाका ४७ जनप्रतिनिधि रिक्त (पूरा विवरण)

साउन २२, २०७६ मा प्रकाशित | 9922 views

काठमाडौ । विभिन्न ३४ जिल्लाका ४२ पालिकाका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख/उपाध्यक्ष रिक्त रहेका छन् ।

उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, फागुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ निधन भएका कारण रिक्त रहेको छ ।

रिक्त पदाधिकारी हुनेमा धेरैजसो निधन र जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । रिक्त हुनेमा सबैभन्दा बढी महोत्तरीमा चार पदाधिकारी, प्यूठान, पाँचथर र बैतडीमा तीन/तीन पदाधिकारी रिक्त छन् । महोत्तरीको बेलवा नगरपालिका दुई पदाधिकारी, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका एक/एक पदाधिकारी रिक्त रहेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका वडाध्यक्ष रिक्त रहेका छन् । पाँचधरको फिदिम नगरपालिका, फागुनन्द गाउँपालिका, हिलिहाड गाउँपालिकामा एक/एक रिक्त छ । प्यूठानको ऐरावती गाउँपालिका वडा नं १ र २ सहित प्यूठान नगरपालिकामा एक जना वडाध्यक्ष रिक्त रहेका छन् । यस्तै चितवनको खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५, सङ्खुवासभाको खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा पनि वडाध्यक्ष रिक्त रहेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका सङ्घ, प्रदेश र पालिकाका पदाधिकारीको निर्वाचन आगामी मङ्सिर १४ गते निर्वाचन गर्ने तयारी गरेको छ । सङ्घमा कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि त्यो निर्वाचन क्षेत्र रिक्त रहेको छ । यसैगरी प्रदेश सदस्य निधन भएका बागलुङ निर्वाचन क्षेत्र २ (२), भक्तपुर निर्वाचन क्षेत्र १ को (१) र दाङ निर्वाचन क्षेत्र ३ को (२) मा समेत निर्वाचन गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web