काठमाडौ । सञ्चारकर्मी रवि लामिछानेमाथि हत्या गरेको आरोप लागेको छ ।

यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा आफ्नो हत्यारा पत्रकार लामिछाने भएको बताएका छन् ।

काठमाडौबाट होस्टिङ हुदै आएको चर्चित अनलाइन नेपाल आजले बुधबार सार्वजनिक गरको दिवंगत पुडाशैनी आफैले बोलेको भिडियोमा पत्रकार लामिछानेले आफुलाई मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

न्यूज ट्वान्टीफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका पत्रकार लामिछानेमाथि उनका पूर्व सहकर्मी समेत रहेका दिवंगत पुडाशैनीले गम्भीर आरोप लगाएका हुन् ।

रवीसगै रवीको समूहका युवराज कंडेल र अर्की युवती अस्मिता कार्की माथी आरोप लगाइएको छ । शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा यी तीन जनालाई कानून बनाएर फासी समेत दिनुपर्ने माग गरेका छन् ।

हेर्नुहोस भिडियो

काठमाडौ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तत : अमेरिकाको भिषा पाएका छन् । भिषा नपाएको भन्दै सामाजिक सञ्जालमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षणा गराएपछि पुनः दूतावासमा बोलाएर भिषा दिएको हो।

भिषा प्राप्त गरेपछि लामिछानेले कुरा मिलेको भन्दै अर्को ट्विट गरेका छन् । नेपालस्थित अमेरिकी राजदूतावास, प्रधानमन्त्री कार्यालय,परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलगायतलाई उनले धन्यावाद दिएका छन्।

क्यारेबियन प्रिमियर लिगको तयारीका लागि अमेरिका जान सबै प्रक्रिया पूरा गर्दा पनि भिसा नपाएपछि उनले ट्विटरमा गुनासो पोखेका थिए।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नयाँ सिजनका लागि सन्दीपलाई बारबाडोस ट्रीडेन्टसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। गएको वर्ष सिपिएलको पाँचौ संस्करणमा सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स टिमबाट खेलेका थिए।

काठमाडौ । एलएलएम प्रवेश परीक्षाको नतिजामा अनियमितता भएको भन्दै संयुक्त विद्यार्थी संगठनले नेपाल ल क्यमम्पसमा तालाबन्दी गरेका छन् । प्रवेश परीक्षको नतिजा एक पटक प्रकाशित गरिसकेपछि पुनः अर्को नतिजा सार्वजनिक गर्दा अनियमितता भएको विद्यार्थी संगठनको आरोप छ ।

नतिजा प्रकाशन गर्दा अपारदर्शी र नियम विपरीत भएको भन्दै तालाबन्दी गरीएको विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । विद्यार्थी संगठनले सो घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर नल्याएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।

क्याम्पसको डिन कार्यालय र परीक्षा शाखामा विद्यार्थीले तालाबन्दी गरेका छन्।

काठमाडौ । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ ।

नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ ।

पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री हुँदैन । महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन ।

यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन बैंकमा थुप्रिएको छ । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको वरिष्ठ उपाध्यक्ष शाक्यले बताए । व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।

दाङसिंह । नुवाकोटको तारकेश्वर गाउँपालिका– १ दाङसिंहमा श्रीमान–श्रीमतिको झगडा छुट्टाउन सहजिकरण गर्ने महिलाको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीयाँ लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरी फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमति चिनिमाया तामाङबीच सोमबार विवाद भएको थियो । विवाद पश्चात चिनिमाया बच्चा सहित छिमेकी
लालमायाको घरमा बाँसबस्न गएपछि उक्त घरमा नै श्रीमति फकाउन मेघबहादुर राती दश बजे पुगेका थिए ।

श्रीमान–श्रीमतिको झगडा समाधान गराएर घर फर्काउन सहजिकरण गर्ने क्रममा लालमाया आफ्नै घरको आगनमा लडेर बेहोस भएपछि उपचारको लागी आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शव परीक्षणको लागी जिल्ला अस्पतालमा राखिएको छ ।

ओखरपौवा । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका वडा नं.१ मा सोमबार साँझ दुई जनाको मृत्यु भएको छ ।

ओखरपौवा स्थित कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षकी बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ६ बजेतिर खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीयवासीले खोलामा अबैध रुपमा बालुवा उत्खनन् गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै बिरोध गरिरहेका छन् ।

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितीको आयोजनामा छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ( ३-५ अगष्ट २०१९ ) लण्डनमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरुबाट झण्डै ६ दर्जन नेपाली भाषी साहित्यकारहरु अनेसासका बिभिन्न च्याप्टरहरुको प्रतिनिधित्व गर्दै लन्डन पुगेका थिए ।

लण्डनको दक्षिण पूर्वी शहर वेलिंगमा भएको सम्मेलनको पुर्व सन्ध्यामा लन्डन आइपुगेका साहित्यकारहरुको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो । स्थानीय कम्युनिटी सेन्टरमा अगष्ट ३ मा कार्यक्रमको उद्धाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा दुबसु छेत्री, बिशिस्ट अतिथी नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपती डा जगमान गुरुङ्ग लगायत अन्य अतिथिहरुबाट दियोमा बत्ति बालेर सुरुगरिएको थियो । अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.दुर्गा बहादुर सुबेदी छेत्रीले सभ्यताको माटो बेलायतमा यतिधेरै साहित्यकारहरुको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठुलो फड्को भएको जानकारी गराए । विशिष्ट अतिथि डा.जगमान गुरुङले भाषा बाँचे संस्कृति र संभ्यता बाँच्ने भएकोले साहित्यको सिमाना र क्षेत्र नहुने बताउदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रसंसाको पात्र रहेको बताऎका थिए । उद्धाटन समारोहमा अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा जानकारी राखेका थिए । बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम बिश्वकर्मा, अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, अनेसास उपाध्यक्ष सुनिल सँगम, नेपाली मानक भाषा अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्राडा खगेन्द्र लुइँटेल लगायत, शुभकामना मन्तब्य राखेका थिए ।

सो सम्मेलनमा केन्द्रीय कार्य समितिका पदाधिकारीहरु, बिओटी प्रतिनिधि, संसारभरका च्याप्टर प्रतिनिधिहरु, लगायत अनेसास केन्द्रका पुर्व अध्यक्ष प्रा मोहन सिटौला, बिओटीका सल्लाहकार प्राडा दुर्गा दाहाल, साहित्यकारहरु बिश्वबिमोन श्रेष्ठ, गोवर्दन पुजा, क्रिशु क्षेत्री, कृष्ण बजगाई, डा रुपक श्रेष्ठ, डा.कविता लामा, डा रेनुका थापा, डा.पुष्पा शर्मा, सुमन घिमिरे, रुद्र पौडेल, सन्ध्या पहाडी लगायत नेपाली समकालीन साहित्यमा कलम चलाउने सयौ व्यक्तित्वहरुको अभुतपुर्व जमघट रहेको थियो । सन्तोश कार्की, कमला रिसाल, बिसी राइ लगाएतले रास्ट्रीय गीत पनि प्रस्तुत गरेका थिए ।

सम्मेलनमा केन्द्रीय कार्यसमितिबाट घोषणा भएको अनेसास वासुदेव-मालती सम्मान तथा पुरस्कार बरिष्ट साहित्यकार लीलबहादुर क्षेत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापनकर्ता डा प्रा दुर्गा दाहाल मार्फत हस्तान्तरण गरिएको थियो । त्यसै गरि अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ्ग, कलामा मदनदाश श्रेष्ठ, संस्कृतिमा डा जगमान गुरुङलाइ अनेसास विशिष्ट सम्मान प्रदान गरेको थियो भने साहित्यकार डा रुपक श्रेष्ठ, लगायत चौथो र पाँचौ सम्मेलनका संयोजकहरु प्रकाश पौडेल 'माइला' र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार नृपेश उपरेतिलाई प्रदान गरियो ।

सम्मेलनमा पहिलो दिन केहि प्रतिनिधि कविता वाचन तथा कृतिहरुको विमोचन गरिएको थियो । नेपाली कथाहरुको अनुवाद संग्रह "सिल्भर क्यास्केड", अन्तर्दृष्टि, प्रतिविम्ब (बेलायत), पर्थ स्मारिका, लाभेंदरका परागहरु (पोर्चुगल) लगायत यात्रा स्पर्शका अनुभूतिहरु (सुमल कुमार गुरुङ), रोटीको दन्त्य कथा (लालगोपाल सुबेदी), जीवन बासुरी (मोहन सिटौला), खाप्परेका कथाहरु (रामप्रसाद घिमिरे), मनका तरङ्गहरु -संयुक्त गीति संग्रह, साँझकी शशी ( शशि थापा शुब्बा) लगायत दर्जन बढी कृतिहरु प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट विमोचित भए । बेलुका साहित्यकारहरुको सम्मानमा राजदुतावासले रात्रिभोज तथा साहित्यिक गोष्ठीको आयोजना गरेको थियो ।
सम्मेलन सफलताको लागी बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री र सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ्गले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
सम्मेलनको दोश्रो दिनमा डा.कविता लामाले "वर्तमान नेपाली साहित्यको अवस्था" बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् जसमा डा. शान्तिमाया गिरीले टिप्पणी गरेकी थिइन्। यसैगरि दोश्रो सत्रमा बेलायतमा बसेर नेपाली भाषा तथा साहित्यको गहन अध्ययन गरेका प्रा माइकल हार्टको "नेपाली लिटरेचर पोस्ट अर्थवेक इन नेपाल" बिषयक कार्यपत्र माथि सुमन घिमिरे बर्षाले टिप्पणी गरेकी थिइन् ।

कार्यक्रमको अन्तिम सत्रमा बेलायत च्याप्टरका सल्लाहकार समेत रहेका डा.रुपक श्रेष्ठले "डायस्पोरा र नेपाली साहित्य" बिषयमा प्यानल डिस्कसन चलाएका थिए । उपाध्यक्ष भिमसेन सापकोटाले सकरात्मक सोचको बारेमा प्रवचन दिएका थिए ।

कार्यक्रम संयोजक सुमलकुमार गुरुंगले सबैको साथ र सहयोगले सम्मेलन सम्पन्न भएको र यस साहित्यिक कुम्भ मेलामा संलग्न सबै साहित्यिक मनहरु प्रति आभारी रहॆको बताउदै धन्यवाद ज्ञापन गरेका थिए भने अनेसासका वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल 'माइला' ले आफु सन्योजक रहॆको घोषणापत्र समितीको तर्फबाट पाँच बुंदे लन्डन घोषणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा अनेसासका अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताऎका थिए ।

सम्मेलनको तेश्रो तथा अन्तिम दिन महान साहित्यकार विलियम शेक्सपियरको जन्मघरको साहित्यिक यात्रामा पाहुना सहित ठुलो मात्रामा साहित्यकारहरुको सहभागिता थियो ।
कार्यक्रमलाई अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे, केन्द्रीय सदस्य लक्ष्मी राइ, सानु घिमिरे र सशी थापा शुब्बाले सन्चालन गरेका थिए ।

काठमाडौ । २० वर्षीया किशोरीलाई बेच्न खोजेको आशंकामा काठमाण्डौको नागढुङ्गाबाट दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधिसहित खटिएको प्रहरीले ना ७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा शनिबार साँझ दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आइते बहादुर लोप्चन छन् ।

उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाइदिन्छौं, कोही कसैले जाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजू सुत्केरी भएकाले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार यसबारे थप अनुसन्धान भैरहेको छ ।

काठमाडौ । पुरुषमा बाँझोपनको समस्याको उपचारका लागि इन्ट्रा–साइटोप्लाज्मिक स्पर्म इन्जेक्सनको प्रयोग गरिन्छ । जुन प्रविधिलाई संक्षिप्तमा इक्सी प्रविधि भनिन्छ । यो कम शुक्राणु हुने समस्या भएका पीडितहरूका लागि यो प्रविधि वरदान हुनसक्छ । यसका साथसाथै महिलाहरूमा भएको यस्तो समस्यामा इन विट्रो फर्टिलाइजेशन प्रविधिको प्रयोग गरिन्छ । यस उपचार विधिको सफलता दर ५० प्रतिशत देखि ६० प्रतिशतसम्म रहेको छ । इन विट्रो फर्टिलाइजेशन(आइवीएफ) उपचार प्रविधि अनुसार महिलाको अण्डाशयबाट डिम्ब र पुरुषको शुक्राणुबीच संसर्ग गराई पुन महिलाको गर्भाशयमा राखिन्छ र त्यहाँ नै यो पोषित र विकसित हुन्छ ।

यस्तो समस्याहरू देखापर्न गएमा निम्न सुरक्षाका उपाय अपनाउनु पर्दछ ।
–मधुमेह नियन्त्रित राख्नु पर्दछ । जसका लागि नियमित व्यायाम जरुरी छ । टाइप–१ मधुमेहका बिरामीहरूले नियमित रुपमा इन्सुलिनको डोज लिनु जरुरी छ ।
–धुम्रपान र पेयपदार्थबाट टाढै रहनु पर्दछ ।
–तनावमा रहनु हुँदैन ।
–बच्चा जन्माउन नियन्त्रण गर्न औषधिहरूको प्रयोग गर्नु हुँदैन ।
–सन्तुलित भोजन खानु जरुरी छ ।

अहिले माइग्रेन रोग युवाहरूमा तेज रूपमा बढ्दै गइरहेको छ । हतारको जिन्दगी, ढिला सुत्ने बानी, बिहान ढिला उठ्ने बानी, अव्यवस्थित खानाको समय एवं बढी तनाव लिएमा माइग्रेन युवाहरूमा बढी देखिन थालेको हो । सावधान हुन सकिएन भने यो जीवनमा खतरा बन्न सक्छ । यदि समयमा नै विज्ञ तथा चिकित्सकसँग सल्लाह लिन सकेमा यसलाई सामान्यरूपमा नै नियन्त्रण गर्न सकिन्छ । तर, यसबाट ठीक हुन केही समय लाग्न सक्छ ।

माइग्रेन रक्त वाहिकाहरूबाट रगत नर्भहरूमा फैलनु र यसबाट निस्कने केही केमिकलका कारण हुन्छ । माइग्रेनको चार वटा अवस्था हुन्छ ती प्रोडाम, आरा, हेडेक र पोस्ड्रोम हुन् । खास कुरा त के छ भने अहिले युवाहरू माइगे्रनबाट बढी प्रभावित भएको पाइन्छ । अहिले औषधिले माइग्रेन रोगबाट पूर्ण निको हुन सकिन्छ । यसको अलग अलग अवस्थाको आधारमा यसबाट पूर्ण निको हुन पनि अलग अलग समय नै लाग्ने दावी चिकित्सकहरूको रहेको छ ।

माइग्रेनका लक्षणहरू
–आधा टाउको दुख्ने र विस्तारै बढ्दै जाने ।
–टाउको दुख्नुको साथसाथै बान्ता आउने ।
–टाउको दुखाईको साथसाथै पखाला लाग्नु ।
–विस्तारै विस्तारै आँखा धमिलो हुँदै जानु ।
– टाउको दुख्नुभन्दा पहिले शरीर आलस्य हुनु, धेरै निद्रा लाग्नु ।

माइग्रेन बच्ने उपायहरू
–सुत्ने र उठ्ने समय निश्चित गर्ने प्रयास गर्ने । सकिन्छ भने राती छिटो सुत्ने र बिहान छिटो उठ्ने प्रयास गर्ने ।
–समयमा भोजन गर्नु । लामो समयसम्म ब्रत नराख्नु ।
– कफीयुक्त पदार्थ एवं चियाको सेवन एकदमै कम गर्ने ।
– धेरै उज्यालोबाट टाढा रहने ।
– यी उपायहरूका साथसाथै माइग्रेनलाई प्रेरित गर्ने खालका वस्तुहरूबाट बच्ने ।

काठमाडौ । समय तालिकाअनुसार निजी आवास पुनर्निर्माणको काम नगर्ने भूकम्पपीडितहरू लाभग्राही सूचीबाट धमाधम हट्न थालेका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणअन्तर्गत लाभग्राहीमा परेका भूकम्पपीडितलाई २१ असारसम्म अनुदान सम्झौता गर्न समय तोकेको थियो । समयसीमाभित्र सम्झौता नगर्ने ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका थिएनन् भने प्राधिकरणले उनीहरूलाई सूचीबाट हटाएको छ ।

यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने भूकम्पपीडित पनि लाभग्राहीको सूचीबाट हटेका छन् । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने ५ हजार ५४० लाभग्राही सूचीबाट हटेका हुन् ।
प्राधिकरणले गत साउन पहिलो साता निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा समावेश भएर २१ असार २०७६ सम्म सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नलिने ६२ हजार ८४९ भूकम्पपीडितलाई लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको थियो ।

प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेका लागि अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्य स्थगित गर्न सबै निकायहरूलाई यसअघि नै निर्देशन दिएको थियो ।
प्राधिकरणको समय तालिकाअनुसार काम नगर्ने भूकम्पपीडित अझै ठूलो संख्या पनि हट्ने देखिएको छ । असार मसान्तसम्म पहिलो किस्ता लिएकाले कात्तिक मसान्तसम्म दोस्रो किस्ता र माघ मसान्तसम्म तेस्रो किस्ता लिनुपर्ने तालिका तय भएको छ ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भूकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । अन्य २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण धमाधम भइरहेको छ ।
प्राधिकरणले पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा रहेको जनाएको छ । उक्त संख्या पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत उपलब्धि हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।

प्राधिकरणले अनुदान सम्झौता गरेका मध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताएका छन् ।

काठमाडौ । काठमाडौँको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।उनलाई आफ्नै कोठाबाट आज अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।चन्द समूहलाई विध्वंशकारी क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले गत फागुनदेखि उसका गतिविधिमा रोक लगाएको थियो ।

पछिल्लो समयमा चन्द समूहका उच्च नेतासहित झण्डै ६०० लाई प्रहरीले पक्राउ गरिसकेको छ भने कतिपय नेताहरुले समूह परित्यागको घोषणा गरेका छन् । यसैबीच प्रगतिशील लेखक सङ्घले आज एक विज्ञप्ति जारी गरी पक्राउ गरेको घटनाको भत्र्सना गरेको छ । जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यामबाट राजनीतिकरूपमा समस्याको समाधान गर्नसमेत माग गरिएको छ ।