कुवेत माथि नेपालको शानदार जीत

साउन ११, २०७६ मा प्रकाशित | 29227 views

काठमाडौ ।  सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १६ ओभर मात्र ३ विकेट गुमाएर पुरा गरेको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले भोली आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।

नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाउनुभयो । कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

योसँगै कप्तान पारस टी–ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाउनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३,३ विकेट लिनुभयो ।
यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web