राष्ट्रपतिबाट सातै प्रदेशको प्रदेस प्रमुख नियुक्त

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरू नियुक्ती गरेकी छन्।  सरकारले प्रदेश प्रमुखहरु नयाँ नामावली सिफारिस गरेपछि राष्ट्रपतिले सातै प्रदेशका प्रमुख नियुक्ती गरेको राष्ट्रपतिको कार्यालय जानकारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सात वटै प्रदेश प्रमुखका लागि नेकपाबाट आएका नाम अनुमोदन गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।

७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए।  विष्णु प्रसाईं, सोमनाथ अधिकारी 'प्यासी', धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।

आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्। राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै पदमुक्त गरेको अवस्थामा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुन्छ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, सांसद् हितबहादुर तामाङबाट नयाँ र आकर्षक योजना तर्जुमा

विदुर । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद् हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त ६ करोड रुपैयाँ बजेट बाँडफाँट गर्नुभएको छ ।

कार्यक्रम निर्देशक समितिको विदुरमा आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र नं १ मा रहेका विभिन्न सातवटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा बिनियोजन हुनेगरेर विभिन्न २९ योजनामा बजेट तर्जुमा गरिएको सांसद् तामाङले जानकारी दिनुभएको छ ।

अघिल्लो वर्षको जस्तै यो वर्ष पनि पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक निर्माण तथा विस्तारलाई प्रथामिकता दिएर बजेट तर्जुमा गरिएको छ । तर्जुमा गरिएको बजेटमा ककनी गाउँपालिकामा पाँच योजना, शिवपुरी गाउँपालिकामा चार वटा योजना, पञ्चकन्या गाउँपालिकामा ३ वटा योजनामा बजेट तर्जुमा गरिएको कार्यक्रम निर्देशक समितिका संयोजक तामाङले बताउनुभयो ।

उहाँको अनुसार बाँकी दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका, लिखु गाउँपालिका र  सूर्यगढी गाउँपालिकामा समान चार चार वटा योजना सहित प्रशासनिक खर्च बापत पाच लाख ४० हजार रुप्रयाँ रहने गरेर २९ योजनामा ६ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

अघिल्लो वर्ष चार करोड रुपैयाँ रहेकोमा यो वर्ष दुई करोड थप भएर प्राप्त भएको ६करोड रुपैयाँ बजेट अन्तरगत तोकिएको मापदण्ड अनुसार पचास लाख भन्दा ठूला योजना ६ वटा तर्जुमा गरिएको छ । सडकलाई प्रमुख प्राथमिकता दिएर बजेट बिनियोजन गरेपनि ठूलो योजनामा नयाँ योजनालाई प्रथामिकता दिइएको छ ।

ठूलो योजना अन्तरगत ५० लाखको योजनामा महाकालीको सिलामेमा रहेको जानकी माविको भौतिक पूर्वाधार निर्माण, गाउखर्कको माप्ले माविमा ग्याविन वाल लगाउन, तादी गाउँपालिका स्थित कोषगाढेको पहिरो नियन्त्रण गर्न, लिखु र पञ्चकन्यामा थालिएको सामूहिक तरकारी खेतीलाई प्रबद्धनका लागी कृषि उपज संकलन केन्द्र स्थापना गर्न बजेट छुट्टाइएको छ ।

बजेटले निर्वाचन क्षेत्रभित्रका सबै जनताले मागेका योजनाको सम्बोधन गर्न नसकेपनि सम्बन्धित स्थानीयतका सरोकारवाला, स्थानीयतहको गाँउसभा मार्फत प्रथामिकतामा रहेका योजना, कार्यक्रम परामर्श समितिको बैठक लगायतबाट राय एवम् सुझाव संकलन गरी भौतिक पूर्वाधार अन्तरगत सडकलाई प्रथामिकता र जनताको माग अनुसार अन्य क्षेत्रमा बजेट छुट्टाइएको कार्यक्रम निर्देशक समितिको संयोजक एंव सांसद् हितबहादुर तामाङले जानकारी दिनुभयो ।

बिनियोजित गरिएको बजेटको सही कार्यान्वयनको लागी कार्यक्रम निर्देशक समितिको पदाधिकारी सहित लाभग्राही उपभोक्ताले पनि चासो दिनुपर्ने सांसद् तामाङले बताउनुभएको छ । संसद्संग जोडिएको बजेट भएकाले कार्यकर्तालाई पोस्ने भन्ने आरोप लाग्ने गरेकालाई छुट्टाइएको बजेटमा आफूले हस्तक्षेप नगरी स्वतन्त्र तवरले ५० लाख भन्दा कममा उपभोक्ता समिति र त्यो भन्दा बढीमा बोलपत्र आह्वान गरेर कार्यन्वयन गराउन लागिपर्ने उहाँले बताउनुभयो ।

पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको बजेट तर्जुमाको लागी क्षेत्र नं. २ का सांसद् नारायणप्रसाद खतिवडाले यसअघि नै सम्बन्धित स्थानीयतहका सरोकारवाला, सरकारी निकाय, स्थानीयतहले प्रथामिकतामा राखेका योजनाका विवतरण संकलन, स्थानीयतहका प्रमुख–उपप्रमुख लगायतसंग छलफल मार्फत राय एवम् सुझाब संकलनको क्रममा रहेको बताउनुभएको छ ।

उहाँले यो साताभित्रै योजना तथा बजेट सार्वजनिक गर्नको लागी आवश्यक तयारीलाई अन्तिम चरणमा पु¥याएको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १७ पुग्यो, १४ जनाको परिचय खुल्यो

सुकुटे ।  सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने तीमध्ये १४ जनाको परिचय खुलेकोे छ ।  दुर्घटनामा ५० जना घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा दोलखाकाे शैलुङ गाउँपालिका -५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ-४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ-३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ-३ की  २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ-५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका-९ की २४ वर्षीया रन्जिता के.सी. बस्नेत,  त्रिपुरासुन्दरी -४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।

त्यस्तै शैलुङ-५ का २९ वर्षीय किरण राउत, शैलुङ-५ कै २० वर्षीया कविता राउत, शैलुङ-५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ-४ का १४ वर्षीय दिल लामाऽ  शैलुङ-३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेकाे रोशि गाउँपालिका-४ की ५ वर्षीया सजिना तामाङ् र दाेलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेकाे प्रहरी कार्यालय बलेफीले जानकारी दिएकाे छ । अरु शवको पहिचान गर्ने काम भैरहेको छ ।

दोलखाबाट काठमाण्डाैका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । अहिले भने उद्धारकार्य रोकिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको आशंका छ ।

गोसाईकुण्ड सहकारी सँस्थाको अठारौ साधारणसभा सम्पन्न

बट्टार । सहकारीको रुपमा स्थापना भएर लघुवित्त एंव बीमा कम्पनी सरह सेवा दिदै आएको गोसाईकुण्ड सहकारी सँस्था लिमिटेडको अठारौ साधारणसभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । विदुर नगरपालिका वडा नं. २ बट्टारमा कार्यालय रहेको सहकारीको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सहकारीको सेवालाई अझ बृहत्त बनाएर आबद्ध शेयर सदस्यको आर्थिक अबस्था बलियो बनाउनेमा जोड दिएको छ ।

साधारण सभामा वर्तमान अध्यक्ष भुवलनलाल राजभण्डारीले पेश गरेको बार्षिक प्रतिवेदन अनुसार सहकारीले नुवाकोटभर छरिएका शेयर दुई हजार १५६ शेयर सदस्य मार्फत एक करोड ६९ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको उल्लेख गरिएको छ । सहकारीले सम्पन्न आर्थिक वर्षसम्ममा १० करोड १९ लाख रुपैयाँ बचत गरेको छ भने  १० करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर सहकारीको आर्थिक अबस्थालाई मजबुद बनाएको छ । सहकारीले रेमिटेन्स, निर्धन उत्धान कार्यक्रम, स्वरोजगार कर्जा लगानी, सदस्यता राहत लगायतका कार्यक्रम मार्फत आबद्ध भएका सदस्यको जिविकोपार्जनमा प्रत्यक्ष सहयोग पु-याएर उनीहरुको आर्थिक अबस्थालाई बलियो बनाउदै अघि बढेको उल्लेख गरिएको छ ।

सहकारीको कोषाध्यक्ष दिपकराज सिलवालको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक धुव्रप्रसाद अर्यालले पेश गरेको लेखा समितिको प्रवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पास गर्दै सहकारीको अहिलेको भूमिका प्रशंसनीय रहेकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी रुपमा अघिबढाउन जोड दिइएको छ ।

सहकारीले चालु आर्थिक वर्षदेखि नै आबद्ध हुने सदस्यता विस्तार गर्ने, कर्जा र लगानीलाई उत्पादनमूलक क्षेत्रमा प्रथामिकता दिने, महिलाको नेतृत्व तथा घरेलुउद्यममा लगानी बढाउनको लागी प्रथामिकतामा राख्न निर्णय गरेको व्यवस्थापक हरिबंश ढकालले जानकारी दिनुभएको छ ।

सहकारीले उत्कृष्ट बचतकर्तामा राधा श्रेष्ठ, ऋणीमा रितादेवी तामाङ–राईलाई सम्मान गरेको छ । यसैगरी, समूहतर्फ पहिलो भएको दक्षिणकाली निर्धन उत्थान समूह, दोश्रो भएको शिवशक्ति निर्धन उत्थान समूह र तेश्रो भएको जालपादेवी निर्धन उत्थान समूह ‘क’लाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको छ ।

सहकारीको आजै भएको अधिवेशनले अहिले उपाध्यक्ष रहनुभएका इन्द्रबहादुर पण्डितको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । सहकारीको उपाध्यक्षमा मणिकलाल श्रेष्ठ, सचिवमा रामकृष्ण राजभण्डारी र कोषाध्यक्षमा दिपकराज सिलवाल चयन हुनुभएको छ । सदस्यहरुमा राजेन्द्र प्याकुरेल, लक्ष्मी प्रधान, रामकृष्ण रिमाल, सुन्तली श्रेष्ठ र गंगालाल श्रेष्ठ रहनुभएको छ । यसैगरी, लेखासमितिको संयोजकमा धुव्रप्रसाद अर्याल र सदस्यहरुमा होमनाथ घिमिरे र सबिना खड्का रहनुभएको छ । ऋण उपसमितिको सदस्यमा गोपिनी केसी र जुना कुमारी डंगोललाई सर्वसम्मत चयन गरिएको छ ।

सहकारीको साधारणसभाको अवसरमा विदुर नगरपालिको प्रमुख सञ्जु पण्डित सहित जिल्लाको विभिन्न सहकारी सँस्थाको प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि एंव वित्तिय क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

जयगणेश बहुउद्देष्य सहकारी सँस्थाको १३औँ साधारणसभा सम्पन्न

विदुर । नयाँ व्यवस्थापन मार्फत सञ्चालनमा आएको जयगणेश बहुउद्देष्य सहकारी सँस्था लिमिटेडले सहकारीको भूमिकालाई छोटो समयमै उकृष्ट रुपमा प्रस्तुत गरेको छ ।

विदुर नगरपालिका वडा नं. २ विदुरमा कार्यालय रहेको सहकारीको आज सम्पन्न १३औ साधारणसभा सहकारीको अध्यक्ष बैकुण्ठ मिश्रले बचत र ऋणको कारोबार गर्ने मात्र नभई उद्यम विकास, कृषि र व्यवसायको लागी पु¥याउनुपर्ने सहयोगलाई प्रभावकारी रुपमा निर्वाह गरेको बताउनुभएको हो ।

नयाँ व्यवस्थापनले सहकारी सञ्चालनको जिम्मेवारी लिएको तीन वर्षको अवधिमा नै जिल्लाकै नमूना सहकारीको रुपमा सेवा दिदै आएको सहकारीले आफ्नो कार्य क्षेत्रभित्र कृषि, ब्यापार तथा घरेलु उद्यमसंग सम्बन्धित क्षेत्रमा गरेको कर्जा लगानी र आर्थिक रुपमा समृद्धि बनाउन सफल भएको जिल्ला सहकारी संघको पूर्व अध्यक्ष समेत रहनुभएका सहकारीका अध्यक्ष मिश्रले बताउनुभएको छ । उहाँले सहकारी मार्फत समुदाय रुपान्तरणको लागी पु¥याउनुपर्ने भूमिका आगामी दिनमा थप प्रभावकारी बनाएर अघि बढ्ने प्रद्धिबद्धता जनाउनुभएको छ ।

विदुर नगरपालिका कार्यक्षेत्र रहेको सहकारीको हाल ३५० जना शेयरसदस्य रहेका छन भने त्यसबाट शेयरपु्ँजी दुई करोड तीन लाख रुपैयाँ भन्दा बढी पुगेको अध्यक्षले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले सम्पन्न आर्थिक वर्षमा एक करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । पछिल्लो एक वर्षका बचत तथा ऋणको कारोबार मार्फत ५० हजार भन्दा बढी रकम मुनाफा कोषमा जम्मा गर्दै सहकारीको आर्थिक अबस्थालाई बलियो बनाएको छ ।

साधारण सभामा सहकारीका सचिव प्रकाशकुमार अधिकारीले पेश गर्नुभएको चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम तथा बजेट र अनुमानित खर्च विवरणले आगामी वर्ष सहकारीको शेयर सदस्य बढाउने, त्यसबाट शेयरपुँजी तीन करोड पु¥याउने, निक्षेप संकलन अहिलेकोबाट बढाएर तीन करोड पु-याउदै कर्जा लगानीलाई त्यो भन्दा झनै दोब्बर ६ करोड पु-याउने लक्ष्य बनाइएको छ ।

यस्तै, सहकारीको लेखा समितिका संयोजक नवदिप श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदनले सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा लक्ष्य अनुसारको प्रगति हासिल गर्दै आएको उल्लेख गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष शरण उत्सुक सापाकोटा, संघका अध्यक्ष तथा सहकारीका उपाध्यक्ष ताराबहादुर कार्की प्रजातान्त्रिक विचार समाजका सचिव हरेराम गिरी, सहकारीको सञ्चालक नारायण पौडेल, किस्पाङ गाउँपालिकको अधिकृत हरी प्याकुरेल लगायतले सहकारीको सिद्धान्त र भूमिका अनुसार सञ्चालन गरेर सानो पुँजीको संकलन मार्फत आबद्धछ सदस्यलाई सहकारीले आर्थिक रुपमा बलियो बनाउनको लागी सक्रिय रहनुपर्ने बताउनुभएको छ ।

साधारणसभा मार्फत अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा समितिको आर्थिक प्रतिवेदन र सचिवको बार्षिक प्रतिवेदन सहित विदुर नगरपालिका केन्द्रित रहेको कार्यक्षेत्र बढाएर जिल्लाभर बनाउने, अन्य सहकारीसंग एकीकरण अर्थात मर्जरको लागी पहल गर्ने सहित आवश्यक नीति, निर्देशिका, नियमावली र कार्यविधि पनि पारित गरेको छ ।

साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ता अर्जुनप्रसाद भट्ट र  असल ऋणी कमला मानन्धरलाई सम्मान गरेको  छ ।

रसुवाको सिडियो तेश्रो हुदाँ नुवाकोट २९ औँ स्थानमा

विदुर । रसुवाका प्रमुख जिल्ला अधिकारी सिडिओले कार्यसम्पादन लगायतको दक्षतामा ए प्लस ग्रेड ल्याउन सफल भएका छन् । ७७ जिल्लामध्ये पाँचवटा जिल्लाका सिडियोले ए प्लस ल्याएकोमा रसुवा जिल्लाका सिडियोको नं. तेश्रो स्थानमा रहदै उत्कृष्ट भएका छन् । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर गृह मन्त्रालयले सिडिओहरूको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको थियो ।

जसमा रसुवाका तत्कालीन प्रजिअ कृष्ण पौडेल र हाल कार्यरत प्रजिअ अर्जुन भण्डारीले ए प्लस ल्याएका हुन् । रसुवाका प्रजिअले ९०. ६९ प्रतिशत अंक ल्याएका छन् । कार्यालयको नियमित काम बाहेक अन्य कामहरू गरिएको कारण उत्कृष्ट ५ मा पर्न सफल भएका हुन् ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय रसुवाले नियमित काम बाहेक अन्य कामलाई समेत अघि बढाउँदै गएको छ । प्रशासनलाई सुधार गर्नुका साथै अन्य निकायसँग समन्वय बढाएको छ ।

रसुवा जिल्ला तेश्रो सहित उत्कृष्ट हुदाँ नुवाकोटका सिडियोको भूमिका भने सामान्य देखिएको छ । परीक्षाको अंकभार जोडिएको समयमा नुवाकोटका सिडियोहरु उद्धब थापा र अहिले कार्यरत द्रोण पोखरेलले सयुक्त रुपमा ८३.३३ प्रतिशत अंका ल्याएर २९ औ स्थानमा समेटिएका छन् ।

नुवाकोटका अहिलेका सिडियो यसअघि कार्यरत रहेको सर्लाही जिल्लाको अंकभार झन कमजोर रहेको छ । सर्लाहीमा पोखरेल र अहिलेको सिडियोको सयुक्त अंकभार ६२.७४ अंक ल्याएर ७७ जिल्ला मध्ये ७१ औँ स्थानमा परेका छन् ।

यसरी अंक र जिल्लाको तहगत नतिजाले  सिडिओहरूबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने र दक्षता जाँच गर्न सहज हुने गृह मन्त्रालयले जनाएको छ ।

नयाँ पत्रिका दैनिकले तयार गरेको समाचार समाग्रिको विस्तृत विवरण यस्तो रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको नाफामा फराकिलो सुधार, प्रतिशेयर आम्दानी ६२ रुपैयाँ

धादिङवेसी । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा ५८.६७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिया । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएँंगै नाफा बढेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३७ करोड ५५ लाख निक्षेप संकलन र २ अर्ब ५६ करोड ४४ लाख सापटी लिई कूल ३ अर्ब ८० करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट लघुवित्तले ८ करोड ६८ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ३४ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त कम्पनीहरुमध्ये सर्वाधिक ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस लघुवित्तको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । लघुवित्तले १७ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा गरेको छ । पहिलो त्रैमाससम्ममा लघुवित्तको संचालन मुनाफा ६ करोड ६६ लाख रुपैंया छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको यस्तो मुनाफा ४ करोड १५ लाख रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १.२६ प्रतिशत रहेको माइक्रोफाइनान्सको निष्क्रिय कर्जा बढेर अहिले १.७५ प्रतिशत पुगेको छ । जसका कारण कम्पनीले गत आर्थिक वर्षको भन्दा करिब दोब्बर रकम जोखिम बापत व्यवस्थामा जम्मा गरेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा लघुवित्तले १ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

लघुवित्तले नाफामा उल्लेख्य सुधार गरेपनि प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७० रुपैयाँ ३८ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी अहिले घटेर ६२ रुपैयाँ ४३ पैसामा झरेको छ।

लघुवित्तको मूल्य आम्दानी अनुपात उल्लेख्य सुधार भएको छ। गत आवमा ३०.५२ गुणाले बढी रहेको लघुवित्तको यस्तो अनुपात अहिले घटेर २५.६० गुणा बढी कायम भएको छ । लघुवित्तको प्रति शेयर नेटवर्थ १६५ रुपैंया ५२ पैसा छ।

नुवाकोटको भाल्चेमा १७ गतेदेखि १९ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना

विदुर । नुवाकोटको किस्पाङ गाउँपालिका  वडा नं. १ का भाल्चेमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको छ ।

स्थानीय क्षेत्रमा सक्रिय रहेको कग्यु मेन्लाम अदिंंसावादी युवा क्लव नुवाकोटको आयोजना र काठमाडौको कान्तिपुर अस्पतालको सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो । शिविर यही कार्तिक १७ देखि सुरु भएर १९ सम्म  चल्ने छ । प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बिरामीहरुको जाँच तथा परीक्षण गरिने आयोजक क्लबका सचिव सेने मोक्तान तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार शिविरमा स्वास्थ्य जाँच, हाडजोर्नी, स्त्रीरोग, दात सम्बन्धि समस्या एंव सामान्य स्वास्थ्य  चिकित्सक सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

चन्द समूहबाट बरामद ६ थान पेस्तोल, हतियार र विस्फोटक पदार्थ सार्वजनिक

दाङ  । प्रहरीले बिहीबार बिहान बैठकस्थल घेरा हालेर पक्राउ गरेका नेत्रविक्रम चन्द समूहका नेताहरुबाट बरामद हतियार तथा विस्फोटक पदार्थ शुक्रबार सार्वजनिक गरेको छ ।
दाङको राजपुरमा बिहिबार राती बैकठस्थल घेरा हाली प्रहरीले पक्राउ गरेका चन्द समूहका नेताहरुबाट बरामद गरेका सामग्रीहरु ।

पक्राउ परेका नेताहरुलाई भने सार्वजनिक गरेको छैन । पक्राउ परेका नेताहरुविरुद्व संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका ४ मुङग्रेठास्थित ज्ञानेन्द्रविक्रम रानाको घरमा बैठक बसिरेकेको बेला बिहीबार बिहान १ बजे बैठकस्थल नियन्त्रणमा लिई प्रहरीले २१ नेताहरु पक्राउ गरेको थियो । उनीहरुको साथबाट मेड इन यूएसए लेखिएका दुई पेस्तोल, चार कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ५ राउण्ड गोली, एक सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपयाँ नगद् बरामद् भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

यसैगरी २४ मोबाइल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव, नेपाल कम्युनिष्ट पार्टीको परिपत्र, प्रेस विज्ञप्ती, आर्थिक सहयोगका लागि लेखिएका चिठ्ठी ३० थान, नेकपाको छाप एक, विभिन्न राजनीतिक दर्शनका १३ किताब, १६ डायरी र २१ झोलाहरु भेटिएको उनले बताए । यस्तै दिपराज सेपाईलीको नाममा रहेको ग्लोबल आईएम्ई बैंकको २ थान चेक तथा तिलकबहादुर गुरुङ र दिपराज सेर्पाइलीको संयुक्त नाममा रहेको ग्लोबल आईएम्ई बैंकको २ थान चेक पनि बरामद् भएको शाहले जानकारी दिए ।

मंसिरमा हुन थालेको उपनिर्वाचनलाई लक्षित गरी चन्द समूहले जंगलको बस्तीमा बैठक आयोजना गरेको प्रहरीको बुझाइ छ । नेताहरु त्यस क्षेत्रमा गएको सूचना पाएपछि जिल्ला प्रहरी घोराही, इलाका प्रहरी कार्यालय गढवा र वडा प्रहरी कार्यालय लमहीको टोली परिचालन भएको थियो ।

बैठक बसेर दुईवटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो । सेन्ट्री बसेका र अर्को एक घरमा रहेका नेताहरु भागेको प्रहरीले जनाएको छ ।

बैठकस्थल पुग्न गढवा बजारबाट राजपुरको मतियानी खोलासम्म करिब ६ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ । त्यसपछि सडक नभएकाले तीन घण्टा पैदल यात्रा गरेर घटनास्थल पुगेको प्रहरीले जनाएको छ । बैठकस्थल गढवाबाट करिब १५ किलोमिटर रहेको छ ।

सांसद साह साधारण तारेखमा रिहा

जनकपुर  । प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएसँगै साह रिहा भएका हुन् । बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका थिए ।
साहबिरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो ।काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ४ दिनको म्याद दिएको थियो । म्याद सकिन दुई दिन बाँकी छँदै जिल्ला प्रहरी कार्यालय, धनुषाले तोडफोड मामिलामा सबै अनुसन्धान सकेको छ । प्रहरीले बुझाएको अनुसन्धानको फाइल र सांसद साहसित लिइएको बयानलाई आधार बनाएर बिहीबार अदालतमा मुद्दा पेस गरिएको थियो ।

सांसद साहविरुद्ध हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।

गुण्डा नाइके बाघे स्वयम्भूबाट पक्राउ

काठमाडौ । गुण्डा नाइके 'बाघे' भनिने सुकबहादुर लामा पक्राउ परेका छन् ।

लामालाई महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट शुक्रबार पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।

एसएसपी थापाले भने, "गिट्टी बालुवा तथा रोडाहरू दिनुपर्ने परिमाणमा नदिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।"

बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाशाखा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छ ।

मंसिर १४ मा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन (विस्तृतमा)

काठमाडौ । मंसिर १४ का लागि तोकिएको उपनिर्वाचन ४७ जिल्लामा हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य-१, प्रदेशसभा सदस्य-३, उपमहानगरपालिका प्रमुख-१, गाउँपालिका अध्यक्ष-३, गाउँपालिका उपाध्यक्ष-१, वडाध्यक्ष-४१ सहित ५० पदका लागि निर्वाचन गर्न लागेको हो।

गत फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक  उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ सहित ५० पदका लागि निर्वाचन हुन लागेको हो।

यसैगरी, दाङ-३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओली, भक्तपुर-१ 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ-२ 'ख'बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्ती विजयी भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। ओलीको सवारी दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको थियो। लामिछानेको मस्तिष्कघातका कारण ज्यान गएको थियो। जन्डिसका बिरामी घर्तीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो।

स्थानीय तह अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा गत वर्षको साउन १ मा निधन भएको थियो। पाँचथर फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको गत माघमा मृत्यु भएको थियो। संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष खड्ग कटुवालको २०७४ को पुस ३० मा मृत्यु भएको थियो। महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरीको गत बैशाखमा उपचारका क्रममा मृत्यु भएको थियो। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको पद पनि रिक्त छ। नियमित चुनावको एकवर्ष अघि पद रिक्त भए मात्रै उपनिर्वाचन हुने व्यवस्था छ। वडा अध्यक्षभन्दा तलका पदमा भने उपनिर्वाचन गर्ने व्यवस्था सविधानमा छैन।

विभिन्न स्थानीय तहका ४१ वडामा उपनिर्वाचन हुने भएको छ। पाँचथरमा फिदिम नगरपालिकाको-१ र हिलिहाङ-७ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। मोरङको धनपालथान-२, सुनसरीको धरान उपमहानगरपालिका-७ मा वडाध्यक्ष पद खाली छ।

संखुवासभाको खाँदबारी-३,खोटाङको साकेला गाउँपालिका-३ सप्तरीको छिन्नमस्ता-७, सिराहाको कल्याणपुर नगरपालिका-१२ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। महोत्तरीको वलवा नगरपालिकाका-८ र २ का साथै मटिहानी नगरपालिकाको-६ मा  वडा अध्यक्षका पद खाली भएकाले यी स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुने तय भएको छ।

यसैगरी, सर्लाहीमा हरिपुर्वा-१,रौतहटमा गढिमाई-२,बारामा बारागढि-१,पर्सामा सखुवा प्रसौनी-५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ। रामेछापको उमाकुण्ड-५,सिन्धुपाल्चोकको इन्द्रावती -८,काभ्रेको धुलिखेल-२,काठमाडौंको दक्षिणकाली-३ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ।

चितवनको खैरहनी नगरपालिका-४ र ५ नम्बर वडा, लमजुङको सुन्दरबजार-२,बागलुङको बडिगाड-२,पूर्वी नवलपरासीमा बौदीकाली-५, गुल्मीको रुरुक्षेत्र-६, अर्घाखांचीको मलारानी-३ मा पनि वडाध्यक्षको पद रिक्त भएकाले उपनिर्वाचन हुनेछ। प्युठानमा तीन वडाका अध्यक्ष पद खाली छन्। प्युठान नगरपालिका-१ र ऐरावती गाउँपालिका-१ र २ वडामा उपनिर्वाचन हुनेछ।

रोल्पामा थवाङ- १, दाङको घोराही-१६, बाँकेको कोहलपुर-६ सल्यानको कुमाख-५,बाजुराको त्रिवेगी-१,अछामको मेल्लेख ५ मा वडा अध्यक्षको पद रिक्त भएका स्थान हुन्। डोटीको आदर्श-२, कञ्चनपुको पुर्नवास-३,वैतडीको पुचौंदी -४, सुर्नया- १ र दोगडकेदार-४ मा पनि उपनिर्वाचन हुनेछ। साथै, कपिलवस्तुको शिवराज-१० र भोजपुरको पौवाढुङ्गा-१ मा पनि वडा अध्यक्षको पद रिक्त छ।

संघीय सांसदले सभामुखलाई राजीनामा दिएमा, तोकिएको योग्यता नपुगेमा, सदनको कार्यकाल सकिएमा, सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा, सम्बन्धित दलत्याग गरेमा र मृत्यु भएमा पद रिक्त हुने संविधानको धारा ८९ मा व्यवस्था गरिएको छ। प्रदेशसभा सदस्यको स्थान खाली हुने अवस्था पनि संघीय सदन अनुसारकै बनाइएको छ। प्रदेश सदस्यले राजीनामा दिने भए प्रदेश सभामुखलाई बुझाउनुपर्नेछ।

स्थानीय तहका जनप्रतिनिधि रिक्त हुने प्रावधानहरूमा अध्यक्षले उपाध्यक्ष समक्ष, उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिएमा,कार्यकाल सकिएमा वा मृत्यु भएमा छन्।

गाउँपालिकाको अध्यक्षको सन्दर्भमा संविधानमा त्रुटि भेटिएको छ। संविधानको धारा २१५ मा स्थानीय तहका पदाधिकारी रिक्त रहेको अवस्थामा उपनिर्वाचन गर्ने प्रावधान छ। सोही धाराको उपधारा ७ मा दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने प्रावधान छ। रिक्त स्थानमा उपधारा ८ अनुरुप उपनिर्वाचन हुनुपर्नेमा त्रुटिवस उपधारा ७ उल्लेख  छ।

निर्वाचन आयोगका प्रवक्ता शंखर प्रसाद खरेलले ऐनले ‘क्लियर’ गरेकाले समस्या नहुने बताए। उपनिर्वाचन परम्परागत प्रणालीकै हुनेछ। विद्युतीय मतदानका लागि समयाभाव रहेकाले नयाँ प्रविधि प्रयोग गर्न नसकिने आयोगले स्पष्ट पारेको छ। प्रवक्ता खरेलले भने,‘पाँचथरदेखि हुम्लासम्म उपनिर्वाचन गराउनु छ। विद्युतीयको लागि मतदाता शिक्षा छुट्टै चाहिन्छ। अहिले मतदाता शिक्षा दिन सकिने समय छैन।’

उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले प्रारम्भिक चरणमा २५ करोड निकासा गरिसकेको छ। आयोगले ४० करोड खर्च लाग्ने प्रारम्भिक अनुमानसहित बजेट निकासाका लागि आग्रह गरेको थियो।

दलहरुलाई आचारसंहिता लागू गर्ने सन्दर्भमा निर्वाचन सुरु हुनुभन्दा कति समय अघि भन्ने एकिन व्यवस्था छैन। उपयुक्त समयमा आयोगले आचारसंहिता लागू गर्ने खरेलले जानकारी गराए।

स्वयंसेवक सहित ६ हजार ८ सय  कर्मचारी उपनिर्वाचनका लागि आवश्यक हुने आयोगले जनाएको छ। निर्वाचन हुने मितिभन्दा दुई महिनाअघि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुनेछ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web