मुख्यमन्त्रीदेखि संघीय मन्त्री नै आचारसंहिताविपरीत भोट माग्न व्यस्त

काठमाडौ ।  आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि संघीय तथा प्रदेश २ सरकारका बहालवाला मन्त्रीहरुले नै निर्वाचन आचारसंहिताविपरीत आ-आफ्ना उम्मेदवारका प्रचारप्रसार गर्दै मत मागेका छन् ।

झण्डै दुई सातादेखि प्रदेश २ का बहालवाला मुख्यमन्त्रीदेखि मन्त्रीहरुले निर्वाचन आचारसंहिता २०७२ विपरीत प्रचारप्रसार गर्दै आएका छन् । प्रदेश २ को महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, रौतहट र पर्सासहितका जिल्लामा मुख्यमन्त्री र मन्त्रीहरु आआफ्ना उम्मेदवारका प्रचारप्रसार गर्दै आएका छन् ।

प्रदेश २ मा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार छ । चुनावको रन्को लागेदेखि नै मन्त्रीहरु आ-आफ्ना मन्त्रालयमा समय नदिइ झण्डावाल गाडी लिएर आ-आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्दै मत माग्दै हिँडिरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहनु भएका उपप्रधान एवं कानुन तथा न्याय मन्त्री उपेन्द्र यादवले पनि बुधवार महोत्तरीको पिपरासहितका ठाउँमा सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै आफ्ना उम्मेदवारको नाममा मत माग्दै पञ्जा छापमा मत हाल्न आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद २, दफा ५ को खण्ड (ख) को उपखण्ड ८ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनीतिक दलले निर्वाचनका लागि आयोजना गरेको कार्यक्रममा भाग लिँदा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भनिएको छ ।

त्यस्तै परिच्छेद ३ को दफा ६ मा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवारको पक्ष वा विपक्ष बन्नु हुँदैन भनिएको छ । तर यहाँ प्रचारप्रसारको अन्तिम दिन मौन अवधिको पूर्व सन्ध्यामा नेपाल सरकारका मन्त्री उपेन्द्र यादवले सरकारी खर्च र प्रदेश सरकारको गाडीमा आफ्ना समाजवादी पार्टीका उम्मेदवारको प्रचारप्रसार गर्नुभयो ।

त्यस्तै प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमणबाट फर्केलगतै तीन दिनदेखि पञ्जा छापमा मत माग्दै प्रदेशका सप्तरीदेखि पर्साम्मको जिल्लामा हिँड्नुभयो । मंगलबार उहाँले पिपरा गाउँपालिकामा अबेर रातिसम्म चुनावी प्रचारप्रसार गर्नुभएको थियो ।

उहाँ विदेश भ्रमण हुँदा उहाँको पार्टीका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहसहितका मन्त्री तथा राज्यमन्त्री गएको हप्तादेखि नै मन्त्रालय बस्न छाडेर प्रचारप्रसारमा हिँडिरहेका छन् ।

प्रदेश सत्ता साझेदार दल राजपा नेपालका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय सहित राज्य मन्त्रीहरु समेतले गएको सातादेखि नै आफ्नो दिनचर्या नै आफ्नो पार्टीको उम्मेदवारको चुनाव चिह्नमा भोट माग्ने बनाए ।

प्रदेश २ सरकार गएको सातादेखि नै मन्त्री र सचिवविहीन छन् । मन्त्रीहरु चुनाव प्रचारप्रसारमा छन् भने सचिवहरु मन्त्री नरहेको फाइदा उठाउँदै काठमाण्डौ बस्दै आएका छन् ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौ । बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ ।

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

पल शाहको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाण्डौ । फिल्ममा व्यस्त नायक पल शाह पछिल्लो समय सेलेक्टेड गीतहरुमा मात्र देखिदै आएका छन् । अहिलेका डिमान्डेड नायक पल शाह र स्मृती श्रेष्ठको अभिनय रहेको गीत भिडमा पनि सार्वजनिक गरिएको छ । बिधान कार्कीको निर्देशनमा तयार भिडियोमा पल र स्मृतीको प्रेम लाइ भिडियोमा रोमान्टिक तवरमा देखाइएको छ ।

चर्चित गीतकार अम्बिका गुरुङको शव्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको सुमधुर संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । गीतमा सुमन केसी र बिद्या तिवारीको आवाज रहेको छ । गायक सुमन केसी पछिल्लो समय चलचित्र पाश्र्व गायनमा व्यस्त छन् भने गायीका तिवारी रियालिटी शोहरु बाट चर्चा कमाएकी गायीका हुन् ।

भिडियोको मेकिङ उच्च देखाउन निर्देशक कार्कीले कुनै कसर बाकी राखेका छैनन् । कार्की अमेरीकामा फिल्म मेकिङ अध्ययन सकाएर देश फर्केका हुन् । भिडियोलाइ उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक कार्की बताउछन् ।
भावसागर इन्टरटेनमेन्ट र नेपसिने ले संयुक्त रुपमा निर्माण प्रस्तुत गरेको हो । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन , बिकाश दाहालको सम्पादन र रेनीस फागोको रंग संयोजन रहेको छ ।.

दराज कम्पनी तानियो छानबिनमा, उपभोक्ता अधिकार हननबारे अध्ययन गर्दै विभाग

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन सपिङ कम्पनी दराजमाथि गम्भीर छानबिन सुरु गरेको छ। विभागले शुक्रबार दराजले गर्दै आएको व्यापारको वैधता र उपभोक्ता ठगीका विषयमा अनुगमन गरी काजगात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

अनुगमनका क्रममा विभागको टोलीले दराज कम्पनीका कारोबारसम्बन्धी विवरण नियन्त्रणमा लिएर अध्ययन गरिरहेको स्रोतले जनाएको छ। विसं २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा 'क्यामु दराज कम्पनी प्रालि'को नाममा यो कम्पनी दर्ता भएको थियो। कम्पनीले अनलाइन विज्ञापन, सफ्टवेयर विकास र कार्गो उद्योग संचालन गर्ने भन्दै उद्योग विभागमा दर्ता भएको देखिन्छ।

चिनियाँ कम्पनी अलिबाबासँगको सहकार्य र विदेशी लगानीसमेत भित्र्याएको उक्त कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भने दर्ता भएको छैन। कुनै पनि कम्पनीले व्यापारका लागि वाणिज्य विभागका दर्ता हुनुपर्ने कानुनी प्रावधान छ।

दराजले हालसम्म गरेको कारोबार र त्यसको कर चुक्ता भए–नभएको विषयमा विभागले अध्ययन गर्ने बताइएको छ। उपभोक्ता हित संरक्षण ऐनको कार्यान्वयन तथा सो सम्बन्धी नियमन र अनुगमन गर्ने जिम्मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो। उपभोक्ता ठगिएको वा त्यस्तो गुनासो आएको सन्दर्भमा उक्त विभागले अनुसन्धान गर्ने गर्छ। उपभोक्ता कुनै वस्तु तथा सेवाको खरिदमा मूल्य र गुणस्तरमा ठगिएको भेटिए उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने पनि विभागले जनाएको छ।

अनुगमनपछि संस्थाको नियमावली र प्रबन्धपत्र झिकाएर अध्ययन गर्ने तयारी विभागले गरेको छ। उक्त संस्थाले के कस्ता काम गर्न पाउने र कस्ता काम गर्न नपाउने भन्ने विषयमा पनि अन्यौलता रहेको र कामको प्रकृतिको स्पष्टता र सरकारी निकायबाट त्यसको अनुमति लिए/नलिएको बारे अध्ययन गर्ने विभागको उच्च श्रोतले जानकारी दिएको छ।

दराजले सोमबार ‘मेगा डिल अफर’का नाममा छुट योजना चलाएको छ। यस्ता योजना चलाउँदा उपभोक्ता ठगिको सम्भावना बढी हुने भएका कारण पनि विभागले दराजले गर्दै आएको व्यवसायमाथि निगरानी बढाएको हो।

पाँच लाखले लिए तेस्रो किस्ता

काठमाडौ । भूकम्पप्रभावित पाँच लाख १४ हजार ५७१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । घर पुनर्निर्माण गरी छाना छाउने तहसम्म पुर्याएपछि लाभग्राहीले तेस्रो किस्ता प्राप्त गर्छन् । यो अनुदान सम्झौता गरेका लाभग्राहीको ६६.२३ प्रतिशत हो । अपरान्हसम्मको तथ्यांकअनुसार ४ लाख ७२ हजार ३५१ लाभग्राहीहरु भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरी नयाँ घरमा सरिसकेका छन् । त्यसैगरी, पुनर्निर्माण प्रक्रियामा प्रवेश गरेका अन्य १ लाख ९४ हजार २१९ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गरिरहेका छन् ।

हालसम्म निजी आवास अनुदान प्राप्त गर्न योग्य ८ लाख १६ हजार ६८६ लाभग्राहीमध्ये करिब ९४ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ९८.९२ ले पहिलो किस्ता लिएका छन् भने ७८.९९ ले दोस्रो किस्ता लिएका छन् ।

राष्टिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे पछिल्लो समय निजी आवास पुननिर्माण सन्तोषजनक ढंगले अघि बढिरहेको बताउनुहुन्छ । अब बर्षा तथा चाडपर्वहरु सम्पन्न भई घर निर्माण गर्ने मौसम सुरु भएकोले निजी आवास पुनर्निर्माणको संख्यामा तिव्रता आउने उहाँको विश्वास छ ।

प्राधिकरणले २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिने लाभग्राहीलाई यही कार्तिक मसान्तभित्र दोस्रो किस्ता र सोही अवधिभित्र दोस्रो किस्ता लिएका लाभग्राहीलाई माघ मसान्तभित्र तेस्रो किस्ता लिन आग्रह पनि गरेको छ ।

‘हाइप्रोफाइल जुवाडे’लाई सम्पत्ति शुद्धिकरण विभागमा बुझाइने

काठमाडौ । महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको सम्पत्ति छानविन हुने भएको छ । गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि मंगलबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउने महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले उज्यालोलाई जानकारी दिनुभयो ।

जुवा खेलेको अभियोगमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्नासाथ सोमबार फेरि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउन लागिएको हो ।

क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटासहित सुमन अग्रवाल, पवन अग्रवाल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, रञ्जन राजवंशी, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, अशोक श्रेष्ठ, प्रेम थापामगर, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई कात्तिक १० गते प्रहरीले जुवाखालबाट पक्राउ गरेको थियो ।

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा पनि धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो ।

मंगलबार बिहान ७ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिनुभयो ।

पूर्व अर्थ राज्यमन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ

काठमाडौं । व्यवसायी तथा पूर्व अर्थ राज्यमन्त्री रुप ज्योति ठगी आरोपमा पक्राउ परेका छन्। बिहीबार साँझ सिआईबीको टोलीले पक्राउ गरेको हो। टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो।

सिल्क एयरको विमानबाट साँझ साढे ८ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका उनलाई विमानबाट उत्रेको केही समयमा नै सिआइबीको टोलीले नियन्त्रणमा लिएको थियो।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो।

तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो। सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको हो। प्रहरी उच्च स्रोतका अनुसार व्यवसायी ज्योतिलाई सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

देशबाहिर रहेका उनी आज स्वदेश फर्कंदै गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोली साँझ नै विमानस्थल पुगेको थियो।  यससँगै रूप ज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनू भन्ने जिल्ला अदालत काठमाडौंको आदेश कार्यान्वयन भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो।

सानिमा बैंकबाट विद्यार्थीलाई छात्रबृत्ति रकम वितरण

किस्पाङ । सानिमा बैंक किस्पाङ शाखाले सामाजिक उत्तरदायित्व बहन अन्तरगत दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । बैंकले उपलब्ध गराएको छात्रबृत्ति बुधबार गाउँपलिका अध्यक्ष छत्रबहादुर लामाले सञ्जु तामाङ र रामशरण विश्वकर्मालाई छात्रबृत्ति उपलब्ध गराउनुभएको हो ।

बैंकले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने अभियान अन्तरगत यसवर्ष सञ्जु तामाङ र रामशरण विश्वकर्मालाई ३७ हजार ५०० रुपैयाँको दरले रकम उपलब्ध गराएको सानिमा बैंक किस्पाङ शाखा प्रमुख प्रसन्न सेढाईले जानकारी दिनुभएको छ ।

छात्रबृत्ति पाउने सञ्जु र रामशरण दुवै विद्यार्थी ऐसेलुभूमे माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेका छन् । विद्यार्थीलाई छात्रृबृत्ति उपलब्ध गराएर उनीहरुको अध्ययनमा सहयोग र पढाई प्रतिको मनोबल बृद्धि गराएको भन्दै किस्ािङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा, वडा नं. ३ कहुलेका वडाअध्यक्ष अमृतबहादुर तामाङ लगायतले प्रशंसा गर्दै सहयोगलाई निरन्तरता दिन सहयोग रकम बृद्धि गर्न आग्रह गरेका छन् ।

किस्पाङ गाउँपालिकामा २०७५ साल जेठ २५ गतेदेखि सञ्चालन आएको सानिमा बैंकको शाखाले ढेडवर्षको अवधिमा २५ सयभन्दा बढी सेवाग्राहीलाई बैकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । बैंकले कृषि ऋणलाई सरल र सस्तो दरमा उपलब्ध गराएसगै किसानहरु व्यवसायिक तरकारी खेती तथा पशुपालन तर्फ आकर्षित हुदै गएका छन् ।

बैंकले विद्यालयहरुमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेर बैंकिङ्क प्रणालीको महत्वको प्रचारलाई समेत विद्यार्थीहरुमा पु¥याउन सकेको शाखा प्रमुख सेढाईले जानकारी दिनुभएको छ ।

भाल्चेमा सञ्चालन भएको शिविरमा ४१५ ले जाँच गराए

किस्पाङ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. १ का भाल्चेमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा चारसय भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।

यही कार्तिक १७ गतेदेखि १९ गतेसम्म चलेको शिविरमा विभिन्न स्वास्थ्य समस्याबाट पीडित भएका ४१५ जनाले जाँच तथा परिक्षण गराएको आयोजक कग्यु मेन्लाम अदिंंसावादी युवा क्लव नुवाकोटले जनाएको छ ।

शिविरमा काठमाडौको कान्तिपुर अस्पतालबाट आएका चिकित्सिकहरुबाट स्वास्थ्य जाँच, हाडजोर्नी, स्त्रीरोग, दात सम्बन्धि समस्या एंव सामान्य स्वास्थ्य सेवाको परीक्षण गरेका थिए । विशेषज्ञ सहितको २१ जनाको चिकित्सकको टोलीले बिरामीको शल्यक्रिया बाहेकको स्वास्थ्य समस्यासंग सम्बन्धित उपचार र औषधि उपलब्ध गराएको आयोजक क्लबका सचिव सेने मोक्तान तामाङले जानकारी दिनुभएको छ ।

जाँच गर्ने क्रमम मुटु रोगसंग सम्बन्धित देखिएका दुई जना बिरामीको अबस्था गम्भीर पाइएपछि थप उपचारको लागी कान्तिपुर अस्पतालले उहाँहरुलाई काडमाडौ लैजाने जनाएको छ । बिरामीको जाँचको लागी डाक्टरहरु किसन थापा, सुरज थापा, जेम्स भण्डारी, आस्थाप उपाध्याय, श्रृङ्खला श्रेष्ठ लगायतको टोली खटिएका थिए ।

सामुदायिक वनबाट लाभलिने कार्यक्रम चलाउनुपर्छ : उपप्रमुख ढुङ्गाना

बाघखोर । बेलकोटगढी नगरपालिकाको उपप्रमुख कविता ढुङ्गानाले सामुदायिक वनको संरक्षणसगै यसबाट उपभोक्ताले लाभलिन सक्ने कार्यक्रम चलाउनको लागी जोड दिने बताउनुभएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नं. ९ मा रहेको ‘गजुरेलपाखा सामुदायिक सामुदायिक वन उपभोक्ता समितिको बुधबार आयोजित दशौ साधारण एंव अधिवेशनमा सम्बोधन गर्दै नगरउपप्रमुख ढुङ्गानाले सामुदायिक वनको रुपमा जनताले संरक्षण गर्दै आएका सयौ रोपनी क्षेत्रफलमा काठदाउरा एंव घाँसस्याउलाको विकल्पमा कबुलियत बनको अवधारणा अन्तरगत आम्दानी बढाउने कार्यक्रम चलाउन स्थानीय सरकारकोतर्फबाट पहल गर्ने बताउनुभएको हो ।

अहिले सामुदायिक वन संरक्षण सम्बन्धिको अधिकार प्रदेस सरकारमा रहेपनि प्रष्टता नभएको सन्दर्भमा स्थानीय सरकारको तर्फबाट नगरपालिकाले वन क्षेत्रको खाली रहेका स्थानमा अब घाँसस्याउलाको सट्टामा राम्रो आम्दानी गर्नसक्ने जडिबुटी तथा जंगली उत्पादनका विरुवा लगाउन सकिने बताउनुभएको छ । उहाँले वनमा उत्पादन हुने जडिबुटी अमूल्य सम्पत्तिको रुपमा आम्दानी र स्वदेसी उत्पादनको औषधी बनाएर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने भएकाले त्यसको लागी सामुदायिक वनले त्यस्ता गुरुयोजना तथा कार्ययोजना बनाउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष बाबुराम गजुरेलले सामुदायिक वन संरक्षको लागी सुरुवाती समयमा चुनौती भएपनि अहिले घाँसदाउरा गर्नेको सङ्ख्या घटेकाले बृक्षारोपण गरेर वन विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

अधिवेशनले पुनः रामप्रसाद दाहालको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको छ । वनको साधारण सभामा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेस प्रतिनिधि नारायणप्रसाद नेपाल, जनप्रतिनिधि, स्थानीय सरोकारवाला सहित उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

‘स्थानीय सरोकार समिति’ले लिखु गाउँपालिका समक्ष यस्तो राख्यो नौ बुँदे माग

विदुर । लिखु गाउपालिका बचाउ संघर्ष समितिबाट रुपान्तरण भएर सञ्चालनमा रहेको ‘स्थानीय सरोकार समिति’ले गाउँपालिकाले प्रवाह गर्नुपर्ने सेवा सुधार तथा कार्यालय व्यवस्थापनको माग गर्दैै गाउँपालिकाको कार्यालयमा नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सरोकार समितिका अध्यक्ष बिनोद पाठक सहित समितिका पदाधिकारी एंव स्थानीयबासीको रोहबरमा सोमबार गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै  माग सम्बोधनको लागी गम्भीर हुन सचेत गराइएको छ ।

ज्ञापन पत्रमा भाडाको घरबाट सञ्चालनमा रहेको गाउँपालिकाको भवनको लागी जग्गाको व्यस्थापन गरेर निर्माण कार्य तत्कालै सुरु गर्नुपर्ने, वडा कार्यालय निर्माणको लागी एक वटा वडाको लागी मात्र बजेट तर्जुमा भएको र अन्य वडाको लागी आवश्यक संरचना बनाउन बजेट नदिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने, लक्षित वर्गको कार्यक्रम गाउँपालिका र वडा कार्यालयबाट दोहोर बनाएर राखेकाले त्यसलाई संशोधन गर्नुपर्ने एंव यसअघि लक्षित बर्गलाई छुट्टाएको बजेटबाट ब्युटिसियन र सवारी चालक तालीम दिएको र त्यो प्रभावकारी नभएकाले ब्यवहारिक रुपमा प्रयोगमा नआउने क्षेत्रमा बजेट खर्च गर्न नहुने माग गरिएको छ ।

यसैगरी, सार्वजनिक बिदाको दिन पनि सरकारी सवारीसाधन चलाउदै आउने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने, तादी र लिखु खोलामा अबैध रुपमा संकलन भएका नदीजन्य सामाग्रि जफत गर्नुपर्ने र आई.ई.ई प्रतिवेदनले निर्धारण गरे अनुसार मात्र नदीजन्य सामाग्रिको उत्खननको लागी बोलपत्र आह्वान गर्नुपर्ने र अहिले अबैध रुपमा भइरहेको उत्खनन् तत्काल रोक्नुपर्ने माग राखिएको छ ।

यस्तै, सरोकार समितिले राखेको अन्य मागमा पछिल्लो समय गाउँपालिका क्षेत्रमा बढ्दो सहरीकरणबाट उत्पादन फोहोरले बजार क्षेत्र प्रदुषित भएकाले त्यसलाई उचित स्थानमा बिसर्जन हुने व्यवस्था मिलाउनुपर्ने एंव लिखु र तादी खोलामा ढल मिसाएर खोला प्रदुषण बनाएकाले त्यो बन्द गराउन गाउँपलिका समक्ष माग गरेको छ ।

गाउँपालिकाबासीसंग प्रत्यक्ष जोडिएका तथा वातावारण संरक्षण एंव जनताको जनजिविका एंव सुशासन तथा सेवा प्रवाह गुणस्तरीय बनाउनलाई जोड दिएका मागको तत्कालै सम्बोधन गर्नुपर्ने संघर्ष समितिका अध्यक्ष बिनोद पाठकले गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठ समक्ष राख्नुभएको छ ।

स्थानीय सरोकार समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले सेवा प्रवाह, योजना कार्यान्वयन, वातावरण संरक्षणको लागी उठाएको मागहरु सबै जायज भएकाले त्यसलाई सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभएको छ । उहाँले गाउँपालिका र वडा कार्यालय निर्माणको लागी जग्गा र आर्थिक व्यवस्थापनको अभावले समस्या भएकाले मागको सम्बोधनमा समस्या हुने भएकाले अन्य माग जायज भएकाले त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राज्य पुर्नसंरचनाको समयमा अहिले कायम गरिएको लिखुको भूगोलको माग गर्दै तीन सातासम्म संघर्षपूर्ण आन्दोलन गरेर स्थापना भएको लिखु गाउँपालिका संघर्ष समिति पछि स्थानीय सरोकार समितिको रुपमा स्थापना भएर गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध, स्वरोजगार प्रबद्धन, सेवा प्रवाह चस्त एंव पारदर्शी बनाउनको लागी जन–दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web