काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

काठमाडौ । शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ ।

सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेकाे छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाकाे मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेकाे छ ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्याएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई हराउनु भएको हो ।

त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई हराउनु भएको हो । यसअघि यस क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जित्नु भएको थियो ।

स्केच : उज्यालो अनलाइनबाट

त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी हुनु भएको छ ।

त्यस्तै पहिले तत्कालीन एमालेले जितेको धरान उपहानगरपालिको मेयर पनि नेकपाले गुमाएको छ । धरान उपहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राई विजयी हुनु भएको छ । उहाँले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउनु भएको हो ।

उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहाेर्याएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेश सभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ ।

प्रदेशसभामा जित दोहोर्याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुई वटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ ।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।

विदुर । समृद्ध नुवाकोट नामक साामजिक सञ्जालबाट सहयोग पुर्याउन क्रियाशिल फेसबुक पेजको बार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाको अवसरमा समृद्ध नुवाकोटका अभियान्ताहरुले विदुर नगरपालिका वडा नं. ५ स्थित माझिटारमा रहेको बौद्धिक अपाङ्ग केन्द्रमा रहेका बालबालिकाहरुलाई खाना खुवाएको समृद्ध नुवाकोटका अभियान्ता एबम् संस्थापक दिपेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो।

साथै यस संस्थामा रहेका अभियान्ताहरुले आफुले खाजा खाने पैसा संकलन गरेर सामाजिक कार्यमा खर्च गर्दै आएकाले आगामी दिनमा त्यसलाई थप व्यबस्थित रुपमा निरन्तरता दिने कार्यक्रमका सभापति सञ्जय भट्टले बताउनुभयो।

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेससभा र स्थानीयतहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेससभाको संयोजक र सचिव चयन गरेको छ भने बाह्रवटै स्थानीयतहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सह–इञ्चार्ज चयन गरेको नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार निर्वाचन क्षेत्र नं. १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं. २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’र सचिवमा हरी अधिकारी चयन हुनुभयो ।

प्रदेश नं १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेश १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।

प्रदेससभा २ (क) को संयोजकमा नविन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेससभा २ (ख) को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको जिल्ला इञ्चार्ज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले स्थानीयतह अनुसार जिल्लाको बाह्रैवटा पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ ।

नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र माओवादी केन्द्र मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको छ । प्रतिनिधिसभा, प्रदेससभा, स्थानीयतहमा पदीय विभाजनको लागी ७२ पदमा महिला एकजना मात्र किस्पाङ गाउँपालिकाको सहइन्चार्जमा श्रीमाया लामा चयन हुनुभएको छ । नेकपा नुवाकोटका नारायणप्रसाद खतिवडाको अनुसार वडाकमिटी विस्तार गर्न सम्बन्धित स्थानीयतहको नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।

इटहरी । बलात्कारको आरोपमा सिद्धबाबा भनिने कृष्णदास गिरिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरिएका उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो। सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार गिरिलाई केही समयपछि सार्वजनिक गर्ने तयारी गरिएको छ।

गिरिमाथि कार्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको हो। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन्। शुत्रबार बिहानैदेखि आश्रम छोडेर उपचार गर्न भन्दै विराटनगर हिँडेका उनी प्रहरी हिरासतमा पुगेका हुन्।

बलात्कारसम्बन्धी जाहेरी जिल्लाले लिन नमानेपछि पीडित पक्ष केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पुगेको थियो।

जाहेरीपछि सिआइबीको टोली जिल्ला प्रहरी कार्यालय सुनसरी आएको थियो। सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो।

प्रहरी प्रमुख एसपी पोखरेलले घटनाको थप अनुसन्धान भइरहेको बताए।

काठमाडौ । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ५२ पदका लागि अहिले मतदान भइरहेकाे छ। ३७ जिल्लाका विभिन्न स्थानमा उपनिर्वाचनकाे मतदान भइरहेकाे हाे।

निर्वाचन आयाेगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएकाे हाे। मतदाताले अपराह्न ५ बजेसम्म सम्बन्धित मतदानस्थल पुगेर मतदान गर्न सक्ने आयाेगले जनाएकाे छ। आयाेगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ।

अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था मिलाइएकाे छ। आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन्।

आयाेगका अनुसार प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नं. २, प्रदेश सभाको भक्तपुर १ (१), बागलुङ २ (२), दाङ ३ (२) मा उपनिर्वाचन हुँदैछ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ। संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मतदान हुँदैछ। त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि आज मतदान भइरहेकाे हाे।

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो ।

त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ । जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ । जसमा विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा ६ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो । त्रिविको अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विश्वविद्यालयका उपलब्धी, समस्या र समस्या समाधानको बाटो स्पष्ट हुने गरी त्रिविले खाका तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कुलपतिले समेत विश्वविद्यालय नयाँ पद्धतीबाट चलाउन निर्देशित गर्नुभएको जानकारी दिनुहुँदै पुराना प्रणालीलाई भत्काउँदै नयाँ प्रणाली निर्माण गरेर अगाडि बड्न विश्वविद्यालयको कार्य पद्धति, विधि र दीक्षान्त समारोह लगायतलाई नयाँ पद्धतीमा व्यवस्थित गर्नुपर्ने बताउनु भयो । वर्तमान बद्लिएको परिस्थितिमा तीन तहको सरकार निर्माण भइसकेकोले देश नयाँ युगमा प्रवेश गरेको हुँदा अब विश्वविद्यालयले पनि नयाँ ढँगले जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो । त्रिविको भिजन २०२०–३० लाई टेकेर विश्वविद्यालयलाई व्यवस्थित बनाउने र ऐतिहासिक ढँगले गौरवशाली इतिहास भएको विश्वविद्यालयलाई नयाँ बनाउने योजना चाहिने धारणा व्यक्त गर्नुभयो । विश्वविद्यालयको व्यवस्थापन राज्यले गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विश्वविद्यालयमा अब संघीयताको मोडलत्रि त्रिविको संरचना कस्तो बनाउने भनेर बहस हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विश्वविद्यालय अनुसन्धान, खोजी र नवप्रवर्तनको ठाउँ भएकोले यसलाई सोहि अनुरुप उपयोग गरिने बताउनुहुँदै उहाँले विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सीको रुपमा विकास गर्ने शुरुवात कीर्तिपुरबाट नै गर्ने सोच सरकारले लिएको बताउनु भयो । विगतमा राजनीतिक उद्देश्य पुर्तिको थलो विश्वविद्यालय हुने गरेकोले समस्या आएको बताउनुहुँदै उहाँले अब त्यसको अन्त्य गरी आगामी दिनमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा केन्द्रीत गरिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनुको विकल्प नरहेको उल्लेख गर्नुहँुदै १५ बुँदे कार्ययोजनासहित लक्ष्य प्राप्तिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिविको भौतिक पुर्वाधारमा सुधार गर्ने, प्रविधिमैत्री विश्वविद्यालय बनाउने, अनुसन्धान कार्यलाई प्राथमिकता दिने, त्रिविका अनुसन्धान केन्द्रहरुलाई सरकारको थिन्कट्याँकको रुपमा विकास गर्ने, निश्चित शैक्षिक पात्रोको व्यवस्था र कडाइका साथ पालना गराउने, परीक्षा प्रणालीमा व्यापक सुधार र विकेन्द्रीकरण गर्ने, तीन महिनाभित्र नतिजा प्रकाशनको लागि व्यवस्थ ागर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्थ ागर्ने, बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकता अनुसारको जनशक्ति निर्माणमा जोड दिने, प्राध्यापकहरुको क्षमता अभिवृद्धि गरी पेशाप्रति उत्प्रेरणा जगाउने, आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरुको प्रभावकारी नियमन गर्ने, सरकार र उपभोक्ताहरुसंग समन्वय गरी पाठ्यक्रम परिार्जन गर्दै जाने, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, विद्यार्थी वर्गको लागि खेलकुदको व्यवस्था गर्ने, दश प्रतिशत छात्रवृत्ति कोटालाई कडाइका साथ लागु गर्ने, त्रिविको सम्पत्ति पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा अधिकतम् प्रयोग गर्ने, त्रिवि एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयको हितमा विज्ञता अनुसारको सहयोग प्राप्त गर्ने, सुशासनमा जोड दिने, निवृत्त विद्धानहरुको सल्लाहकार समूह बनाउने तथा त्रिवि ऐन, नियम एवं विनियमहरुको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानुनी रुपमा विश्वविद्यालयलाई सबल बनाउने लगायतका कार्ययोजनाहरु रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कृतज्ञता ज्ञापन गर्नुहुँदै त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले सबैले मुलभुत रुपमा त्रिविको हितमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले त्रिविलाई सरकारी विश्वविद्यालय भनिएता पनि सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा गुणस्तरीय र निःशुल्क रुपमा उच्च शिक्षा दिन नसकिएको र विश्वविद्यालयको सम्पूर्ण बजेटको दायित्व सरकारले लिनुपर्ने बताउनु भयो । स्कुल तहको शिक्षा नीति बनाउँदा सरकार चनाखो देखिएको भएता पनि उच्च शिक्षा नीति निर्माणमा सरकार अल्मलिएको र विश्वविद्यालयका पदाधिकारीहरुसंग परामर्श गर्ने नगरेको बताउनु भयो । अति राजनीतिकरणले विश्वविद्यालयको गुणस्तर खस्किँदै गएको बताउनुहुँदै उहाँले त्रिविले पूर्ण स्वायत्त हुन नपाएको धारणा व्यक्त गर्नुभयो । सुधार गर्न सकिने थुप्रै समस्या भए पनि राजनीतिक दवावका कारण सुधारका कार्यहरु अगाडि बढाउन बाधा परेको बताउनुहुँदै उहाँले उच्च शिक्षालाई राजनीतिबाट मुक्त हुने अवस्था दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बजेट वक्तव्य दिनुहुँदै रजिष्ट्रार उप्रेतीले शैक्षिक पात्रोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा प्राविधिक शिक्षालाई विस्तार गर्दै लैजाने नीति अंगिकार गरेको, उच्च शिक्षालाई मुलुकको विकास र समृद्धिबीच अन्तरसम्बन्धित गरी उद्यमशिलता विकास गर्ने, स्वरोजगारको अवस्था सिर्जना गर्ने नीति रहेको बताउनु भयो । उच्च शिक्षा प्रदान गर्ने ३० देशका १६१ विश्वविद्यालयहरुसंग सम्झौता गरी संयुक्त अनुसन्धान र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गर्न वातावरण बनाएको जानकारी दिनुभयो । उहाँले गत वर्षको शैक्षिक उपलब्धी प्रस्तुत गर्नुहुँदै ७० हजार ७७ विद्यार्थी उत्तीर्ण भएका, जसमा एमफिल गर्ने १७१, पि.जि.डी.गर्ने २१४, विद्यावारिधि, एमसिएच डिएम गर्ने १०५ रहेको जानकारी दिनुभयो । साथै गत वर्ष नै व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट एक हजार ६ सय ६६ जनशक्ति उत्पादन भएका छन् भने विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ९ सय ७२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ७ सय १९ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानमा २६४ जना जनशक्ति उत्पादन भएको जानकारी गराउनु भएको थियो ।

काठमाडौ । ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरका डिआइजी सूर्यप्रसाद उपाध्याका अनुसार गएराति साढे १० बजे ८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

हङकङबाट आएको नेपाल एयरलायन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आउँदै गर्दा उनीहरुलाई भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चीन्को फुजिनका चेन होङयाङ र इए ५८०७५९८ नम्बर भएका चेन इङचुहाङ छन्।

सनम शाक्यको हत्या हुने गरी भएको साढे ३३ किलो सुन तस्करी काण्डपछि विमानस्थलबाट हुने सुन तस्करी केही समय रोकिएको थियो।

त्यसपछि खाडीमुलकमा कामदार भिषामा भएका व्यक्तिहरु प्रयोग गरेर फाट्टफुट्ट रुपमा सुन तस्करी हुने गरेको थियो। अहिले भने ठूलो परिणामा सुन बरामद भएपछि सुन तस्करहरु सल्बलाउन थालेको संकेत देखिएको छ ।

काठमाडौ । नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।

दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाण्डौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरिद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

दर्शकले sag.esewa.com.np मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ ।

हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । त्याे टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ ।

यस्तै यसपटक फुटबल प्रतियोगितामा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाइलबाट टिकट खरीद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरीद गर्न सकिनेछ ।

यसअघि पनि इसेवाले आईसीसी, एन्फाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय खेलको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । सन् २००९ बाट सञ्चालन रहेको इसेवाको २५ लाख ग्राहक रहेको विज्ञप्तिमा उल्लेख छ ।

चिसापानी, (नुवाकोट) । उपराष्ट्रपति नन्दकिशोर पुनले बिहीबार नुवाकोटको पर्यटकीय स्थल चिसापानीसम्मको भ्रमण तथा अवलोकन गर्नुभएको छ ।

काठमाडौको सुन्दरीजल, सिन्धुपाल्चोकहुदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले करीब दुई घण्टा नुवाकोटको शिवपुरी गाउँपालिका स्थित विभिन्न स्थानको भ्रमण तथा अवलोनक गरेर साँझ काठमाडौ फर्कनुभएको हो ।

उहाँले चिसापानीबाट नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर लगायतका गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन पश्चात हाईकिङ, पदमार्ग एवम् घारबाँस ( होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिनुभयो ।

सुन्दरीजलहुदैँ चिसापानी आउनेक्रममा उहाँले सुन्दरीजल स्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सो क्रममा उहाँले विपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामाग्री, बहुदलीय व्यवस्था स्थापनाको संघर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ सालमा नगद रुपैयाँ सहित अपहरण गरिएको हवाईजहाज लगायतका ऐतिहासिक सामाग्रिको समेत अवलोकन गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनले नुवाकोटका सांसाद्को साथमा बागमती सुधार आयोजना लगायतका योनजा तथा कार्यक्रमको समेत अवलोकन गर्नुभयो ।

१,

शून्य दिमाग

आवाज पनि शून्य

मृत्यु उत्सव

रुँदै हिँडेको खुट्टा

मूर्दाघर चर्किदा ।

२,

मलामी कुर्दा

रित्तो पैताला दौडिन्छ

लास बोकेको

निहुँरिएको यात्रा

लास मात्रै सम्झेर ।

३,

खहरे खोला

बगेको बग्यै भयो

आफू सम्झिँदै

सधैँभरिको दु:खी

सधैँभरिको पीडा ।

४,

नजिक बन्यो

आत्मीयता जोडियो

कसेछ गाँठो

विश्वासमा संकट

भताभुङ्ग सपना ।

५,

काखमा राखी

माया गर्ने बहाना

रेटेछ छुरा

निर्दयी मनभित्र

उठेछ ज्वारभाटा ।

६,

मुक्तिको छटा

फिजाउन खोजेको

हाँसेछ शान्ति

पिछडिएको चेत

धकेलिदिंदा बसेछ ।

७,

नजिक बन्यो

आत्मीयता जोडियो

कसेछ गाँठो

विश्वासमा संकट

भताभुङ्ग सपना ।

८,

काखमा राखी

माया गर्ने बहाना

रेटेछ छुरा

निर्दयी मनभित्र

उठेछ ज्वारभाटा ।

९,

मुक्तिको छटा

फिजाउन खोजेको

हाँसेछ शान्ति

पिछडिएको चेत

धकेलिदिंदा बसेछ ।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या १८ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताउनुभयो । ज्यान गुमाउनेका ११ जना पुरुष र ७ जना महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी बेल्बासेले बताउनुभयो ।

दुर्घटनामा १३ जना घाइते भएका छन । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइते भएकाहरुको परिचय खुलेको छैन ।