उपराष्ट्रपति पुनबाट पर्यटकीयस्थलको अवलोकन

मंसिर १३, २०७६ मा प्रकाशित | 3207 views

चिसापानी, (नुवाकोट) । उपराष्ट्रपति नन्दकिशोर पुनले बिहीबार नुवाकोटको पर्यटकीय स्थल चिसापानीसम्मको भ्रमण तथा अवलोकन गर्नुभएको छ ।

काठमाडौको सुन्दरीजल, सिन्धुपाल्चोकहुदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले करीब दुई घण्टा नुवाकोटको शिवपुरी गाउँपालिका स्थित विभिन्न स्थानको भ्रमण तथा अवलोनक गरेर साँझ काठमाडौ फर्कनुभएको हो ।

उहाँले चिसापानीबाट नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वर लगायतका गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन पश्चात हाईकिङ, पदमार्ग एवम् घारबाँस ( होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिनुभयो ।

सुन्दरीजलहुदैँ चिसापानी आउनेक्रममा उहाँले सुन्दरीजल स्थित  विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सो क्रममा उहाँले विपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामाग्री, बहुदलीय व्यवस्था स्थापनाको संघर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ सालमा नगद रुपैयाँ सहित अपहरण गरिएको हवाईजहाज लगायतका ऐतिहासिक सामाग्रिको समेत अवलोकन गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनले नुवाकोटका सांसाद्को साथमा बागमती सुधार आयोजना लगायतका योनजा तथा कार्यक्रमको समेत अवलोकन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web