कमाउन विदेश गएकाहरु सम्पर्क बिहिन हुनेक्रम बढ्यो

काठमाडौ । ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन प¥यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन आँखाबाट बरबर आँसु बगिरहेको थियो । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग र प्रवासी नेपाली समन्वय समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पीडा सुनाउनु भएको हो ।

श्रीमान् सुप्ले मलेसियामा रहेकी फिलिपिन्स महिलासँग विवाह गरेर घरजम गरी बसेकाले सम्पर्कमा नआएको भन्ने सूचना श्रीमती सवितालाई थाहा छ तर कुन ठाउँमा के काम गर्छन् के कस्तो अवस्थामा छन् त्यो पनि थाहा छैन । तीन छोराछोरी र श्रीमतीलाई स्वदेशमा छोडेर उज्ज्वल भविष्यका लागि मलेसिया हानिएका सुप्ले एकाएक सम्पर्कविहीन भएपछि छोरोछोरीको लालनपालनको सम्पूर्ण जिम्मा अहिले सविताको थाप्लोमा छ । काठमाडौँको कोठा भाडा तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएको भन्दै सविताले भन्नुभयो, मेरो श्रीमान्लाई जसरी हुन्छ, नेपाल झिकाइदिनुहोस् ।

यस्तै गोरखाकी पूजा गुरुङको पीडा त सविताको भन्दा पनि अझै भयावह छ । भर्खर विवाह गरेकी श्रीमतीलाई भविष्यका ठूला सपना बाँडेर छ वर्षअघि साउदी गएका श्रीमान् (गणेश गुरुङ) छ महिनापछि सम्पर्कमै हुनुहुन्न । पूजाले श्रीमान्को अवस्थाबारे केही जानकारी नभएकाले उहाँलाई स्वदेश फर्काउन सरकार र सरोकारवाला निकायसँग सोही कार्यक्रममै अपिल गर्नुभयो । सविता र पूजा त प्रतिनिधि घटना मात्रै हुन । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष (सन् २०१३ देखि २०१९ नोभेम्बर)सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले खोजीका लागि उजुरी गरेका थिए । जसमा २३१ जनाको समस्या समाधान भएको र १०४ जनाको प्रक्रियामा रहेको जनाइएको छ । बाँकी ५३ जनाको उजुरीमा उजुर गर्ने व्यक्ति क्ुनै सम्पर्कमा नै नभएकाले प्रक्रिया नै स्थगित गरिएको उसले जनाएको छ ।

विदेशमा हराएका वा बेपत्ता भएका नेपाली कामदारको देशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभावित मलेसियामा दुई सय हराएको पाइएको छ । यस्तै साउदी अरबमा ६७ जना, कुवेतमा ४६ जना, संयुक्त अरब इमिरेट्स (यूएई) ३० जना, कतारमा २२ जना र अन्यमा २३ जना हराएको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हराउनुको मुख्य कारण विदेशमा जेलमा पर्नु, परस्त्रीसँग प्रेम सम्बन्धमा हुनु, पारिवारिक मनमुटाव हुनु, विदेशमा मृत्यु हुनु, दुर्घटनामा पर्नु रहेको पाइएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पछिल्लो पटक वैदेशिक रोजगारीमा नेपालले प्रतिबन्ध लगाएका मुलुक इराक, अफगानिस्थानजस्ता मुलुकमा गएर बेपत्ता भएका नागरिकका धेरै गुनासा आउने गरेको तर ती देशबाट उद्धार गर्नका लागि सरकारका आधिकारिक निकाय नहँुदा निरीह जस्तै हुनु परेको गुनासो गर्नुभयो । बोर्डले विदेशमा बेपत्तामा परेको नागरिकको खोजी वा उद्धारका लागि दूतावासमार्फत पहल गर्दै आएकोे पनि उहाँले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयका अधिकृत कृष्णकुमार सुवेदीले वैदेशिक रोजगारीको नाममा युरोप, अमेरिका जाने नाममा लाखौँ रकम खर्चेर गएर हराउने समस्या डरलाग्दो भएको बताउँदै उहाँले यसको समाधानका लागि सरकारका सरोकारवाला संयन्त्र र गैरसरकारी संस्थाले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै यसरी हराएका व्यक्तिको खोजिका लागि काम गर्ने आधिकारिक निकाय विदेशस्थित नियोग भएकाले नियोगमार्फत नै हराएका व्यक्तिको खोजीका लागि पहल हुने पनि जानकारी दिनुभयो ।

विश्वकै घुम्नैपर्ने देशमा नेपाल पहिलो स्थानमा

काठमाडौ ।  “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।

“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०)मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।

फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ ।

सूचीमा पहिलो स्थानमा रहेको नेपालबारे रोचक प्रसङ्ग र अनुभव पनि फोब्र्सले प्रस्तुत गरेको छ । विश्वकै चर्चित ‘एडभेन्चर’ गन्तव्य सगरमाथा भएको देशमात्र होइन, अत्यन्त ‘लक्जरी’ रिसोर्टसमेत भएको स्थानका रूपमा फोब्र्सले नेपाल चिनाएको छ । काठमाडौँको द्वारिकाज होटलको उदाहरण दिँदै फोब्र्सले यसलाई जीवन्त सङ्ग्रहालयको उपमा पनि दिएको छ । त्यस्तै चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव नेपालमा लिनसक्ने जनाइएको छ ।

न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोब्र्सले उल्लेख गरेको छ । नेपाल घुम्ने उपायबारे थप सुझाव पनि फोब्र्सले दिएको छ । फोब्र्सका अनुसार नेपाल भ्रमण दक्षिणतर्फबाट जङ्गल सफारी गरेर सुरु गर्दा गज्जबको अनुभूति हुने छ । हात्तीसँग हिँड्दै चितवनका जङ्गल घुम्न र नारायणी नदीमा हात्तीले नुहाएको हेर्न पनि फोब्र्सले सुझाव दिएको छ ।

यसबाहेक फोब्र्सले छिनमै बदलिने मौसम अनुभव गर्दै हिमाली क्षेत्रतर्फको टेकिङलाई पनि महवका साथ गर्नैपर्ने गतिविधिका रूपमा उल्लेख गरेको छ । गाइडसँगै क्याम्पिङ अनुभवका लागि निस्कँदा कोलाहलबाट मुक्तिको अनुभव पाइने पनि फोब्र्सले उल्लेख गरेको छ । त्यस्तै योग र ध्यानका लागि पर्याप्त स्थानहरूको विवरण पनि फोब्र्सले प्रस्तुत गरेको छ । “विश्वमा योगध्यान प्रचलनमा आउनुभन्दा अघि नै नेपालबाट यसको सुरुआत भएको हो”, फोब्र्सले उल्लेख गरेको छ ।

यसबाहेक अझ उच्चस्तरको अनुभवका लागि सगरमाथाको काखमा ‘बे्रकफास्ट’लाई पनि पर्यटकीय गतिविधिका रूपमा फोब्र्सले उल्लेख गरेको छ । हेलिकप्टर लिएर १८ हजार फिटमाथि गई आफ्नो अनुकूलतामा रमाइलो गर्न पाउने क्षणलाई खर्चभन्दा अनुभवका रूपमा लिन फोब्र्सले सुझाएको छ ।

फोब्र्सको यो सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर छ । त्यसपछि क्रमशः न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या परेका छन् ।

जनकपुरमा श्रृखलावद्ध रूपमा भेटिँदै बम, त्रासमा स्थानीय

धनुषा । शुक्रवार बम विस्फोटमा परी एक प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै जनकपुरमा श्रृखलावद्ध रूपमा बम फेला परेका छन्। बमसहित लगातार शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रासमा छन्।

आइतबार राति ९ बजे जनकपुरको संकटमोचनदेखि बागवानीतर्फ जाने बाटोको पर्खालमाथि प्रेसर कुकर बम फेला पारिएको थियो। उक्त बम सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त घटना लगत्तै पुनः  जनकपुरधाम उपमहानगरपालिका ९ को सरस्वती नमुना विद्यालय नजिकै सोमबार अर्को शंकास्पद वस्तु फेला परेको छ। सरस्वती स्कुलदेखि थापाचोक जाने बाटोमा उक्त शंकास्पद बस्तु फेला परेको हो।

आइतबारको घटनास्थल नजिकैको दुरीमा सोमबार पुनः अर्को शंकास्पद बस्तु फेला पारिएको हो। शंकास्पद बस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन्।

अहिले उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षा सतर्कता अपनाएको छ। त्यहाँका स्थानीयलाई खाली गराइएको छ। आवतजावतमा पूर्ण रोक लगाइएको छ।

आगामी पुस ३ गते जनकपुरको बाह्रविघा मैदानमा आयोजना हुन लागेको एनसेल मेलालाई लक्षित गरी शंकास्पद गतिविधि भएको हुनसक्ने सुरक्षा निकायहरुको विश्लेषण छ।

यसैबीच जनकपुरको संकटमोचनदेखि बागवानीतर्फ जाने बाटोको पर्खालमाथि गएराति भेटिएको प्रेसर कुकुर बम सेनाले डिस्पोज गरेको छ। बम भेटिएको स्थानमा गएराति नै सुरक्षाकर्मीले स्थानीयलाई खाली गराएको थियो।

स्थानीयलाई सुरक्षित स्थानमा पुर्‍याएर बम डिस्पोज गरिएको धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेमध्ये जुगल गाउँपालिकाकाे ५ जना

काठमाडौ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १५ जनामध्ये ८ जना सिन्धुपाल्चोककै रहेकाे खुलेकाे छ । ८ जनामध्ये ५ जना सिन्धुपाल्चोककाे एउटै जुगल गाउँपालिकाका रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाएकामा जुगल गाउँपालिका ७ का ५ जना छन् । जुगल ७ का रेश्मा तामाङ, १५ महिने बालिका रोशनी तामाङ, सुकबहादुर तामाङ, सबिना तामाङ तथा मञ्जु तामाङको ज्यान गएको हो ।

सिन्धुपाल्चोककै बलेफी गाउँपालिका ७ की फुलमाया तामाङ, लिसंखुपाखर गाउँपालिका ४ की गंगामाया लामा र मेलम्चीकी सुनिता तामाङको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा दोलखाका २ जनाले ज्यान गुमाएका छन् । दोलखाको भिमेश्वर नगरपालिका ९ की लक्ष्मी श्रेष्ठ, शैलुङ गाउँपालिका ६ का रंजित बस्नेतको ज्यान गएको हो ।

रामेछापको सुनापति गाउँपालिका ६ कि जुनुमाया तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का महेश तामाङ, काभ्रे बेथान गाउँपालिका ५ का रामशरण खत्री र मैया केसीको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुुभयो ।

घाइते १९ जनामध्ये हेम्समा १४, धुलिखेलमा २, बीएण्डबी, केएमसी र सिन्धु सदाबहार अस्पतालमा एक-एक जनाको उपचार भैरहेको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र बस चालक भने फरार रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार यो सडकखण्डमा चालकको अनुभव कम हुँदा दुर्घटना भएको हो । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस बिहान घुम्ती नै घुम्ती रहेको लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।

शीर्ष नेताकै कारण पार्टीमा गुटबन्दी बढ्यो : महत

बागलुङ । कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टीका शीर्ष नेताहरु गुटबन्दीमा लागेकोमा चिन्ता जनाएका छन् ।

बागलुङ कांग्रेसले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पार्टीमा गुटबन्दी अझै बढेको बताए । गुटबन्दी अन्त्यका लागि तल्लो तहबाट दवाब सृजना गर्नुपर्ने औंल्याए ।

शिर्ष नेताहरुका कारण पछिल्लो पुस्ता सम्म गुटको प्रभाव बढेको उल्लेख गर्दै गुटबन्दी अन्त्य गरेर एक हुनुपर्ने उनले बताए ।

‘हामी विपक्षसँग लड्ने हो,’ उनले भने, ‘आपसमा त सहमती गरेर अघि बढ्ने हो ।’

पुर्व अर्थमन्त्री समेत रहेका डा. महतले कांग्रेसले ल्याएको खुल्ला अर्थ नीतिलाई अहिलेको सरकारले पनि आत्मसात गरेको बताए । कांग्रेसले बोकेको राजनीतिक विचारमा सवै आउन बाध्य भएको उनले दाबी गरे ।

जलवायु क्षेत्रमा लगानी गर्न धनीदेशलाई मन्त्री बस्नेतको आग्रह

काठमडौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकहरुका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशलाइ आह्वान गर्नुभएको छ ।

स्पेनको राजधानी मड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाइ कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरण सम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराउनुभयो । विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुहरुलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियस तल कायम गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता ब्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराउनुभयो ।  गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उहाँले कार्बन उत्सर्जनको वर्तमान बृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरुले उच्चतम जोखिममा रहेको उल्लेख गर्नुभयो ।

दक्षिण एसियामा मात्र विश्वको २० प्रतिशत जनसंख्या हिन्दु–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औंल्याउनुभयो ।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्याधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उहाँले यो क्षेत्रमा विषेश ध्यान दिन सरोकारवालाहरुको ध्यानार्षण गराउनुभयो ।

‘जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ,’ मन्त्री बस्नेतले भन्नुभयो । नेपालले स्थानीय स्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको जानकारी समेत उहाँले सम्मेलनमा दिनुभयो ।

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाइ प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा सम्वाद कार्यक्रम’ को आयोजना गरेको जानकारी समेत गराउनुभयो । उहाँले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गर्नुभयो ।

रोकियो कानूनको भर्ना

काठमाडौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५-०७८ का लागि स्नातक तह प्रथम वर्र्ष(एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ ।  क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले कानून सङ्काय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो ।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताउनुभयो । क्याम्पसले यही मङ्सिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गरेको थियो । विद्यार्थी सङ्गठनले यही मङ्सिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए।

“सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरु गरेको हौँ”, उनले भने, “तर विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।”  त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो । उनले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५÷०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए ।

अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए। पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ । शैक्षिक सत्र २०७४÷०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी सङ्गठनको दबाबका कारण करिब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो ।

स्वर्ण पदक विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ।  सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नै निवास बालुवाटारमा बोलाई स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले समूहगत स्वर्ण जित्नेलाई पनि जनही पाँच लाख रुपैयाँ दिने जनाएका छन्। पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।

१३ औँ सागका रजत विजेताले ६ लाख रुपैयाँ पाउनेछन्। त्यसैगरि कास्य विजेताले जनही ३ लाख रुपैयाँ पाउने भएका छन्। काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले सागका स्वर्ण विजेतालाई पाँच लाख रुपैयाँ, रजत विजेतालाई तीन लाख रुपैयाँ र कास्य पदक विजेतालाई दुई लाख रूपैयाँ पुरस्कारको घोषणा यसअघि नै गरिसकेको छ।

राखेपले समूहगतरुपमा स्वर्ण विजेताको हकमा स्वर्णधारीलाई दुई लाख रुपैयाँ, रजतलाई एक लाख ५० हजार रुपैयाँ र कास्य विजेतलाई एक लाख रुपैयाँ दिने भएको छ।

१३ औँ साग नेपालका लागि ऐतिहासिक,क-कसले जिते स्वर्ण ?

कराते

मण्डेकाजी श्रेष्ठले – व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट

तेक्वान्दो

सिना मादेन लिम्बू – पुम्से महिला १७-२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट

ट्रायथलन

सोनी गुरुङ
हिमाल टमाटा

उसु

विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– ‍थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – ‍थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट

एथ्लेटिक्स

सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
किरणसिंह बोगटी – म्याराथन

साइक्लिङ

राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रस-कन्ट्री
बुद्धिबहादुर तामाङ – क्रस-कन्ट्री

पौडी

गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
गौरिका सिंह – ४ सय मिटर फ्रीस्टायल
गौरिका सिंह – सय मिटर फ्रीस्टायल

भारोत्तोलन

सञ्जु चौधरीले – ५९ केजी
विकास थापा – ८९ केजी

गल्फ

सुवास तामाङ– व्यक्तिगत
शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा

कुस्ती

गीता धामी – ५५ केजी

जुडो

देविका खड्का– ५२ केजी
पुनम श्रेष्ठ – ७८ केजी

बक्सिङ

मिनु गुरुङ – ५४ केजी
भूपेन्द्र थापामगर – ६४ केजी

सनिल शाही -६० केजी

फुटबल

पुरूष फुटबल टोली

लोक सेवा आयोगले माग्यो १ हजार शाखा अधिकृत

काठमाडौ । लोक सेवा आयोगले सरकारका विभिन्न निकायका लागि एक हजार ९६ जना शाखा अधिकृतको माग गर्दै आज विज्ञापन आव्हान गरेको छ । आयोगको नियमित कार्यतालिका अनुसार आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी यति ठूलो संख्यामा विज्ञापन गरिएको हो । आयोगका अनुसार विभिन्न सेवा समूह गरी सात सय ६८ खुल्ला र बढुवा तर्फ तीन सय २८ गरी एक हजार १०९६ जना रहेको छ ।

नेपाल प्रशासन सेवा, लेखा परीक्षण सेवा र परराष्ट्र सेवाको संचालन गर्ने निकायबाट रिक्त दरवन्दी पदपूर्तिका लागि माग भईआए अनुसार मन्त्रालयले स्थायी पदपूर्तिका लागि आयोगको कार्यालयमा पठाएपछि विज्ञापन हुने निश्चित भएको हो।  सामान्य प्रशासन, राजश्व, लेखा र लेखा परीक्षणमा करीब सात सय र कानूनतर्फ तीन सय गरी एक हजारको संख्यामा शाखा अधिकृत तहको विज्ञापन आव्हान गरिएको छ ।

मंसीर अन्तिम बुधबार राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको विज्ञापन हुने आयोगको पूर्व निर्धारित कार्यतालिका अनुसार सामान्य प्रशासन मन्त्रालय तयारी अवस्थामा नै रहेपनि नवनियुक्त मन्त्री ह्रदयेश त्रिपाठीले ‘विज्ञापन पठाउनु पर्ने कारण के रु’ भन्दै कर्मचारी प्रशासनमा प्रश्न गरेपछि कर्मचारीहरु अन्योलमा परेका  थिए । मन्त्री त्रिपाठीको अनावश्यक चासोले नियमित काममा अनावश्यक अलमल भएको थाहा भएको छ ।

मन्त्रीको चासोले निर्धारित काम समयमा हुननसक्ने देखिएपछि सचिव यादवप्रसाद कोईरालाले नियमित प्रशासनिक कार्य भएको र विज्ञापन रोक्दा समग्र प्रक्रिया नै बिथोलिने भनी कुरा बुझाएपछि प्रक्रिया अघि बढेको बुझिएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड दिउसोँको समयमा बन्द हुने

मुग्लिन । नारायणगढ मुग्लिन सडकखण्ड शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेको हुँदा दुई साताको लागी बाटो बन्द गर्न लागेको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ । बुधबार बिहान बसेको सुरक्षा समितिको बैठकले २७ मंसिरदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।  रायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ ।

त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ। यस्तै, पोखराबाट आउने मालवाहक सवारीलाई आँबुखैरेनीमा र काठमाडौंबाट आउनेलाई लेवाटारमा रोकिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि अघिल्लो वर्ष ११ ठाउँमा आधुनिक शैलीको रक नेटिक र रक बोल्टिङ गरेर पहिरो रोक्ने प्रयास गरिएको थियो । १२ ठाउँमा बायोइन्जिनियरिङ गरिएको थियो । सूचना अधिकारी खनालका अनुसार ३६ किलोेमिटर लामो मुग्लिन नारायणगढ सडकखण्डमा यसपटक ८ स्थानमा पहिरो जोखिम नियन्त्रणको काम हुँदैछ । उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ।

आयोजनाले पहिरो रोकथामको काम गर्नका लागि सुरक्षाको दृष्टिकोणले सवारीसाधन रोक्नुपर्ने बताएको छ।

सूचीकृत कम्पनीहरुको पहिलो त्रैमास: १० वटा कम्पनी ‘क्लास ए’ मा सूचीकृत,अधिकांश खराब समूहमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासमा गरिएको वर्गीकरण संशोधन गरेको छ ।

नेप्सेले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचीकृत कम्पनीहरुको वर्गीकरणमा ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंक ‘ए’ वर्गमा परेका छन् ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गिकरण सूची सार्वजनिक गर्दै आएको छ। नेपाल धितोपत्र बोर्डले लागू गरेको नयाँ नियमावलीमा अनुसार कम्पनीहरुलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरेको हो ।

नेप्सेले कम्पनीको चुक्ता पूँजी, धितोपत्र सूचीकरणको अवधि, लाभांश वितरण, क्रेडिट रेटिङ्ग, नियम परिपालना, लगायतको आधारमा कम्पनीहरुको वर्गिकरण सार्वजनिक गर्नेछ ।

नेप्सेले गत कात्तिक ७ गते सार्वजनिक गरेको सूचीमा उक्त समुहमा पर्न नपर्नुको कारण सहित ३५ दिन भित्र उक्त बर्गिकरणको समुहमा पर्नुपर्ने दाबी सहित आवेदन माग गरेको थियो। कम्पनीहरुले प्रमाणसहित पठाएको अन्तिम दाबीका आधारमा अध्ययन गरी नयाँ वर्गिकरण सूची सार्वजनिक गरिएको नेप्सेले जनाएको छ।

परिमार्जित सूची अनुसार सिटिजन्स इन्टरनेसनल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया र स्टाण्डर्ड चार्टड्स बैंक क्लास ‘ए’ कम्पनीका रुपमा सूचीकृत भएका छन्। त्यस्तै मुक्तिनाथ विकास बैंक यो श्रेणीमा पर्ने एउटा मात्र विकास बैंक हो।

‘क्लास बी’ कम्पनीमा ङादी पावर कम्पनी लिमिटेड मात्र सूचीकृत छ। त्यस्तै ‘क्साल जी’मा ३५ वटा कम्पनी सूचीकृत भएका छन्। सार्वजनिक वर्गिकरण अनुसार अधिकांश कम्पनी खराब कम्पनीको समूहमा परेका छन् । सबैभन्दा काम नलाग्ने कम्पनीको समूह मानिएको ‘जेड’ समूहमा १ सय ६५ कम्पनी परेका छन् ।

१ सय ६५ कम्पनी खराब कम्पनीको सूचीमा

पहिलो त्रैमासिक वर्गीकरण सूची अनुसार कूल २ सय १२ कम्पनीमध्ये १ सय ६५ कम्पनी खराब कम्पनीको सूचीमा परेका छन् । कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले खराब समूहको सूचीमा परेका हुन् ।

बजारमा राम्रा कम्पनी मानिएका र उच्च सेयर मूल्य भएका कम्पनीहरू समेत खराब कम्पनीको सूचीमा परेका छन् ।

कराँतेमा नुवाकोटको अनुको उत्कृष्ट प्रदर्शन, प्रतिस्पर्धीलाई सहजै हराउदै जितिन स्वर्ण

काठमाडौ । कराँते फाइटमा अनु अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्।  अधिकारीले फाइनलमा श्रीलंकाका डन टुउलुलाई ८-० हराउँदै नकआउट पारिदिइन्।

५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८ – ० ले नकआउट गरिन्। सोमबार कराँतेमा ९ स्वर्णको लागि भएको प्रतिष्पर्धा मध्ये ७ वटामा नेपालले स्वर्ण जितेको छ भने दुई वटा रजत जितेको छ। नेपालले कुमिते (फाइट) मा ५ र कातामा ३ स्वर्ण जितेको हो।

१३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेको उत्कृष्ट प्रदर्शनले नेपाललाई अङ्क तालिकामा शीर्ष स्थानमा राखेको छ।  नेपालका लागि मण्डेकाजी श्रेष्ठले व्यक्तिगत कातामा १३औं सागकै लागि पहिलो स्वर्ण दिलाए।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web